Nepali

Darby's Translation

Jeremiah

50

1यो सन्देशमा परमप्रभुले अगमवक्ता यर्मियाको मुखबाट बाबेल र यसको देश विषयमा भन्नुभयो।
1The word that Jehovah spoke concerning Babylon, concerning the land of the Chaldeans, through Jeremiah the prophet.
2“प्रत्येक जाति-जातिलाई यो घोषण गर, झण्डा उठाऊ र सन्देश प्रचार गर। सम्पूर्ण सन्देश सुनाऊ र भन, ‘बाबेलको राज्य कब्जा गरिनेछ। बाल देवता लाजको पात्र हुनेछ। मरोदक देवता भयभीत हुनेछ। बाबेलका मूर्तीहरू लज्जित हुनेछन्। उसका देवताका मूर्तिहरू त्रासित हुनेछन्।’
2Declare ye among the nations, and publish, and lift up a banner; publish, conceal not! Say, Babylon is taken, Bel is put to shame, Merodach is dismayed: her images are put to shame, her idols are dismayed.
3उत्तर दिशाबाट आएर एउटा जातिले बाबेलमाथि आक्रमण गर्नेछ। त्यो जातिले बाबेललाई, जन-शून्य मरूभूमि तुल्य पार्ने छ, कुनै मानिस पनि त्यहाँ बस्ने छैन्। दुवै मानिस जाति र पशुहरू त्यहाँबाट भागेर जानेछन्।”
3For out of the north there cometh up a nation against her, which shall make her land desolate, and none shall dwell therein: both man and beast are fled; they are gone.
4परमप्रभु भन्नुहुन्छ, “त्यसबेला इस्राएलका मानिसहरू अनि यहूदाका मानिसहरू एकैजुट हुनेछन्। तिनीहरू संग-संगै रूने छन्। अनि सँगै, तिनीहरू आफ्ना परमेश्वरलाई खोज्न जानेछन्।
4In those days, and at that time, saith Jehovah, the children of Israel shall come, they and the children of Judah together, going and weeping as they go, and shall seek Jehovah their God.
5ती मानिसहरूले सियोनमा कसरी जाने, सोध्ने छन्। तिनीहरू त्यही दिशातर्फ जान थाल्नेछन्। ती मानिसहरूले भन्ने छन्, ‘आऊ, हामी परमेश्वरकहाँ सम्मिलित हौ। एक त्यस्तो करार गरौ जुन सदा-सर्वदा रहनेछ। एक त्यस्तो करार गरौ जुन कहिल्यै भूलिने छैन्।’
5They shall inquire concerning Zion, with their faces thitherward, [saying,] Come, and let us join ourselves to Jehovah, in an everlasting covenant that shall not be forgotten.
6मेरो मानिसहरू हराएका भेंडा जस्तै भएका छन्। तिनीहरूका गोठालाहरूले तिनीहरूलाई कुमार्गमा डोर्याए। तिनीहरूका अगुवाहरूले तिनीहरूलाई पर्वत र पहाडहरूमा लक्ष्यहीन घुमी हिडने बनाए। यसर्थ तिनीहरूले आफ्ना मूल वासस्थान पनि बिर्सिए।
6My people are lost sheep; their shepherds have caused them to go astray, they turned them away on the mountains: they went from mountain to hill, they forgot their resting-place.
7ज-जसले मेरो मानिसहरूलाई भेटे तिनीहरूलाई चोट पुर्याए। तिनीहरूका शत्रुहरूले भने, ‘हामीले गल्ती काम गरेका छैनौ’ किनभने ती मानिसहरूले परमेश्वरको विरूद्ध पाप गरे जो तिनीहरूका साँचो आश्रय (घर) थियो। तिनीहरूका पिताहरूले विश्वास गरेका परमप्रभु परमेश्वर हुनुहुन्थ्यो।
7All that found them devoured them, and their adversaries said, We are not guilty, because they have sinned against Jehovah, the habitation of righteousness, even Jehovah, the hope of their fathers.
8बाबेलबाट भाग। कल्दीहरूका भूमि छाडिदेऊ। बगालको अघि साँढ भेडा जस्तै होऊ।
8Flee out of the midst of Babylon, and go forth out of the land of the Chaldeans, and be as the he-goats before the flock.
9म उपद्रव मच्चाउनेछु र उत्तरबाट धेरै जातिहरू ल्याउनेछु। यी जातिहरूको समूह बाबेलको विरूद्ध युद्ध लड्न अघि आउनेछन्। तिनीहरूले बाबेललाई आफ्नो अधीनमा पार्नेछन्। तिनीहरूको काँड सिपालु लडाकुहरू झैं छन् र एउटै काँड पनि व्यर्थ जाँदैन्।
9For behold, I will raise and cause to come up against Babylon, an assemblage of great nations from the north country; and they shall set themselves in array against her: from thence shall she be taken. Their arrows shall be as those of a mighty expert man: none shall return empty.
10ती शत्रुहरूले कल्दी मानिसहरूको सारा सम्पत्तिहरू लैजाने छन्। लूटेको सम्पत्तिले तिनीहरू पूर्ण हुनेछन्।” परमप्रभुले ती कुराहरू भन्नुभयो।
10And Chaldea shall be a spoil: all the spoilers thereof shall be satiated, saith Jehovah.
11“बाबेल, तिमी उत्तेजित र खुशी छौ। किनभने तिमीले मेरो पैतृक सम्पत्ति लूट्यौ। तिमी हरि्यो घाँसमाथि कोरली गाई झैं नाचिरहेकाछौ। तिमीहरू घोडाहरू झैं हिन्न लागिरहेका छौं।
11For ye rejoiced, for ye triumphed, ye plunderers of my heritage; for ye have been wanton as the heifer at grass, and neighed as steeds.
12तर तिमीहरूकी आमा जसले तिमीलाई जन्म दिईन तिनी धेरै लज्जित हुनेछन्। बाबेल सबै जाति-जातिहरू माझ नगन्य हुनेछ। उ उदास र सूखा मरूभूमि हुनेछ।
12Your mother hath been sorely put to shame; she that bore you hath been covered with reproach: behold, [she is become] hindmost of the nations, a wilderness, a dry land, and a desert.
13परमप्रभुले आफ्नो क्रोध देखाउनु हुनेछ। बाबेल पूर्ण रूपले उजाड हुनेछ अनि त्यहाँ कोही पनि बस्ने छैन। प्रत्येक यात्री जो बाबेल भएर जान्छ त्यो अचम्बित हुनेछ र त्यसको घाउहरू देखेर खिसी गर्नेछ।
13Because of the wrath of Jehovah, it shall not be inhabited, but it shall be wholly desolate; every one that goeth by Babylon shall be astonished, and shall hiss, because of all her plagues.
14बाबेलसित युद्धको लागि तैयार हौ। बाबेलमाथि काँडहरू हान, नरोक किनभने यसले परमप्रभु विरूद्ध पाप गरेको छ।
14Put yourselves in array against Babylon round about, all ye that bend the bow; shoot at her, spare no arrows: for she hath sinned against Jehovah.
15सिपाहीहरूले बाबेललाई घेरे अनि विजय ध्वनि सुनाऊ। बाबेलले आत्मासमर्पण गरेकोछ। उसका पर्खालहरू र धरहराहरू धराशायी गराइयो। यो परमप्रभुबाट प्रतिशोध हो। ऊमाथि वैरशुद्धि गर। अन्य जातिहरूलाई उसले के गर्यो तिमीहरू उसलाई त्यसै गर।
15Shout against her round about: she hath given her hand; her ramparts are fallen, her walls are thrown down: for this is the vengeance of Jehovah. Take vengeance upon her; as she hath done, do unto her.
16तिनीहरूलाई अन्न रोप्न नदेऊ। तिनीहरूलाई बाली काटन नदेऊ। अहिले शत्रुका सिपाहीहरू आएका छन्। प्रत्येक मानिस र तिनीहरू आफ्नो आफ्नो गाऊँमा जाउन देशमा जाउन।
16Cut off the sower from Babylon, and him that handleth the sickle in the time of harvest. For fear of the oppressing sword let them turn every one to his people, and let them flee every one to his own land.
17इस्राएल भेंडाको बथान जस्तो छ जो देशभरि नै छरिएका थिए। इस्राएल भेडाको बथान जस्तो छ जसलाई सिंहले खेद्‌दै सबै ठाँउमा छरपष्ट पारेकोछ। जसले उसलाई पहिला खानेसिंह अश्शूरको राजा हो। अन्तिम सिंह जसले उसका हड्डीहरू तोड्यो त्यो बाबेलका राजा नबूकदनेस्सर हो।”
17Israel is a hunted sheep; the lions have driven him away: first the king of Assyria devoured him, and last this Nebuchadrezzar king of Babylon hath broken his bones.
18यसकारण सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ “म बाबेलका राजा र उसको देशलाई दण्ड दिनेछु त्यही तरीकाले जसरी मैले अश्शूरका राजालाई दण्ड दिएको थिएँ।
18Therefore thus saith Jehovah of hosts, the God of Israel: Behold, I will visit the king of Babylon and his land, like as I have visited the king of Assyria.
19म इस्राएललाई फेरि फर्काएर आफ्नै ठाउँमा ल्याउने छु। तिनीहरूले कर्मेल र बाशानको चरण भूमिमा खुवाउनेछन्। तिनीहरूले एप्रैम र गिलादका डाँडाहरूमा खाएर तृप्त हुनेछन्।”
19And I will bring Israel again to his pasture, and he shall feed on Carmel and Bashan, and his soul shall be satisfied upon mount Ephraim and in Gilead.
20परमप्रभु भन्नुहुन्छ, “त्यस बेला, तिनीहरूले इस्राएलको अधर्म खोज्ने प्रयास गर्नेछन् तर तिनीहरूले कुनै पाप पाउने छैन किनभने जसलाई मैले बचाँए तिनीहरूको पाप क्षमा गरेकोछु।”
20In those days, and at that time, saith Jehovah, the iniquity of Israel shall be sought for, and there shall be none; and the sins of Judah, and they shall not be found: for I will pardon those whom I leave remaining.
21परमप्रभु भन्नुहुन्छ, “मरातैमको देशलाई आक्रमण गर। पकोदमा बस्ने मानिसहरूमाथि आक्रमण गर। तिनीहरूमाथि आक्रमण गर तिनीहरूलाई मार अनि सर्वनाश पार। मैले जुन कुरो दिएँ ती सब गर।
21Go up against the land of double rebellion, against it, and against the inhabitants of visitation; waste and utterly destroy after them, saith Jehovah, and do according to all that I have commanded thee.
22सारा देशभरि नै युद्धको कोलाहल सुनिन सक्छ। यो विनाशको कोलाहल हो।
22A sound of battle is in the land, and great destruction.
23त्यो देश जसले सारा पृथ्वीलाई नै मार्तोलले हिर्कायो त्यो कटिएको छ र टुक्रिएको छु। बाबेल जाति-जातिहरू माझ प्राणीहीन भएकोछ।
23How is the hammer of the whole earth cut asunder and broken! How is Babylon become an astonishment among the nations!
24हे बाबेल, मैले तिमीलाई पासो थापें अनि तिमीले थाहा पाउन अघि नै पक्राउ पर्यौ। तिमी परमेश्वरको विरूद्ध लड्‌यौ, यसकारण तिमी बन्दी भयौ।
24I have laid a snare for thee, and thou, Babylon, art also taken, and thou wast not aware; thou art found, and also caught, for thou hast contended with Jehovah.
25परमप्रभुले आफ्नो अस्त्र-घर उघार्नु भयो अनि क्रोधको हात-हतियार निकाल्नु भयो। मेरो मालिक, सेनाहरूका परमप्रभुले ती हतियारहरू निकाल्नु भयो किनभने उहाँले कल्दीहरूका देशमा आफ्नो काम गर्नु थियो।
25Jehovah hath opened his armoury, and hath brought forth the weapons of his indignation; for this is a work for the Lord, Jehovah of hosts, in the land of the Chaldeans.
26सुदूरदेशबाट पनि बाबेलको विरूद्ध आऊ। अन्न-भण्डारहरू तोडी देऊ, अन्नको थुप्रो झैं बाबेललाई थुपार अनि बाबेललाई पूर्ण ध्वंस पार र कसैलाई पनि बाँच्न नदेऊ।
26Come ye against her from every quarter, open her storehouses; pile her up like sheaves, and destroy her utterly: let nothing of her be left.
27सारा साँढेहरू मार। तिनीहरूलाई कसाइकहाँ जानदेऊ। तिनीहरूलाई धिक्कार! तिनीहरूका निम्ति दण्ड पाउने समय आएकोछ।
27Slay all her bullocks; let them go down to the slaughter: woe unto them! for their day is come, the time of their visitation.
28मानिसहरू बाबेलबाट भागिरहेका छन्। मानिसहरू जो बाबेलबाट बाँचेर आएकाछन् तिनीहरू भन्दैछन् परमप्रभु हाम्रा परमेश्वरले उहाँको र उहाँको मन्दिरको लागि प्रतिशोध लिनु भएकोछ।
28The voice of them that flee and escape out of the land of Babylon, to declare in Zion the vengeance of Jehovah our God, the vengeance of his temple.
29काँडहरू हान्ने मानिसहरूलाई बोलाऊ, तिनीहरूलाई बाबेलमाथि काँड हान्नु भन। शहर घेराबन्दी गर भन। कसैलाई पनि नछोड। तिनीहरूका कुकर्मका फल देऊ। अन्य जातिहरूलाई जसो गरेकी थिई त्यसै गर, किनभने इस्राएलका एक मात्र पवित्र परमप्रभु विरूद्ध बाबेलले विद्रोह गरेको हो।
29Call together the archers against Babylon, all those that bend the bow: encamp against her round about; let there be no escaping: recompense her according to her work; according to all that she hath done, do unto her: for she hath acted proudly against Jehovah, against the Holy One of Israel.
30त्यस समय बाबेलका जवानहरूलाई गल्लीहरूमा मारिनेछ र सेनाहरू मर्नेछन्।” परमप्रभुले यो कुरा भन्नुभयो।
30Therefore shall her young men fall in her streets; and all her men of war shall be cut off in that day, saith Jehovah.
31“बाबेल तिमी अति अंहकारी छौ अनि म तिम्रो विरूद्ध छु। हाम्रो मालिक, सेनाहरूका परमप्रभुले भन्नुहुन्छ, “तिम्रो दिन आएकोछ म तिमीलाई दण्ड दिनेछु।
31Behold, I am against thee, proud one, saith the Lord Jehovah of hosts; for thy day is come, the time that I visit thee:
32घमण्डी बाबेल ठोकिएर लडनेछ अनि कसैले पनि उनलाई उठाउने छैन। म उसको शहरहरूमा आगो लगाउनेछु अनि उसको वरिपरि भएका प्रत्येक कुरो नै जल्नेछ।”
32and the proud one shall stumble and fall, and none shall raise him up; yea, I will kindle a fire in his cities, and it shall devour all that are round about him.
33सेनाहरूका परमप्रभु भन्नुहुन्छ “इस्राएल र यहूदाका मानिसहरूलाई शत्रुहरूले बन्दी बनाई लगियो। तिनीहरूलाई कैद गर्नेहरूले तिनीहरूलाई पक्रेर राखेका छन् र मुक्त पार्न अस्वीकार गरे।
33Thus saith Jehovah of hosts: The children of Israel and the children of Judah were together oppressed; and all that took them captives held them fast: they refused to let them go.
34तर तिनीहरूका उद्धारक शक्तिशाली हुनुहुन्छ। उहाँको नाउँ सेनाहरूका परमप्रभु हो। उहाँले तिनीहरूको मामलामा वकालत हुनेछ र पृथ्वीलाई आराम दिनुहुनेछ। तर बाबेलमा बस्ने मानिसहरूलाई उहाँले शान्ति दिनु हुनेछैन।”
34Their Redeemer is strong; Jehovah of hosts is his name: he will thoroughly plead their cause, that he may give rest to the land, and disquiet the inhabitants of Babylon.
35परमप्रभु भन्नुहुन्छ, “बाबेलका बासिन्दाहरू, राजाका हाकिमहरू र ज्ञानीहरूको निम्ति विरूद्ध तरवार छ।
35The sword is upon the Chaldeans, saith Jehovah, and upon the inhabitants of Babylon, and upon her princes, and upon her wise men;
36हे तरवार! अगमवक्ताहरूलाई हिर्काऊ ताकि तिनीहरू मूर्ख बनुन्, बाबेलका सिपाहीहरूलाई मार ताकि तिनीहरू भयभीत हुन्।
36the sword is upon the liars, and they shall become fools; the sword is upon her mighty men, and they shall be dismayed;
37तरवार, बाबेलका घोडाहरू, रथहरूलाई मार। अन्य देशका भाडाका सिपाहीहरूलाई मार ताकि तिनीहरू स्त्रीहरू जस्तो डराउन। तरवार, बाबेलको गाडधनहरूमाथि जाइलाग ताकि तिनीहरू लुटिउन्।
37the sword is upon their horses, and upon their chariots, and upon all the mingled people that are in the midst of her, and they shall become as women; the sword is upon her treasures, and they shall be robbed:
38तरवार! पानीको मुहानहरू काट ताकि मुहानहरू सुकुन। किनभने बाबेलमा धेरै मूर्तिहरू छन् अनि तिनीहरू मूर्तिका निम्ति पागल हुन्छन्।
38a drought is upon her waters, and they shall be dried up; for it is a land of graven images, and they are mad after frightful idols.
39बाबेल फेरि मानिसहरूले भरिने छैन। जङ्गली कुकुरहरू, शुतुरमूर्गहरू, र अन्य पशु-प्राणीहरू त्यहाँ बस्नेछन्, तर त्यहाँ फेरि कोही मानिस रहने छैन।
39Therefore wild beasts of the desert with jackals shall dwell there, and ostriches shall dwell therein; and it shall be no more inhabited for ever, neither shall it be dwelt in from generation to generation.
40परमेश्वरले सदोम र गमोरालाई पूर्ण रूपले ध्वंस पार्नु भयो अनि त्यसका वरिपरिका शहरहरू पनि ध्वंस पारिदिनु भयो। अनि ती शहरहरूमा अब कोही पनि बस्ने छैन। त्यस्तै प्रकारले, कुनै मानिस बाबेलमा बस्ने छैन्। अनि कोही मानिस त्यहाँ बस्न जाने छैन।
40As when God overthrew Sodom and Gomorrah, and their neighbour cities, saith Jehovah, no one shall dwell there, neither shall a son of man sojourn therein.
41हेर! उत्तर दिशाबाट मानिसहरू आइरहेका छन्। एक शक्तिशाली जाति र धेरै राजाहरू पृथ्वी वरिपरिबाट आइरहेका छन्।
41Behold, a people cometh from the north, and a great nation. And many kings shall arise from the uttermost parts of the earth.
42तिनीहरूका सेनाहरूसँग धनुहरू र भालाहरू छन्। सिपाहीहरू निष्ठूर छन्। तिनीहरूमा दया छैन। सैनिकहरू घोडाहरूमा चढेर आउनेछन् अनि तिनीहरूको अवाज समुद्रको गजर्न जस्तै छ। तिनीहरू तिम्रो विरूद्धमा युद्ध गर्न तैयारभई पंक्तिमा बसेका छन। हे बाबेलकी छोरी।
42They lay hold of bow and spear; they are cruel, and will not shew mercy; their voice roareth like the sea, and they ride upon horses -- set in array like a man for the battle, against thee, O daughter of Babylon.
43बाबेलका राजा ती सेनाहरूका गडगडाहट आवाज सुनेर डराए। उनका हातहरू चल्न छाडे। उसलाई घेर्यो अनि उसलाई प्रसव वेदनामा परेकी स्त्रीलाई झैं कष्ट भयो।”
43The king of Babylon hath heard the report of them, and his hands wax feeble; trouble hath taken hold of him, pangs as of a woman in travail.
44परमप्रभु भन्नुहुन्छ, “म एउटा त्यस्तो सिंह हुँ जो कहिले काँही यर्दन नदी छेऊको घना जंगलबाट बाहिर निस्कन्छ। म हटात उसका मानिसहरूलाई खेदो गर्नेछु। म त्यसमाथि कसैलाई पनि नियुक्त गर्नेछु। म जस्तो को छ? मलाई कसले बोलाउन सक्छ। गोठालाको हो जो मेरो अघि उभिन सक्छ?”
44Behold, he shall come up like a lion from the swelling of the Jordan against the strong habitation; for I will make him suddenly run away from it; and who is a chosen [man] whom I may appoint over her? For who is like me? and who will assign me a time? and who is that shepherd that will stand before me?
45बाबेलको विरूद्ध परमप्रभुको रच्नुभएको योजना सुन। बगालको स-साना थुमाहरू घिस्याएर लगिनेछ र परमप्रभुले तिनीहरूको चरणभूमि सम्पूर्ण ध्वंस पार्नु हुनेछ।
45Therefore hear the counsel of Jehovah, which he hath taken against Babylon, and his purposes which he hath purposed against the land of the Chaldeans: The little ones of the flock shall certainly draw them away; he shall certainly make their habitation desolate for them.
46बाबेलको पतन हुनेछ, अनि त्यो पतनको आवाजले पृथ्वी थर्काउनेछ। हरेक जातिहरूका मानिसहरूले बाबेलको विनाशको बारेमा सुन्ने छन्।
46At the sound of the taking of Babylon the earth hath quaked, and the cry is heard among the nations.