Nepali

Darby's Translation

Job

3

1तब अय्यूबले आफ्नो मुख खोले अनि आफू जन्मेको दिनलाई धिक्कार्न लागे।
1After this, Job opened his mouth and cursed his day.
2[This verse may not be a part of this translation]
2And Job answered and said,
3[This verse may not be a part of this translation]
3Let the day perish in which I was born, and the night that said, There is a man child conceived.
4म त्यो रात अन्धकारै रहोस् भन्ने कामना गर्दछु। परमेश्वरले त्यो दिन भुलुन् भन्ने कामना राख्दछु। त्यो दिनमा प्रकाश नपरोस् भन्ने कामना गर्दछु।
4That day -- let it be darkness, let not +God care for it from above, neither let light shine upon it:
5म कामना गर्छु कि त्यो दिन मृत्यु झैं अँध्यारो होस्। बादलले त्यो दिनलाई ढाकिदियोस् भन्ने कामना गर्दछु। म कामना गर्छु कालो बादलहरूले म जन्मेको दिनको उज्यालोलाई झसंग पारिदिन सकोस्।
5Let darkness and the shadow of death claim it; let clouds dwell upon it; let darkeners of the day terrify it.
6निष्पट्ट अन्धकारले त्यो रात राखोस्। त्यो रातले त्यस वर्षको पञ्चाङ्गमा जग्गा नपावोस्। त्यो रात कुनै पनि महीनामा नपारियोस्।
6That night -- let gloom seize upon it; let it not rejoice among the days of the year; let it not come into the number of the months.
7त्यो रात रित्तो रहोस्। कुनै खुशीका होहल्ला त्यो रातमा नसुनियोस्।
7Behold, let that night be barren; let no joyful sound come therein;
8कतिपय जादुवालाहरूले सधैं लिब्यातनलाई जगाउनु चेष्टा गरिरहेका छन। यसकारण तिनीहरूका श्रापहरू तिनीहरूलाई भन्न देऊ अनि म जन्मेको दिनलाई श्रापित पारिदेऊ।
8Let them curse it that curse the day, who are ready to rouse Leviathan;
9त्यो प्रातः कालको तारा अन्धकारमा रहोस्। त्यो रातले बिहानलाई पर्खिरहेको होस् तर त्यो प्रकाश कहिल्यै नआवोस्। यसले सूर्यको प्रथम किरणसम्म नदेखोस्।
9Let the stars of its twilight be dark; let it wait for light, and have none, neither let it see the eyelids of the dawn:
10किन? किनभने त्यस रातले म जन्मनु मलाई रोकेन। त्यो रातले ती दुःख संकटहरू हेर्न मलाई रोकेन।
10Because it shut not up the doors of the womb that bore me, and hid not trouble from mine eyes.
11म जन्मदा नै किन मरिन? किन म गर्भमा नै तुइनँ?
11Wherefore did I not die from the womb, -- come forth from the belly and expire?
12किन मेरी आमाले मलाई घुँडामाथि राखिन्? किन मेरी आमाले मलाई दूध खुवाइन्?
12Why did the knees meet me? and wherefore the breasts, that I should suck?
13यदि म जन्मेकै दिन मरेको भए म अहिले विश्राममा हुने थिएँ।
13For now should I have lain down and been quiet; I should have slept: then had I been at rest,
14म गहन निद्रामा परेको हुन्थें अनि आरामसंग ती राजाहरू एवं ज्ञानी पुरूषहरूसंग रहन्थें जो विगतमा यस पृथ्वीमा थिए। ती मानिसहरूले आफ्ना लागि ठाउँहरू बनाए ती अहिले ध्वंश र शेष भइसकेको छ।
14With kings and counsellors of the earth, who build desolate places for themselves,
15म ती शासकहरूसंगै दफनाइयोस् जसले आफ्ना चिहानहरू सुन र चाँदीहरूले भरेका थिए।
15Or with princes who had gold, who filled their houses with silver;
16किन म आमाको गर्भमा नै तुइनँ? म त्यस्तो बालक हुन चाहन्थें जसले दिनको उज्यालो नै देख्न पाएन।
16Or as a hidden untimely birth I had not been; as infants that have not seen the light.
17दुष्ट मानिसहरू जब चिहानभित्र हुन्छन् तब कुकर्महरू बन्द गर्छन्। अनि जो मानिस थकित हुन्छ उसले चिहानमा विश्राम पाउँछ।
17There the wicked cease from troubling; and there the wearied are at rest.
18कैदीहरूलेसम्म मोक्षा पाउँछन्, तिनीहरूले आफ्ना पालेहरूका चित्कारहरू सुन्ने छैनन्।
18The prisoners together are at ease; they hear not the voice of the taskmaster.
19सबै प्रकारका मानिसहरू चिहानमा छन्, अति महत्वपूर्ण मानिसहरू अनि साधरण मानिसहरू अनि दास पनि आफ्नो मालिकबाट मुक्त हुन्छन्।
19The small and great are there, and the bondman freed from his master.
20किन पीडित मानिसहरू मात्र सधैं बाँच्नै पर्छ? जसको मन तीतो छ त्यस्ता मानिसलाई किन जीवन दिनु?
20Wherefore is light given to him that is in trouble, and life to those bitter of soul,
21त्यो मानिस मर्न चाहन्छ तर मृत्यु आउँदैन। त्यस दुःखी मानिसले मृत्युलाई गाडधन भन्दा पनि ज्यादा खोज्छ।
21Who long for death, and it [cometh] not, and dig for it more than for hidden treasures;
22ती मानिसहरू आफ्ना चिहान पाउँदा खुशी हुनेछन्। ती मानिसहरू आफ्ना चिहान पाउँदा प्रफुल्लित हुनेछनन्।
22Who rejoice even exultingly and are glad when they find the grave? --
23तर परमेश्वरले तिनीहरूका भविष्यलाई गुप्त राख्नुहुन्छ अनि तिनीहरूका सुरक्षाका निम्ति चारैतिर पर्खालहरू निर्माण गर्नुहुन्छ।
23To the man whose way is hidden, and whom +God hath hedged in?
24जब खाने बेला हुँदछ, म शोक अनुभव गर्छु। मेरा गुनासोहरू पानी झैं बग्छन्।
24For my sighing cometh before my bread, and my groanings are poured out like the waters.
25जुन कुराहरूसित म डराउँथें मलाई त्यही भयो, अनि जेसित म अति डराउथें त्यही ममाथि पर्यो।
25For I feared a fear, and it hath come upon me, and that which I dreaded hath come to me.
26म चुप लाग्न सक्तिनँ। म विश्राम लिन सक्तिनँ। म शान्त रहन सक्तिन मेरो सन्तापले मलाई छोपि रहन्छ।”
26I was not in safety, neither had I quietness, neither was I at rest, and trouble came.