1यहूदामा सिदकियाहको शासनकालको दशौं वर्षमा यो सन्देश परमप्रभुबाट यर्मियाहकहाँ आयो। सिदकियाहको दशौं वर्ष नबूकदनेस्सरको राज्यकालको अठारौं वर्ष थियो।
1The word that came to Jeremiah from Jehovah in the tenth year of Zedekiah king of Judah: that year was the eighteenth year of Nebuchadrezzar.
2त्यस बेला, बाबेलका राजाका सैन्याले यरूशलेमको शहर वरिपरि घेरा हालेर राखेका थिए अनि यर्मियालाई प्रहरीको चोकमा कैद गरिएको थियो जुन चोक यहूदाका राजाको महल थियो।
2And the king of Babylon's army was then besieging Jerusalem; and the prophet Jeremiah was shut up in the court of the guard, which was in the king of Judah's house.
3यहूदाका राजा सिदकियाहले यर्मियालाई त्यस ठाउँमा यसो भन्दै थुनेका थिए “परमप्रभुले यो शहर बाबेलका राजालाई दिनुहुनेछ अनि उसले यसलाई नियन्त्रणमा राख्छ भनी तिमीले किन अगमवाणी गरेको?”
3For Zedekiah king of Judah had shut him up, saying, Why dost thou prophesy and say, Thus saith Jehovah: Behold, I give this city into the hand of the king of Babylon, and he shall take it;
4यहूदाका राजा सिदकियाह बाबेलका सैन्यदेखि बाँच्ने छैन। तर निसन्देह उसलाई बाबेलका राजाकहाँ सुम्पिइनेछ। अनि सिदकियाह बाबेलका राजा सँग आमने-सामने बोल्ने छ। सिदकियाहले उसलाई आफ्नै आँखाले देख्नेछ।
4and Zedekiah king of Judah shall not escape out of the hand of the Chaldeans; for he shall certainly be given into the hand of the king of Babylon, and shall speak with him mouth to mouth, and his eyes shall behold his eyes;
5बाबेलका राजाले सिदकियाहलाई बाबेलमा लैजानेछ। जहाँ मैले कार्वाही नगरूञ्जेल सम्म उ रहेनछ। यहूदाका सैन्यले बाबेलका सैन्यसित लडाइँ गर्नेछन् तर तिनीहरू सफल हुँदैनन्।”‘ यो परमप्रभुबाट आएको सन्देश हो।
5and he shall lead Zedekiah to Babylon, and there shall he be until I visit him, saith Jehovah: though ye fight with the Chaldeans, ye shall not prosper?
6कैदमा भएको बेला यर्मियाले भन्यो, “यो सन्देश परमप्रभुबाट मकहाँ आयो।
6And Jeremiah said, The word of Jehovah came unto me, saying,
7यर्मिया, तिम्रो काका शल्लूमको छोरो हनमेल तिमीकहाँ आउँदैछ। हनमेलले तिमीलाई एउटा प्रस्ताव दिनेछ कि ‘तिमीले अनातोत शहरको छेउमा भएको क्षेत्र किन्नु पर्नेछ कारण हनमेल उसको एकदम निकट सन्तान हो। अनि हनमेलको त्यो ठाँउ किन्ने जिम्मावारी र अधिकार तिम्रो हो।’
7Behold, Hanameel, the son of Shallum thine uncle, shall come unto thee, saying, Buy for thyself my field which is in Anathoth; for thine is the right of redemption, to buy [it].
8“तब परमप्रभुले भन्नु भए अनुसार नै घटना हुन गयो। मेरो काकाको छोरो हनमेल मकहाँ प्रहरीको चोकमा आयो। हनमेलले मलाई भन्यो, ‘यर्मिया, बिन्यामीन क्षेत्रभित्र अनातोत शहरको छेउमा भएको मेरो जमीन किन्नुहोस्। त्यो जमीन तपाईंकै लागि किन्नुहोस् यो किन्ने यसलाई विमुक्त पार्ने अधिकार तपाईंको हो। यो तपाईंकै लागि किन्नु होस्।’ यसर्थ मैले जाने कि यो सन्देश परमप्रभुबाट थियो।
8And Hanameel, mine uncle's son, came to me in the court of the guard according to the word of Jehovah, and said unto me, Buy my field, I pray thee, that is in Anathoth, which is in the land of Benjamin; for the right of inheritance is thine, and the redemption is thine: buy [it] for thyself. Then I knew that this was the word of Jehovah.
9“मैले मेरो काकाको छोरो हनमेलबाट अनातोतमा जमीन किनें। मैले उसको लागि सत्र शेकेल चाँदी ओजन गरें।
9And I bought of Hanameel, mine uncle's son, the field which is in Anathoth, and weighed him the money, seventeen shekels of silver.
10मैले जमीनको तमसुकमा सही गरें। अनि मोहर लगाए तमसुक मसित रह्यो। मैले कतिपय मानिसहरू त्यो जमीन किन्दा साक्षी बस्नेहरू पनि पाएँ। मैले चाँदीहरू मापदण्ड अनुसार ओजन गरें।
10And I subscribed the writing, and sealed it, and took witnesses, and weighed the money in the balances.
11तब तमसुक लिएँ दुवै व्यवहार र शर्त्तहरू सहित मोहर लगाएको अनि मोहर नलगाइएको तमसुकको मैले लिए प्रतिलिपि।
11And I took the writing of the purchase, that which was sealed [according to] the law and the statutes, and that which was open;
12अनि मैले तिनीहरू बारूकलाई दिएँ। बारूक नेरियाहको छोरो हो। मोहर लगाइएको तमसुकमा मैले जमीन किन्दा गरिएको सबै शर्त्तहरू समावेश थियो। जब मेरो काकाको छोरा हनमेल र अन्य मानिसहरू त्यहाँ थिए मैले बारूकलाई त्यो तमसुक दिएँ। ती साक्षीहरूले पनि तमसुकमा सही गरे। त्यहाँ चोकमा यहूदाका धेरै मानिसहरू थिए अनि तिनीहरूले मैले बारूकलाई तमसुक दिएको देखे।
12and I gave the writing of the purchase unto Baruch the son of Nerijah, the son of Maaseiah, in the sight of Hanameel mine uncle's [son], and in the presence of the witnesses that had subscribed the writing of purchase, before all the Jews that were sitting in the court of the guard.
13“मैले ती सबै मानिसहरूकै समक्ष बारूकलाई भने
13And I charged Baruch in their presence, saying,
14‘सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ तमसुकको दुवै प्रतिलिपिहरू मोहर लगाइएको अनि मोहर नलगाइएको तिनीहरूलाई माटोको भाँडामा राख यसो गर ताकि यो जमीनका तमसुकहरू लामो समय सम्म सुरक्षित हुनेछ।
14Thus saith Jehovah of hosts, the God of Israel: Take these writings, this writing of the purchase, both that which is sealed and this writing which is open; and put them in an earthen vessel, that they may remain many days.
15सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वरले भन्नुहुन्छ “भविष्यमा मेरो मानिसहरूले फेरि एकपल्ट घरहरू खेत दाखका खेतहरू र यस बारीहरू किन्नेछन्।”‘
15For thus saith Jehovah of hosts, the God of Israel: Houses and fields and vineyards shall again be purchased in this land.
16“नेरियाहको छोरो बारूकलाई त्यो जमीनको तमसुक दिइसके पछि मैले परमप्रभुसंग प्रार्थना गरें।
16And after I had given the writing of the purchase unto Baruch the son of Nerijah, I prayed unto Jehovah saying,
17“हे परमप्रभु परमेश्वर, तपाईंले तपाईंको महान-शक्तिद्वारा अनि तपाईंको विस्तृत स्वर्ग र पृथ्वी बनाउनु भयो अनि तपाईंको लागि केही असम्भव छैन्।
17Alas, Lord Jehovah! Behold, thou hast made the heavens and the earth by thy great power and stretched-out arm; there is nothing too hard for thee:
18हे परमप्रभु, तपाईं हजारौं मानिसहरूका लागि कृपालु हुनुहुन्छ तर तपाईंले पिता-पुर्खाहरूको पापको भागी नानीहरूलाई दण्ड दिनुभयो। हे महान एवं शक्तिशाली परमेश्वर, तपाईंको नाउँ सेनाहरूका परमप्रभु हो।
18who shewest mercy unto thousands, and recompensest the iniquity of the fathers into the bosom of their children after them, thou, the great, the mighty ùGod, -- Jehovah of hosts is his name;
19तपाईंको विचार महान छ अनि महान कर्महरू गर्नुहुन्छ। हे परमप्रभु! तपाईंले मानिसहरूले जे गर्छन् हेर्नु हुन्छ अनि तिनीहरूको कर्म अनुसार फल दिनुहुन्छ।
19great in counsel and mighty in work, whose eyes are open upon all the ways of the children of men, to give every one according to his ways, and according to the fruit of his doings:
20हे परमप्रभु! तपाईंले शक्तिशाली र मिश्र भूमिमा गर्नुभयो अहिले सम्म इस्राएलमा र अन्य मानिसहरूको बीचमा आश्चर्यचकित कर्महरू गरिरहनु भएको छ। तपाईं आफैले आज प्रसिद्ध पार्नु भएकोछ।
20who hast displayed signs and wonders unto this day, in the land of Egypt and in Israel and among [other] men; and hast made thee a name, as at this day.
21तपाईंले आफ्नो आलौकिक शक्ति प्रयोग गरी मिश्रबाट इस्राएलका मानिसहरू ल्याउनु भयो। तपाईंले यी कुराहरू तपाईंका शक्तिशाली हात विस्तृत पाखुरा अनि कार्यहरूद्वारा यस्तो गर्नुभयो।
21And thou broughtest forth thy people Israel out of the land of Egypt by signs, and by wonders, and by a powerful hand, and by a stretched-out arm, and by great terror;
22“परमप्रभु, तपाईंले यो देश इस्राएलका मानिसहरूलाई दिनुभयो। यो त्यही देश हो जुन तपाईंले धेरै अघि तिनीहरूका पिता-पुर्खाहरूलाई सुम्पिने वचन दिनु भएको थियो। यो अति असल देश हो। यो धेरै कुराहरू भएको राम्रो देश हो।
22and didst give them this land, which thou hadst sworn unto their fathers to give them, a land flowing with milk and honey.
23इस्राएलका मानिसहरू यस देशमा आए अनि त्यसलाई बनाए। तर तिनीहरूले तपाईंको आज्ञा पालन गरेनन अथवा तिनीहरूले तपाईंको शिक्षा अनुसरण गरेनन् अथवा तपाईंको आज्ञा पालन तिनीहरूले गरेनन्। यसकारण तपाईंले इस्राएलका मानिसहरूमाथि यी सारा संकटहरू ल्याउनु भयो।
23And they came in and possessed it: but they hearkened not unto thy voice, neither walked in thy law; they have done nothing of all that thou commandedst them to do; so that thou hast caused all this evil to come upon them.
24“अनि अहिले, बाबेलवासीहरूले त्यो शहर कब्जा गर्न घेरेर राखेकाछन्। तिनीहरूले आफ्ना तरवारहरूद्वारा अनिकाल फैलाएर अनि भयानक रोगहरू फैलाएर यरूशलेममाथि विजय प्राप्त गर्नेछन्। त्यो शहर अहिले बाबेल सेनाहरूको आक्रमणमा छ। हे परमप्रभु! तपाईंले यस्तो होस् भन्नु भएकोले यस्तो भएकोछ।
24Behold the mounds, they are come unto the city for taking it; and the city is given over into the hand of the Chaldeans, that fight against it, by the sword, and the famine, and the pestilence: and what thou hast spoken is come to pass; and behold, thou seest [it].
25“हे परमप्रभु मेरो मालिक यो शहर कल्दीहरूको भए ता पनि यी सबै घटनाहरू घटिसके। तर अहिले मलाई भनिरहनु भएको छ। तर मलाई तपाईं भनी रहनु भएको छ, ‘यर्मिया, जमीन चाँदीले किन् अनि कतिपय मानिसहरूलाई साक्षी चुन।’ तपाईंले यो मलाई यस्तो भन्नुहुन्छ। बाबेलका सेनाले त्यो शहर अधीन पार्न तैयार भैरहेको बेला।”
25And thou, Lord Jehovah, thou hast said unto me, Buy for thyself the field for money, and take witnesses; -- and the city is given into the hand of the Chaldeans.
26त्यसपछि परमप्रभुको वचन यर्मियाकहाँ आई पुग्यो
26And the word of Jehovah came unto Jeremiah, saying,
27“यर्मिया, म परमप्रभु हुँ। म सबै जीवधारीका परमेश्वर हुँ। के मेरो निम्ति कुनै कुरा असम्भव छैन।”
27Behold, I am Jehovah, the God of all flesh: is there anything too hard for me?
28परमप्रभुले तब भन्नुभयो, “म यरूशलेम शहर बाबेलका सेना र बाबेलका राजा नबूकदनेस्सरलाई सुम्पिरहेको छु। ती सेनाले शहर आफ्नो अधीनमा लिनेछन्।
28Therefore thus saith Jehovah: Behold, I give this city into the hand of the Chaldeans, and into the hand of Nebuchadrezzar the king of Babylon, and he shall take it.
29बाबेल सेनाले यरूशलेम शहरमाथि आक्रमण गरिरहेकाछन् तिनीहरू भित्र पस्नेछन् र आगो लाउनेछन्। तिनीहरूले जलाएर नै यो शहर भत्काउनेछन्। शहरमा यस्ता मानिसहरू छन् जो झूटा देवता बाललाई छानामाथि बाल्छन् अनि अर्घ बलिहरू अर्पण गर्छन् अनि मलाई रीस उठाउँछन्। बाबेल सेनाले यी घरहरू जलाएर खरानी पार्नेछन्।
29And the Chaldeans, that fight against this city, shall come in and set fire to this city, and shall burn it, and the houses upon whose roofs they have offered incense unto Baal, and poured out drink-offerings unto other gods, to provoke me to anger.
30मैले इस्राएलका र यहूदाका मानिसहरूलाई नियालेकोछु। प्रत्येक कुरा जे तिनीहरूले गरेकाछन् त्यो पाप हो। तिनीहरूले बालक अवस्थामा हुँदैदेखि पाप कामहरू गरेकाछन्। इस्राएलका मानिसहरूले मलाई अति रीस उठाएका छन्। तिनीहरूले मलाई रीस उठाए किनभने तिनीहरूले आफ्नै हात द्वारा बनाएको मूर्तिहरू पूज्ने गर्छन्।” यो परमप्रभुबाट आएको सन्देश हो।
30For the children of Israel and the children of Judah have been doing only evil in my sight from their youth; for the children of Israel have only provoked me to anger with the work of their hands, saith Jehovah.
31“यरूशलेम शहर बनिएको समयदेखि अहिलेसम्म यस शहरका मानिसहरूले मलाई क्रोधित बनाए। यो शहरले मलाई क्रोधित पार्यो यसर्थ मेरो दृश्यबाट यसलाई हटाउनै पर्छ।
31For this city hath been to me [a provocation] of mine anger and of my fury from the day that they built it even unto this day; that I should remove it from before my face,
32म यरूशलेमलाई ध्वंस गरिदिनेछु किनभने इस्राएल र यहूदाका मानिसहरूले पापमय कर्महरू गरेका छन्। यरूशलेम र यहूदाका मानिसहरूले तिनीहरूका राजाहरूले, शासकहरूले, तिनीहरूका पूजाहारीहरूले र अगमवक्ताहरूले लगाएत सम्पूर्ण मानिसहरूले मलाई क्रोधित पारेकाछन्।
32because of all the evil of the children of Israel and of the children of Judah, which they have done to provoke me to anger, they, their kings, their princes, their priests, and their prophets, and the men of Judah, and the inhabitants of Jerusalem.
33“ती मानिसहरूले मलाई पिठ्यूँ देखाए। मैले तिनीहरूलाई घरि घरि शिक्षा दिन कोशिश गरें तर तिनीहरूले चाहेनन् मैले तिनीहरूलाई सुधार्ने प्रयास गरें, मेरो कुरामा ध्यानै दिएनन् तिनीहरूले मेरो अनुशासन ग्रहण गरेनन्।
33And they have turned unto me the back, and not the face; and though I taught them, rising early and teaching, they hearkened not to receive instruction.
34ती मानिसहरूले दिक्क लाग्दा मूर्तिहरू मेरो मन्दिरमा सजाए अनि त्यसलाई दूषित पारे।
34And they have set their abominations in the house which is called by my name, to defile it;
35“बेन-हिन्नोमको बेंसीमा ती मानिसहरूले मोलेकलाई आफ्ना छोरा-छोरीहरू बलि चढाएर झूटा देवता बाललाई पूज्न उच्च स्थानको निर्माण गरे। मैले तिनीहरूलाई कहिले पनि त्यस्तो भयानक कार्यहरू गर भनेर आज्ञा गरिनँ यहूदाका मानिसहरूले यस्तो पापपूर्ण कामहरू गर्छन् भनेर कहिल्यै पनि मेरो मनमा लागेको थिएन।
35and they have built the high places of Baal, which are in the valley of the son of Hinnom, to cause to pass through [the fire] their sons and their daughters unto Molech: which I commanded them not, neither came it into my mind, that they should do this abomination, to cause Judah to sin.
36“तिमीहरू भनिरहेका छौ, ‘बाबेलका राजाले तरवारले अनिकाल र रूढीले यरूशलेम आफ्नो अधीनमा पार्ने छ।’ तर परमप्रभु इस्राएलका परमेश्वर यो शहरको विषयमा भन्नुहुन्छ
36And now therefore Jehovah, the God of Israel, saith thus concerning this city, whereof ye say, It hath been given over into the hand of the king of Babylon by the sword, and by the famine, and by the pestilence:
37‘म तिनीहरूलाई तिनीहरूको भूमिमा फर्काई ल्याउनेछु। म ती मानिसहरूसँग रीसाएको समयमा तिनीहरूलाई तितर-बितर पारेको ठाउँहरूबाट भेला पार्नेछु। तर म तिनीहरूलाई यो ठाउँमा फर्काई ल्याउनेछु। म ती मानिसहरूलाई त्यस्तै पार्नेछु। म तिनीहरूको जीवनलाई शान्त र सुरक्षित बनाउनेछु।
37Behold, I will gather them out of all the countries whither I have driven them, in mine anger, and in my fury, and in great wrath; and I will bring them again unto this place, and I will cause them to dwell safely.
38तिनीहरू मेरो मानिसहरू हुनेछन् अनि म तिनीहरूका परमप्रभु हुनेछु।
38And they shall be my people, and I will be their God.
39म तिनीहरूलाई संयुक्त हृदय र पथ दिनेछु ताकि तिनीहरू र आफ्ना आफ्ना बाल-बच्चाको भलाईको निम्ति मलाई सधैं सम्मान गर्नेछन्।
39And I will give them one heart, and one way, that they may fear me all [their] days, for the good of them, and of their children after them.
40“‘म तिनीहरूसित एक स्थायी करार गर्नेछु। यो करार बमोजिम म तिनीहरूको सधैं भलाई गर्नेछु। तिनीहरूले मलाई आदर गर्ने बनाउनेछु। यसकारण तिनीहरूले मलाई कहिल्यै त्याग्ने छैनन्।
40And I will make an everlasting covenant with them, that I will not draw back from them, to do them good; and I will put my fear in their heart, that they may not turn aside from me.
41तिनीहरूलाई भलाई गर्नुमा म खुशी रहेनछु। म निश्चय तिनीहरूलाई यस देशमा रोप्ने छु र हुर्काउने छु। म आफ्नो जम्मै हृदय र मनले त्यसो गर्ने छु।”‘
41And I will rejoice over them to do them good, and I will assuredly plant them in this land with my whole heart and with my whole soul.
42यसकारण परमप्रभु भन्नुहुन्छ “मैले तिनीहरूमाथि ठूलो विपत्ति ल्याएँ। त्यसरी नै मैले जो प्रतिज्ञा गरेको छु तिनीहरूको लागि उपकारी थोकहरू ल्याउँनेछु।
42For thus saith Jehovah: Like as I have brought all this great evil upon this people, so will I bring upon them all the good that I have spoken concerning them.
43तिमीहरूले भनिरहेका छौ कि ‘बाबेलका सेनाले यो देश परास्त गर्यो अनि यो ता मानिस र पशुहरू बिना एक मरूभूमि भएको छ।’ तर याद गर मानिसहरूले एकपल्ट फेरि यस ठाउँमा जमीन किन्नेछन्।
43And fields shall be bought in this land, whereof ye say, It is desolate without man or beast; it is given into the hand of the Chaldeans.
44तिनीहरूले पैसाहरू दिएर खेतहरू किन्नेछन्। तिनीहरूले जमीनको तमसुकमा हस्ताक्षर गर्नेछन् र साक्षीहरूको उपस्थिसित मोहर लगाउनेछन्। मानिसहरूले फेरि साक्षीहरूको उपस्थितिमा बिन्यामीनको देशमा यरूशलेम वरिपरिका ठाउँहरूमा, यहूदाको शहरहरूमा पहाडी देशमा, पश्चिमी बेंसीहरू अन्तर्गत, अनि नेगेबमा जमीनहरू किन्ने छन्। त्यस्तो हुने नै छ किनभने म तिनीहरूलाई पुर्नस्थापना गर्नेछु।” यो परमप्रभुको सन्देश हो।
44[Men] shall buy fields for money, and subscribe the writings, and seal them, and take witnesses, in the land of Benjamin, and in the environs of Jerusalem, and in the cities of Judah, and in the cities of the hill-country, and in the cities of the lowland, and in the cities of the south: for I will turn their captivity, saith Jehovah.