Nepali

Darby's Translation

Joshua

15

1त्यो भूमि जो यहूदालाई दिइएको थियो त्यो कुल समूहका माझ विभाजन गरियो। त्यो भूमि एदोमको सीमानासम्म अनि दक्षिणमा तेमानको सीन मरूभूमिसम्म फैलिएको थियो।
1And the lot of the tribe of the children of Judah according to their families was: to the border of Edom, the wilderness of Zin, southward, in the extreme south.
2यहूदाको भूमिको दक्षिणी सीमाना खारा समुद्रको दक्षिण अन्त देखी शुरू भएको थियो।
2And their southern border was from the end of the salt sea, from the tongue that turns southward;
3सीमाना अक्रब्बीन छिरूर्वोको दक्षिणबाट जीन मरूभूमि तर्फ अनि माथि कादेश तिर यसको दक्षिणतिरबाट हुँदै हेस्रोन कटेर अद्दारसम्म अनि त्यहाँबाट कर्कासम्म गयो।
3and it went out south of the ascent of Akrabbim, and passed on to Zin, and went up on the south of Kadesh-barnea, and passed to Hezron, and went up toward Addar, and turned toward Karkaah,
4यो सीमाना मिश्रको खोला अज्मोन तिर बडेर गएको थियो। अनि त्यसपछि भूमध्य सागर तर्फ अघि बढेको थियो। यो तिनीहरूको दक्षिणी सीमाना हो।
4and passed on to Azmon, and went out by the torrent of Egypt; and the border ended at the sea. That shall be your border southward.
5तिनीहरूको पूर्वी सीमाना खारा समुद्र किनार देखि त्यो क्षेत्र सम्म फैलिएको थियो, जहाँ यर्दन नदी, खारा समुद्र भित्र बहन्थ्यो। तिनीहरूको उत्तरी सीमाना त्यो क्षेत्रबाट शुरू भएको थियो, जहाँ यर्दन नदी खारा समुद्र भित्र प्रवेश गर्थ्यो।
5-- And the eastern border was the salt sea as far as the end of the Jordan. -- And the border on the north side was from the tongue of the salt sea, at the end of the Jordan;
6बेथोग्लमदेखि उत्तरमा बेतराबा सम्म सीमाना फैलिएको थियो। त्यो सीमाना बोहनको चट्टान छिचलेर गएको थियो। (बोहन, रूबेनका छोरा थिए।)
6and the border went up toward Beth-hoglah, and passed north of Beth-Arabah; and the border went up to the stone of Bohan, the son of Reuben;
7उत्तरी सीमाना आकोर वेशीदेखि दबीरको उकालोसम्म छ। तब सीमाना उत्तरतर्फ सोजो गिलगाल तिर गएको थियो। गिलगाल बाटोको अर्को पट्टि छ जुन अदुम्मीम पर्वत भएर गएको छ। त्यो सानो खोलाको दक्षिण पट्टि थियो। त्यो सीमाना एन्शेमेशको खोला पछिल्तिर गएको थियो। त्यो सीमाना एन्शेगेलमा अन्त भएको थियो।
7and the border went up toward Debir from the valley of Achor, and turned northward to Gilgal, which is opposite to the ascent of Adummim, which is on the south side of the torrent; and the border passed to the waters of En-shemesh, and ended at En-rogel;
8त्यसपछि त्यो सीमाना यबूसी शहरको दक्षिणी छेउबाट हिन्नोम बेंसी भएर गएको थियो। (त्यो यबूसी शहरलाई यरूशलेम भनिन्थ्यो।) त्यस स्थानमा त्यो सीमाना हिन्नोम बेंसीको पश्चिममा भएको पहाडको चुचुरो तिर गएको थियो। यो रपाईं बेंसीको उत्तरतर्फ अन्तमा थियो।
8and the border went up to the valley of the son of Hinnom, toward the south side of the Jebusite, that is, Jerusalem; and the border went up to the top of the mountain that is before the valley of Hinnom westward, which is at the end of the valley of Rephaim northward;
9त्यस स्थान देखि त्यो सीमाना नेप्तोहको पानीको तलाउ तर्फ गएको थियो। त्यस पछि त्यो सीमाना एप्रोन नजिकका शहरहरू तिर गएको थियो। त्यस स्थानमा त्यो सीमाना घुमेर बाला तिर गएको थियो। बालालाई किर्यत्यारी पनि भनिन्छ।
9and the border reached along from the top of the mountain toward the spring of the waters of Nephtoah, and went out toward the cities of mount Ephron; and the border reached along to Baalah, that is, Kirjath-jearim;
10बालामा त्यो सीमाना पश्चिम तर्फ घुमेको थियो। अनि सेईरको पहाडी देश तर्फ गएको थियो। त्यो सीमाना यारीम पर्वत (कसालोन)को उत्तरी छेउसम्म भएर तलतिर बेतशेमेश तिर फैलिएको थियो। त्यहाँ देखि त्यो सीमाना तिम्रामा पार गरेर गएको थियो।
10and the border turned from Baalah westwards toward mount Seir, and passed toward the side of Har-jearim, that is, Chesalon, northwards, and went down to Beth-shemesh, and passed Timnah.
11सीमाना एक्रोनको उत्तरी पहाड भएर फैलिएको छ। त्यस सीमाना बाला पर्वत पार भएर शिक्करोन तिर सोझैं यब्नेल भएर भूमध्य सागरमा अन्त भएको थियो।
11And the border went out to the side of Ekron northwards, and the border reached along toward Shicron, and passed mount Baalah, and went toward Jabneel; and the border ended at the sea.
12भूमध्य सागर यहूदको भूमिको पश्चिमी सीमाना थियो। यसरी यहूदाको भूमि यी चार सीमानाहरू भित्र थियो। यहूदाका कुलहरू यो क्षेत्रमा बस्थे।
12-- And the west border is the great sea and [its] coast. This is the border of the children of Judah round about, according to their families.
13यहोशूले युपन्नेको छोरो कालेबलाई यहूदाको निम्ति तोकिएको क्षेत्रभित्रको केही भूमि परमप्रभुले भन्नु भए झैं नै दिए। तिनले अर्बा किर्यार्वाको शहर (जसलाई हेब्रोन शहर भनिन्छ) अनाकका पिताले तिनलाई दिए।
13And to Caleb the son of Jephunneh he gave a portion among the children of Judah according to the commandment of Jehovah to Joshua, the city of Arba, the father of Anak, that is, Hebron.
14कालेबले हेब्रोनमा बसेका तीन अनाकी वंशीहरूलाई त्यो स्थान छोड्न बाध्य तुल्याए। ती वंशहरू शेशै, अहीमन र तल्मै थिए। तिनीहरू अनाक वंशका थिए।
14And thence Caleb dispossessed the three sons of Anak, Sheshai and Ahiman and Talmai, who were born of Anak.
15त्यसपछि कालेब दबीर निवासीहरूको विरूद्ध अघिबढे (पहिला, दबीरलाई कीर्यत सेपेर पनि भनिन्थ्यो।)
15And from there he went up against the inhabitants of Debir; now the name of Debir before was Kirjath-sepher.
16कालेबले भने, “म कीर्यत सेपेर माथि आक्रमण गर्न चाहन्छु। म मेरे छोरी अक्सालाई त्यस मानिसलाई दिनेछु जसले आक्रमण गरेर त्यो शहरलाई परास्त गर्छ। म त्यस मानिसलाई मेरो छोरी विवाह गर्न दिनेछु।”
16And Caleb said, He that smites Kirjath-sepher and takes it, to him will I give Achsah my daughter as wife.
17ओत्निएल कालेबका भाई कनजका छोरा थिए। ओत्निएलले त्यो शहरलाई परास्त गरे, यसकारण कालेबले आफ्नी छोरी अक्सालाई ओत्निएलसँग विवाह गरिदिए।
17And Othniel the son of Kenaz, the brother of Caleb, took it; and he gave him Achsah his daughter as wife.
18जब अक्सा ओत्निएल कहाँ आई, ओत्निएलले अक्सालाई भने तिम्रा बाबु कालेबसित पानी भएको उब्जाउ भूमिको निम्ति बिन्ती गर। अक्सा आफ्ना पिताकहाँ गइन्। जब तिनी आफ्नो गधाबाट ओर्लिइन्, कालेबले सोधे, “तँ के चाहन्छेस्?”
18And it came to pass as she came, that she urged him to ask of her father a field; and she sprang down from the ass. And Caleb said to her, What wouldest thou?
19अक्साले उत्तर दिइन्, “मलाई एउटा आशीर्वाद दिनुहोस्। तपाईंले मलाई नेगवमा सूखा भूमि दिनुभयो। दयागरी मलाई पानी भएको केही भूमि पनि दिनु होस्।” यसर्थ तिनले चाहेको भूमि कालेबले दिए। तिनले त्यो भूमिको पानीका माथिल्लो अनि तल्लो पोखरीहरू दिए।
19And she said, Give me a blessing; for thou hast given me a southern land; give me also springs of water. Then he gave her the upper springs and the lower springs.
20यहूदाका कुल समूहले त्यो भूमि प्राप्त गरे, जो परमप्रभुले तिमीहरूलाई दिन्छु भनी प्रतिज्ञा गर्नु भएको थियो। प्रत्येक कुल समूहले भूमिको अंश पाए।
20This is the inheritance of the tribe of the children of Judah according to their families.
21यहूदाका कुल समूहले नेगेबको दक्षिणी अंशका सबै शहरहरू प्राप्त गरे। यी शहरहरू एदोमको सीमाना नजिकै थिए। यहाँ ती शहरहरूको सूची छः कब्सेल, एदेर, यागूर,
21The cities at the extremity of the tribe of the children of Judah, toward the border of Edom in the south, were: Kabzeel, and Eder, and Jagur,
22कीना, दीमोना, अदादा,
22and Kinah, and Dimonah, and Adadah,
23केदेश, हासोर, यित्नान,
23and Kedesh, and Hazor, and Jithnan,
24जीप, तेलेम, बालोत,
24Ziph, and Telem, and Bealoth,
25हासोरादत्ता, किरय्योथ-हेस्रोन (हासोर),
25and Hazor-hadattah, and Kerioth-Hezron, that is Hazor,
26अमान, शर्मा, मोलादा,
26Amam, and Shema, and Molada,
27हसगद्दा, हेशमोन, बेत्पालेत,
27and Hazar-gaddah, and Heshmon, and Beth-Pelet,
28हसर्शूआल, बेशेर्बा, बिज्योत्या,
28and Hazar-Shual, and Beer-sheba, and Biziothiah;
29बाला, ईम, एसेम,
29Baalah, and Ijim, and Ezem,
30एल्तोलद, कसील, होर्मा,
30and Eltolad, and Chesil, and Hormah,
31सिक्लग, मदूमन्ना, सन्सन्ना,
31and Ziklag, and Madmannah, and Sansanna,
32लबाओत, शिल्हीम, एन अनि रिम्मोन। त्यहाँ सबजसम्म उन्तीसवटा शहर अनि तिनका सबै खेतहरू थिए।
32and Lebaoth, and Shilhim, and Ain, and Rimmon: all the cities twenty-nine, and their hamlets.
33यहूदाका कुल समूहले पश्चिमी तराईमा भएका शहरहरू पनि पाए। ती शहरहरूको सूची यहाँ छः एश्तोल, सारा, अश्ना,
33-- In the lowland: Eshtaol, and Zoreah, and Ashnah,
34जानोह, एन्गन्नीम, तपूह, एनाम,
34and Zanoah, and En-gannim, Tappuah and Enam,
35यर्मूत, अदुल्लाम, सोको, अजेका,
35Jarmuth and Adullam, Sochoh and Azekah,
36शारैम, अदीतैम, अनि गदेरा (गदेरोतेम) त्यहाँ जम्मा चौधवटा शहरहरू अनि तिनका सबै खेतहरू थिए।
36and Shaaraim, and Adithaim, and Gederah, and Gederothaim: fourteen cities and their hamlets.
37यहूदाका कुल समूहलाई यी शहरहरू पनि दिइएः सनान, हदाशा, मिग्दलाद,
37Zenan, and Hadashah, and Migdal-Gad,
38दिलान, मिस्पे, योक्तेल,
38and Dilean, and Mizpeh, and Joktheel,
39लाकीश, बोस्कत, एग्लोन,
39Lachish, and Bozkath, and Eglon,
40कोब्बन, लहमाम, कितलीश,
40and Cabbon, and Lahmas, and Chithlish,
41गदेरोत, बेत्दागान, नामा अनि मक्केदा। त्यहाँ जम्मा सोह्रवटा शहर अनि ती वरिपरिका सबै खेतहरू थिए।
41and Gederoth, Beth-Dagon, and Naamah, and Makkedah: sixteen cities and their hamlets.
42यहूदाका मानिसहरूले यी शहरहरू पनि पाएः लिब्ना, एतेर, आशान,
42Libna, and Ether, and Ashan,
43यिप्ताह, अश्ना, नसीब,
43and Jiphthah, and Ashnah, and Nezib,
44कीला, अक्जीब अनि मारेशा। त्यहाँ जम्मा नौंवटा शहर अनि ती वरिपरिका खेतहरू थिए।
44and Keilah, and Achzib, and Mareshah: nine cities and their hamlets.
45यहूदाका मानिसहरूले एक्रोन शहर अनि यसका नजिकका सबै स-साना शहरहरू र ती वरिपरिका खेतहरू पनि प्राप्त गरे।
45Ekron and its dependent villages and its hamlets.
46तिनीहरूले एक्रोनको पश्चिमको क्षेत्र अनि अश्दोद नजिकका सबै खेतहरू अनि शहरहरू पनि पाए।
46From Ekron and westward all that are by the side of Ashdod, and their hamlets.
47अश्दोद वरिपरिका सबै क्षेत्र अनि स-साना शहरहरू यहूदाको भूमिका अंश थिए। यहूदाका मानिसहरूले गाजा वरिपरिका क्षेत्र अनि खेतहरू अनि त्यसका नजिकमा भएका शहरहरू पनि प्राप्त गरे। तिनीहरूको भूमि मिश्रको नदीसम्म लगातार फैलिएको थियो। अनि तिनीहरूको भूमि, भूमध्य समुद्रको किनारा छेउ छाउ सम्म लगातार थियो।
47Ashdod, its dependent villages and its hamlets; Gazah, its dependent villages and its hamlets, as far as the torrent of Egypt, and the great sea and [its] coast.
48यहूदाका मानिसहरूलाई पहाडी देशका शहरहरू पनि प्रदान गरे। ती शहरहरूको सूची यहाँ छः शामीर, यत्तीर, सोको,
48-- And in the hill-country: Shamir, and Jattir, and Sochoh,
49दन्ना, किर्यत्सन्ना (दबीर),
49and Dannah, and Kirjath-sannah, that is, Debir,
50अनाब, एश्तमो, अनीम,
50and Anab, and Eshtemoh, and Anim,
51गोशेन, होलोन, अनि गीलोह। त्यहाँ जम्मा एघारवटा शहरहरू अनि ती वरिपरिका सबै खेतहरू थिए।
51and Goshen, and Holon, and Giloh: eleven cities and their hamlets.
52यहूदाका मानिसहरूलाई यी शहरहरू पनि दिइएः अरब, दुमा, एशान,
52Arab, and Dumah, and Eshan,
53यार्नूम, बेत्तप्पूह, अपेका,
53and Janum, and Beth-Tappuah, and Aphekah,
54हुम्ता, किर्यतर्बा (हेब्रोन) अनि सीओर। त्यहाँ नौंवटा शहरहरू र ती वरिपरिका सबै खेतहरू थिए।
54and Humtah, and Kirjath-Arba, that is, Hebron, and Zior: nine cities and their hamlets.
55यहूदाका मानिसहरूलाई यी शहरहरू पनि दिइएः माओन, कर्मेल, जीप, यूता,
55Maon, Carmel, and Ziph, and Jutah,
56यिज्रेल, योक्दाम, जानोह,
56and Jizreel, and Jokdeam, and Zanoah,
57कैन, गिबा अनि तिम्ना। त्यहाँ जम्मा दशवोटा शहरहरू अनि ती वरिपरिका खेतहरू थिए।
57Kain, Gibeah and Timnah: ten cities and their hamlets.
58यहूदाका मानिसहरूलाई यी शहरहरू पनि प्रदान गरिएः हल्हूल, बेत्सर, गदोर,
58Halhul, Beth-Zur, and Gedor,
59मारात, बेतनोत, एल्तकोन। सबजम्मा त्यहाँ छवटा शहरहरू अनि ती वरिपरिका सबै खेतहरू थिए।
59and Maarath, and Beth-anoth, and Eltekon: six cities and their hamlets.
60यहूदाका मानिसहरूलाई रब्बा अनि किर्यतबाल जोकिर्यत्यारीम यी दुइ शहरहरू पनि दिइए।
60Kirjath-Baal, that is, Kirjath-jearim, and Rabbah: two cities and their hamlets.
61यहूदाका मानिसहरूलाई मरूभूमिमा भएका शहरहरू पनि दिइए। यहाँ ती शहरहरूको सूचीछः बेतराबा, मिद्दीन, सकाका,
61-- In the wilderness: Beth-Arabah, Middin, and Secacah,
62निब्शान, नूनको शहर अनि एनगदी। त्यहाँ सबजम्मा छवटा शहरहरू अनि ती वरिपरिका सबै खेतहरू थिए।
62and Nibshan, and Ir-Hammelah, and En-gedi: six cities and their hamlets.
63यहूदाका सेना यरूशलेममा बसेका यबूसी मानिसहरूलाई बाहिर निक्लन बाध्य तुल्याउन सामर्थ भएनन्। यसर्थ आजसम्म यरूशलेममा यहूदाका मानिसहरू माझ यबूसी मानिसहरू बस्छन्।
63But as for the Jebusites, the inhabitants of Jerusalem, the children of Judah could not dispossess them; and the Jebusites dwell with the children of Judah at Jerusalem to this day.