Nepali

Darby's Translation

Job

29

1अय्यूबले क्रमशः आफ्नो कथा भनिरहेछ। अय्यूबले भन्योः
1And Job continued his parable and said,
2“केही महीना अघि वितेको जीवन म चाहन्छु। त्यस समयमा परमेश्वरले ममाथि नजर राख्नु भयो अनि मेरो हेरचाह गर्नुभयो।
2Oh that I were as in months past, as in the days when +God preserved me;
3त्यसबेला, परमेश्वरको प्रकाश ममाथि छायो ताकि म अन्धकारमा हिंड्न सक्थें। परमेश्वरले मलाई ठीक बाँच्ने बाटो देखाई दिनु भयो।
3When his lamp shone over my head, [and] by his light I walked through darkness;
4म ती दिनहरूको कामना गर्दछु जब म सफल थिएँ, अनि परमेश्वर मेरो हितैषी मित्र हुनुहुन्थ्यो। ती दिनहरूमा परमेश्वरले मेरो घरलाई आशिष दिनुभयो।
4As I was in the days of my youth, when the secret counsel of +God was over my tent,
5म ती दिनहरूको कामना गर्छु जब सर्वशक्तिमान परमेश्वर मसँग हुनुहुन्थ्यो अनि मेरा बाल-बच्चाहरू मेरै वरिपरि थिए।
5When the Almighty was yet with me, my young men round about me;
6जीवन त्यतिबेला अत्यन्तै राम्रो थियो। म मेरो खुट्टाहरू नौनीले धुन्थें, अनि मसँग प्रशस्त दामी तेलहरू थिए।
6When my steps were bathed in milk, and the rock poured out beside me rivers of oil! ...
7त्यस्ता दिनहरू थिए जब म शहरको द्वारमा जान्थें अनि शहरका मुखियाहरूसँग सभा-गृहमा बस्दथें।
7When I went out to the gate by the city, when I prepared my seat on the broadway,
8सारा मानिसहरूले मलाई त्यहाँ आदर गर्दथे युवाहरूले म आउँदै गरेको देख्दा पाइला सारेर मलाई बाटो छोडिदिन्थे। आफ्नो श्रद्धा म प्रति प्रर्दशन गर्नलाई वृद्ध मानिसहरू बसेको ठाउँबाट उठ्दथे।
8The young men saw me, and hid themselves; and the aged arose [and] stood up;
9जनसमूहका नेताहरू बोल्न बन्द गर्दथे अनि हातहरू मुखमा राखेर अन्य मानिसहरूलाई चुपचाप बस्न लगाउँथे।
9Princes refrained from talking, and laid the hand on their mouth;
10प्रमुख नेताहरू पनि बोल्दा आफ्ना आवाजहरू सानो पार्दथे। हो, मानौ तिनीहरूका जिब्रोहरू मुखको तालुमा टाँसिएको झैं भान हुन्थ्यो।
10The voice of the nobles was hushed, and their tongue cleaved to their palate.
11मैले के भन्दैछु ती कुराहरू मानिसहरूले ध्यान दिएर सुन्थे, अनि मेरो बारेमा असल कुराहरू गर्थे। मैले गरेका कुराहरूलाई तिनीहरू विचार्थे अनि तिनीहरूले मेरो प्रशंसा गर्थे।
11When the ear heard [me], then it blessed me, and when the eye saw [me], it gave witness to me;
12किन? किनभने जब गरीब मानिसले गुहारथ्यो, म सघाउथें। अनि माता-पिता नभएका नानीहरू र रक्षाहीनहरूको म हेरचाह गर्थें।
12For I delivered the afflicted that cried, and the fatherless who had no helper.
13मर्दै गरेका मानिसले मलाई आशीर्वाद दिन्थे दुःख पाएका विधवाहरूलाई म सहयोग गर्थें।
13The blessing of him that was perishing came upon me, and I caused the widow's heart to sing for joy.
14धार्मिकता मेरो लागि पोषाक थियो, निष्पक्षता मेरो लुगा र फेटा थियो।
14I put on righteousness, and it clothed me; my justice was as a mantle and a turban.
15म अन्धा मानिसहरूको लागि आँखा थिएँ, तिनीहरू जहाँ जान रूचाउथें म त्यतै डोराउँथें। म लङ्गडो मानिसहरूका लागि खुट्टा थिएँ, तिनीहरू जहाँ चाहन्छन् त्यतै बोकेर लान्थें।
15I was eyes to the blind, and feet was I to the lame;
16म गरीबहरूको लागि पिता समान थिएँ। यदि मैले नजानेको विषयका कुनै मामला मेरो सामु आए मैले त्यस मामलाको विषयमा विस्तृत रूपमा खोजी गर्ने गर्थें।
16I was a father to the needy, and the cause which I knew not I searched out;
17म दुष्ट मानिसहरूलाई आफ्नो शक्ति दुरउपयोग गर्न रोक्थें अनि म उसलाई गल्ती तरीकाले जे लिने चेष्टा गरेको हुन्थ्यो त्यो फर्काउन लगाउथें।
17And I broke the jaws of the unrighteous, and plucked the spoil out of his teeth.
18मेरै परिवार भित्र बुढो हुँदै म धेरै लामो बाँचुला भनेर सधैं सोच्दथें,
18And I said, I shall die in my nest, and multiply my days as the sand;
19म सोच्थें म स्वास्थ्य र शक्तिशाली हौं स्वास्थ्य पालुवा जस्तै प्रशस्त पानी भएको जराहरू जस्तै अनि शीतले भिजेका हाँगाहरू जस्तो।
19My root shall be spread out to the waters, and the dew will lie all night on my branch;
20प्रत्येक नयाँ दिन उज्जवल नयाँ उत्तेजनापूर्ण सम्भावनाहरू हुने होलान भनी म सोच्थें।
20My glory shall be fresh in me, and my bow be renewed in my hand.
21बितेका दिनहरूमा मानिसहरूले मेरो कुरामा ध्यान दिन्थे। तिनीहरू मेरो सल्लाह सुन्दा चुपचाप रहन्थे। बोलिसके पछि मेरो कुरा सुन्नेहरूमा कसैको केही बोल्न रहँदैनथ्यो।
21Unto me they listened, and waited, and kept silence for my counsel:
22मैले बोल्दा मानिसहरूले मेरो कुरालाई ध्यान दिइरहेका हुन्थे, तिनीहरू अरू केही भन्ने थिएनन्। मेरो शब्दहरू तिनीहरूका कानहरूमा मन्द गतिमा पर्थे।
22After my words they spoke not again, and my speech dropped upon them;
23मेरो प्रवचनको निम्ति मानिसहरू मलाई पर्खन्थे, मानौ तिनीहरूले वर्षालाई पर्खिरहेछन्। तिनीहरूले मेरो शब्दहरू पिउँथे मानौ तिनीहरू बसन्तको बेलामा वर्षाको पानी थियो।
23And they waited for me as for the rain, and they opened their mouth wide as for the latter rain.
24जब म ती मानसिहरूसित हाँसे तिनीहहरूले यो विश्वास गर्न सकेनन्। मेरो आनन्दित अनुहारले उनीहरूलाई हतोत्साही गरेन।
24[If] I laughed on them, they believed [it] not; and they troubled not the serenity of my countenance.
25म तिनीहरूकै मुखिया भए तापनि म ती मानिसहरूसँग रहन चाहन्थें। दुःखी मानिसहरूलाई सान्तवना दिंदै म तिनीहरूका छाउनीका समूहमा राजा झैं थिएँ।
25I chose their way, and sat as chief, and dwelt as a king in the army, as one that comforteth mourners.