Nepali

Darby's Translation

Joshua

10

1त्यसबेला अदोनिसेदेक यरूशलेमका राजा थिए। ती राजाले सुने कि यहोशूले ऐ शहरलाई परास्त गरे अनि पूर्णरूपले त्यसलाई नष्ट गरिदिए। ती राजाले थाहा पाए कि यहोशूले यरीहो अनि त्यसका राजालाई पनि त्यसै गरेका थिए। ती राजाले यो पनि थाहा पाए कि गिबोनका मानिसहरूले इस्राएलका मानिसहरूसित शान्ति सन्धि गरेका थिए। अनि ती मानिसहरू यरूशलेमको अत्यन्त नजिकमा बस्थे।
1And it came to pass when Adoni-zedek king of Jerusalem heard that Joshua had taken Ai and had utterly destroyed it, that he had done to Ai and its king as he had done to Jericho and its king, and that the inhabitants of Gibeon had made peace with Israel, and were among them,
2यसर्थ अदोनिसेदेक अनि तिनका मानिसहरू अत्यन्त डराएका थिए। गिबोन ऐ शहर जस्तो सानो शहर थिएन। गिबोन अति विशाल शहर थियो। यो एउटा राजकीय शहर जस्तै ठूलो थियो। अनि त्यस शहरका सबै मानिसहरू असल लडाकूहरू थिए। यसकारण राजा भयभीत भए।
2that they feared greatly; for Gibeon was a great city, as one of the royal cities, and it was greater than Ai, and all its men were mighty.
3अदोनि सेदेक, यरूशलेमका राजाले हेब्रोनका राजा होहाम, यर्मूतका राजा पिराम, लाकीशका राजा यापी र एग्लोनको राजा दबीरकहाँ समाचारवाहक पठाए,
3And Adoni-zedek king of Jerusalem sent to Hoham king of Hebron, and to Piream king of Jarmuth, and to Japhia king of Lachish, and to Debir king of Eglon, saying,
4“मेरो साथमा आउनु होस्, अनि मलाई गिबोनमाथि आक्रमण गर्न सहयोग दिनु होस्। गिबोनले यहोशू अनि इस्राएलका मानिसहरूसित शान्ति-सम्झौता गरेकोछ।”
4Come up to me, and help me, that we may smite Gibeon; for it has made peace with Joshua and with the children of Israel.
5यसकारण यी पाँच राजाहरूले तिनीहरूका सेनाहरू जम्मा गरे। (पाँच राजाहरू यरूशलेमका राजा, हेब्रोनका राजा, यर्मूतका राजा, लाकीशका राजा अनि एग्लोनका राजा थिए।) तिनीहरू आफ्ना सैनिकहरू लिएर गिबोनमा गए, शहरलाई घेरा हाले अनि लडाईं लडे।
5And the five kings of the Amorites, the king of Jerusalem, the king of Hebron, the king of Jarmuth, the king of Lachish, [and] the king of Eglon, gathered themselves together, and went up, they and all their armies, and they encamped before Gibeon, and made war against it.
6गिबोन शहरका बासिन्दाहरूले गिलगालको छाउनीमा यहोशूकहाँ एकजना समाचारवाहक पठाए। तिनले ल्याएको समाचार यस्तो थियो, “हामी तपाईंहरूका दाशहरूलाई नत्याग्नुहोस् चाँडै आउनुहोस् र हामीलाई सहायता गर्नुहोस्। पहाडी देशका सबै एमोरी राजाहरूले तिनीहरूका सेनाहरूलाई हाम्रो विरूद्ध लड्न ल्याएका छन्।”
6And the men of Gibeon sent to Joshua, to the camp at Gilgal, saying, Withdraw not thy hand from thy servants: come up to us quickly, and save us and help us; for all the kings of the Amorites that dwell in the hill-country are gathered against us.
7यसर्थ यहोशू आफ्ना सम्पूर्ण सेनाहरू सहित गिलगालबाट हिंडे। यहोशूका सर्वोत्तम योद्धाहरू तिनीसित थिए।
7So Joshua went up from Gilgal, he and all the people of war with him, even all the valiant men.
8परमप्रभुले यहोशूलाई भन्नुभयो, “ती सेनाहरू देखि भयभीत नहोऊ। म तिमीहरूलाई तिनीहरूलाई हराउने शक्ति दिनेछु। ती सैनिकहरूमा कोही पनि तेरो सामाना गर्ने योग्यको छैन।”
8And Jehovah said to Joshua, Fear them not; for into thy hand have I given them: not a man of them shall stand before thee.
9यहोशू अनि तिनका सेना रात भरि गिबोन तर्फ हिंडे। शत्रुहरूले यहोशू आउँदैछन् भनेर थाहा पाएनन्। यसर्थ यो एक आश्चर्यपूर्ण कुरा भयो जब तिनले तिनीहरू माथि आक्रमण गरे।
9And Joshua came upon them suddenly; he went up from Gilgal all night.
10परमप्रभुले ती सेनाहरूलाई अन्योलमा पारिदिनु भयो जब इस्राएलले आक्रमण गरे। यसरी इस्राएलीहरुले तिनीहरूलाई परास्त गरे र महान विजय प्राप्त गरे। इस्राएलका सेनाले शत्रुलाई गिबोन देखि बेथारोनको उकालो बाटो सम्म खेदे। इस्राएलका सेनाले आजेका अनि मक्केदा सम्मका मानिसहरूलाई मारे।
10And Jehovah discomfited them before Israel, and smote them [with] a great slaughter at Gibeon; and he chased them on the way of the ascent of Beth-horon, and smote them up to Azekah and Makkedah.
11जब तिनीहरूले शत्रुहरूलाई ओह्रालो बाटोमा बेथारोन देखि आजेकासम्म शत्रुहरूलाई खेद्दै थिए, परमप्रभुले आकाशबाट ठूला-ठूला असिना खसाउनु भयो। यी ठूला-ठूला असिनाहरूद्वारा अनेक शत्रुहरू मारिए। इस्राएली सैनिकहरूका तरवारले भन्दा असिनाद्वारा धेरै मानिसहरूको मृत्यु भयो।
11And it came to pass, as they fled from before Israel, -- they were at the descent of Beth-horon, -- that Jehovah cast down great stones from heaven upon them up to Azekah, and they died. They were more who died with the hailstones than they whom the children of Israel had slain with the sword.
12त्यसदिन परमप्रभुले इस्राएलीले एमोरी मानिसहरूलाई परास्त गर्न दिनुभयो। अनि त्यसदिन यहोशू इस्राएलका समस्त मानिसहरूको सामुन्ने उभिए र परमप्रभुलाई भनेः “हे सूर्य, गिबोन माथि स्थिर बस्। चन्द्रमा, अय्ययालोन-बेंसीमाथि स्थिर बस्।”
12Then spoke Joshua to Jehovah in the day when Jehovah gave up the Amorites before the children of Israel, and he said in the sight of Israel, Sun, stand still upon Gibeon; And thou, moon, in the valley of Ajalon!
13यसर्थ सूर्य स्थिर रह्यो अनि मानिसहरूले आफ्ना शत्रुहरूलाई परास्त नगरेसम्म रोकियो। यो कुरोको उल्लेख याशारको पुस्तकमा लेखिएको छ। सूर्य आकाशको माझमा रोकियो। यो एक दिन पूरा अचल रह्यो।
13And the sun stood still, and the moon remained where it was, until the nation had avenged themselves upon their enemies. Is not this written in the book of Jasher? And the sun remained standing in the midst of heaven, and hasted not to go down about a full day.
14यस्तो पहिला कहिले पनि भएको थिएन। अनि यस्तो फेरि कहिले हुनेछैन। यो त्यो दिन थियो जुनदिन परमप्रभुले मानिसको कुरा सुन्नु भयो। परमप्रभु वास्तवमा इस्राएलीहरूका निम्ति लडिरहनु भएको थियो।
14And there was no day like that before it or after it, that Jehovah hearkened to the voice of a man; for Jehovah fought for Israel.
15यसपछि, यहोशू अनि तिनका सेना गिलगालको छाउनीम फर्के।
15And Joshua returned, and all Israel with him, to the camp, to Gilgal.
16तर युद्ध भइरहेको समयमा ती पाँचजना राजाहरू भागेर गए। तिनीहरू मक्केदा नजिकको एक गुफामा लुके।
16And these five kings fled, and hid themselves in the cave at Makkedah.
17तर तिनीहरूलाई त्यो गुफामा लुकि रहेको कसैले देखे। यहोशूले यस विषयमा थाहा पाए।
17And it was told Joshua, saying, The five kings have been found, hid in the cave at Makkedah.
18यहोशूले भने, “गुफा भित्र पस्ने ढोकालाई ठूला चट्टानहरूले बन्द गरिदेऊ। केही मानिसहरूलाई त्यहाँ रखवाली गर्न राखि देऊ।
18And Joshua said, Roll great stones before the mouth of the cave, and set men before it to keep them.
19तर तिमीहरू स्वयं त्यहाँ नबस। शत्रुलाई खेदन जारिराख। तिनीहरूलाई लगातार पछिबाट आक्रमण गर। शत्रुलाई तिनीहरूका शहरमा फर्केर जान नदेऊ। परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई तिनीहरू माथि विजय प्रदान गराउँनु भएको छ।”
19And ye, stay not, pursue after your enemies, and smite the hindmost of them; suffer them not to enter into their cities; for Jehovah your God has given them into your hand.
20यसरी यहोशू अनि इस्राएलका सेनाले शत्रुहरूलाई मारे। तर केही शत्रुहरू तिनीहरूको शहरमा, जस्‌का वरिपरि उच्च पर्खालहरू थिए, जान समर्थ भए अनि लुके, ती मानिसहरू मारिएनन्।
20And it came to pass when Joshua and the children of Israel had ended smiting them with a very great slaughter, until they were consumed, that the remnant which remained of them entered into fortified cities;
21युद्ध पछि यहोशूका मानिसहरू मक्केदामा तिनी कहाँ फर्की आए। त्यसदेशमा इस्राएलका मानिसहरूको विरूद्ध साहसी मानिस कोही पनि थिएनन्।
21and all the people returned to the camp to Joshua, at Makkedah, in peace; none moved his tongue against the children of Israel.
22यहोशूले भने, “गुफाको द्वारामा बन्द गरेका ढुङ्गाहरू हटाऊ। ती पाँचजना राजाहरूलाई मकहाँ ल्याऊ।”
22And Joshua said, Open the mouth of the cave, and bring forth to me those five kings out of the cave.
23यसर्थ यहोशूका मानिसहरूले ती पाँचजना राजाहरूलाई गुफा बाहिर ल्याए। तिनीहरू यरूशलेम, हेब्रोन, यर्मूत, लाकीश अनि एग्लोनका राजाहरू थिए।
23And they did so, and brought forth to him those five kings out of the cave, the king of Jerusalem, the king of Hebron, the king of Jarmuth, the king of Lachish, the king of Eglon.
24तिनीहरूले ती पाँचजना राजाहरूलाई यहोशू कहाँ ल्याए। यहोशूले उसका सबै मानिसहरूलाई भने, “यहाँ आऊ, तिमीहरूका खुट्टा यी राजाहरूका धिच्रोमा राख।” यसर्थ यहोशूका सैनिक अधिकारीहरू नजिकमा आए। तिनीहरूले आफ्ना पाउ ती राजाहरूको घिच्रोमा राखे।
24And it came to pass when they had brought forth those kings to Joshua, that Joshua called to all the men of Israel, and said to the captains of the men of war who went with him, Come forward, put your feet on the necks of these kings. And they came forward and put their feet on their necks.
25तब यहोशूले आफ्ना मानिसहरूलाई भने, “बलवान अनि साहसी बन। भयभीत नहौं। म तिमीहरूलाई देखाउनेछु जो परमप्रभुले ती शत्रुहरू प्रति गर्नुहुनेछ जोसित तिमीहरू भविष्यमा लड्नेछौ।”
25And Joshua said to them, Fear not, neither be dismayed; be strong and courageous, for thus will Jehovah do to all your enemies against whom ye fight.
26त्यसपछि यहोशूले ती पाँच राजाहरूलाई मारे। तिनीहरूको शरीरलाई तिनले पाँचवटा रूखमा झुण्ड्याइ दिए। यहोशूले साँझ नभएसम्म तिनीहरूलाई रूखमै झुण्डियाएर राखे।
26And afterwards Joshua smote them, and put them to death, and hanged them on five trees; and they were hanging upon the trees until the evening.
27सूर्यास्तको समयमा यहोशूले उसका मानिसहरूलाई रूखहरूबाट मृत शरीरहरू तल झार्ने आदेश दिए। तिनीहरूले मृत शरीरहरू त्यही गुफामा फ्याँकि दिए जहाँ स्वंय राजाहरू लुकेका थिए अनि गुफालाई ठूला ढुङ्गाहरूले छोपेका थिए। ती ढुङ्गाहरू आजसम्म त्यहीं छन्।
27And it came to pass at the time of the going down of the sun, that Joshua commanded, and they took them down off the trees, and cast them into the cave where they had been hid, and laid great stones before the cave's mouth, [which remain] to this very day.
28त्यसदिन यहोशूले मक्केदालाई परास्त गरे। यहोशूले त्यस शहरका राजा र प्रजा सबैलाई मारि दिए। त्यहाँ मानिसहरू कोही जीवित छाडिएन। यहोशूले यरीहोका राजा प्रति जे गरेका थिए त्यस्तै मक्कैदाका राजा प्रति गरे।
28And Joshua took Makkedah on that day, and smote it with the edge of the sword, and the king thereof, him and all the souls that were therein he utterly destroyed; he let none remain; and he did to the king of Makkedah as he had done to the king of Jericho.
29त्यसपछि यहोशू अनि इस्राएलका सबै मानिसहरूले मक्केदाबाट यात्रा गरे। तिनीहरू लिब्ना गए अनि त्यस शहर माथि आक्रमण गरे।
29And Joshua passed, and all Israel with him, from Makkedah to Libnah, and fought against Libnah.
30परमप्रभुले इस्राएलका मानिसहरूलाई शहर अनि त्यसका राजालाई पराजित गराइदिनु भयो। इस्राएलका मानिसहरूले त्यस शहरका प्रत्येक मानिसहरूलाई मारे। एउटा मानिस पनि जीउँदो रहेनन्। अनि यरीहोका राजालाई गरे जस्तै यहोशूले त्यस राजालाई पनि गरे।
30And Jehovah gave it also and the king thereof into the hand of Israel; and he smote it with the edge of the sword, and all the souls that were therein; he let none remain in it: and he did to the king thereof as he had done to the king of Jericho.
31त्यसपछि यहोशू अनि इस्राएलका सबै मानिसहरूले लिब्ना छाडे अनि लाकीश तिर गए। यहोशू अनि तिनका सेनाले त्यो शहरको चारैतिर छाउनी बसाए अनि त्यस माथि आक्रमण गरे।
31And Joshua passed, and all Israel with him, from Libnah to Lachish, and encamped against it, and fought against it.
32लाकीश शहर परास्त गर्न परमप्रभुले तिनीहरूलाई सहयोग गर्नु भयो। तिनीहरूले त्यस शहरलाई दोस्रो दिनमा परास्त गरे। इस्राएलीहरूले त्यस शहरका प्रत्येक मानिसहरूलाई मारिदिए जसरी तिनीहरूले लिब्नामा मारेका थिए।
32And Jehovah gave Lachish into the hand of Israel; and they took it on the second day, and smote it with the edge of the sword, and all the souls that were therein, according to all that he had done to Libnah.
33गेजेरका राजा होराम लाकीशलाई सहायता गर्नु आए, तर यहोशूले तिनी र तिनका सेनालाई पनि परास्त गरे। तिनीहरू मध्ये एक जनालाई पनि जीवित छाडिएन।
33Then Horam king of Gezer came up to help Lachish; and Joshua smote him and his people, until he had left him none remaining.
34तब यहोशू अनि इस्राएलका समस्त सेनाहरू लाकीश देखि एग्लोनतर्फ यात्रा गरे। तिनीहरूले एग्लोनको चारैतिर छाउनी बसाए अनि त्यस माथि आक्रमण गरे।
34And Joshua, and all Israel with him, passed from Lachish to Eglon; and they encamped against it, and fought against it.
35त्यसदिन तिनीहरूले शहरमा अधिकार गरे अनि शहरका सबै मानिसहरूलाई मारिदिए। यो त्यस्तै कुरा थियो जो तिनीहरूले लाकीश प्रति गरेका थिए।
35And they took it on that day, and smote it with the edge of the sword; and all the souls that were therein he utterly destroyed on that day, according to all that he had done to Lachish.
36त्यसपछि यहोशू अनि इस्राएलका सबै मानिसहरूले एग्लोन देखि हेब्रोनको यात्रामा गए। तब तिनीहरूले हेब्रोन माथि आक्रमण गरे।
36And Joshua went up, and all Israel with him, from Eglon to Hebron; and they fought against it.
37तिनीहरूले हेब्रोन नजिकका सबै स-साना शहरहरू कब्जा गरे। इस्राएलीहरूले त्यस शहरका राजा अनि सबै मानिसहरूलाई मारिदिए। एकजना मानिसलाई पनि जीवित राखेनन्। यो त्यस्तै भयो जस्तो तिनीहरूले एग्लोन प्रति गरेका थिए। तिनीहरूले शहरलाई ध्वंश पारे त्यहाँ जो थिए सबै मारिए।
37And they took it, and smote it with the edge of the sword, and the king thereof, and all the cities thereof, and all the souls that were therein: he let none remain, according to all that he had done to Eglon; and he utterly destroyed it, and all the souls that were therein.
38तब यहोशू अनि इस्राएलका सबै मानिसहरू दबीरतिर फर्केर गए र त्यस शहरलाई आक्रमण गरे।
38And Joshua returned, and all Israel with him, to Debir; and fought against it.
39तिनीहरूले त्यो शहर, त्यसका राजा अनि दबीर नजिकका सबै ससाना शहरहरू अधीनमा लिए। तिनीहरूले त्यस शहरमा भएका हरेक मानिसलाई मारे। कसैलाई पनि जीवित छाडिएन। इस्राएलका मानिसहरूले दबीर अनि त्यसका राजालाई त्यसै गरे जस्तो तिनीहरूले हेब्रोन अनि त्यहाँका राजालाई गरेका थिए। यो त्यस्तै कुरा थियो जस्तो तिनीहरूले लिब्ना अनि त्यसका राजाप्रति गरेका थिए।
39And he took it, and the king thereof, and all the cities thereof, and they smote them with the edge of the sword, and utterly destroyed all the souls that were therein; he let none remain: as he had done to Hebron, and as he had done to Libnah, and to the king thereof, so he did to Debir and to the king thereof.
40यसरी यहोशूले पहाडी देश, नेगेब, पश्चिमी तराई, अनि पूर्वी तराईका शहरका सबै राजाहरूलाई परास्त गरे। परमप्रभु इस्राएलका परमेश्वरले यहोशूलाई सबै मानिसहरूलाई मारिदिनु भन्नु भएको थियो। यसर्थ यहोशूले ती स्थानहरूमा कसैलाई पनि जीवित छाडेनन्।
40And Joshua smote the whole country, the mountain, and the south, and the lowland, and the hill-slopes, and all their kings: he let none remain, but he utterly destroyed all that breathed, as Jehovah the God of Israel had commanded.
41यहोशूले कादेशबर्ने देखि गाजा सम्मका समस्त शहरहरू अधिकारमा ल्याए। तिनले गोशेन देखि (मिश्रदेशमा) गिबोन सम्मका सबै शहरहरू कब्जा गरे।
41And Joshua smote them from Kadesh-barnea even to Gazah, and all the country of Goshen, even to Gibeon;
42यहोशूले ती सबै शहरहरू अनि तिनीहरूका राजाहरूलाई एकै चोटि अधीनमा लिए। यहोशूले यसो गरे किनभने, परमप्रभु इस्राएलका परमेश्वरले इस्राएलका निम्ति युद्ध गरिरहनु भएको थियो।
42and all these kings and their land did Joshua take at one time; for Jehovah the God of Israel fought for Israel.
43त्यसपछि यहोशू अनि इस्राएलका सबै मानिसहरू गिलगालमा आफ्ना छाउनीमा फर्किए।
43And Joshua returned, and all Israel with him, to the camp, to Gilgal.