Nepali

Darby's Translation

Jeremiah

12

1हे परमप्रभु! यदि मैले तपाईंसँग वकालत गरें भने, तपाईं सँधै धार्मिक नै हुनुहुन्छ। तापनि मलाई केही भन्न दिनुहोस् जुन सही देखिँदैन। किन दुष्ट मानिसहरू सफल हुन्छन्? किन दुष्ट मानिसहरू सम्पन्न जीवन जिउँछन्?
1Righteous art thou, Jehovah, when I plead with thee; yet will I speak with thee of [thy] judgments. Wherefore doth the way of the wicked prosper? [wherefore] are all they at ease that deal very treacherously?
2तपाईंले तिनीहरूलाई रोप्नु भयो अनि तिनीहरू शक्तिशाली भए। तिनीहरू बढछन् अनि फल दिन्छन्। तपाईं तिनीहरूका सम्मुख हुनुहुन्छ तर हृदयदेखि भने टाढा।
2Thou hast planted them, they also have taken root: they advance, yea, they bring forth fruit: thou art near in their mouth, but far from their reins.
3तर हे परमप्रभु तपाईं मेरो हृदयलाई चिन्नु हुन्छ। तपाईंले मलाई देख्नु भएको छ अनि मेरो मनलाई जाँच्नु भएको छ। तिनीहरूलाई थुमाहरूलाई कसाइले अघि ताने झैं तान्नुहोस्। हत्या गरिने दिनको लागि तिनीहरूलाई अलग राख्नु होस्।
3But thou, Jehovah, knowest me; thou hast seen me, and proved my heart toward thee. Drag them out like sheep for the slaughter, and set them apart for the day of slaughter.
4कहिले सम्म जमीन सूख्खा रहन्छ? कहिले सम्म घाँस ओइलिन्छ? त्यहाँ बस्ने मानिसहरूको दुष्टयाईले गर्दा सब चरा-चुरूङ्गीहरू अनि पशुहरू लोप भइसके। तैपनि ती दुष्ट मानिसहरू भनिरहेका छन्, “यर्मियाले हामीमाथि के घट्छ देख्ने छैन।”
4How long shall the land mourn, and the herbs of all the fields wither? Because of the wickedness of them that dwell therein, the beasts and the birds perish; for they say, He will not see our end.
5“यर्मिया, यदि तिमी मानिसहरूसंग दुगुर्दा थाक्यौ भने कसरी घोडाहरूसित दगुर्न सक्छौ? यदि तिमीले शान्तिमय ठाउँमा भरोसा गर्यो भने डरलाग्दो जग्गामा तिमी के गर्नेछौ? यर्दन नदीको किनारमा बढदै गरेको काँडे झाडीहरूमा तिमी के गर्ने छौ?
5If thou hast run with footmen, and they have wearied thee, how wilt thou then contend with horses? And if in a land of peace thou thinkest thyself in security, how wilt thou then do in the swelling of the Jordan?
6ती मानिसहरू तिम्रा आफ्नै दाज्यू-भाइहरू हुन। तिम्रा आफ्नै परिवारका सदस्यहरूले तिम्रै विरूद्धमा षड्‌यन्त्र रचिरहेकाछन्। तिनीहरू तिम्रो विरूद्धमा जोरसित कराउँछन्। तिनीहरूले मीठा कुराहरू गरे पनि तिनीहरूमाथि भरोसा नगर।”
6For even thy brethren, and the house of thy father, even they have dealt treacherously with thee, even they have cried aloud after thee. Believe them not, though they speak good [words] unto thee.
7“मैले आफ्नो घर परिवार त्यागेको छु, मैले आफ्नो सम्पत्ति छाडें। म जसलाई प्रेम गर्दछु उसैलाई उसको शत्रुहरूलाई सुम्पें।
7I have forsaken my house, I have cast off my heritage, I have given the beloved of my soul into the hand of her enemies.
8मेरा मानिसहरू सिंह झैं छन। तिनीहरू म पट्टि फर्की र्गजिए, यसकारण म तिनीहरूको शत्रु भएको छु।
8My heritage is become unto me as a lion in the forest; it hath raised its voice against me: therefore have I hated it.
9मेरा मानिसहरू मरेका पशुहरू जस्तै छन्। गिद्धहरू तिनीहरूको वरिपरि उडछन्। आऊ, जङ्गली हे पशुहरू हो। खान भेला होऊ।
9My heritage is unto me [as] a speckled bird of prey; the birds of prey round about are against her. Go, assemble all the beasts of the field, bring them to devour.
10घेरै गोठालाहरूले मेरो दाखबारीहरू नष्ट पारिदिए। ती गोठालाहरू मेरो खेतका विरूवामाथि जथाभावी हिँडे। ती गोठालाहरूले मेरो सुन्दर खेत बारी रित्तो मरूभूमिमा परिणत गरिदिए।
10Many shepherds have destroyed my vineyard, they have trodden my portion under foot, they have made my pleasant portion a desolate wilderness:
11तिनीहरूले मेरो खेत मरूभूमि बनाइदिए। यो सूखा र अनुर्बर छ र मेरो लागि रून्छ। सम्पूर्ण भूमि नै उजाड भएकोछ, तर कसैले वास्ता गर्दैन।
11they have made it a desolation; desolate, it mourneth unto me: the whole land is made desolate, for no man layeth it to heart.
12मरूभूमिको पहाडमाथि ध्वंशकहरू आउँछन्। यो भूमिको एक कुनादेखि अर्को कुना सम्म परमप्रभुको तरवारले सम्पूर्ण नष्ट पार्नेछ। कुनै जीवित वस्तु सुरक्षित रहने छैन।
12Spoilers are come upon all heights in the wilderness; for the sword of Jehovah devoureth from one end of the land even to the [other] end of the land: no flesh hath peace.
13मानिसहरूले गहूँ रोप्ने छन् तर तिनीहरूले काँढाहरूको बाली काट्नेछन्। तिनीहरू महनेत अधिक गर्छन् तर त्यसबाट केही पाउँदैनन्। आफ्नो परिश्रमको फलमा तिनीहरू आफै लज्जित अनुभव गर्नेछन। परमप्रभुको क्रोधले यी सब चीजहरू हुनेछ।”
13They have sown wheat, and they reap thorns; they have put themselves to pain, [and] do not profit. Be ye therefore ashamed of your revenues, because of the fierce anger of Jehovah.
14यसकारण परमप्रभु भन्नुहुन्छ “मैले मेरा इस्राएली मानिसहरूलाई दिएको भूमि नजिक बसो-बास गर्ने दुष्ट मानिसहरूलाई के गर्नेछु म तिमीलाई भन्नेछु। म ती मानिसहरूलाई तिनीहरूको ठाँउबाट उखेल्नेछु अनि तिनीहरूबाट यहूदा छुट्टाउनेछु।
14Thus saith Jehovah against all mine evil neighbours, that touch the inheritance which I have caused my people Israel to inherit: Behold, I will pluck them up out of their land, and pluck out the house of Judah from among them.
15जब ती मानिसहरूलाई देश निकाला गर्नु शेष हुन्छ, तिमीहरूमाथि दया राख्नेछु। म प्रत्येक मानिसलाई उसको आफ्नै पैतृक भूमिमा ल्याउनेछु।
15And it shall come to pass, after I have plucked them up, I will return, and have compassion on them, and will bring them back, each one to his inheritance, and each one to his land.
16यदि ती मानिसहरूले मेरा मानिसहरूलाई बालको नाउँमा शपथ गर्न सिकाए झैं मेरो नाउँमा ‘परमप्रभु जीवित हुनुहुन्छ’ भन्न साँचो रूपमा सिके भने म तिनीहरूलाई मेरा मानिसहरूको बीचमा स्थापित गराउछु।
16And it shall come to pass, if they will diligently learn the ways of my people, to swear by my name, [As] Jehovah liveth -- even as they taught my people to swear by Baal -- they shall be built up in the midst of my people.
17यदि कुनै राज्यले मेरो आज्ञा पालन गरेन भने त्यस जातिलाई चुडनेछु र सम्पूर्ण रूपले ध्वंस पार्नेछु।” यो सन्देश परमप्रभुबाट आएको हो।
17And if they will not obey, I will utterly pluck up and destroy that nation, saith Jehovah.