1परमप्रभुले मलाई भन्नुभयो, “एउटा ठूलो कागजको मुठा ल्याऊ अनि यी शब्दहरू लेख्न एउटा कलम प्रयोग गरः ‘महेर-शालल हाज-बज।’ यसको अर्थ हुन्छ, ‘त्यहाँ चाँडै लुटमार चोरी हुनेछ।”‘
1And Jehovah said to me, Take thee a great tablet, and write thereon with a man's style, concerning Maher-shalal-hash-baz.
2मैले केही मानिसहरू जम्मा गरें जसलाई मेरा विश्वासयोग्य साक्षीहरू मान्न सकिन्छ। यी मानिसहरू येबेरक्याहका छोरा ऊरियाह र जकर्याह पूजाहारी थिए। तिनीहरूले मलाई शब्दहरू लेख्दै गरेको देखे।
2And I took unto me to witness, sure witnesses, Urijah the priest, and Zechariah the son of Jeberechiah.
3त्यसपछि म अगमवादिनीकहाँ गएँ। उनी गर्भवती भएकी थिइन अनि उनको एउटा छोरो भयो। तब परमप्रभुले मलाई भन्नुभयो, “त्यस छोरोको नाउँ महेर-शाललहाज-बज राख।
3And I came near to the prophetess, and she conceived and bore a son; and Jehovah said unto me, Call his name, Maher-shalal-hash-baz.
4किन? किनभने त्यो बालकले माता-पिता भन्नु अघि नै परमेश्वरले सारा धन-सम्पति खोसेर लैजानु हुनेछ साथै त्यहाँ धनाढ्य मानिसहरू जस्तै दमीश्कस र सामरियाबाट लैजानु हुनेछ अनि ती चीजहरू अश्शूरका राजालाई सुम्पिनु हुनेछ।”
4For before the lad knoweth to cry, My father! and, My mother! the riches of Damascus and the spoil of Samaria shall be taken away before the king of Assyria.
5फेरि परमप्रभुले मलाई भन्नुभयो।
5And Jehovah spoke again to me, saying,
6“ती मानिसहरूले शीलो पोखरीमा विस्तारै बग्ने पानीलिन मानेन्। ती मानिसहरू रसीन र रमल्याहका छोरासित खुशी छन्।
6Forasmuch as this people refuseth the waters of Shiloah which flow softly, and rejoiceth in Rezin and in the son of Remaliah,
7तर म परमप्रभु अश्शूरका राजालाई तिमीहरूको विरूद्धमा ल्याउनेछु। तिनीहरू यूफ्रेटिस नदीको बाढी जस्तै भयानक भएर आउनेछन्। यो यस्तो हुनेछ कि नदीमा बाढी आउँदा किनारहरू भत्काउँदै आउने उर्लेको पानी जस्तै हुनेछ।
7therefore behold, the Lord will bring up upon them the waters of the river, strong and many, the king of Assyria and all his glory; and he shall mount up over all his channels, and go over all his banks:
8त्यो पानी यहूदातर्फ बग्नेछ औ यो यहूदीलाई डुबाउनेछ। “इम्मानुएल, यो तिम्रो सम्पूर्ण देश डुबाउञ्जेल फैलिनेछ।”
8and he shall pass through Judah; he shall overflow it and go further, he shall reach even to the neck; and the stretching out of his wings shall fill the breadth of thy land, O Immanuel!
9सबै तिमी राष्ट्रहरू, युद्धको लागि तयार हौ! तिमीहरू परास्त हुनेछौ। सुन टाढामा भएका सारा देशहरू! युद्धका लागि तयार हौ। तिमीहरू सबै परास्त हुनेछौ।
9Rage, ye peoples, and be broken in pieces! And give ear, all ye distant parts of the earth: Gird yourselves, and be broken in pieces; gird yourselves, and be broken in pieces!
10लडाइँ गर्नका निम्ति तिम्रा योजनाहरू तयार पार! तिम्रा योजनाहरू परास्त हुने छन्। तिम्रा सैन्यहरूलाई हुकुम गर तिम्रा हुकुमहरू बेकामे हुनेछन्। किन? किनभने परमेश्वर हामीसंग हुनुहुन्छ।
10Settle a plan, and it shall come to nought; speak a word, and it shall not stand: for ùGod is with us.
11आफ्नो प्रभावपूर्ण शक्तिद्वारा परमप्रभुले मलाई भन्नुभयो। परमप्रभुले मलाई अरू मानिसहरू जस्तो नहुनु भनेर चेताउनी दिनु भयो। परमप्रभुले भन्नुभयो,
11For Jehovah spoke thus to me with a strong hand, and he instructed me not to walk in the way of this people, saying,
12“प्रत्येक मानिसले भनिरहेछन्। कि अरूहरूले उहाँका विरूद्ध षडयन्त्रहरू तयार पार्दैछन्। तिमीले त्यस्ता कुराहरू विश्वास गर्नुहुँदैन। अन्य मानिसहरू डराए जस्तो भयावहक कुराहरूबाट नडराऊ! त्यस्ता कुराहरूमा तिमी नडराऊ!”
12Ye shall not say, Conspiracy, of everything of which this people saith, Conspiracy; and fear ye not their fear, and be not in dread.
13सेनाहरूका परमप्रभुको मात्र तिमीले डर राख्नु पर्छ। उहाँलाई मात्र तिमीले आदर गर्नु पर्छ।
13Jehovah of hosts, him shall ye sanctify; and let him be your fear, and let him be your dread.
14यदि तिमीले परमप्रभुको आदर गर्यौ भने र उहाँलाई पवित्र ठान्यौ भने, उहाँले तिम्रोलागि सुरक्षा दिनुहुनेछ। तर तिमीले उहाँको आदर गरेनौ। यसैले तिमीहरूले ठेस खानेछौ। परमेश्वर चट्टान सरह हुनुभयो। उहाँ चट्टान हुनुहुन्छ जसद्वारा इस्राएलका दुइ परिवारहरूले नराम्रो ठेस खाए। यरूशलेमका सारा मानिसहरूलाई समात्नका लागि परमप्रभु एक पासो हुनहुन्छ।
14And he will be for a sanctuary; and for a stone of stumbling, and for a rock of offence to both the houses of Israel, for a gin and for a snare to the inhabitants of Jerusalem.
15धेरै मानिसहरू यस चट्टानमाथि झरे। ती मानिसहरू झरेर टुक्रिए। तिनीहरू पासोमा समातिए।
15And many among them shall stumble, and fall, and be broken, and snared, and taken.
16“करार पत्र तयार गर अनि यसलाई मोहर लगाऊ। मेरो शिक्षा बचाएर राख। मेरा चेलाहरूले हेरि रहेको बेलामा नै यसो गर।
16Bind up the testimony, seal the law among my disciples.
17हामी परमप्रभुलाई हाम्रो सहयोगका लागि पर्खिनेछौं। परमप्रभु याकूबको परिवारले गर्दा लज्जित हुनु भयो। उहाँले तिनीहरूलाई भेट्ने इच्छा त्याग्नु भयो। तर म परमप्रभुलाई पर्खिनेछु। उहाँले हामीलाई बचाउनु हुनेछ।
17And I will wait for Jehovah, who hideth his face from the house of Jacob; and I will look for him.
18“म र मेरा छोरा-छोरीहरूले सही छाप गर्यौ र इस्राएलका मानिसहरूका लागि प्रमाण गर्छौ। हामीलाई सेनाहरूका परमप्रभुले पठाउनु भएको हो! ती परमप्रभु जो सियोन पर्वतमा बस्नुहुन्छ।”
18Behold, I and the children that Jehovah hath given me are for signs and for wonders in Israel, from Jehovah of hosts, who dwelleth in mount Zion.
19कतिपय मानिसहरू भन्छन्, “भूतप्रेत खेलाउने अनि जादूगरहरूलाई के गर्नु पर्ने?” ती भूतप्रेत खेलाउने र जादूगरहरूले कानेखुसी गरी उनीहरूले मात्र मानिसहरू समक्ष गुप्त कुराहरू जानेको भन्लान्। तर म तिमीलाई भन्छु कि मानिसहरूले परमप्रभुको आज्ञा माग्नु नै पर्छ! ती भूतप्रेत खेलाउने र जादूगरहरूले मुर्दालाई के गर्नु पर्ने भनेर सोध्छ। किन जीवित मानिसहरूले मुर्दाहरूबाट केही माग्नु पर्छ?
19And when they shall say unto you, Seek unto the necromancers and unto the soothsayers, who chirp and who mutter, [say,] Shall not a people seek unto their God? [Will they go] for the living unto the dead?
20तिमीले शिक्षा र करार अनुसरण गर्नै पर्छ। यदि तिमी आज्ञाहरू अनुसरण गर्दैनौ भने तिमीले उज्यालो पाउनेछैनौ। भूल आज्ञाहरू ती आज्ञाहरू हुन् जुन जादूवालाहरू अनि भविष्यवक्ताहरूले दिन्छन्। तीआज्ञाहरूको कुनै मूल्य छैन्। तिमीहरूले त्यस्ता मूल्यहीन आज्ञाहरूबाट केही पनि लाभ पाउने छैनौ।
20To the law and the testimony! If they speak not according to this word, for them there is no daybreak.
21यदि तिमीहरूले त्यस्ता भूल आज्ञाहरू अनुसरण गर्यौ भने यस देशमा संकष्ट र अनिकाल आई पर्नेछ। मानिसहरू भोकै हुनेछन्। त्यसपछि तिनीहरू क्रोधित हुनेछन् र आफ्नै राजा र देवताहरूको विरूद्धमा अपमान गर्दै कुरा गर्नेछन्।
21And they shall pass through it, hard pressed and hungry; and it shall come to pass when they are hungry, they will fret themselves, and curse their king and their God, and will gaze upward:
22यदि तिमीहरूले आफ्नै देशको वरिपरि हेर्यौ भने तिनीहरूले संकष्ट र उदासपूर्ण अन्धकार मात्र देख्नेछौ - त्यसता अन्धकारमय नैराश्यले गर्द। आफ्नो देश त्यागेर जान वाध्य हुनेछौ। अनि जो मानिसहरू त्यस्तो अन्धकारमय पासोमा पर्छन तिनीहरू आफूलाई स्वतन्त्र पार्ने योग्यका सम्म बन्दैनन्।
22and they will look to the earth; and behold, trouble and darkness, gloom of anguish; and they shall be driven into thick darkness.