1परमप्रभु भन्नुहुन्छ, “स्वर्ग मेरो सिंहासन हो, र पृथ्वी मेरो पाउदान हो। यसर्थ, के तिमीहरू मेरा निम्ति एउटा घर बनाउन सक्छौ? अहँ! तिमीहरूले सक्तैनौ। के तिमीहरू मेरो आरामकोलागि एउटा जग्गा बनाउनु सक्छौ? अहँ!
1Thus saith Jehovah: The heavens are my throne, and the earth is my footstool: what is the house that ye will build unto me? and what is the place of my rest?
2म स्वयंले सम्पूर्ण चीजहरू। सबै चीजहरू यहाँ छन् किनभने तिनीहरू सबै मैले बनाएका हुन्।” परमप्रभुले नै ती कुराहरू भन्नुभयो। “मलाई बताऊ, कस्तो मानिसहरूलाई म हेरचाह गरूँ? मैले गरीब मानिसहरूलाई हेरचाह गरें मैले एकदमै दुखी भएका मानिसहरूको हेरचाह गरें, मैले मेरो वचन पालन गर्नेहरूलाई हेरचाह गरें।
2Even all these things hath my hand made, and all these things have been, saith Jehovah. But to this man will I look: to the afflicted and contrite in spirit, and who trembleth at my word.
3कतिपय मानिसहरूले बलिदानको नाउँमा साँढेहरू मार्छन्। तर तिनीहरूले मानिसहरूलाई पनि कुटछन्। ती मानिसहरूले बलिदानको नाउँमा थुमाहरू मार्दछन् तर तिनीहरूले कुकुरहरूको घाँटी भाँच्दछन्। ती मानिसहरूले धानहरू पनि अर्पण गर्दछन्। तर तिनीहरूले साथ साथै सुँगुरको रगतहरू चडाउँछन्। ती मानिसहरू धूपहरू जलाउँदछन् तर तिनीहरूले निरर्थक मूर्तिहरू पनि पूज्दछन्। ती मानिसहरू आफूले रोजेका बाटाहरू हिँड्छन् साथै डरलाग्दो मूर्तिहरू पनि मन पराउँछन्।
3He that slaughtereth an ox, smiteth a man; he that sacrificeth a lamb, breaketh a dog's neck; he that offereth an oblation, [it is as] swine's blood; he that presenteth a memorial of incense, [is as] he that blesseth an idol. As they have chosen their own ways, and their soul delighteth in their abominations,
4यसैले तिनीहरूका आफ्नै छलकपट चलाउन भन्ने निर्णय गरें। मेरो तात्पर्य र मैले तिनीहरूलाई दण्ड दिएँ तिमीहरूले आसाध्य डराउने चीजहरू चलाएँ। मैले ती मानिसहरूलाई बोलाएँ तर तिनीहरूले सुनेनन्। म तिमीहरूसित बोलें तर तिनीहरूले कानमा तेल हाले। यसैले म त्यही कुरा तिनीहरूकालागि गर्नेछु। तिनीहरूले त्यस्ता कामहरू गरे जुन मैले दुष्टपूर्ण काम भनें। तिनीहरूले मैले मन नपराएका कामहरू गरे।”
4I also will choose their calamities, and will bring their fears upon them; because I called, and none answered, I spoke, and they did not hear, but did that which was evil in mine eyes, and chose that wherein I delight not.
5तिमीहरूले परमप्रभुका आज्ञाहरू पालन गर्छौ भने परमप्रभुले भन्नु भएका कुराहरू पनि सुन्नुपर्छ। “तिमीहरूका दाज्यू-भाइहरूले तिमीहरूलाई घृणा गरे, तिनीहरू तिमीहरूका विरोधी भए किनभने तिमीहरूले मलाई पछ्यायौ। तिमीहरूका दाज्यू-भाइहरूले भने, ‘हामी तिमीहरूकहाँ फर्केर आउनेछौ जब परमप्रभु सम्मानित हुनुहुन्छ।’ ती दुष्ट मानिसहरू दण्डित हुने नै छ।
5Hear the word of Jehovah, ye that tremble at his word: Your brethren that hated you, that cast you out for my name's sake, said, Let Jehovah be glorified, and let us see your joy! but they shall be ashamed.
6सुन! ती शहर र मन्दिरबाट होहल्ला आइरहेछ। त्यो परमप्रभुले शत्रुहरूलाई दण्ड दिनु भइरहेको होहल्ला हो। परमप्रभुले तिनीहरूले पाउनु पर्ने दण्ड नै तिनीहरूलाई दिनु भइरहेछ।
6A voice of tumult from the city, a voice from the temple, a voice of Jehovah that rendereth recompence to his enemies!
7[This verse may not be a part of this translation]
7Before she travailed, she brought forth; before her pain came, she was delivered of a man-child.
8[This verse may not be a part of this translation]
8Who hath heard such a thing? who hath seen such things? Can a land be made to bring forth in one day? shall a nation be born at once? For as soon as Zion travailed, she brought forth her sons.
9त्यसरी नै, म कसैलाई नानी नजन्माइ प्रसव वेदना अनुभव गर्ने अनुमति दिँदिन्।” परमप्रभुले भन्नुहुन्छ, “म वचन दिन्छु, यदि तिमीलाई प्रसव वेदना अनुभव हुन्छ भने तब म नयाँ राष्ट्र जन्माउनलाई तिमीलाई रोक्ने छैन्।” तिमीहरूका परमेश्वरले यस्तो भन्नुभयो।
9Shall I bring to the birth, and not cause to bring forth? saith Jehovah; I who cause to bring forth, shall I shut [the womb]? saith thy God.
10हे यरूशलेम! खुशी हौ। सारा मानिसहरू! जसले यरूशलेमलाई प्रेम गर्छ, खुशी हौ। दुखका दिनहरू यरूशलेम प्रति घटे, यसैले कतिजना तिमीहरू दुखी छौ।
10Rejoice with Jerusalem, and be glad for her, all ye that love her; rejoice for joy with her, all ye that mourn over her:
11किन? तिमीहरूले दया प्राप्त गर्नेछौ जसरी स्तनबाट दूध आउँदछ। त्यस “दूध”ले तिमीहरूलाई सन्तुष्ट प्रदान गर्नेछ। तिमीहरूले दूध पिउनेछौ, अनि तिमीहरूले साँचो रूपमा यरूशलेमको महिमाको आनन्द उठाउनेछौ।
11because ye shall suck, and be satisfied with the breasts of her consolations; because ye shall drink out, and be delighted with the abundance of her glory.
12परमप्रभुले भन्नुहुन्छ, “हेर, म तिमीहरूलाई शान्ति प्रदान गर्नेछु। यो शान्ति ठूलो नदी सरह बग्नेछ। पृथ्वीमा भएका सारा जातिहरूको धनसम्पत्ति बग्दै तिमीहरूकहाँ आउनेछ। त्यो धन दौलत बाढी जस्तो आउनेछ। तिमीहरू स-सना शिशुहरू जस्तै हुनेछौ। तिमीहरूले त्यो दूध पिउनेछौ, म तिमीहरूलाई उठाउनेछु, आफ्ना पाखुराहरूमा पक्रनेछ, अनि मेरो गोडाहरूमा उफार्नेछ।
12For thus saith Jehovah: Behold, I will extend peace to her like a river, and the glory of the nations like an overflowing torrent; and ye shall suck, ye shall be carried upon the side, and be dandled upon the knees.
13म तिमीहरूलाई एउटा आमाले आफ्नो बालकलाई गरेकी जस्तै सान्तवना दिनेछु। अनि तिमीहरू यरूशलेममा हुनेछौ जब म तिमीहरूलाई सान्तवना दिइरहेको हुनेछु।”
13As one whom his mother comforteth, so will I comfort you; and ye shall be comforted in Jerusalem.
14तिमीहरूले ती चीजहरू देख्नेछौ जसले तिमीहरूलाई साँचै आनन्दित तुल्याउनेछ। तिमीहरू स्वतन्त्र हुनेछौ र घाँस जस्तो बढ्नेछौ। परमप्रभुका सेवकहरूले उहाँको शक्ति देख्नेछन्, तर उहाँका शत्रुहरूले उहाँको रिस मात्र देख्नेछन्।
14And ye shall see [this], and your heart shall rejoice, and your bones shall flourish like the grass; and the hand of Jehovah shall be known toward his servants, and he will have indignation toward his enemies.
15हेर, परमप्रभु आगोसित आउँदै हुनुहुन्छ। परमप्रभुको सिपाहीहरू आँधी-बेहेरी झैं आउँदै छन्। परमप्रभुको आफ्ना क्रोधले तिनीहरूलाई दण्ड दिनुहुनेछ। परमप्रभुले क्रोधको राँको जलाएर तिनीहरूलाई दण्ड दिनुहुनेछ।
15For behold, Jehovah will come with fire, and his chariots like a whirlwind, to render his anger with fury, and his rebuke with flames of fire.
16परमप्रभुले मानिसहरूको न्याय गर्नुहुनेछ। तब परमप्रभुले मानिसहरूलाई आगो र उहाँको तरवारले नाश गर्नेहुनेछ। परमप्रभुले धेरैलाई नाश गर्नुहुनेछ।
16For by fire and by his sword will Jehovah enter into judgment with all flesh: and the slain of Jehovah shall be many.
17ती मानिसहरूले आफ्नो विशेष बगैंचामा पूजा गर्न आफैलाई पवित्र बनाउन आफै धोई पखाली गरें। ती मानिसहरूले तिनीहरूका विशेष बगैंचाहरूमा एकैसाथ अनुसरण गरे। तब तिनीहरूले आफ्ना मूर्तिहरू पूजे। तर, परमप्रभुले ती सारा मानिसहरूलाई नाश गर्नुहुनेछ। “ती मानिसहरूले सुँगुरहरू मूसाहरू र अन्य मैला कुराहरूको मासु खान्छन्। तर, सम्पूर्ण ती मानिसहरू नाश हुनेछन्।” परमप्रभु स्वयंले ती कुराहरू भन्नुभयो।
17They that sanctify themselves, and purify themselves in the gardens behind one in the midst; that eat swine's flesh, and the abomination, and the mouse, shall perish together, saith Jehovah.
18“म जान्दछु, ती मानिसहरूसँग नराम्रो विचारहरू थिए र नराम्रो कामहरू गरे। यसकारण म तिनीहरूलाई दण्ड दिन आइरहेकोछु। म सबै राष्ट्रहरू र मानिसहरू बटुल्नेछु। सबै मानिसहरूसँगै आउनेछन् अनि मेरो शक्ति देख्नेछन्।
18And I, -- their works and their thoughts [are before me]. ... [The time] cometh for the gathering of all nations and tongues; and they shall come, and see my glory.
19मैले केही मानिसहरूमा चिन्ह लगाएँ - म तिनीहरूलाई बचाउनेछु। म सुरक्षित मानिसहरू मध्ये केहीलाई तर्शीश राष्ट्र अनि लिबिया, लूदी (धनुधारीको देश) तूबल, याबान अनि टाढा-टाढा देशहरूमा पठाउनेछु। ती मानिसहरूले मेरा शिक्षाहरू कहिल्यै सुनेका छैनन्। ती मानिसहरूले मेरो महिमा कहिल्ये देखेका छैनन्। यसकारण यी सुरक्षित मानिसहरूले ती राष्ट्रहरूलाई मेरो बारेमा बताउनेछन्।
19And I will set a sign among them, and I will send those that escape of them unto the nations, to Tarshish, Pul, and Lud, that draw the bow; to Tubal and Javan, to the isles afar off, that have not heard my fame, neither have seen my glory: and they shall declare my glory among the nations.
20यसर्थ जीवित मानिसहरूले ती जातिहरूलाई मेरो विषयमा बताउनेछन्। तिनीहरूलाई मेरो पवित्र पर्वत, यरूशलेममा ल्याउनेछन्। तिनीहरूका दाज्यू-भाइ र दिदी-बहिनी, घोडाहरूमा गधाहरूमा र ऊँटहरूमा र साथै रथहरू अनि माल गाडीहरूमा चढेर आउँनेछन्। तिम्रा दाज्यू-भाइ अनि दिदी-बहिनीहरू त्यस्ता उपहार जस्ता हुनेछन जस्तो इस्राएलका मानिसहरूले परमप्रभुको मन्दिरमा सफा थालहरूमा ल्याउँदछ।”
20And they shall bring all your brethren out of all the nations as an oblation unto Jehovah, upon horses, and in chariots, and in covered waggons, and upon mules, and upon dromedaries, to my holy mountain, to Jerusalem, saith Jehovah, as the children of Israel bring an oblation in a clean vessel into the house of Jehovah.
21म तिनीहरू मध्ये पूजाहारी र लेवीहरू छान्नेछु। परमप्रभु स्वयंले यी कुराहरू भन्नुभयो। नयाँ आकाशहरू र नयाँ पृथ्वी
21And I will also take of them for priests [and] for Levites, saith Jehovah.
22“म नयाँ पृथ्वी बनाउनेछु। अनि सदा-सर्वदा रहने नयाँ आकाश र नयाँ पृथ्वी बनाउनेछन्। यस्तै प्रकारले, तिमीहरूका नाउँहरू र तिमीहरूका नानीहरू सदा-सर्वदा मसँग हुनेछन्।
22For as the new heavens and the new earth which I will make shall remain before me, saith Jehovah, so shall your seed and your name remain.
23सारा मानिसहरू प्रत्येक आराधनाको दिनमा मकहाँ उपासना गर्न आउनेछन् तिनीहरू प्रत्येक विश्राम दिन र प्रत्येक महिनाको प्रथमा दिन आउनेछन्। परमप्रभु भन्नुहुन्छ।
23And it shall come to pass from new moon to new moon, and from sabbath to sabbath, all flesh shall come to worship before me, saith Jehovah.
24“ती मानिसहरू मेरो पवित्र शहरमा हुनेछन्। अनि यदि तिनीहरू बाहिर गए भने तिनीहरूले मृत शरीरहरू देख्नेछन जसले मेरो विरूद्धमा पाप गरेका थिए। तिनीहरूका शरीरहरूमा कीराहरू लाग्नेछन् र ती कीराहरू कहिल्यै मर्ने छैनन्। आगोले ती शरीरहरू जलाउनेछ र त्यो आगो कहिल्यै निभ्ने छैन।”
24And they shall go forth, and look upon the carcases of the men that have transgressed against me: for their worm shall not die, neither shall their fire be quenched; and they shall be an abhorrence unto all flesh.