Nepali

Darby's Translation

Judges

9

1अबीमेलेक यरूब्बालका छोरा थिए। अबीमेलेक शकेम शहरमा बस्ने तिनका मामाहरू कहाँ गए। तिनले आफ्ना मामाहरूलाई अनि आफ्नी आमाका समस्त घरानालाई भने,
1And Abimelech son of Jerubbaal went to Shechem to his mother's brethren, and spoke to them, and to all the family of the house of his mother's father, saying,
2“शकेम शहरका अगुवाहरूलाई यो प्रश्न सोधः ‘यरूब्बालका सत्तरी जना छोराहरूले तिमीहरू माथि शासन गरेको राम्रो कि केवल एक व्यक्तिले शासन गरेको राम्रो? याद राख्नोस्, म तपाईंहरूको आफन्त हुँ।”‘
2Speak, I pray you, in the ears of all the citizens of Shechem, Which is better for you, that seventy persons, all sons of Jerubbaal, rule over you, or that one man rule over you? And remember that I am your bone and your flesh.
3अबीमेलेकका मामाहरूले शकेमका अगुवाहरूसित कुरा गरे अनि अगुवाहरूलाई त्यो प्रश्न सोधे। शकेमका अगुवाहरूले अबीमेलेकको अनुसरण गर्ने निर्णय गरे। अगुवाहरूले भने, “आखिर, तिनी हाम्रा भाइ हुन्।”
3And his mother's brethren spoke of him in the ears of all the citizens of Shechem all these words. And their heart inclined after Abimelech; for they said, He is our brother.
4यसर्थ शकेमका ती अगुवाहरूले अबीमेलेकलाई सत्तरी चाँदीका सिक्का दिए। त्यो चाँदी बालबरीत देवताको मन्दिरको थियो। अबीमेलेकले त्यो चाँदी केही मानिसहरू ज्यालामा ल्याउनमा उपयोग गरे। यी मानिसहरू बेकामका, व्यपारी थिए। तिनीहरूले अबीमेलेकलाई जहाँ गए ता पनि पछ्याउँथे।
4And they gave him seventy pieces of silver out of the house of Baal-Berith, and Abimelech hired with them vain and wanton men, and they followed him.
5अबीमेलेक ओप्रामा उसको बाबुको घरमा गए। अबीमेलेकले आफ्ना पिता यरूब्बालका सत्तरी जना छोराहरूलाई एउटा ढुङ्गामा मारे। तर यरूब्बालका कान्छा छोरा अबीमेलेकदेखि लुके र भागे। त्यो कान्छा छोराको नाउँ योताम थियो।
5And he came to his father's house, to Ophrah, and slew his brethren the sons of Jerubbaal, seventy persons upon one stone; but there remained Jotham the youngest son of Jerubbaal; for he had hid himself.
6तब शकेमका सबै अगुवाहरू अनि मिल्लो भवनका सदस्यहरू एक साथ भए। ती सबै मानिसहरू शकेमको खम्बाको विशाल वृक्षको छेउमा भेला भए अनि अबीमेलेकलाई आफ्ना राजा बनाए।
6And all the citizens of Shechem gathered together, and all the house of Millo, and went and made Abimelech king, by the memorial-oak that is in Shechem.
7योतामले सुने कि शकेम शहरका अगुवाहरूले अबीमेलेकलाई राजा बनाए। जब तिनले यो कुरा सुने, तिनी गए अनि गिरिज्जीम पर्वतको टाकुरामा उभिए। योतामले कराएर मानिसहरूलाई यो कथा सुनाएः शकेम शहरका प्रमुखहरू मेरो कुरा सुन। तब परमेश्वरलाई तिमीहरूको कुरा सुन्न देऊ।
7And they told it to Jotham, and he went and stood on the top of mount Gerizim, and lifted up his voice, and cried, and said to them, Hearken to me, ye citizens of Shechem, that God may hearken to you.
8एकदिन रूखहरूले तिनीहरूमाथि शासन गर्नका निम्ति एउटा राजा चुन्ने निश्चय गरे। रूखहरूले भद्राक्षको रूखलाई भने, “तिमी हामी माथि राजा बन।”
8The trees once went forth to anoint a king over them; and they said to the olive-tree, Reign over us.
9[This verse may not be a part of this translation]
9And the olive-tree said to them, Should I leave my fatness, wherewith by me they honour God and man, and go to wave over the trees?
10तब रूखहरूले नेभाराको रूखलाई भने, “आऊ, अनि हाम्रो राजा बन।”
10And the trees said to the fig-tree, Come thou, reign over us.
11तर नेभाराको रूखले उत्तर दियो, “के अरू रूखहरू माथि शासन गर्नका निम्ति गएर मैले असल, मीठो फल बनाउँन छोड्नुु?”
11But the fig-tree said to them, Should I leave my sweetness, and my good fruit, and go to wave over the trees?
12त्यसपछि रूखहरूले अंङ्गुरको बोटलाई भने, “आऊ अनि हाम्रो राजा बन।”
12Then said the trees to the vine, Come thou, reign over us.
13तर अंङ्गुरको बोटले उत्तर दियो, “मेरो दाखरसले मानिस अनि राजाहरूलाई खुशी तुल्याउँछ। के अरू रूखहरू माथि शासन गर्नका निम्ति गएर मैले दाखरस उत्त्पादन गर्न छोडनु?”
13And the vine said to them, Should I leave my new wine, which cheers God and man, and go to wave over the trees?
14आखिरमा सबै रूखहरूले काँढाको पोथ्रालाई भने, “आऊ अनि हाम्रो राजा बन।”
14Then said all the trees to the thorn-bush, Come thou, reign over us.
15तर काँढाको पोथ्राले रूखहरूलाई भन्यो, “यदि तिमीहरू साँच्चै नै मलाई तिमीहरूको राजा अभिषेक गर्न चाहन्छौ भने आऊ अनि मेरो छायाँमा आश्रय खोज। तर यदि तिमीहरू यसो गर्न चाहँदैनौ भने काँढाहरूबाट आगो उत्पन्न हुनदेऊ। त्यो आगोलाई लबानोनको देवदारूका रूखहरू समेतलाई जलाउने छ।”
15And the thorn-bush said to the trees, If in truth ye anoint me king over you, come, put confidence in my shadow; but if not, fire shall come out of the thorn-bush and devour the cedars of Lebanon.
16“अब यदि तिमीहरू अबीमेलेकलाई राजा बनाउँन सही अनि ईमानदारी थियो भने। अनि यदि यसो गर्दा तिमीहरूले यरूब्बाल अनि उसको परिवारलाई जे उचित थियो त्यही व्यवहार गरेको ठहर्छ भने त्यो असल हो।
16Now therefore, if ye have dealt truly and sincerely in that ye have made Abimelech king, and if ye have dealt well with Jerubbaal and his house, and if ye have done to him according to the deserving of his hands;
17तर सोच मेरा पिताले तिमीहरूका निम्ति के गरेका छन्। मेरा पिताले तिमीहरूका निम्ति युद्ध गरे। तिनले तिमीहरूलाई मिद्यानका मानिसहरूबाट बचाउँदा आफ्नो जीवनलाई जोखिममा पारे।
17-- for my father fought for you, and endangered his life, and delivered you out of the hand of Midian;
18तर अहिले तिमीहरू मेरा पिताको घराना विरूद्ध भयौ। मेरो पिताका सबै सत्तरी जना छोराहरू तिमीहरूले एउटै ढुङ्गामा मार्यौ। तिमीहरूले अबीमेलेकलाई शकेम शहरका राजा बनायौ। तिनी मेरो पिताका कमारीको एउटै छोरा हुन्। तर तिमीहरूले तिनलाई राजा बनायौ किनभने तिनी तिमीहरूका आफन्त हुन्।
18but ye are risen up against my father's house this day, and have slain his sons, seventy men, upon one stone, and have made Abimelech, the son of his handmaid, king over the citizens of Shechem, because he is your brother;
19यसकारण, यदि तिमीहरू यरूब्बाल अनि उसको घराना प्रति सही र ईमानदार भएको भए म आशा गर्छु कि आफ्ना राजाको रूपमा तिमीहरू अबीमेलेकसित सुखी हुन्छौ। अनि म आशा गर्छु कि तिनी तिमीहरूसित खुशी हुनेछन्।
19-- if ye then have dealt truly and sincerely with Jerubbaal and with his house this day, rejoice ye in Abimelech, and let him also rejoice in you;
20तर शकेमका अगुवाहरू अनि बेथ मिल्लोका सदस्यहरू, यदि तिमीहरूले सही ढङ्गले काम नगरेको भए म यो आशा गर्छु कि अबीमेलेकले आगो निकालेर अनि तिमीहरूलाई नष्ट गर्नेछ। अनि म आशा गर्छु कि तिमीहरूले आगो निकाल्ने छौ अनि अबीमेलेकलाई ध्वंश गर्नेछौ।”
20but if not, let fire come out from Abimelech, and devour the citizens of Shechem and the house of Millo; and let fire come out from the citizens of Shechem and from the house of Millo, and devour Abimelech.
21योतामले यी सबै भनिसके पछि तिनी भागे। तिनी भागेर बेर नाउँको शहरमा पुगे। योताम त्यही शहरमा बसे किनभने तिनी आफ्ना दाजू अबीमेलेकसित डराएका थिए।
21And Jotham ran away, and fled, and went to Beer, and dwelt there, because of Abimelech his brother.
22अबीमेलेकले इस्राएलका मानिसहरू माथि तीन वर्षसम्म शासन गरे।
22And Abimelech ruled over Israel three years.
23[This verse may not be a part of this translation]
23And God sent an evil spirit between Abimelech and the citizens of Shechem; and the citizens of Shechem dealt treacherously with Abimelech,
24[This verse may not be a part of this translation]
24that the violence [done] to the seventy sons of Jerubbaal might come, and their blood be laid upon Abimelech their brother, who slew them, and upon the citizens of Shechem, who had strengthened his hands to slay his brethren.
25शकेमका अगुवाहरूले अबीमेलेकलाई अपमान गरे। ती मानिसहरूले त्यो बाटो भएर यात्रा गर्नेहरूलाई आक्वमण गर्न अनि लुट्नका निम्ति मानिसहरूलाई पहाडको टापूमा राखे। अबीमेलेकले ती आक्रमणहरूको बारेमा थाहा पाए।
25And the citizens of Shechem set liers in wait for him on the tops of the mountains, and they robbed all that came along that way by them. And it was told Abimelech.
26गाल नाउँ गरिएको एउटा मानिस, जो एबेदको छोरा हुन उसको भाइ-बन्धुहरूसँग शकेम शहरमा बसाँईं सरे। शकेमका अगुवाहरूले गाललाई भरोसा गर्न अनि उसलाई अनुसरण गर्ने निर्णय गरे।
26And Gaal the son of Ebed came with his brethren, and went over to Shechem; and the citizens of Shechem put confidence in him.
27एकदिन शकेमका मानिसहरू दाख टिप्न खेततिर गए। मानिसहरूले दाखरस तयार गर्नलाई अंग्ङुरहरू निचारे। त्यसपछि तिनीहरूले आफ्ना देवताको मन्दिरमा चाड मनाउन गए। मानिसहरूले खाए पिए अनि अबीमेलेको बारेमा नराम्रा कुराहरू भने।
27And they went out into the fields, and gathered their vineyards, and trode [the grapes], and made rejoicings, and went into the house of their god, and ate and drank, and cursed Abimelech.
28तब एबेदका छोरा गालले भने, “हामी शकेमका मानिसहरू हौं। हामीले किन अबीमेलेकको आज्ञा पालन गर्नु? तिनले आफूलाई को हो भन्ने ठान्छन्? अबीमेलेक यरूब्बालका एक छोरा हुन्, ठीक हो? अनि अबीमेलेकले जबूललाई आफ्ना अधिकारी बनाए, सही हो? हामीले अबीमेलेकको आज्ञा पालन गर्नु हुँदैन। हामीले हाम्रै मानिसहरू हमोरका मानिसहरूको अनुसरण गर्नुपर्छ। (हमोर शकेमका पिता थिए।)
28And Gaal the son of Ebed said, Who is Abimelech, and who is Shechem, that we should serve him? is he not the son of Jerubbaal? and Zebul his overseer? Serve the men of Hamor the father of Shechem! and why should *we* serve him?
29यदि तिमीहरूले मलाई यी मानिसहरूका सेनापति बनायौ भने म अबीमेलेकलाई नष्ट गर्नेछु। म तिनलाई भन्नेछु, ‘तिम्रा सेनालाई तयार पार अनि युद्धमा आऊ।”‘
29Oh! would that this people were under my hand! then would I remove Abimelech. And he said to Abimelech, Increase thine army, and come out.
30जबूल शकेम शहरका राज्यपाल थिए। जबूलले सुने जो एबेदका छोरा गालले भने अनि जबूल अत्यन्त क्रोधित भए।
30And Zebul the ruler of the city heard the words of Gaal the son of Ebed, and his anger was kindled;
31जबूलले अरूमाह शहरमा अबीमेलेक कहाँ समाचार वाहकहरू पठाए। सन्देश यो होः “एबेदका छोरा गाल अनि उसका भाइहरू शकेम शहरमा आएका छन्। तिनीहरूले तिम्रा निम्ति कष्ट उब्जाउँदैछन्। गालले सम्पूर्ण शहरलाई तिम्रो विरूद्ध फर्काइरहेछ।
31and he sent messengers to Abimelech craftily, saying, Behold, Gaal the son of Ebed and his brethren are come to Shechem, and behold, they shut up the city against thee;
32यसर्थ अब तिमी अनि तिम्रा मानिसहरू आज राती आउनुपर्छ अनि शहर बाहिरको खेतमा लुक्नुपर्छ।
32and now, rise up by night, thou and the people that are with thee, and lie in ambush in the fields.
33त्यसपछि जब बिहान सूर्योदय हुन्छ तब शहरमाथि आक्वमण गर्नुपर्छ। गाल अनि तिनका मानिसहरू तिमीसित लडनका निम्ति शहर बाहिर आउनेछन्। जब ती मानिसहरू लडनका निम्ति बाहिर आउँछन् तिनीहरूप्रति तिमी जे गर्न सक्छौ गर।
33And it shall be in the morning when the sun is up, thou shalt rise early, and fall upon the city; and behold, he and the people that is with him shall come out against thee, and thou shalt do with him as thou shalt find occasion.
34यसर्थ अबीमेलेक अनि तिनका सबै सैनिकहरू राती उठे अनि शहर तिर गए। ती सैनिकहरू चार समूहमा छुट्टिए। तिनीहरू शकेम शहरको छेउमा लुके।
34And Abimelech rose up, and all the people that were with him, by night, and they lay in ambush against Shechem in four companies.
35एबेदका छोरा गाल बाहिर गए अनि शकेम शहरको द्वारको प्रवेश स्थानमा उभिएका थिए। गाल त्यहाँ उभिरहेको बेला अबीमेलेक अनि उसका सैनिकहरू आफ्ना लुकेका ठाउँबाट निस्किए।
35And Gaal the son of Ebed went out, and stood in the entrance of the gate of the city. Then Abimelech rose up, and the people that were with him, out of the ambush.
36गालले सैनिकहरूलाई देखे। गालले जबूललाई भने, “हेर, त्यहाँ मानिसहरू पर्वतबाट तलतिर आइरहेछन्।” तर जबूलले भने, “तिमीले मात्र पर्वतका छायाँ देख्दै छौ। ती छायाँहरू मानिसहरू जस्तै देखिन्छन्।”
36And Gaal saw the people, and said to Zebul, Behold, people are coming down from the tops of the mountains. And Zebul said to him, Thou seest the shadow of the mountains as men.
37तर गालले फेरि भने, “हेर, त्यहाँ केही मानिसहरू नावेलको भूमिबाट ओरालो आइरहेका छन्। अनि त्यहाँ कसैको शिर मैले तंन्त्र-मंन्त्र गर्ने रूखमा देखें।”
37And Gaal spoke again, and said, Behold, people are coming down from the high part of the land, and one company is coming along by the way of the Magician's oak.
38जबूलले गाललाई भने, “तिमी अहिले किन धाक नलाएको? तिमी, ‘अबीमेलेक को हो? हामीले किन तिनको आज्ञा पालन गर्नुं भन्यौ। तिमीले ती मानिसहरूको खिल्ली उडायौ। अब जाऊ, अनि तिनीहरूसित युद्ध गर।”
38Then said Zebul to him, Where is now thy mouth, thou that saidst, Who is Abimelech, that we should serve him? is not this the people that thou hast despised? go out now, I pray, and fight against them.
39यसर्थ गाल शकेमका अगुवाहरू लिएर अबीमेलेकसित युद्ध गर्न गए।
39And Gaal went out before the citizens of Shechem, and fought against Abimelech.
40अबीमेलेक अनि उसका मानिसहरूले गाल अनि तिनका मानिसहरूलाई खेदे। गालका मानिसहरू शकेम शहरको फाटक तर्फ फर्केर दगुरे। गालका धेरै मानिसहरू फाटक पुग्नु अघि नै मारिए।
40And Abimelech pursued him, and he fled before him, and there fell many wounded, as far as the entrance of the gate.
41तब अबीमेलेक अरूमाह शहर तिर फर्किए। जबूलले गाल अनि उसका भाइहरूलाई शकेम शहर छोडून वाध्य तुल्याए।
41And Abimelech dwelt at Arumah. And Zebul drove out Gaal and his brethren, that they might not dwell in Shechem.
42भोलिपल्ट शकेमका मानिसहरू खेततिर काम गर्न गए। अबीमेलेकले त्यस बारे थाहा पाए।
42And it came to pass on the morrow, that the people went out into the field; and they told Abimelech.
43यसर्थ अबीमेलेकले आफ्ना मानिसहरूलाई तीन समूहमा छुट्याए। तिनीले शकेमका मानिसहरूलाई अचानक आक्वमण गर्न चाहन्थे। यसर्थ तिनले आफ्ना मानिसहरूलाई खेतमा लुकाए। जब उसले मानिसहरूलाई शहर बाहिर निस्केको देखे तिनले उफ्रिएर तिनीहरू माथि आक्वमण गरे।
43And he took the people, and divided them into three companies, and lay in ambush in the field. And he looked, and behold, the people came forth out of the city; and he rose up against them and smote them.
44अबीमेलेक अनि उसका समूह शकेमको फाटक नजिकको स्थान तिर दगुरे। अन्य दुइ समूहहरू खेतमा भएका मानिसहरू तिर दगुरे अनि तिनीहरूलाई मारिदिए।
44And Abimelech, and the companies that were with him, rushed forward, and stood in the entrance of the gate of the city; and two of the companies ran upon all that were in the fields, and slew them.
45अबीमेलेक अनि तिनका मानिसहरूले त्यो दिनभरि शकेम शहरको विरूद्ध युद्धगरे। अबीमेलेक अनि तिनका मानिसहरूले शकेम शहर कब्जा गरे अनि त्यस शहरका मानिसहरूलाई मारिदिए। त्यसपछि अबीमेलेकले त्यो शहरलाई भत्काए अनि त्यसको ध्वंशावशेषमा नून छरिदिए।
45And Abimelech fought against the city all that day; and he took the city, and slew the people that were in it, and broke down the city, and sowed it with salt.
46त्यहाँ केही मानिसहरू थिए जो शकेमको किल्लामा बस्थे। जब त्यहाँका मानिसहरूले शकेममा भएको घटूना सुने तिनीहरू एल बरीत देवताका मन्दिरको सुरक्षित कोठामा एकत्रित भए।
46And all the men of the tower of Shechem heard [that], and they entered into the stronghold of the house of the ùgod Berith.
47अबीमेलेकले शकेम किल्लामा सबै अगुवाहरू एक साथ भेला भएका छन् भन्ने कुरा सुने।
47And it was told Abimelech that all the men of the tower of Shechem had gathered together.
48यसर्थ अबीमेलेक अनि तिनका मानिसहरू सल्मोन डाँडा सम्म गए। अबीमेलेकले एउटा बन्चरो लिए अनि केही हाँगाहरू काटे। उसले ती हाँगाहरू आफ्ना काँधमा बोके। तब, अबीमेलेकले आफूसित भएका मानिसहरूलाई भने, “छिट्टो! मैले जे गरेकोछु त्यसै गर।”
48Then Abimelech went up to mount Zalmon, he and all the people that were with him; and Abimelech took an axe in his hand, and cut down a bough from the trees, and took it up and laid it on his shoulder, and said to the people that was with him, What ye have seen me do, make haste, do as I have done.
49यसर्थ ती सबै मानिसहरूले हाँगाहरू काटे अनि अबीमेलेकको अनुसरणगरे। तिनीहरूले ती हाँगाहरू एल बरीत देवताको मन्दिरको सुरक्षित कोठाको भित्तामा थुपारे। तब तिनीहरूले ती हाँगामा आगो लगाए अनि कोठामा भएका मानिसहरूलाई जलाई दिए। यसरी शकेमको किल्ला नजिक बस्ने प्रायः 1,000 पुरूष अनि स्त्रीहरूको मृत्यु भयो। अबीमेलेकको मृत्यु
49And all the people likewise cut down every man his bough, and they followed Abimelech, and put [them] to the hold, and burned the hold with fire upon them. And all the men of the tower of Shechem died also, about a thousand men and women.
50त्यसपछि अबीमेलेक अनि उसका मानिसहरू तेबेस शहर तिर गए। अबीमेलेक अनि उसका मानिसहरूले त्यो शहरलाई अधिकारमा लिए।
50And Abimelech went to Thebez, and encamped against Thebez, and took it.
51तर शहरभित्र एउटा सुदृढ किल्ला थियो। त्यस शहरका सबै अगुवाहरू, अन्य पुरूष अनि स्त्रीहरू त्यस किल्लातिर दगुरे। जब मानिसहरू किल्ला भित्र थिए तिनीहरूले पछि बाट ढोकाबन्द गरिदिए। तब तिनीहरू किल्लाको छतमा चढे।
51But there was a strong tower in the midst of the city, and thither fled all the men and women, all the citizens of the city; and they shut it behind them, and went up to the roof of the tower.
52अबीमेलेक अनि उसका मानिसहरू आक्वमण गर्न किल्लामा आए। अबीमेलेक किल्लाको ढोका सम्म गए। तिनीले किल्लालाई जलाउन चाहन्थे।
52And Abimelech came to the tower, and fought against it, and he drew near to the entrance of the tower to burn it with fire;
53तर, अब अबीमेलेक किल्लाको ढोकामा उभिएका थिए, छतमा भएकी एउटी स्त्रीले उसको शिरमाथि एउटा जाँतो झारिदिइन्। त्यो जाँतोले अबीमेलेकको टाउको किच्चाइदिईन।
53and a woman cast the upper stone of a handmill on Abimelech's head, and crushed his skull.
54अबीमेलेकले तुरन्तै आफ्ना हतियार बोक्ने सेवकलाई भने, “तेरो तरवार निकाल अनि मलाई मार। तैंले मलाई मारेको म चाहन्छु किनकि, ‘अबीमेलेकलाई एउटी स्त्रीले मारिन् भनेर।’ मानिसहरूले भन्लान। यसर्थ त्यो सेवकले अबीमेलेकलाई आफ्नो तरवारले रोपिदियो, अनि अबीमेलेकको मृत्यु भयो।
54Then he called hastily to the young man that carried his armour, and said to him, Draw thy sword, and slay me, that they say not of me, A woman killed him. And his young man thrust him through, and he died.
55इस्राएलका मानिसहरूले अबीमेलेकको मृत्यु भएको देखे। यसर्थ तिनीहरू सबै घर फर्किए।
55And when the men of Israel saw that Abimelech was dead, they went every man to his place.
56त्यस प्रकार उसले गरेका समस्त दुष्टकर्मको निम्ति परमेश्वरले अबीमेलेकलाई दण्ड दिनु भयो। अबीमेलेकले आफ्ना सत्तरी जना दाज्यू-भाइहरूलाई मारेर आफ्नो पिताको विरूद्धमा पाप गरे।
56And God rendered back the wickedness of Abimelech, which he did to his father in slaying his seventy brethren.
57परमेश्वरले शकेमका मानिसहरूलाई पनि तिनीहरूले गरेका नराम्रा कुराहरूका निम्ति दण्ड दिनुभयो। यसर्थ योतामले भनेका कुराहरू सत्य भए। (योताम यरूब्बालका कान्छा छोरा थिए। यरूब्बाल गिदोन थिए।)
57And all the evil of the men of Shechem did God render back upon their heads; and upon them came the curse of Jotham the son of Jerubbaal.