1परमेश्वरबाट यो वचन यर्मियाकहाँ आएको हो।
1The word that came to Jeremiah from Jehovah, saying,
2परमप्रभु इस्राएलका परमेश्वरले भन्नुभयो “यर्मिया, मैले भनेका सबै कुराहरू एउटा पुस्तकमा लेख।
2Thus speaketh Jehovah the God of Israel, saying, Write thee in a book all the words that I have spoken unto thee.
3यसो गर किनभने समय आउनेछ जब म यहूदा र इस्राएलका मेरा मानिसहरूलाई कैदबाट छुटाउनेछु अनि तिनीहरूलाई त्यस देशमा ल्याउनेछु जुन मैले तिनीहरूका पिता-पुर्खाहरूलाई दिएको थिएँ। तब मेरो मानिसहरू यो देशमा मालिक बनिनेछन्।”
3For behold, the days come, saith Jehovah, when I will turn the captivity of my people Israel and Judah, saith Jehovah; and I will cause them to return to the land that I gave to their fathers, and they shall possess it.
4परमेश्वरले यो सन्देश इस्राएल अनि यहूदाका मानिसहरूका बारेमा भन्नु भएको हो।
4And these are the words that Jehovah hath spoken concerning Israel and concerning Judah;
5उहाँले भन्नुभयो “मानिसहरू डरले रोएका हामीले सुनिरहेका छौ। मानिसहरू तर्सेका छन्। त्यहाँ शान्ति छैन।
5for thus saith Jehovah: We have heard a voice of trembling, there is fear, and no peace.
6यो प्रश्न सोध, र यसलाई हेर के एकजना पुरूषले नानी जन्माउनु सक्छ? निश्चय सक्तैन। तब म किन प्रत्येक म बसिरहेको लोग्ने मानिसलाई भूँडीमाथि हात राखी निहुरिएर प्रसव पीडामा परेकी स्त्रीलाई झैं देख्छु। किन हरेक मानिसको अनुहार पहेलो भएको छ?
6Ask ye now, and see, whether a male doth travail with child? Wherefore do I see every man with his hands on his loins, as a woman in travail; and all faces are turned into paleness?
7हाय! त्यो आउने समय कति डरलाग्दो हुनेछ! कुनै समय पनि त्यस्तो डरलाग्दो हुने छैन। याकूबको निम्ति यो अनि दुखको दिन हुनेछ, तर याकूबलाई बचाइनेछ।
7Alas! for that day is great, so that none is like it: it is even the time of Jacob's trouble; but he shall be saved out of it.
8“त्यस बेला,” सेनाहरूका परमप्रभुबाट आएको यो सन्देश हो “म तिमीहरूको काँधबाट जुवाहरू निकालिदिन्छु अनि भाँचिदिनेछु। तिमीहरूलाई बाँधेको बन्धन फुकाइदिनेछु। विदेशीहरूले अब कहिल्यै तिनीहरूलाई दास बनाउनेछैन।
8And it shall come to pass in that day, saith Jehovah of hosts, I will break his yoke from off thy neck, and will burst thy bonds, and strangers shall no more reduce him to servitude.
9तिनीहरूले परमप्रभु आफ्ना परमेश्वरलाई अनि तिनीहरूका राजा दाऊदलाई सेवा गर्नेछन्। म त्यो तिनीहरूको राजा पठाइदिनेछु।
9But they shall serve Jehovah their God, and David their king, whom I will raise up unto them.
10“यसकारण हे याकूब मेरो दास! नडराऊ।” यो परमप्रभुबाट आएको सन्देश हो। “हे इस्राएल! नडराऊ! म तिमीलाई ती सुदूरका देशहरूबाट जोगाएर ल्याउँछु अनि तिमीहरूका सन्तानहरूलाई कैदी बनाउने देशहरूबाट जोगाउनेछु। याकूब फर्कनेछ अनि फेरि शान्ति पाउनेछ र मेरा मानिसहरूलाई भय देखाउनु शत्रु रहेनछैन।
10And thou, my servant Jacob, fear not, saith Jehovah; neither be dismayed, O Israel: for behold, I will save thee from afar, and thy seed from the land of their captivity; and Jacob shall return, and shall be in rest, and at ease, and none shall make [him] afraid.
11हे इस्राएल र यहूदका मानिसहरू, म तिमीहरूसँग छु।” यो परमेश्वरबाट आएको सन्देश हो। “म तिमीहरूको रक्षा गर्नेछु। मैले तिमीहरूलाई जुन देशहरूमा तितर-बितर पारें ती सब नष्ट पार्नेछु तर तिमीहरूलाई नष्ट पार्दिन। यद्यपि तिमीहरूले तिमीहरूको अनिष्ट कर्मको लागि सजाय भोग्ने पर्नेछ तर म तिमीहरूलाई ठीकसित अनुशासित पार्ने छु।”
11For I am with thee, saith Jehovah, to save thee: for I will make a full end of all the nations whither I have scattered thee; yet of thee will I not make a full end, but I will correct thee with judgment, and will not hold thee altogether guiltless.
12परमेश्वर भन्नुहुन्छ “तिमीहरूको घाउ गहिरो र जाति हुनलाई निकै चर्को पर्छ।
12For thus saith Jehovah: Thy bruise is incurable, thy wound is grievous.
13तिमीहरूका निम्ति बोलिदिने कोही छैन। तिमीहरूको घाउ निको पार्न कुनै औषधी पाँउदैनौ।
13There is none to plead thy cause, to bind up [thy wound]; thou hast no healing medicines.
14तिमीहरूका प्रेमीहरूले तिमीहरूलाई भूलेका छन् अनि अहिले तिमीहरूको चिन्ता गर्दैनन्। म तिमीहरूलाई शत्रु सरह घात पुर्याउनेछु। तिमीहरूका धेरै दुष्टकर्महरू र अनगन्ती पापहरूको कारणले म तिमीहरूलाई कडा दण्ड दिनेछु।
14All thy lovers have forgotten thee; they seek thee not. For I have smitten thee with the stroke of an enemy, with the chastisement of a cruel one, for the greatness of thine iniquity: thy sins are manifold.
15इस्राएल र यहूदा तिमीहरूका कष्टदायक घाउका निम्ति किन रोइरहेका छौ? त्यसको कुनै उपचार नै छैन। मैले तिमीहरूको धेरै दुष्ट कार्यहरू र अनगन्ती पापहरूको कारणले तिमीहरूलाई यस्तो पारेको छु।
15Why criest thou because of thy bruise? thy sorrow is incurable; for the greatness of thine iniquity, [because] thy sins are manifold, I have done these things unto thee.
16यसकारण ती सबै ज-जसले तिमीहरूलाई नष्ट पार्छन तिनीहरूलाई पनि नष्ट परिनेछ। तिम्रा शत्रुहरू सबैलाई कैद गराइन्छ। ती जाति-जातिहरू ज-जसले तिमीहरूलाई नष्ट बनाएका छन। तिनीहरू आफै नष्ट हुनेछन। ती सबै ज-जसले तिमीहरूलाई लुटेका छन् अरूले तिनीहरूलाई लुटनेछन्।
16Therefore all that devour thee shall be devoured, and all thine adversaries, every one of them, shall go into captivity; and they that spoil thee shall be for a spoil; and all they that prey upon thee will I give to be a prey.
17अनि म तिमीहरूका स्वास्थ्य निको पारिदिनेछु। अनि म तिमीहरूका घाउ निको पार्ने छु।” यो परमप्रभुको सन्देश हो, “किनभने अन्य मानिसहरूले तिमीहरूलाई कसैले पनि सियोनको वास्ता गर्दैन भन्दै बहिष्कार गरिएको भनेका छन्।”
17For I will apply a bandage unto thee, and I will heal thee of thy wounds, saith Jehovah; for they have called thee an outcast: This is Zion that no man seeketh after.
18परमप्रभु भन्नुहुन्छ “हेर, याकूबका मानिसहरूको भाग्य पुर्नहाल गर्न म जाँदैछु। डेराहरूप्रति दयाममा दया नगर मेरो याकूबको पालहरूमाथि दया रहने छ। ध्वंश भएको ठाउँमा शहर फेरि बनिनेछ अनि राजाको महल ठीक ठाउँमा नै बनिनेछ।
18Thus saith Jehovah: Behold, I will turn the captivity of Jacob's tents, and have mercy on his habitations; and the city shall be built upon her own heap; and the palace shall be inhabited after the manner thereof.
19तिनीहरूबाट धन्यवादको स्तुतिगान र आनन्दको स्वर गुञ्जिनेछ। म तिमीहरूलाई धेरै छोरा-छोरीहरूका निम्ति आशीर्वाद दिनेछु। तिमीहरू कम्ती हुनेछैनन्। म तिनीहरूमा गौरव ल्याउनेछु र तिनीहरूलाई कैसेले तिरस्कार गर्नु पाउने छैनन्।
19And out of them shall proceed thanksgiving, and the voice of them that make merry: and I will multiply them, and they shall not be diminished; and I will honour them, and they shall not be small.
20तिनीहरूका बाल-बच्चाहरूले उहिलेका जस्तो समय पाउनेछन्। तिनीहरूको समुदाय मेरो अघि स्थापित हुनेछ। जसले तिनीहरूमाथि अत्याचार गर्छ म तिमीहरूलाई दण्ड भोगाउनेछु।
20And their sons shall be as aforetime; and their assembly shall be established before me; and I will punish all that oppress them.
21तिनीहरू मध्येकै एक मानिस तिनीहरूका शासक हुनेछ। त्यो मानिस उसका मानिसहरूबाट हुनेछ। म उसलाई मेरो नजिक ल्याउनेछु र उ मेरो नजिक आउनेछ। यदि मैले उसलाई नबोलाए कसले मेरो अघि आउने सहास गर्छ, परमप्रभु भन्नुहुन्छ।
21And their prince shall be of themselves, and their ruler shall proceed from the midst of them; and I will cause him to approach, and he shall draw near unto me. For who is this that engageth his heart to draw near unto me? saith Jehovah.
22तिमीहरू मेरो प्रजा हुनेछौ। अनि म तिमीहरूका परमेश्वर हुनेछु।”
22And ye shall be my people, and I will be your God.
23“हेर! परमप्रभुको आँधी! उहाँको क्रोध बाहिर जान्छ! यो र्गजिरहेको आँधी हो! त्यो दुष्ट मानिसको शिरमा बज्रिनेछ।
23Behold, a tempest of Jehovah, fury is gone forth, a sweeping storm: it shall whirl down upon the head of the wicked.
24परमप्रभुको क्रोध तबसम्म शेष हुदैन जबसम्म उहाँले गर्नु भएको योजना सम्पन्न गर्नु हुन्न। पछिका दिनहरूमा तिमीहरूले यो सब बुझ्नेछौ।”
24The fierce anger of Jehovah shall not return, until he have executed, and until he have performed the purposes of his heart. At the end of the days ye shall consider it.