Nepali

Darby's Translation

Jeremiah

21

1यर्मियाकहाँ परमप्रभुबाट आएको यो सन्देश हो। यो सन्देश त्यस बेला आएको थियो जब सिदकियाह यहूदाका राजाले पशहूर नाउँका एक मानिस र सपन्याह नाउँका एक पूजाहारी यर्मियाकहाँ पठाएका थिए। पशहूर मलिकयाह नाउँ भएको एक मानिसको छोरो थियो। सपन्याह मासेयाह नाउँका एक मानिसको छोरो थियो। पशहूर र सपन्याहले यर्मियालाई सन्देश ल्याएका थिए।
1The word that came unto Jeremiah from Jehovah, when king Zedekiah sent unto him Pashur the son of Malchijah, and Zephaniah the son of Maaseiah, the priest, saying,
2पशहूर र सपन्याहले यर्मियालाई भने, “हाम्रा निम्ति परमप्रभुलाई प्रार्थना गरिदेऊ। के हुने छ भनेर परमप्रभुलाई सोधी देऊ। हामी जान्न चाहन्छौ। किनभने बाबेलका राजा नबूकदनेस्सरले हामीलाई आक्रमण गरिरहेछन्। हुनसक्छ उहाँले बितेका दिनहरूमा गर्नु भए जस्तै परमप्रभुले हाम्रो लागि महान कार्यहरू गरिदिनु हुनेछ। हुनसक्छ परमप्रभुले हामीलाई आक्रमण गर्न नबूकदनेस्सरलाई रोक्नु हुनेछ र फर्की जानेछ।”
2Inquire, I pray thee, of Jehovah for us; for Nebuchadrezzar the king of Babylon maketh war against us; if so be that Jehovah will deal with us according to all his marvellous works, that he may go up from us.
3तर यर्मियाले पशहूर र सपन्याहलाई भने। उनले भने, “राजा सिदकियाहलाई भन
3And Jeremiah said unto them, Thus shall ye say to Zedekiah:
4यही नै परमेश्वर, इस्राएलका परमप्रभुले भन्नुहुन्छ ‘तिमीहरूसँग युद्धका हतियारहरू छन्। तिमीहरूले ती हतियारहरू आफू स्वंयलाई बचाउन बाबेलका राजा र बाबेलवासीहरू विरूद्ध चलाइरहेछौ। तर म ती हतियारहरू तिनीहरू कै विरूद्धमा चलाउनेछु। “‘बाबेलका सैन्य शहर वरिपरिका पर्खालहरू बाहिर छन्। त्यो सैन्य शहर वरिपरि छ। म चाँडै त्यो सैन्य यरूशलेमभित्र ल्याउनेछु।
4Thus saith Jehovah the God of Israel: Behold, I will turn back the weapons of war that are in your hands, with which ye fight against the king of Babylon, and against the Chaldeans who besiege you, outside the walls, and I will assemble them into the midst of this city.
5म स्वयं मेरा शक्तिशाली हात र बलियो हतियार लिएर तिमीहरूसित लड्नेछु।
5And I myself will fight against you with a stretched-out hand, and with a strong arm, and in anger, and in fury, and in great wrath.
6म यरूशलेमका बसिन्दा दुवै मानिस तथा पशुहरूलाई मार्नेछु। तिनीहरू महा रूढीले मर्नेछन्।”‘
6And I will smite the inhabitants of this city, both man and beast: they shall die of a great pestilence.
7यसपछि, परमप्रभुको यो सन्देश हो, “‘म यहूदाका राजा सिदकियाह, उनका अधिकारीहरू र रूढीले नमारेका शहरमा बाँचेका मानिसहरू नबूकदनेस्सरलाई सुम्पिदिनेछु। बाबेलका राजा अनि अरूहरू जो शहरमा बाँकी रहेकाछन्, तिनीहरू सब देशान, तरवार र अनिकालले मर्नेछन्। म तिनीहरूलाई तिनीहरूकै शत्रु र तिनीहरूको जीवन खोज्नेहरूलाई सुम्पिनेछु। तिनीहरूले कुनै दया, क्षमा र सहानुभूति नराखी तरवाले मार्नेछन्।’
7And afterwards, saith Jehovah, I will give Zedekiah king of Judah, and his servants, and the people, and such as are left in this city from the pestilence, from the sword, and from the famine, into the hand of Nebuchadrezzar the king of Babylon, and into the hand of their enemies, and into the hand of those that seek their life, and he shall smite them with the edge of the sword: he shall not spare them, neither have pity, nor have mercy.
8“यरूशलेमका मानिसहरूलाई यी कुराहरू भन। परमप्रभुले भन्नुहुन्छ ‘मैले तिनीहरूलाई जीवनको बाटो र मृत्युको बाटो बताएकोछु।
8And unto this people thou shalt say, Thus saith Jehovah: Behold, I set before you the way of life, and the way of death.
9ती जो यरूशलेममा बस्दछन् तिनीहरू तरवार, अनिकाल र रूढीले मारिन्छन्। तर जो यरूशलेमबाट बाहिर जान्छन् र आक्रमण गरिरहेका बाबेलका सैन्यलाई। आफै सुम्पिन्छन्, तिनीहरू बाँच्नेछन्।
9He that abideth in this city shall die by the sword, and by the famine, and by the pestilence; but he that goeth out, and deserteth to the Chaldeans that besiege you, he shall live, and his life shall be unto him for a prey.
10मैले यरूशलेम शहरका मानिसहरूलाई नोक्सानमा पार्न निर्णय लिएँ। म शहरलाई भलाइ गर्दिन।”‘ यो परमप्रभुको सन्देश हो “‘म यरूशलेम शहरलाई बाबेलका राजाकहाँ सुम्पनेछु। उसले यसलाई आगोले भस्म पार्नेछ।’
10For I have set my face against this city for evil, and not for good, saith Jehovah: it shall be given into the hand of the king of Babylon, and he shall burn it with fire.
11“यी कुराहरू यहूदाका शाही परिवारहरूलाई भन परमप्रभुका वचनहरूलाई महत्व देऊ।
11And touching the house of the king of Judah, hear ye the word of Jehovah.
12हे दाऊदको घराना! परमप्रभु भन्नुहुन्छ ‘मानिसहरूलाई निष्पक्ष न्याय गर र अत्याचारमा परेकाहरूलाई अत्याचारीहरूबाट संरक्षण गर। यदि तिमीहरूले त्यसो गरेनौ भने रीसले म निभाउनु नसकिने आगो झैं हुनेछु। यो साँचो हुनेछ कारण तिमीहरूले धैरे दुष्कर्महरू गरेकाछौ।’
12House of David, thus saith Jehovah: Judge with justice in the morning, and deliver him that is spoiled out of the hand of the oppressor, lest my fury go forth like fire and burn, and there be none to quench it, because of the evil of your doings.
13हे यरूशलेम! म तिम्रो विरूद्धमा छु। तिमी मैदानमा भञ्जयाङ माथिको पहाडमाथि बस्छौ। तिमी यरूशलेमका मानिसहरू भन्छौ, ‘कसैले तिमीहरूलाई आक्रमण गर्न र तिमीहरूको शक्तिशाली शहर जित्न सक्तैन।’ तर परमप्रभुबाट आएको वचनहरूलाई ध्यान देऊ।
13Behold, I am against thee, inhabitress of the valley, the rock of the plain, saith Jehovah; ye that say, Who shall come down against us, or who shall enter into our dwellings?
14‘तिमीले पाउनु पर्ने दण्ड पाउने नै छौ। म तिमीहरूका जङ्गलमा आगो लगाउन थाल्ने छु। त्यो आगोले तिमीहरू वरिपरि भएका सारा चीजहरू जलाई दिनेछ।”‘
14And I will visit you according to the fruit of your doings, saith Jehovah; and I will kindle a fire in her forest, and it shall devour all that is round about her.