1परमप्रभुले भन्नुभयो, “हे इस्राएलका मानिसहरू! यदि तिमीहरू मकहाँ फर्की आउनु चाहन्छौ भने आऊ। तिमीहरूका मूर्तिहरू मेरो सामनेबाट हटाइदेऊ। मदेखि नबरालिओ।
1If thou wilt return, O Israel, saith Jehovah, return unto me; and if thou wilt put away thine abominations out of my sight, then shalt thou not be a wanderer;
2‘यदि परमप्रभु जीवित हुनुहुन्छ,’ भनी शपथ खान्छौ र त्यसलाई सरलता, इमान्दारी अनि धार्मिकतासित पालन गर्छौ भने जाति-जातिहरू परमप्रभुको नाउँद्वारा जाति-जातिहरू आफै धन्य हुनेछन् अनि उहाँ तिनीहरूका परमेश्वर हुँ भनी गर्व गर्नु हुनेछ।”
2-- and thou shalt in truth, in justice, and in righteousness swear, [As] Jehovah liveth! and the nations shall bless themselves in him, and in him shall they glory.
3परमप्रभुले यही कुराहरू यहूदा र यरूशलेमलाई भन्नुभयो “तिम्रा खेतहरू जोत! काँढाहरू माझ बीऊहरू नछर।
3For thus saith Jehovah to the men of Judah and Jerusalem: Break up for you a fallow ground, and sow not among thorns.
4परमप्रभु अघि आफ्नै खतना गर अनि हृदयको अपवित्रता आफै हटाऊ। हे यहूदा र यरूशलेमका मानिसहरू हो! तिमीहरू परिर्वतित भएनौ भने मेरो क्रोध अग्नि झैं फैलिनेछ। कसैले पनि त्यो आगो नियन्त्रण गर्न सक्ने छैन। यो तिमीहरूको दुष्टकार्यको कारण यस्तो हुनेछ।”
4Circumcise yourselves for Jehovah, and take away the foreskins of your heart, ye men of Judah and inhabitants of Jerusalem; lest my fury come forth like fire and burn, and there be none to quench it, because of the evil of your doings.
5“यहूदाका मानिसहरूलाई यो सन्देश देऊ यरूशलेम शहरका प्रत्येक मानिसलाई भन, ‘राज्यका चारैतिर तुरही फुक।’ चिच्याउँदै कराउँदै भन, ‘सँगै आऊ। ‘सुरक्षाको लागि हामी सबै बलियो शहरहरू तिर भाग्यौं।’
5Declare ye in Judah, and cause it to be heard in Jerusalem, and say, ... and blow the trumpet in the land, cry aloud and say, Assemble yourselves, and let us enter into the fenced cities.
6सियोन तिर संकेतको झण्डा उठाऊ। नपर्ख, आफ्नो जीवनको लागि भाग! यसै गर किनभने म उत्तरतिरबाट महा विपत्ति र ठूलो सत्यनाश ल्याउनेछु।”
6Set up a banner toward Zion; take to flight, stay not! For I am bringing evil from the north, and a great destruction.
7एउटा “सिंह” आफ्नो ओडारबाट बाहिर आएको छ। जाति-जातिहरूलाई नष्ट गर्ने आएको छ। तिम्रा भूमि सर्वनाश पार्नु त्यो आफ्नो ठाँउबाट बाहिर आएको छ। तिम्रा शहरहरू नष्ट पार्नेछ अनि त्यहाँ कोही पनि बास गर्ने छैन।
7The lion is come up from his thicket, the destroyer of the nations is on his way; he is gone forth from his place, to make thy land desolate; thy cities shall be laid waste, without inhabitant.
8यसकारण भाङ्रा लगाऊ, शोक गर अनि विरक्तकर स्वरमा चिच्याऊ। किनभने परमप्रभु अझैं हामीसित रीसाउनु भएको छ।”
8For this, gird you with sackcloth, lament and howl! for the fierce anger of Jehovah is not turned away from us.
9परमप्रभु भन्नुहुन्छ, “जब यस्ता घट्ना घट्छ, राजा अनि उसका अधिकारीहरूको हृदय दुर्बल हुनेछ, पूजाहारीहरू भयभीत हुन्छन् अनि अगमवक्तहरू अचम्मित हुनेछन्।”
9And it shall come to pass in that day, saith Jehovah, that the heart of the king shall perish, and the heart of the princes; and the priests shall be astonished, and the prophets shall be amazed.
10तब मैले भने, “हे परमप्रभु मेरो मालिक! तपाईंले साँच्चै यहूदा र यरूशलेमका मानिसहरूलाई धोका दिनुभयो। तपाईंले भन्नुभएको थियो, ‘तिमीहरूले शान्ति पाउनेछौ।’ तर तिनीहरूकै घाँटीहरूमा तरवारले हानियो!”
10And I said, Alas, Lord Jehovah! surely thou hast greatly deceived this people and Jerusalem, saying, Ye shall have peace; whereas the sword reacheth unto the soul.
11त्यस समयमा यहूदा र यरूशलेमका मानिसहरूलाई सम्झाइनेछ, “मेरो मानिसहरू विरूद्ध नाङ्गो डाँडाहरूबाट तातो हावा बहने छ तर तिनीहरूलाई निफन्न अथवा सफा पार्नु होइन।
11At that time shall it be said to this people and to Jerusalem, A hot wind [cometh] from the heights in the wilderness, on the way of the daughter of my people, not for fanning, nor for cleansing.
12यो हावा त्यो भन्दा पनि बलियो हुनेछ हो अनि यो मबाट आउँछ। अब, यहूदाका मानिसहरूका विरूद्ध म मेरो न्याय घोषणा गर्नेछु।”
12A wind more vehement than that shall come from me: now will I also pronounce judgments against them.
13हेर! शत्रु बादल झैं आउँदैछ। उसको रथ हुरी झैं चल्छ, घोडाहरू चीलहरू भन्दा छिटा छन्। हामीलाई छिक्कार छ, हामी नष्ट भयौं।
13Behold, he cometh up as clouds, and his chariots are as a whirlwind; his horses are swifter than eagles. Woe unto us! for we are destroyed.
14हे यरूशलेमका मानिसहरू! आफ्नो हृदयबाट पापहरू धोई पखाल ताकि तिमीहरू बाच्नेछौ कहिल्ये सम्म आफ्नो दुष्ट्रयाँइसित अड्किरहनेछौ।
14Wash thy heart, Jerusalem, from wickedness, that thou mayest be saved. How long shall thy vain thoughts lodge within thee?
15दानका सन्देशवाहकको आवाज सुन। एप्रैमबाट उसले नराम्रो खबर घोषणा गर्छ।
15For a voice declareth from Dan, and publisheth affliction from mount Ephraim.
16“जाति-जातिहरूलाई खबर गर। यरूशलेमभरि मानिसहरूमा यो खबर फैलाऊ। टाढोबाट घेरा हाल्ने सैन्य आइरहेको छ। यी शत्रुहरूले यहूदा शहरहरू विरूद्ध लडाइँ घोषित गरिरहेका छन्।
16Inform the nations; behold, make Jerusalem to hear: Besiegers come from a far country, and raise their voice against the cities of Judah.
17तिमीहरूले मेरो विरूद्धमा विद्रोह गरेकाले खेतालाहरूले खेत सुरक्षित पारे झैं शत्रुहरूले यरूशलेमलाई घेरेकाछन्!” यो सन्देश परमेश्वरबाट आएको हो।
17As keepers of a field are they against her round about; for she hath been rebellious against me, saith Jehovah.
18“तिमीहरूले जुन प्रकारले काम गर्यौ अनि जुन तरिकाले बसो-बास गर्यौ त्यसले यो विपद निम्त्यायो। यो तिम्रो लागि सजाय हो। यो तीक्त छ र तिम्रो मुटु छुन्छ।”
18Thy way and thy doings have procured these [things] unto thee; this is thy wickedness, yea, it is bitter, yea, it reacheth unto thy heart.
19हाय मेरो वेदना, मेरो वेदना! म मनोव्यथामा छु! हे मेरो हृदय! मेरो मुटुले मभित्र प्रहार गरिरहेछ। म चूपचाप बस्न सक्तिनँ, किनभने मैले तुरहीले सुनेको छु अनि तुरहीले अनि सैन्यलाई युद्ध तर्फ बोलाइरहेछ।
19My bowels! my bowels! I am in travail! [Oh,] the walls of my heart! My heart maketh a noise in me; I cannot hold my peace: for thou hearest, my soul, the sound of the trumpet, the clamour of war.
20ध्वंसपछि ध्वंस नै आउँछ। सम्पूर्ण भूमि ध्वंस भयो। हटात मेरा पालहरू पनि ध्वंस भए। मेरा पर्दाहरू च्यातिए अनि झारिए।
20Destruction upon destruction is proclaimed; for the whole land is wasted: suddenly are my tents laid waste, my curtains, in a moment.
21परमप्रभु, कहिले सम्म मैले युद्धको झण्डाहरू हेर्नु नै पर्छ? कहिले सम्म मैले युद्धको तुरहीहरू सुन्नै पर्छ?
21How long shall I see the standard, [and] hear the sound of the trumpet?
22परमेश्वरले भन्नुभयो, “मेरा मानिसहरू मूर्ख छन्। तिनीहरूले मलाई चिन्दैनन्। तिनीहरू अज्ञानी नानीहरू हुन्। तिनीहरू बुझ्दैनन्। तिनीहरू दुष्टाईं गर्नमा सिपालु छन्, तर तिनीहरू असल काम कसरी गर्नु जान्दैनन्।”
22For my people is foolish, they have not known me; they are sottish children, and they have no intelligence; they are wise to do evil, but to do good they have no knowledge.
23मैले पृथ्वीमा हेर। यो खाली थियो। यसमा केही पनि थिएन्। मैले आकाशमा हेरें अनि यसको प्रकाश धीमा भइसकेको थियो।
23I beheld the earth, and lo, it was waste and empty; and the heavens, and they had no light.
24मैले पर्वतहरूलाई हेर अनि तिनीहरू कामिरहेका थिए। सारा पहाडहरू हल्लिरहेका थिए।
24I beheld the mountains, and lo, they trembled, and all the hills shook violently.
25मैले हेर, तर त्यहाँ कोही पनि थिएन। अकाशका सारा चरा-चुरूङ्गीहरू उडिसकेका थिए।
25I beheld, and lo, man was not, and all the fowl of the heavens were fled.
26मैले हेर, अनि मलिलो भूमि मरूभूमि भयो। त्यस भूमिमा भएका सबै शहरहरू नाश भए। यो परमप्रभुले नै गर्नुभयो। परमप्रभु र उहाँको क्रोधको यो प्रतिफल हो।
26I beheld, and lo, the fruitful land was a wilderness, and all the cities thereof were broken down, before Jehovah, before his fierce anger.
27परमप्रभुले यी कुराहरू भन्नुभयो “सारा देश नै नष्ट हुनेछ। तर म पूर्ण रूपले यो भूमिलाई ध्वंस गर्ने छैन।
27For thus saith Jehovah: The whole land shall be a desolation; but I will not make a full end.
28त्यसै कारण त्यो भूमि रूनेछ अनि माथि आकाश कालो हुनेछ। म बोलें अनि परिवर्तन हुने छैन्। मैले निर्णय लिएँ अनि मेरो मन बद्लिने छैन्।”
28For this shall the earth mourn, and the heavens above be black; because I have spoken it, I have purposed it, and will not repent, neither will I turn back therefrom.
29प्रत्येक शहरले घोडसवारी र धनुर्धारीहरूको आवाज सुन्नेछ अनि भाग्नेछ! केही मानिसहरू पोथ्राहरूमा लुक्नेछन्, कतिपय मानिसहरू चट्टानहरूमाथि चढ्नेछन्। प्रत्येक शहर शून्य हुनेछ। त्यहाँ कोही पनि बस्ने छैन।
29At the noise of the horsemen and bowmen, every city fleeth; they go into the thickets, and climb up upon the rocks: every city is forsaken and no man dwelleth therein.
30यहूदा तिमी ध्वंश भएकाछौ, यसकारण अहिले तिमी के गरिरहेका छौ? तिमी किन तिम्रो सब भन्दा राम्रो रातो वस्त्र लगाईरहेका छौ? किन तिमी तिम्रो सुनका गरगहनाहरू लगाई रहेछौ? तिमी किन आफैलाई सुन्दर पारिरहेकाछौ? खाली यो समयको बर्बादी हो। तिम्रा प्रेमीहरूले तिमीलाई घृणा गर्छन। तिनीहरू तिम्रो ज्यान लिनु खोज्दैछन्।
30-- And thou, wasted one, what wilt thou do? Though thou clothest thyself with crimson, though thou deckest thee with ornaments of gold, though thou rendest thine eyes with paint, in vain dost thou make thyself fair: [thy] lovers despise thee, they seek thy life.
31एउटी स्त्रीलाई प्रसुती पीडाको समयको जस्तै आवाज मैले सुनेको छु। पहिलो पल्ट प्रसुती पीडामा परेकी स्त्रीको आवाज झैं थियो। त्यो सियोनकी छोरीले हावाको लागि कष्टश्वास फेर्दै र मुद्दतको लागि हात फैलाउँदै गरेको आवाज थियो। “हाय! म बेहोश हुनु लागेकि छु अनि हत्याराहरू मेरा वरिपरि छन्।”
31For I hear a voice, as of a woman in travail, anguish as of her that bringeth forth her first child, the voice of the daughter of Zion: she moaneth, she spreadeth forth her hands, [saying], Woe unto me! for my soul faileth because of murderers.