1संसार सृष्टि हुन पहिल्यै त्यहाँ वचन थियो। त्यो वचन परमेश्वरसंग थियो, अनि वचननै परमेश्वर हुनुहुन्थ्यो।
1In [the] beginning was the Word, and the Word was with God, and the Word was God.
2उहाँको वचन शुरूमा परमेश्वसंग हुनुहुन्थ्यो।
2*He* was in the beginning with God.
3र उहाँकै माध्यमबाट विश्व सृजना हुन सक्यो। उहाँ बिना केही सृजना हुन सकेन।
3All things received being through him, and without him not one [thing] received being which has received being.
4उहाँ स्वयं जीवन हुनुहुन्थयो। त्यो जीवन मानिसहरूको निम्ति ज्योति थियो।
4In him was life, and the life was the light of men.
5त्यो ज्योति अँध्यारोमा चम्कन्छ। अनि अन्धकारले ज्योतिलाई जित्न सक्दैन।
5And the light appears in darkness, and the darkness apprehended it not.
6परमेश्वरद्वारा पठाइएको यूहन्ना नाउँका एकजना मानिस थिए।
6There was a man sent from God, his name John.
7यूहन्ना त्यही ज्योतिको विषयमा साक्षी दिन आएका थिए। उनकै माध्यमद्वारा मानिसहरूले ज्योति र विश्वासबारे जान्न-सुन्न पाए।
7He came for witness, that he might witness concerning the light, that all might believe through him.
8यूहन्ना ज्योति थिएनन्, तर उनी ज्योतिको बारेमा साक्षी दिन आएका थिए।
8*He* was not the light, but that he might witness concerning the light.
9सत्य-ज्योति संसारमा आइरहकाछन् भनेर उनले बताई दिए। त्यो ज्योतिले सम्पूर्ण मानिसहरूलाई ज्योति दिनेछ।
9The true light was that which, coming into the world, lightens every man.
10उहाँ संसारका हुनुहुन्थ्यो, संसार उहाँद्वारा हुन आयो, तर संसारले उहाँलाई चिनेन।
10He was in the world, and the world had [its] being through him, and the world knew him not.
11उहाँ स्वयंले सृजना गरेको संसारमा आउनु भयो तर उहाँको आफ्नो मानिसहरूले उहाँलाई स्वीकार गरेनन्।
11He came to his own, and his own received him not;
12केही मानिसहरूले मात्र उहाँलाई स्वीकार गरे। ज-जसले उहाँलाई स्वीकार गरे उनीहरूलाई मात्र परमेश्वरको सन्तान हुने अधिकार उहाँले दिनुभयो।
12but as many as received him, to them gave he [the] right to be children of God, to those that believe on his name;
13ती बालकहरू प्राकृतिक तवरबाट जन्मेका थिएनन्। तिनीहरू आफ्नो आमा-बाबुको शारीरिक इच्छा अथवा निर्णयबाट जन्मेका थिएनन्। बद्लामा तिनीहरू परमेश्वरबाट जन्मेका थिए।
13who have been born, not of blood, nor of flesh's will, nor of man's will, but of God.
14वचन शरीर हुन आए र हामी माझ बसे। हामीले उहाँको महिमा देख्यौं, अनि हामीले पिताका एकमात्र पुत्रको महिमा जस्तो उहाँको महिमा देख्यौं। वचन अनुग्रह र सत्यताले पूर्ण थियो।
14And the Word became flesh, and dwelt among us (and we have contemplated his glory, a glory as of an only-begotten with a father), full of grace and truth;
15यूहन्नाले ख्रीष्टकै सम्बन्धमा मानिसहरूलाई भने, “उहाँ एकजना हुनुहन्छ जसका विषयमा म भनिरहेको थिंए, ‘जो म पछि आउनु हुन्छ, उहाँ मभन्दा महान हुनुहुन्छ। किनभने उहाँ मभन्दा पहिल्यै आउनु भएको थियो।
15(John bears witness of him, and he has cried, saying, This was he of whom I said, He that comes after me is preferred before me, for he was before me;)
16उहाँ वचन अनुग्रह र सत्यको भण्डार हुनुहुन्छ। हामीले उहाँबाट धेरै आशिष पाएका छौं।
16for of his fulness we all have received, and grace upon grace.
17मोशाबाट व्यवस्था प्रदान गरिएको थियो तर अनुग्रह र सत्यको बाटो येशू ख्रीष्टबाटै आयो।
17For the law was given by Moses: grace and truth subsists through Jesus Christ.
18कसैले पनि कहिल्यै परमेश्वरलाई देखेका छैनन्। तर एकमात्र पुत्र जो परमेश्वर हुनुहुन्छ अनि जो पिताको अति नजिकमा हुनुहुन्छ र उहाँले हामीलाई परमेश्वर चिनाउनु भएकोछ। : 1-12; मर्कूस 1:2-8; लूका 3:15-17)
18No one has seen God at any time; the only-begotten Son, who is in the bosom of the Father, *he* hath declared [him].
19यरूशलेममा यहूदीहरूले केही पूजाहारीहरू र लेवीहरू यूहन्नाकहाँ पठाए। तिनीहरूलाई यूहन्ना लाई “तिमी को हौ?” भनि सोध्न पठाए।
19And this is the witness of John, when the Jews sent from Jerusalem priests and Levites that they might ask him, Thou, who art thou?
20यूहन्नाले प्रत्युत्तर दिनलाई हिच्किचाएनन्, खुलस्त भनी दिए, “म ख्रीष्ट होइन।”
20And he acknowledged and denied not, and acknowledged, I am not the Christ.
21यहूदीहरूले यूहन्नालाई सोधे, “तब तिमी को हौ? तिमा एलिया हौ?” यूहन्नाले उत्तर दिए, “होइन, म एलिया होइन।” यहूदीहरूले सोधे, “के तिमी अगमवक्ता हौ?” यूहन्नाले उत्तर दिए, “होइन, म अगमवक्ता होइन।”
21And they asked him, What then? Art thou Elias? And he says, I am not. Art thou the prophet? And he answered, No.
22तब यहूदीहरूले सोधे, “तब तिमी को हौ? आफ्नो विषयमा हामीलाई बताऊ कि जसले हामीलाई पठाए तिनीहरूलाई बताउन सकूँ। तिम्रो विषयमा तिमी के भन्छौ?”
22They said therefore to him, Who art thou? that we may give an answer to those who sent us. What sayest thou of thyself?
23यूहन्नाले तिनीहरूलाई अगमवक्ता यशैयाको वाणीहरू भने “मरूभूमिमा चिच्याई हिंड्ने मानिसको म आवाज हुँ, ‘परमप्रभुको निम्ति मार्ग सोझो बनाऊ भन्दै।”‘ यशैया 40:3
23He said, I [am] [the] voice of one crying in the wilderness, Make straight the path of [the] Lord, as said Esaias the prophet.
24ती यहूदीहरूलाई फरिसीरूले पठाएका थिए।
24And they were sent from among the Pharisees.
25तिनीहरूले यूहन्नालाई सोधे, “यदि तिमी ख्रीष्ट होइनौ, एलिया होइनौं, अगमवक्ता पनि होइनौ भने किन तिमी मानिसहरूलाई बप्तिस्मा दिन्छौ?”
25And they asked him and said to him, Why baptisest thou then, if thou art not the Christ, nor Elias, nor the prophet?
26यूहन्नाले उत्तर दिए, “म पानीले मानिसहरूलाई बप्तिस्मा दिन्छु। तर एकजना मानिस तिमीहरूसंगै अहिले हुनुहुन्छ जसलाई तिमाहरू चिन्दैनौ।
26John answered them saying, I baptise with water. In the midst of you stands, whom ye do not know,
27ती एक मात्र मानिस जो मेरो पछाडि आउनुहुन्छ, जसको म जुत्ताको फित्ता खोल्ने योग्य सम्म छैन।”
27he who comes after me, the thong of whose sandal I am not worthy to unloose.
28यी सबै कुराहरू यर्दन नदीको अर्को स्थान बेथानीयमा भइसकेको हो। त्यो जहाँ यूहन्नाले मानिसहरूलाई बप्तिस्मा दिइरहेका थिए।
28These things took place in Bethany, across the Jordan, where John was baptising.
29अर्को दिन येशूलाई आफूतिर आइरहनु भएको यूहन्नाले देखेर भने, “हेर, परमेश्वरका थुमा जसले संसारको पापहरू उठाई लाने छ।
29On the morrow he sees Jesus coming to him, and says, Behold the Lamb of God, who takes away the sin of the world.
30त्यो उही हो जसको विषयमा मैले भनेको थिएँ। ‘एकजना पुरुष मेरो पछि आउनेवाला हुनुहुन्छ जो मभन्दा महान हुनुहुन्छ किनभने उहा मभन्दा पहिले नै अस्तित्वमा हुनु हुन्थ्यो।’
30He it is of whom I said, A man comes after me who takes a place before me, because he *was* before me;
31उहाँ को हुनुहुन्छ भनेर पनि मैले जानेको थिइन, तर म मानिसहरूलाई पानीले बप्तिस्मा दिदै आँए ताकि यहूदीहरूले जानुन् कि उहाँ ख्रीष्ट हुनुहुन्छ।
31and I knew him not; but that he might be manifested to Israel, therefore have I come baptising with water.
32[This verse may not be a part of this translation]
32And John bore witness, saying, I beheld the Spirit descending as a dove from heaven, and it abode upon him.
33[This verse may not be a part of this translation]
33And I knew him not; but he who sent me to baptise with water, *he* said to me, Upon whom thou shalt see the Spirit descending and abiding on him, he it is who baptises with [the] Holy Spirit.
34मैले यो देखेको हुँ र म गवाही पनि दिन्छु कि उहाँ परमेश्वरका पुत्र हुनुहुन्छ।”
34And I have seen and borne witness that this is the Son of God.
35अर्को दिन फेरि यूहन्ना त्यहाँ उपस्थित थिए। उनिसँग उहाँका दुइजना चेलाहरू थिए।
35Again, on the morrow, there stood John and two of his disciples.
36यूहन्नाले येशू हिडिरहेका देखे र उनोले भने, “हेर, परमेश्वरका थुमा।”
36And, looking at Jesus as he walked, he says, Behold the Lamb of God.
37यूहन्नाको कुरा सुनिसके पछि ती दुइ चेलाहरू येशूको पछि लागे।
37And the two disciples heard him speaking, and followed Jesus.
38येशूले फर्केर हेर्नु भयो र उहाँको पछि ती दुइजना चेला आहरहेको देखेर उहाँले भन्नुभयो, “तिमीहरू के चाहन्छौ?” ती दूइजनाले भने, “रब्बी, तपाँईं कहाँ बस्नुहुन्छ?”
38But Jesus having turned, and seeing them following, says to them, What seek ye? And *they* said to him, Rabbi (which, being interpreted, signifies Teacher), where abidest thou?
39येशूले उत्तर दिनुभयो, “मसँग आओ अनि तिमीहरूले देख्नेछौ।” तब ती दुइजना येशूसंग गए। तिनीहरूले येशू बस्नु भएको ठाउँ देखे। त्यस दिन येशूसंगै तिनीहरू वास बसे। त्यसबेला चार बजी सकेको थियो।
39He says to them, Come and see. They went therefore, and saw where he abode; and they abode with him that day. It was about the tenth hour.
40यूहन्नाबाट येशूको विषयमा जाने पछि तिनीहरू येशूकै पछि लागे। ती दुइजना मध्ये एकजनाको नाउँ अन्द्रियास थियो। तिनी शिमोन पत्रुसका भाइ थिए।
40Andrew, the brother of Simon Peter, was one of the two who heard [this] from John and followed him.
41पहिले अन्द्रियसले आफ्नो भाइ शिमोनलाई खोज्ने काम गरे। शिमोनलाई अन्द्रियासले भने, “हामीले मसीह पाएकोछौं”
41He first finds his own brother Simon, and says to him, We have found the Messias (which being interpreted is Christ).
42तब शिमोनलाई अनिद्रयासले येशूकहाँ ल्याए। येशूले शिमोनतर्फ हेर्दै भन्नु भयो, “तिमी यूहन्नाको छोरो शिमोन हौ। तिमीलाई केफास भनेर भनिन्छ।”
42And he led him to Jesus. Jesus looking at him said, Thou art Simon, the son of Jonas; thou shalt be called Cephas (which interpreted is stone).
43अर्को दिन गालील जान येशूले निश्चय गर्नुभयो। येशूले फिलिपलाई भेटनुभयो र भन्नुभयो “मलाई पछ्याउ।”
43On the morrow he would go forth into Galilee, and Jesus finds Philip, and says to him, Follow me.
44अन्द्रियास र पत्रुस जस्तै फिलिप पनि बेथसेदा शहरका थिए।
44And Philip was from Bethsaida, of the city of Andrew and Peter.
45फिलिपले नथानेललाई भेट्टाए र भने, “मोशाले व्यवस्थामा के लेख्नु भएको थियो सम्झ। मोशाले एकजना मानिस आइरहेछ भनी लेख्नु भएको थियो जो आइरहेको छ। अगमवक्ताहरूले पनि उहाँको विषयमा लेख्नु भएको थियो। हामीले उहाँलाई नै पायौं। उहाँको नाउँ येशू हो, योसेफका पुत्र। उहाँ नासरतका हुनुहुन्छ।”
45Philip finds Nathanael, and says to him, We have found him of whom Moses wrote in the law, and the prophets, Jesus, the son of Joseph, who is from Nazareth.
46तर नथानेलले फिलिपलाई सोधे, “के नासरतबाट केही असल कुरो आउन सक्छ?” फिलिपले उत्तर दिए, “आएर अनि हेर।”
46And Nathanael said to him, Can anything good come out of Nazareth? Philip says to him, Come and see.
47येशूले नथानेललाई आफूतर्फ आइरहेको देख्नु भयो र भन्नुभयो, “यो आइरहेको मान्छे साँच्चि नै एकजना इस्राएली हुन्। उनमा त्यस्तो कुनै खराबी छैन।”
47Jesus saw Nathanael coming to him, and says of him, Behold [one] truly an Israelite, in whom there is no guile.
48नथानेलले उहाँलाई सोधे, “मलाई कसरी तपाईंले चिन्नुहुन्छ?” येशूले उत्तर दिनुभयो, “फिलिपले तिमीसंग मेरो विषयमा बात गर्न भन्दा पहिल्यै तिमी नेभारको रूखमुनि हुँदा नै तिमीलाई देखें।”
48Nathanael says to him, Whence knowest thou me? Jesus answered and said to him, Before that Philip called thee, when thou wast under the fig-tree, I saw thee.
49तब नथानेलले येशूलाई भने, “रब्बी तपाई परमेश्वरका पुत्र हुनुहुन्छ। तपाईंनै इस्राएलका राजा हुनुहुन्छ।”
49Nathanael answered and said to him, Rabbi, thou art the Son of God, thou art the King of Israel.
50येशूले नथानेललाई भन्नुभयो, “तिमी यसकारण विश्वास गर्दैछौ कि मैले तिमीलाई नेभारको रूखमनि देखेको थिएँ भनेर? तिमीले यो भन्दा महान चीज देख्नेछौ।”
50Jesus answered and said to him, Because I said to thee, I saw thee under the fig-tree, believest thou? Thou shalt see greater things than these.
51तब येशूले पनि भन्नुभयो, “म तिमीलाई सत्य भन्नेछु। तिमीहरू सबैले स्वर्ग उघ्रिएको देख्नेछौ अनि तिमीले ‘परमेश्वरका स्वर्गदूतहरूलाई मानिसको पुत्रमाथि जाँदै तल आँउदै, गरेको देख्नेछौं।”‘
51And he says to him, Verily, verily, I say to you, Henceforth ye shall see the heaven opened, and the angels of God ascending and descending on the Son of man.