1एकदिन शिमशोन गाजा शहर तिर गए। तिनले त्यहाँ एउटी वेश्यालाई देखे। तिनी त्यो रात त्यससित बस्न गए।
1And Samson went to Gazah, and saw there a harlot, and went in to her.
2कसैले गाजाका मानिसहरूलाई भने, “शिमशोन यहाँ आएका छन्।” तिनीहरूले शिमोशोनलाई मार्न चाहन्थे, यसर्थ तिनीहरूले शहर घेरे। तिनीहरू शहर-द्वारको नजिकमा लुके अनि रातभरि शिमशोनलाई पर्खिरहे। रातभरि तिनीहरू अत्यन्त चूपचापसित बसे। तिनीहरूले एका-अर्कालाई भने, “जब बिहान हुन्छ हामी शिमशोनलाई मार्नेछौं।”
2[And it was told] the Gazathites, saying, Samson is come hither. And they surrounded [him], and laid wait for him all night at the gate of the city, and were quiet all the night, saying, In the morning light we will kill him.
3तर शिमशोन त्यस वेश्यासित आधा रातसम्म मात्र बसे। शिमशोन आधारातमा उठे। शिमशोनले शहर-द्वार अठ्याए र तिनले पर्खालबाट दुवै चौकट निकाले। शिमोशनले ढोकाको, दुइवटा स्तम्भहरू अनि ढोका बन्द राख्ने बारहरू भत्काइ दिए। शिमशोनले ती वस्तुहरूलाई आफ्ना काँधमा हाले अनि तिनीहरूलाई बोकेर हेब्रोन शहर नजिकको डाँडको टापुमा लगे।
3And Samson lay till midnight; and he arose at midnight, and seized the doors of the gate of the city, and the two posts, and tore them up with the bar, and put [them] upon his shoulders, and carried them up to the top of the mountain that is before Hebron.
4पछि, शिमशोन दलीला नाउँ भएकी स्त्रीसँगको प्रेममा फँसे। उनी सोरेक बेंसीकी थिइन्।
4And it came to pass afterwards that he loved a woman in the valley of Sorek, whose name was Delilah.
5पलिश्ती मानिसहरूका शासकहरू दलीला कहाँ गए। तिनीहरूले भने, “हामी जान्न चाहन्छौं के चिजले शिमशोनलाई यति बलवान तुल्याउँछ। त्यो रहस्य तिनलाई भन्न लगाऊ र उसलाई छल। तब हामी तिनलाई कसरी पक्विनु अनि बाँध्नु त्यो जान्ने छौं। तब हामी तिनलाई नियन्त्रण गर्न समर्थ हुनेछौं। यदि तिमीले यसो गरि दियौ भने हामी प्रत्येकले तिमीलाई एघार सय चाँदीका सिक्का गरी दिनेछौं।”
5And the lords of the Philistines came up to her, and said to her, Persuade him, and see in what his great strength is, and with what we may prevail against him, that we may bind him to overpower him; and we will each give thee eleven hundred silver-pieces.
6यसर्थ दलीलाले शिमशोनलाई भनिन्, “तिमी किन यस्तो बलवान छौ मलाई भन। कसैले बाँधेर तिमीलाई असहाय तुल्याउन सक्छ?”
6Then Delilah said to Samson, Tell me, I pray thee, in what is thy great strength, and with what thou mightest be bound to overpower thee.
7शिमशोनले उत्तर दिए, “कुनै व्यक्तिले मलाई सातवटा ताजा धनुका नसुकेका बलियो ताँदोले बाँध्नु पर्थ्यो यदि कसैले त्यति गरे म कुनै अन्य मानिस जस्तै कमजोर हुनेछु।”
7And Samson said to her, If they should bind me with seven fresh cords which have not been dried, then should I be weak, and be as another man.
8तब पलिश्ती मुखियाहरूले सातवटा ताजा, नयाँ ताँदो दलीला कहाँ ल्याइदिए। दलीलाले शिमशोनलाई ताँदोहरूद्वारा बाँधि दिइन्।
8Then the lords of the Philistines brought up to her seven fresh cords which had not been dried, and she bound him with them.
9केही मानिसहरू अर्को कोठामा लुकिरहेका थिए। दलीलाले शिमशोनलाई भनिन्, “शिमशोन, पलिश्ती मानिसहरूले तिमीलाई पक्विन्छन्।” तर शिमशोनले सजिलैसित ती ताँदोहरू चुँडइदिए। ती ज्वालाको नजिक परेको धागो जस्तै टुक्विए। यसकारण ती पलिश्ती मानिसहरूले शिमशोनको शक्तिको भेद पाएनन्।
9Now she had liers in wait abiding in the chamber; and she said to him, The Philistines are upon thee, Samson! And he broke the cords, as a thread of tow is broken when it touches the fire; and his strength was not known.
10तब दलीलाले शिमशोनलाई भनिन्, “तिमीले मलाई ढाँट्यौ। तिमीले मलाई मूर्ख पार्यौ। कृपया मलाई साँचो भन, कसैले तिमीलाई कसरी बाँध्न सक्छ?”
10And Delilah said to Samson, Behold, thou hast mocked me and told me lies. Now tell me, I pray thee, with what thou mightest be bound.
11शिमशोनले भने, “कसैले मलाई नयाँ डोरीले बाँध्नु पर्छ। तिनीहरूले मलाई ती डोरीहरूले बाँध्नु पर्छ जसलाई पहिला प्रयोग नगरिएको हुनुपर्छ। यदि कसैले त्यो गर्यो भने म अन्य कुनै मानिसजस्तै कमजोर हुनेछु।”
11And he said to her, If they should bind me fast with new ropes, with which no work has been done, then should I be weak, and be as another man.
12यसर्थ दलीलाले केही नयाँ डोरीहरू लिइन् अनि शिमशोनलाई बाँधिन्। कोही मानिसहरू अर्को कोठामा लुकिरहेका थिए। तब दलीलाले तिनलाई भनिन्, “शिमशोन, पलिश्ती मानिसहरू तिमीलाई पक्विन आइरहेछन्।” तर तिनले धागो चुँडएको जस्तै ती डोरीहरू सजिलै चुँडए।
12And Delilah took new ropes, and bound him with them, and said to him, The Philistines are upon thee, Samson! Now there were liers in wait abiding in the chamber. And he broke them from off his arms like a thread.
13तब दलीलाले शिमशोनलाई भनिन्, “तिमीले फेरि मलाई ढाँट्यौ। तिमीले मलाई मूर्ख पार्यौ। अब मलाई भन कसैले तिमीलाई कसरी बाँध्न सक्छ?” शिमशोनले भने, “यदि तिमीले मेरो टाउकोका सातवटा कपालको लट्टालाई ताँनमा बुनेर एउटा काँटाले कस्यौ भने म अन्य कुनै मानिस जस्तै कमजोर हुनेछु।” पछि, शिमशोन सुत्न गए। यसर्थ दलीलाले तिनको टाउकोका कपालबाट सात लट्टा बुन्नका निम्ति तानको प्रयोग गरिन्।
13And Delilah said to Samson, Hitherto thou hast mocked me and told me lies. Tell me with what thou mightest be bound. And he said to her, If thou shouldest weave the seven locks of my head with the web.
14तब दलीलाले पालको कीलाले तानलाई भूइँमा कसिदिइन्। फेरि तिनले उसलाई बोलाईन्, “शिमशोन पलिश्ती मानिसहरू तिमीलाई पक्विन आइरहेछन्।” शिमशोनले पालको कीला, र तान उखेलि दिए।
14And she fastened it with the pin, and said to him, The Philistines are upon thee, Samson! And he awoke out of his sleep, and tore out the pin of the beam, and the web.
15तब दलीलाले शिमशोनलाई भनिन्, “‘म तिमीलाई प्रेम गर्छु’ भनी तिमी कसरी भन्न सक्छौ जब तिमीले म माथि विश्वास नै गर्दैनौ भने? तिम्रो भेद मलाई बताउन तिमी अस्वीकार गर्छौ। तिमीले मलाई मूर्ख तुल्याएको यो तेस्रो पल्ट हो। तिम्रो महान शक्तिको भेद तिमीले मलाई भनेका छैनौ।”
15Then she said to him, How canst thou say, I love thee, when thy heart is not with me? these three times hast thou mocked me, and hast not told me in what is thy great strength.
16उसले शिमशोनलाई दिनहुँ दिक्दारी बनाईन रहिन्। आफ्नो भेदको बारेमा उसको सोधाइद्वारा तिनी यति थकित भए कि तिनलाई अब मर्छु जस्तो लाग्न थाल्यो।
16And it came to pass when she pressed him daily with her words and urged him, that his soul was vexed unto death;
17अन्तमा, शिमशोनले दलीलालाई सबै कुरा भने। तिनले भने, “मैले कहिले पनि मेरो कपाल काटेको छुइनँ। म जन्मनु अघिबाट नै मलाई परमेश्वर प्रति समर्पण गरिएको थियो। यदि कसैले मेरो कपाल काटिदिए म मेरो शक्ति गुमाउनेछु। म अन्य कुनै पनि मानिस जस्तै कमजोर हुनेछु।”
17and he told her all his heart, and said to her, There has not come a razor upon my head; for I am a Nazarite of God from my mother's womb; if I should be shaven, then my strength would go from me, and I should be weak, and be like all mankind.
18दलीलाले बुझिन् कि शिमशोनले उसलाई तिनको भेद बताए भनी। उसले पलिश्ती मानिसहरूका शासकहरूलाई एक सन्देश पठाइन्। उसले भनिन्, “फेरि फर्की आऊ। शिमशोनले मलाई सबै कुरा भनेकाछन्।” यसर्थ पलिश्ती मानिसहरूका शासकहरू दलीला कहाँ फर्केर आए। तिनीहरूले चाँदिका सिक्का ल्याए जो उसलाई दिन्छौं भनी तिनीहरूले वचन दिएका थिए।
18And Delilah saw that he had told her all his heart, and she sent and called for the lords of the Philistines, saying, Come up this time, for he has told me all his heart. And the lords of the Philistines came up to her, and brought the money in their hand.
19जब शिमशोन तिनको काखमा पल्टिरहेका थिए, दलीलाले उनलाई सुत्ने तुल्याईन र एउटा मानिसलाई शिमशोनको कपालका सातवटा लट्टा काटनलाई भित्र बोलाइन्। यसप्रकार उसले शिमशोनलाई कमजोर तुल्याइन्। शिमशोनको शक्तिले उसलाई छोड्यो।
19And she made him sleep upon her knees, and called a man, and she caused him to shave off the seven locks of his head; and she began to overpower him, and his strength went from him.
20तब दलीलाले तिनलाई भनिन्, “शिमशोन, पलिश्ती मानिसहरू तिमीलाई पक्रन आइरहेछन्।” तिनी ब्यूँझिए अनि सोचे, “मैले अघि गरे जस्तै म भाग्ने छु अनि स्वयंलाई मुक्त तुल्याउनेछु।” तर शिमशोनलाई थाहा भएन कि परमप्रभुले तिनलाई त्यागी सक्नु भएको थियो।
20And she said, The Philistines are upon thee, Samson! And he awoke out of his sleep, and thought, I will go out as at other times before, and disengage myself. And he knew not that Jehovah had departed from him.
21पलिश्ती मानिसहरूले शिमशोनलाई पक्वे। तिनीहरूले तिनका आँखा निकालिदिए अनि तिनलाई गाजा शहरमा लगे। त्यसपछि उनीहरूले भागेर जान नदिनलाई तिनलाई काँसाका साङ्गलाहरूले बाँधिदिए। तिनीहरूले शिमशोनलाई झ्यालखानमा हाले अनि जाँतो चलाउन लगाए।
21And the Philistines seized him, and put out his eyes, and brought him down to Gazah, and bound him with fetters of bronze; and he had to grind in the prison-house.
22तर शिमशोनको कपाल फेरि उम्रन थाल्यो।
22But the hair of his head began to grow after he was shaved.
23पलिश्ती मानिसका शासकहरू उत्सव मनाउन एकत्रित भए। तिनीहरू आफ्ना देवता दागोनलाई एउटा महान बलिदान अर्पण गर्दैछन्। तिनीहरूले भने, “हाम्रो देवताले हाम्रो शत्रु शिमशोनलाई पराजित गर्नमा सहायता गर्नु भयो।”
23Then the lords of the Philistines gathered together to sacrifice a great sacrifice to Dagon their god, and to rejoice; for they said, Our god has given Samson our enemy into our hands.
24जब पलिश्ती मानिसहरूले शिमशोनलाई देखे, तिनीहरूले आफ्नो देवताको स्तुति गरे। तिनीहरूले भने, “यो मानिसले हाम्रा मानिसहरूलाई नष्ट गर्यो! यो मानिसले हाम्रा धेरै मानिसहरूलाई मार्यो! तर हाम्रो देवताले हाम्रो शत्रुलाई पक्विन हामीलाई सहायता गर्नुभयो।”
24And when the people saw him, they praised their god; for they said, Our god has given into our hands our enemy, and the destroyer of our country, even him who multiplied our slain.
25उत्सवमा मानिसहरू आनन्द मनाइरहेका थिए। यसर्थ तिनीहरूले भने, “शिमशोनलाई बाहिर ल्याऊ। हामी तिनको खिल्ली उडउन चाहन्छौं।” यसकारण तिनीहरूले शिमशोनलाई झ्यालखानबाट ल्याए अनि तिनको खिल्ली उडउन लागे। तिनीहरूले शिमशोनलाई दागोन देवताको मन्दिरमा खम्बाहरूको माझमा उभ्याए।
25And it came to pass when their hearts were merry, that they said, Call for Samson, that he may make us sport. And they called for Samson out of the prison-house, and he played before them; and they set him between the pillars.
26एकजना सेवकले शिमशोनको हात समातेको थियो। शिमशोनले त्यसलाई भन्यो, “जहाँ यो मन्दिरलाई अड्याउने खम्बालाई म छुन सक्छु मलाई त्यहाँ राख।” म त्यसमा अडेसलाग्न चाहन्छु।”
26And Samson said to the lad that held him by the hand, Let loose of me, and suffer me to feel the pillars upon which the house stands, that I may lean upon them.
27मन्दिरमा पुरूष अनि स्त्रीहरूको भीड थियो। पलिश्ती मानिसका समस्त शासकहरू त्यहाँ थिए। मन्दिरको छतमा प्रायः तीन हजार पुरूष अनि स्त्रीहरू थिए। तिनीहरू हाँस्दै अनि शिमशोनको खिल्ली उडउँदै थिए।
27Now the house was full of men and women; and all the lords of the Philistines were there; and upon the roof there were about three thousand men and women, who looked on while Samson made sport.
28तब शिमशोनले परमप्रभुसित एउटा प्रार्थना गरे। तिनले भने, “हे सर्वशक्तिमान परमप्रभु, मलाई याद गर्नुहोस्। हे परमेश्वर, कृपया अझ एक पल्ट मात्र मलाई शक्ति दिनुहोस्। मेरा दुइ आँखाहरू निकालि दिने यी पलिश्ती मानिसहरूलाई दण्ड दिनका निम्ति मलाई यो एउटा कुरा गर्न दिनुहोस्।”
28And Samson called to Jehovah, and said, Lord Jehovah, remember me, I pray thee, and strengthen me, I pray thee, only this once, O God, that I may take one vengeance upon the Philistines for my two eyes.
29त्यसपछि शिमशोनले मन्दिर माझका दुइ खम्बाहरू समाते। यी दुइ खम्बाहरूले सम्पूर्ण मन्दिरलाई आड दिएको थियो। तिनले स्वयंलाई ती दुइ खम्बाहरू माझ दह्रिलो राखे। एउटा खम्बा तिनको दाहिने तर्फ अर्को देब्रे तर्फ थियो।
29And Samson took hold of the two middle pillars upon which the house stood (and he supported himself upon them), the one with his right hand and the other with his left.
30शिमशोनले भने, “मलाई पनि यी पलिश्तीहरूसित मर्न दिनुहोस्।” तब तिनले सकेसम्म जोडले धकेले र त्यो मन्दिर त्यहाँ भएका शासकहरू अनि सबै मानिसहरू माथि ढल्यो। यस प्रकारले शिमशोन आफू जीवित हुँदा भन्दा मरणको बेला धेरै पलिश्ती मानिसहरूलाई मारे।
30And Samson said, Let me die with the Philistines! And he bowed himself with might; and the house fell on the lords, and on all the people that were therein. So the dead that he slew at his death were more than those whom he had slain in his life.
31शिमशोनका भाइहरू र तिनका बाबुका परिवारका सबै मानिसहरू तिनको मृतदेह लिन गए। तिनीहरूले तिनलाई फर्काइ ल्याए अनि तिनका बाबुलको चिहानमा तिनलाई गाडे। त्यो चिहान सोरा अनि एश्तोल शहर माझमा छ। शिमशोन बीस वर्षसम्म इस्राएलका मानिसहरूका न्यायकर्त्ता रहे।
31And his brethren came down, and all the house of his father, and took him, and brought him up, and buried him between Zoreah and Eshtaol in the sepulchre of Manoah his father. And he had judged Israel twenty years.