1“तिमीहरू आफ्नै निम्ति मूर्ति नबनाऊ आफ्नो भूमिमा ढोग गर्नु, मूर्तिहरू अथवा स्मारक नबनाऊ। किन? किनभने म परमप्रभु तिमीहरूको परमेश्वर हुँ।
1Ye shall make yourselves no idols, neither rear you up for yourselves carved image, or statue, nor shall ye set up a figured stone in your land, to bow down unto it; for I am Jehovah your God.
2“मेरा विशेष विश्राम दिनहरूलाई याद गर अनि मेरो पवित्र स्थानलाई आदर गर। म परमप्रभु हुँ।
2Ye shall observe my sabbaths, and my sanctuary shall ye reverence: I am Jehovah.
3“मेरा नियमहरू अनि आज्ञाहरू याद राख अनि तिनीहरूको पालन गर।
3If ye walk in my statutes, and observe my commandments and do them,
4यदि तिमीहरूले यी कुराहरू गर्छौ भने पानी पर्ने समयमा तिमीहरूलाई पानी दिनेछु। जब यस्तो हुन्छ, जमीनले खेती उब्जाउनेछ अनि रूखहरूमा फल लाग्नेछन्।
4then I will give your rain in the season thereof, and the land shall yield its produce, and the trees of the field shall yield their fruit;
5तिमीहरूको दाई अंङ्गूर टिप्ने समयसम्म रहनेछ अनि अंङ्गूर टिपाई फसल रोप्ने समयसम्म रहनेछ। तिमीहरू जति चाहन्छौ त्यति खानेछौ अनि आफ्नो भूमिमा सुरक्षित बस्नेछौ।
5and your threshing shall reach unto the vintage, and the vintage shall reach unto the sowing-time; and ye shall eat your bread to the full, and dwell in your land securely.
6म तिमीहरूको देशमा शान्ति दिनेछु र तिमीहरू शान्ति साथ बस्न पाउनेछौ। नोक्सानदायक पशुहरूलाई म तिमीहरूको देशबाट निकालिदिनेछु अनि तिमीहरूलाई धम्काउन अथवा डर देखाउन कोही मानिस आउने छैन कारण कुनै सेना तिमीहरूको देश भएर जान पाउँनेछैन।
6And I will give peace in the land, and ye shall lie down, and none shall make you afraid; and I will put away the evil beasts out of the land; and the sword shall not go through your land.
7“तिमीहरूले आफ्नो शत्रुहरूलाई खेद्नेछौ, र तरवारले मार्नेछौ।
7And ye shall chase your enemies, and they shall fall before you by the sword;
8तिमीहरू पाँच जनाले एक सय जना शुत्रहरूलाई पराजित गर्नेछौ अनि तिमीहरू एक सय जनाले तिमीहरूको दश हजार शत्रुहरूलाई पराजित गर्नेछौ। तिमीहरूले तिमीहरूको शत्रुहरूलाई नाश गर्नेछौ।
8and five of you shall chase a hundred, and a hundred of you shall put ten thousand to flight; and your enemies shall fall beside you by the sword.
9“म तिमीहरूलाई दया गर्नेछु र तिमीहरूलाई ठूलो सन्तान पनि धेरै नानीहरू जन्माउने शक्ति दिनेछु। म मेरो करार तिमीहरूसित सही राख्नेछु।
9And I will turn my face towards you and make you fruitful, and multiply you, and establish my covenant with you.
10तिमीहरूसँग प्रशस्त अन्न रहनेछ र तिमीहरूले नयाँ वर्षको खेती उठाउँदा पनि पुरानो वर्षको अन्न रही रहनाले त्यो पुरानो अन्न तिमीहरूले फ्याँक्नु पर्नेछ नत्र तिमीहरूकोमा नयाँ बाली उठाएर राख्ने स्थल हुने छैन।
10And ye shall eat old store, and clear away the old because of the new.
11तिमीहरूको माझमा परमप्रभु आएर बस्ने पवित्र जग्गा-पवित्र पाल बसाल्नेछु। म तिमीहरूलाई घृणा गर्ने छैन।
11And I will set my habitation among you; and my soul shall not abhor you;
12म तिमीहरूसितै बस्नेछु। म तिमीहरूको परमेश्वर हुनेछु अनि तिमीहरू मेरा मानिसहरू हुनेछौ।
12and I will walk among you, and will be your God, and ye shall be to me a people.
13म परमप्रभु तिमीहरूको परमेश्वर हुँ। तिमीहरू मिश्र देशमा दास थियौ तर मैले तिमीहरूलाई त्यहाँबाट बाहिर ल्याएँ। तिमीहरू दासत्वको बोझले निहुर्याइएको थियौ तर अब म तिमीहरूको जुवालाई भाँचिदिनेछु अनि म तिमीहरूलाई धर्मीकता सित शिर ठाडो गरी हिड्ने तुल्याउनेछु।
13I am Jehovah your God, who brought you forth out of the land of Egypt, that ye should not be their bondmen; and I have broken the bands of your yoke, and made you walk upright.
14“तर यदि तिमीहरूले मेरा ती आज्ञाहरू मान्दैनौ,
14But if ye hearken not unto me, and do not all these commandments,
15यदि तिमीहरूले मेरो विधिहरू र आज्ञाहरूको अवहेलना गछौ यो मेरो करार भंग गरेको जस्तो हुनेछ।
15and if ye shall despise my statutes, and if your soul shall abhor mine ordinances, so that ye do not all my commandments, that ye break my covenant,
16यदि तिमीहरूले यसो गर्छौ भने, तब म तिमीहरूमाथि भयंकर कष्टहरू ल्याउनेछु। तिमीहरूमाथि रोग तथा ज्वरो ल्याइदिनेछु। ती रोगहरूले तिम्रा आँखाहरू फुटाइ दिनेछन् अनि तिमीहरूको जीवन अन्त गराइदिनेछ। तिमीहरूले खेती गरे पनि सफल हुने छैनौ, तिमीहरूका शत्रुहरूले तिम्रा अन्न बलीहरू खाइदिनेछन्।
16I also will do this unto you -- I will even appoint over you terror, consumption, and fever, which shall cause the eyes to fail, and the soul to waste away; and ye shall sow your seed in vain, for your enemies shall eat it.
17म तिमीहरूको विरोधमा हुनेछु र तिमीहरूलाई शत्रुले परास्त गर्नेछ। ती शत्रुहरू जसले तिमीहरूलाई घृणा गर्छन् तिमीहरूमाथि शासन गर्नेछन्। तिमीहरू भागिरहने छौ यद्यपि कसैले तिमीहरूलाई खेदेको हुँदैन।
17And I will set my face against you, that ye may be routed before your enemies; they that hate you shall have dominion over you; and ye shall flee when none pursueth you.
18“यति गर्दा पनि तिमीहरूले मलाई नमाने तिमीहरूले गरेको पापको सात गुणा वेशी सजाय दिनेछु।
18And if for this ye hearken not unto me, I will punish you sevenfold more for your sins,
19अनि तिमीहरूको गर्वको महानगरलाई म भत्काउनेछु। आकाशले तिमीहरूलाई पानी दिनेछैन र त्यसरी नै पृथ्वीले तिमीहरूलाई अन्न दिने छैन। आकाश र पृथ्वी तिमीहरूको निम्ति क्रमश फलाम र काँसा जस्ता हुनेछन्।
19and I will break the arrogance of your power; and I will make your heaven as iron, and your earth as bronze,
20तिमीहरूले पूरा मेहनत त गर्छौ तर त्यसबाट केही लाभ हुनेछैन अनि तिमीहरूलाई नत जमीनले अन्न दिनेछ नत रूखहरूले फल दिनेछ।
20and your strength shall be spent in vain, and your land shall not yield its produce; and the trees of the land shall not yield their fruit.
21“अझ तिमीहरू मेरो विरोध गर्छौ र मैले भनेको मान्दैनौ भने तिमीहरूलाई सात गुणा अधिक हिसाबले हिर्काउनेछु। जति तिमीहरू पाप गर्छौ त्यति नै वेशी तिमीहरूले दण्ड भोग्ने छौ।
21And if ye walk contrary unto me, and will not hearken unto me, I will bring sevenfold more plagues upon you according to your sins.
22म तिमीहरू विरूद्ध जंगली जनावरहरू पठाउनेछु अनि तिनीहरूलाई तिमीहरूका नानीहरू लैजानेछन्। तिनीहरूले तिमीहरूको पशुहरू मार्नेछन् अनि तिमीहरूका धेरै मानिसहरू मारिनेछन् र बाटाहरू खाली हुनेछन्।
22And I will send the beasts of the field among you, that they may rob you of your children, and cut off your cattle, and make you few in number; and your streets shall be desolate.
23“यति हुँदा पनि यदि तिमीहरू चेतेनौ भने अनि मेरो विरोध गरिरह्यौ भने,
23And if ye will not be disciplined by me through these, but walk contrary unto me,
24तब म आफैं तिमीहरूको विरूद्ध जानेछु र तिमीहरूको पापहरूको निम्ति सात गुणा दण्ड दिनेछु।
24then will I also walk contrary unto you, and will smite you, even I, sevenfold for your sins.
25तिमीहरूले मेरो करार भंङ्ग गर्यौ, यसर्थ म तिमीहरूलाई दण्ड दिन तिमीहरूको विरूद्ध शुत्रहरू ल्याउनेछु। तिमीहरू बचाऊको निम्ति आफ्नो शहरभित्र जानेछौ तर म त्यहाँ रोगहरू फैलाइदिनेछु अनि तिमीहरूका शत्रुहरूले तिमीहरूलाई जित्ने छन्।
25And I will bring a sword upon you that avengeth with the vengeance of the covenant, and ye shall be gathered together into your cities, and I will send the pestilence among you; and ye shall be delivered into the hand of the enemy.
26म तिमीहरूको अन्न वितरण विछिन्न बनाउनेछु। दश जना स्रीहरूले एउटै चुल्हामा भान्सा पकाउनेछन्। तिनीहरूले एक-एक जना गरेर रोटी नाप्नेछन्। तिमीहरूले खानेछौ तर तिमीहरू अघाउने छैनौ।
26When I break the staff of your bread, ten women shall bake your bread in one oven, and shall deliver you the bread again by weight; and ye shall eat, and not be satisfied.
27“अझ पनि यदि तिमीहरूले मेरो आदेशहरू मान्न अस्वीकार गर्यौ अनि मेरो विरोधमा रह्यौ।
27And if for this ye hearken not to me, but walk contrary unto me,
28तब म मेरो साँच्चै रीस देखाउनेछु! म तिमीहरूको परमप्रभु, तिमीहरूको पाप परिणामभन्दा सात गुणा वेशी दण्ड दिनेछु।
28then I will walk contrary unto you also in fury; and I, even I, will chastise you seven-fold for your sins.
29तिमीहरू यति साह्रो भोको हुनेछौ कि तिमीहरूले आफ्नै छोरा-छोरीहरूको मासु खानेछौ।
29And ye shall eat the flesh of your sons, and the flesh of your daughters shall ye eat.
30म तिमीहरूको पूजा गर्ने अग्ला स्थलहरू ध्वंश पारि दिनेछु अनि धूपका वेदीहरू भत्काइदिनेछु। म तिमीहरूको लाशहरूलाई तिमीहरूको मूर्तिहरूमाथि लडाइदिने छु। तिमीहरू मबाट एक्दमै घिनलाग्दो भएका छौ।
30And I will lay waste your high places, and cut down your sun-pillars, and cast your carcases upon the carcases of your idols; and my soul shall abhor you.
31म तिमीहरूको पवित्र स्थलहरू शून्य पारिदिनेछु, म तिमीहरूका शहरहरू ध्वंश पारिदिनेछु अनि म तिमीहरूले चढाएको सुगन्धित बलिहरू ग्रहण गर्दिनें।
31And I will lay waste your cities and desolate your sanctuaries; and I will not smell your sweet odours.
32म तिमीहरूको देश खाली पार्नेछु तब तिमीहरूको शत्रुहरू पनि त्यो देखेर छक्क पर्नेछन्।
32And I will bring the land into desolation; that your enemies who dwell there in may be astonished at it.
33म तिमीहरूलाई देश विदेशमा छरपुष्ट पार्नेछु र मेरो तरवार निकालेर तिमीहरूलाई शेष गर्नेछु। तिमीहरूको भूमि रित्तिनेछ अनि शहरहरू नाशा हुनेछन्।
33And I will scatter you among the nations, and will draw out the sword after you; and your land shall be desolation, and your cities waste.
34“तिमीहरूको देश खाली पारेर तिमीहरूलाई शत्रुको देशमा लगिनेछ जसले गर्दा तिमीहरूको देशले पूर्ण आराम पाउनेछ र देशले पनि आरामको समयको आनन्द लिनेछ।
34Then shall the land enjoy its sabbaths all the days of the desolation, when ye are in your enemies' land; then shall the land rest, and enjoy its sabbaths.
35जमीन खाली हुनेछ अनि जमीनले विश्राम पाउनेछ जो तिमीहरू त्यहाँ हुँदा यसले पाएको थिएन।
35All the days of the desolation it shall rest, [the days in] which it did not rest on your sabbaths, when ye dwelt therein.
36बाँचेकाहरूले पनि शत्रुको जमीनमा बस्न साहस पाउनेछैन। तिनीहरू प्रत्येक चीजसँग भयभीत रहनेछन् अनि हावाले उढाएको पत्कर झैं यता र उता भागिरहने छन्। तिनीहरू कसैले पछिबाट लखेटे झैं भागिरहने छन् र लड्ने छन्।
36And as to those that remain of you -- I will send faintness into their hearts in the lands of their enemies, that the sound of a driven leaf shall chase them, and they shall flee, as fleeing from a sword; and they shall fall when none pursueth;
37कसैले नखेदे पनि तिनीहरू कसैले तरवारलिएर खेदे झैं भागेर एकअर्कामा ठोकिंदै लड्नेछन्। “तिमीहरू शत्रुहरूको सामुन्ने उभिने साहस पाउने छैनौ।
37and they shall stumble one over another, as it were before a sword, when none pursueth; and ye shall have no power to stand before your enemies.
38तिमीहरू अर्काको देशमा नष्ट हुनेछौ।
38And ye shall perish among the nations, and the land of your enemies shall eat you up.
39यसर्थ ती बाँकी बाँचेकाहरू पनि शत्रुहरूको देशमा आफ्नो पापहरूका लागि सडेर जानेछन्। तिनीहरूका पुर्खाहरू जसरी सडेर गए त्यसरी नै तिनीहरू पनि शत्रुहरूको मुलुकमा सडेर शेष हुनेछन्। त्
39And they that remain of you shall waste away through their iniquity in your enemies' lands; and also through the iniquities of their fathers shall they waste away with them.
40“तर यदि ती मानिसहरूले आफ्नो पाप, पिता-पुर्खाहरूले गरेको पाप, तिनीहरू मेरो विरोधमा रहेको सत्य र तिनीहरूले विश्वास घात गरेको अधर्म स्वीकार गरे,
40And they shall confess their iniquity, and the iniquity of their fathers, through their unfaithfulness wherein they were unfaithful to me, and also that they have walked contrary unto me,
41यदि तिनीहरूले म तिनीहरूको शत्रु भएको र शत्रुहरूको देशमा पठाएको सत्य स्वीकारे अनि तिनीहरू मेरो निम्ति विदेशीहरू झैं भए पनि यदि तिनीहरूको दुष्ट हृदयलाई नम्र पारी आफ्नो पापको दण्ड भोग्छन् भने,
41so that I also walked contrary unto them, and brought them into the land of their enemies. If then their uncircumcised heart be humbled, and they then accept the punishment of their iniquity,
42मैले याकूब, इसहाक र अब्राहामसँग गरेको करार र त्यस देशलाई पनि सम्झनेछु।
42I will remember my covenant with Jacob, and also my covenant with Isaac, and also my covenant with Abraham will I remember; and I will remember the land.
43“जमीन रित्तो रहनेछ र त्यसले विश्रामहरूको आनन्द लिनेछ। ती बाँकी बाँचेकाहरूले तिनीहरूले गरेको पापको दण्ड ग्रहण गर्नेछन्, तिनीहरूले मेरो विधिहरू घृणा गरेको र विधिहरू मान्नु अस्वीकार गरेको कारण नै तिनीहरूले सजाय भोगेको हो भनी बुझे भने,
43For the land shall be left by them, and shall enjoy its sabbaths, when it is in desolation without them; and they shall accept the punishment of their iniquity; because, even because they despised my judgments, and their soul abhorred my statutes.
44तिनीहरूले साँच्चै नै पाप गरेका हुन्। तर यदि मेरो सहायता खोजे म तिनीहरूलाई अस्वीकार गर्ने छैन। तिनीहरूलाई पुरै नष्ट पार्ने छैन, तिनीहरू शत्रुको देशमा बसेका भए पनि तिनीहरूले भनेको कुरा सुन्नेछु कारण म आफ्नो करार विर्सने छैन। किन? किनभने म परमप्रभु तिमीहरूको परमेश्वर हुँ।
44And yet for all that, when they are in the land of their enemies, I will not despise them, and will not abhor them, to make an end of them utterly, to break my covenant with them, for I am Jehovah their God.
45तिनीहरूको निम्ति म तिनीहरूका पिता-पुर्खाहरूसित गरेको करार सम्झनेछु। तिनीहरूका पिता-पुर्खाहरूलाई मैले मिश्रबाट बाहिर ल्याएर म तिनीहरूको परमेश्वर बनिएको सत्य अन्य जातीहरूलाई थाहा छ। म परमप्रभु हुँ।”
45But I will remember toward them the covenant with their ancestors whom I brought forth out of the land of Egypt before the eyes of the nations, that I might be their God: I am Jehovah.
46परमप्रभुले इस्राएलका मानिसहरूलाई दिएको विधि-विधानहरू, नियमहरू र शिक्षाहरू यी नै हुन् र यी विधिहरू नै परमप्रभु अनि इस्राएलका मानिसहरूमाझ भएको करार हो। परमप्रभुले सीनै पर्वतमा यी विधिहरू मोशालाई भन्नुभयो अनि उनले तिनीहरू इस्राएलका मानिसहरूलाई दिए।
46These are the statutes and ordinances and laws which Jehovah made between him and the children of Israel in mount Sinai, by the hand of Moses.