1मैले आफ्नो आँखासित सम्झौता गरेको छु कि वासना उब्जाउने तरिकाले म कुनै तुरूणीलाई हेर्दिनँ।
1I made a covenant with mine eyes; and how should I fix my regard upon a maid?
2परमेश्वरले स्वर्गबाट ठहराउनु भएको भाग कुन चाहिं हो? उँभोबाट सर्वशक्तिमानले दिनुभएको इनाम!
2For what would have been [my] portion of +God from above, and what the heritage of the Almighty from on high?
3परमेश्वरले दुष्टको निम्ति नाश पठाउनु हुन्छ, खराब गर्नेहरूको लागि विपत्ति पठाउनु हुन्छ।
3Is not calamity for the unrighteous? and misfortune for the workers of iniquity?
4मेरो चाल परमेश्वरले जान्नु हुन्छ मेरो हरेक पाइला उहाँले देख्नुहुन्छ।
4Doth not he see my ways, and number all my steps?
5यदि झूटो कुरोसित मेरो केही सरोकार भएको भए र छली चालमा म फँसेको भए,
5If I have walked with falsehood, and my foot hath hasted to deceit,
6न्यायको तराजुमा परमेश्वरले मलाई तौलून् र परमेश्वरले जान्नुहुनेछ कि म निर्दोष छु।
6(Let me be weighed in an even balance, and +God will take knowledge of my blamelessness;)
7यदि मेरो पाइला कुमार्ग तिर लम्कीएको भए, यदि मेरो मनले आँखाको इच्छा अनुसार गल्ती गरेको छ भने अथवा मेरो हातमा मैला टाँसिएको छ भने,
7If my step have turned out of the way, and my heart followed mine eyes, and if any blot cleaveth to my hands;
8मैले रोपेको अन्न अर्कोले खावोस, र मेरा बाली जरै समेत उखेलिओस्!
8Let me sow, and another eat; and let mine offspring be rooted out.
9यदि मेरो मन कुनै स्त्रीले मोहित पारेको रहेछ भने अथवा मेरा छिमेकीहरूको ढोकामा म ढुकिबसेको छु भने,
9If my heart have been enticed unto a woman, so that I laid wait at my neighbour's door,
10मेरी पत्नीले अर्को मानिसको लागि खाना तयार पारोस्, र अरू मानिसहरू उसित सुतोस्।
10Let my wife grind for another, and let others bow down upon her.
11किन? किनभने सम्भोग लाजलाग्ने कुरा हो, न्यायको साम्ने एउटा अपराध हो।
11For this is an infamy; yea, it is an iniquity [to be judged by] the judges:
12त्यो त नाश गर्ने आगो हुनेछ, मेरो सम्पूर्ण कुरा यसले उखेल्छ।
12For it is a fire that consumeth to destruction, and would root out all mine increase.
13मैले मेरो दास वा दासीको बिन्ती इन्कार गरेको भए, तिनीहरूले मकहाँ आफ्नो उजुर ल्याउँदा मैले त्यो इन्कार गरेको छु भने,
13If I have despised the cause of my bondman or of my bondmaid, when they contended with me,
14परमेश्वरको अघाडी जाँदा म के गर्ने? उहाँले सबै कुरा सोध्दा मैले के जवाफ दिने?
14What then should I do when ùGod riseth up? and if he visited, what should I answer him?
15परमेश्वरले मलाई मेरी आमाको गर्भमा रच्नुभयो र तिनीहरूलाई पनि तिनीहरूकी आमाको गर्भमा रच्नुभयो, परमेश्वरले हामीहरूलाई गर्भमा रूप दिनुभएको हो।
15Did not he that made me in the womb make him? and did not One fashion us in the womb?
16गरीबहरूलाई तिनीहरूको चाहिएका कुरा दिनलाई मैले इन्कार गरेको छैन, विधवाहरूलाई सहायता बिना राखेको छैन।
16If I have withheld the poor from [their] desire, or caused the eyes of the widow to fail;
17म स्वार्थी भएको छैन, मैले टुहुराहरूलाई भोकै राखेको छैन।
17Or have eaten my morsel alone, so that the fatherless ate not thereof,
18तर मेरो युवा अवस्थादेखि, टुहुराहरूलाई बाबु जस्तै भएर हुर्काएँ, मेरो बाल्य अवस्थादेखि मैले विधवाहरूलाई अगुवाई दिएँ।
18(For from my youth he grew up with me as with a father, and I have guided the [widow] from my mother's womb;)
19जब म मानिसहरू पीडित भएको देख्छु किनभने तिनीहरूसँग लगाउने लुगा छैन। अथवा पोशाक हीन एक गरीब मानिस,
19If I have seen any perishing for want of clothing, or any needy without covering;
20मैले सधैं तिनीहरूलाई लगाउने लुगाहरू दिएँ। मैले आफ्नै भेडाको ऊन ओडाई दिएर तिनीहरूलाई न्यानो पारें अनि तिनीहरूले हृदयबाट नै मलाई आशीर्वाद दिए।
20If his loins have not blessed me, and if he were not warmed with the fleece of my lambs;
21फाटकमा न्यायकर्ताहरूले टुहुराहरूको विरूद्धमा मेरो पक्ष लिनेछन् भनी जान्दा जान्दै पनि मैले कहिल्यै तिनीहरूमाथि डर देखाउन हात उठाइनँ।
21If I have lifted up my hand against an orphan, because I saw my help in the gate:
22यदि मैले त्यस्तो कहिल्यै गरे भने तब मेरो पाखुरा त्यसको जोर्नीबाट फुस्किनेछ र कुमबाट तल झर्नेछ।
22[Then] let my shoulder fall from the shoulder-blade, and mine arm be broken from the bone!
23तर मैले त्यस्तो नराम्रो काम गरिनँ। म परमेश्वरको दण्डदेखि त्रासित छु। उहाँको महिमाले मलाई भयभीत पार्छ।
23For calamity from ùGod was a terror to me, and by reason of his excellency I was powerless.
24मैले कहिले पनि आफ्नो धनमा भरोसा गरिन। मैले सधैं परमेश्वरमाथि सहायताको लागि भरोसा गरें। मैले धनलाई कहिल्यै पनि भनिन कि तिमी मेरो आशा हौ।”
24If I have made gold my hope, or said to the fine gold, My confidence!
25म धनी थिएँ तर धनले मेरो घमण्ड बढाएन। मैले प्रशस्त धन कमाएँ तर त्यसले मलाई सुखी बनाएन।
25If I rejoiced because my wealth was great, and because my hand had gotten much;
26मैले कहिल्यै पनि उज्वल घाम र सुन्दर जूनलाई पूजिनँ।
26If I beheld the sun when it shone, or the moon walking in brightness,
27मेरो हृदय गुप्तरूपमा वहकाइएको थिएन अनि मेरो हात घाम र जून पूज्न कहिल्यै चुमिनँ।
27And my heart have been secretly enticed, so that my mouth kissed my hand:
28त्यो पनि पाप हो त्यसले दण्ड दिनै पर्छ। यदि मैले तिनीहरूलाई पूजेको भए, म सर्वशक्तिमान परमेश्वर प्रति विश्वासी हुने थिइन।
28This also would be an iniquity for the judge, for I should have denied the ùGod who is above.
29जब मेरो शत्रुहरू नष्ट भए म कहिले खुशी भइनँ। शत्रुहरूमाथि नराम्रो आई लाग्दा मैले तिनीहरूलाई खिसी गरिनँ।
29If I rejoiced at the destruction of him that hated me, and exulted when evil befell him;
30शत्रुलाई सरापेर मेरो मुखलाई पाप कार्य गर्ने दिइनँ। अनि तिनीहरूको मृत्युको लागि इच्छा गरिन।
30(Neither have I suffered my mouth to sin by asking his life with a curse;)
31मेरा घरका सबै मानिसहरू जान्दछन कि मैले परदेशीहरूलाई सधें भोजन खुवाएँ।
31If the men of my tent said not, Who shall find one that hath not been satisfied with his meat? --
32परदेशीहरू गल्लीमा सुत्न नपरोस भनी मैले तिनीहरूलाई आफ्नो घरमा बोलाएँ।
32The stranger did not lodge without; I opened my doors to the pathway.
33अन्य मानिसहरूले आफ्नो अपराधहरू लुकाउने कोशिश गर्छन तर मैले मेरो दोष कहिल्यै लुकाइन।
33If I covered my transgressions as Adam, by hiding mine iniquity in my bosom,
34मानिसहरूले के भन्लान भन्ने कुरामा म डराएँ। त्यस्तो भयले मलाई कहिल्यै नराम्रो कार्य गर्न दिएन। मैले कहिल्यै बाहिर जान अस्वीकार गरिनँ। मानिसहरूको ममाथिको घृणादेखि म कहिल्यै डराइनँ।
34Because I feared the great multitude, and the contempt of families terrified me, so that I kept silence, and went not out of the door, ...
35अहो! कसैले मेरो कुरामा ध्यान दिओस् भन्ने म कामना गर्छु। मलाई मेरो कुरा व्याख्या गर्न दिइओस्। म इच्छा राख्छु कि सर्वशक्तिमान परमेश्वरले मलाई जवाफ दिउन्। म इच्छा गर्छु कि मैले जे कुकर्म गरें त्यस विषयमा उहाँले के सोच्नु हुन्छ लेखुन्।
35Oh that I had one to hear me! Behold my signature: let the Almighty answer me! And let mine opponent write an accusation!
36तब म त्यो चिन्ह स्वरूप मेरो घाँटी वरिपरि बाँध्नेछु म त्यसलाई मुकुट झैं आफ्नो शिरमा लगाउनेछु।
36Would I not take it upon my shoulder? I would bind it on to me [as] a crown;
37यदि परमेश्वरले त्यसो गर्नुभयो भने, तब मैले गरेका सारा कुराहरू म व्याख्या गर्न सकूँला। म परमेश्वर नजिक मुखिया सरह आफ्नो शिर उच्च गरेर आउँन सकौं।
37I would declare unto him the number of my steps; as a prince would I come near to him.
38मैले कसैबाट जमीन चोरिनँ कसैले पनि मलाई त्यसले चोर्यो भनेर दोष लगाउन सक्तैन।
38If my land cry out against me, and its furrows weep together;
39मले सधैं किसानहरूलाई खाद्यन्नको निम्ति पैसा दिएँ, जो मैले भूमिबाट प्राप्त गरें अनि कहिल्यै पनि अर्काको दखलमा भएको जमीन खोस्ने प्रयास गरिनँ।
39If I have eaten the fruits thereof without money, and have tormented to death the souls of its owners:
40यदि मैले सर्वदा त्यस्तो दुष्ट कामहरू गरेको भए गहूँ र जौं उम्रिनुको सट्टामा काँडा र झारहरू मेरो खेतमा उम्रियोस्।” अय्यूबका प्रवचन समाप्त भयो।
40Let thistles grow instead of wheat, and tares instead of barley. The words of Job are ended.