1यो सन्देश पलिश्ती मानिसहरूका बारेमा अगमवक्ता यर्मियालाई परमप्रभुबाट आयो। यो सन्देश फिरऊनले गाजा शहरमा आक्रमण गर्न अघि नै आएको थियो।
1The word of Jehovah that came to the prophet Jeremiah concerning the Philistines, before Pharaoh smote Gazah.
2परमप्रभु भन्नुहुन्छ, “हेर, शत्रुका सिपाहीहरू उत्तरमा भेला भइरहेकाछन्। तिनीहरू किनारमा छालले हिर्काउँदै उर्लेको नदी जस्तै आउनेछन्। तिनीहरूले बाढीले झैं सारा देश शहरहरू र त्यहाँ बस्ने मानिसहरू ढाक्नेछन्। त्यस देशका मानिसहरूले विलौना गर्नेछन् तथा गुहार माग्नेछन्।
2Thus saith Jehovah: Behold, waters rise up out of the north, and shall become an overflowing flood, and shall overflow the land, and all that is therein; the city, and them that dwell therein: and the men shall cry, and all the inhabitants of the land shall howl,
3तिनीहरूले घोडाहरू दौडेको टापहरू सुन्ने छन् तिनीहरूले रथहरू दौडाइएको तेज आवाजहरू सुन्नेछन् तिनीहरूले चक्काको गुडुल्किएको आवाज सुन्ने छन्। बाबुहरू आफ्ना नानीहरू जोगाउन असमर्थ हुनेछन्। तिनीहरू अति नै कमजोर हुनेछन्।
3at the noise of the stamping of the hoofs of his steeds, at the rushing of his chariots, at the rumbling of his wheels: fathers shall not look back for [their] children, from feebleness of hands;
4सोर अनि सिदोनलाई सहायता गर्न सक्ने त्यहाँ रहेका प्रत्येक जिउँदालाई टुक्राउनको लागि पलिश्तीलाई सर्वनाश पार्ने समय आएको छ। पलिश्तीहरू र कप्तोर टापुमा रहेका मानिसहरू सबैलाई परमप्रभुले ध्वंस गर्नु हुनेछ।
4because of the day that cometh to lay waste all the Philistines, to cut off from Tyre and Sidon every helper that remaineth; for Jehovah will lay waste the Philistines, the remnant of the island of Caphtor.
5गाजाका मानिसहरूले आफ्नो केश खौरन्छन्। अश्कलोनका मानिसहरू चूपचाप रहन्छन्। हे बेंसीमा बाँच्नेहरू हो! कहिलेसम्म तिमीहरू स्वयंलाई काट्नेछौ?
5Baldness is come upon Gazah; Ashkelon is cut off, the remnant of their valley: how long wilt thou cut thyself?
6हे परमप्रभुको तरवार, तिमी मुक्त भएकै छैनौ। कहिले सम्म तिमी लडाइँ गरिरहेने छौ? आफ्नो छापभित्र फर्केर जाऊ। रोक शान्त हौ।
6Alas! sword of Jehovah, how long wilt thou not be quiet? Withdraw into thy scabbard, rest, and be still.
7तर कसरी परमप्रभुको तरवार शान्त हुनसक्छ? अश्कलोन र समुद्री किनारमा आक्रमण गर्नु परमप्रभुले यसलाई आज्ञा दिनु भएको छ।”
7How shouldest thou be quiet? -- For Jehovah hath given it a charge: against Ashkelon, and against the sea shore, there hath he appointed it.