Nepali

Darby's Translation

Leviticus

7

1“दोषबलिको नियम यही हो। यो अत्यन्तै पवित्र छ।
1And this is the law of the trespass-offering -- it is most holy:
2जहाँ सबै होमबलि मारिन्छ त्यही ठाउँमा दोषबलिको पनि त्यही गरियोस्। अनि वेदीको वरीपरि सबैतिर त्यसको रगत छर्कोस्।
2in the place where they slaughter the burnt-offering shall they slaughter the trespass-offering; and the blood thereof shall he sprinkle on the altar round about.
3“त्यसको सबै बोसो, बोसे पुच्छर, आन्द्रा भुँडी छोप्ने बोसो,
3And he shall present of it all the fat thereof; the fat tail and the fat that covereth the inwards,
4दुवै मृगौला र त्यसमाथि भएको बोसो, मिगौलासमेत मांशपेशीको तल्लो भागको बोसो अनि कलेजालाई ढाक्ने मासु मृगैला सितै निकाल्नु पर्छ र चढाउनु पर्छ।
4and the two kidneys, and the fat that is on them, which is by the flanks, and the net above the liver, which he shall take away as far as the kidneys.
5पूजाहारीले ती भागहरूलाई परमप्रभुको निम्ति कै वेदीमा दोषबलिको रूपमा जलाउनु पर्छ।
5And the priest shall burn them on the altar, an offering by fire to Jehovah: it is a trespass-offering.
6“अनि पूजाहारीको घरका प्रत्येक पुरूष मानिसले त्यो खान सक्छ। यो एकदमै पवित्र हो दोषबलि पवित्र ठाउँमा खानुपर्छ।
6Every male among the priests shall eat thereof; in a holy place shall it be eaten: it is most holy.
7दोषबलि पापबलि जस्तै हो। यी दुवैको निम्ति नियमहरू एउटै छन्। बलि पूजाहरीको हो जसले ऊसित प्रायश्चित गर्छ। अनि यो उसको खाद्य हो।
7As the sin-offering, so is the trespass-offering; [there shall] be one law for them: it shall be the priest's who maketh atonement therewith.
8जब पूजाहारीले होमबलि चढाउनु हुन्छ, त्यसको छाला पूजाहारी कै हुन्छ।
8And [as to] the priest that presenteth any man's burnt-offering, the skin of the burnt-offering which he hath presented shall be the priest's for himself.
9अनि प्रत्येक अन्नबलि जो चुलामा पकाएर अथवा तावामा अथवा ताप्केमा पकाएको जुन पूजाहारीले चढाउँछ त्यो उसैको हुन्छ।
9And every oblation that is baken in the oven, and all that is prepared in the cauldron and in the pan, shall be the priest's who offereth it; to him it shall belong.
10तर अर्को अन्नबलि जो तेलमा मिसाएर अथवा सुख्खा बनाइन्छ त्यो बराबरी भागमा हारूनका छोराहरूको हुन्छ। मेलबलिहरू
10And every oblation, mingled with oil, and dry, shall all the sons of Aaron have, one as the other.
11“परमप्रभुलाई अर्पण गरिने मेलबलिका नियम यही हो। यदि त्यो कसैले धन्यवाद स्वरूप चढायो भने,
11And this is the law of the sacrifice of peace-offering, which [a man] shall present to Jehovah.
12उसले उसको धन्यवाद बलिसित खमीर नहाली तेलमा मुछेको रोटी, खमीर नहाली तेल दलेको बाबर रोटी र तेलमा डुबाएको शुद्ध पीठोको फुलौरा चढाओस्।
12If he present it for a thanksgiving, then he shall present with the sacrifice of thanksgiving unleavened cakes mingled with oil, and unleavened wafers anointed with oil, and fine flour saturated with oil, cakes mingled with oil.
13उसले मेलबलिसित धन्यवादको भेटी खमीर मिसाएको रोटी पनि चढाओस्। यसबाट उसले परमप्रभुलाई प्रत्येक एक एकवटा उपहार चढाउनेछ।
13Besides the cakes, he shall present his offering of leavened bread with the sacrifice of his peace-offering of thanksgiving.
14मेलबलिको रगत जुन पूजाहारीले छर्कन्छ यो बलि उसैको हुन्छ।
14And of it he shall present one out of the whole offering as a heave-offering to Jehovah; to the priest that sprinkleth the blood of the peace-offering, to him it shall belong.
15धन्यवादको निम्ति मेल बलिको मासु त्यही बलि चढाएकै दिन खाई सक्नुपर्छ। यसको कुनै अंश अर्को बिहान सम्म रहनुहुँदैन।
15And the flesh of the sacrifice of his peace-offering of thanksgiving shall be eaten the same day that it is presented; he shall not let any of it remain until the morning.
16“यदि उसको बलि परमप्रभुअघि विशेष भाकल पूरा गर्नु राखिएको अथवा परमप्रभुलाई भेटी चढाएको अर्थ लाग्छ। तब बलिदान त्यही दिन खानुपर्छ जहिले बलि चढाइन्छ अनि रहेको अर्को दिन खानु सकिन्छ।
16And if the sacrifice of his offering be a vow, or voluntary, it shall be eaten the same day that he presented his sacrifice; on the morrow also the remainder of it shall be eaten;
17तर यदि केही मासु तेस्रो दिनसम्म रहे आगोमा जलाउनुपर्छ।
17and the remainder of the flesh of the sacrifice on the third day shall be burned with fire.
18यदि मेलबलिको मासु तेस्रो दिनमा खाए, त्यो स्वीकृत हुने छैन, त्यो एउटा चढाउनेको निम्ति केही गनिने छैन यो अशुद्ध भएको छ। मानिस दोषी हुनेछ अनि जसले यसलाई खान्छ दण्ड पाउँनेछ।
18And if [any] of the flesh of the sacrifice of his peace-offering be eaten at all on the third day, it shall not be accepted, it shall not be reckoned to him that hath presented it; it shall be an unclean thing, and the soul that eateth of it shall bear his iniquity.
19“कुनै अशुद्ध कुरोले छोएको मासु खान हुँदैन। त्यसलाई आगोमा जलाउनु पर्छ। अनि अरू शुद्ध मानिस जति छन् तिनीहरूले मेल बलिबाट मासु खान सक्छन्।
19And the flesh that toucheth anything unclean shall not be eaten; it shall be burned with fire. And as to the flesh, all that are clean may eat [the] flesh.
20तर यदि कसैले परमप्रभुको मेलबलिको मासु जब खान्छ तब ऊ अशुद्ध हुन्छ, तिमीले उसलाई उसका मानसिहरूबाट छुट्‌याउनु पर्छ।
20But the soul that eateth the flesh of the sacrifice of peace-offering which is for Jehovah, having his uncleanness upon him, that soul shall be cut off from his peoples.
21“जब कुनै मानिसले कुनै अशुद्ध चीज छुन्छ त्यो अशुद्धता मानिसको अथवा पशुको अथवा अन्य कुनै घृणित चीज होस् र मेलबलिको मासु खाए त्यसलाई त्यसको मानिसहरूबाट अलग गराउनुपर्छ।”
21And if any one touch anything unclean, the uncleanness of man, or unclean beast, or any unclean abomination, and eat of the flesh of the sacrifice of peace-offering, which is for Jehovah, that soul shall be cut off from his peoples.
22परमप्रभुले मोशालाई भन्नुभयो,
22And Jehovah spoke to Moses, saying,
23“इस्राएली मानिसहरूलाई भन, तिमीहरूले साँढे, भेडा अथवा बाख्राहरूको बोसो खानु हुँदैन।
23Speak unto the children of Israel, saying, No fat, of ox, or of sheep, or of goat shall ye eat.
24तिमीहरूले आफैं मरेको पशु अथवा जंगली जानवरहरूले मारेको पशु अन्य कुनै काममा लाग्न सक्छ, तर तिमीहरूले खानु हुँदैन।
24But the fat of a dead carcase, and the fat of that which is torn, may be used in any other use; but ye shall in no wise eat it.
25परमप्रभुलाई चढाएको पशुको बोसो जुन मानिसले खान्छ उसलाई उसका मानिसहरूबाट अलग्ग गराउनुपर्छ।
25For whoever eateth the fat of the beast of which men present an offering by fire to Jehovah, the soul that hath eaten shall be cut off from his peoples.
26“चराको होस् अथवा पशुको तिमीहरूले आफू बसोबास गर्ने ठाउँमा रगत नखानु।
26And no blood shall ye eat in any of your dwellings, whether it be of fowl or of cattle.
27यदि कुनै मानिसले बसेको ठाउँमा रगत खान्छ भने उसलाई उसका मानिसहरूबाट अलग गराउनुपर्छ।”
27Whatever soul it be that eateth any manner of blood, that soul shall be cut off from his peoples.
28परमप्रभुले मोशालाई भन्नुभयो,
28And Jehovah spoke to Moses, saying,
29“इस्राएलका मानिसहरूलाई भन, ‘जसले मेलबलि चढाउँछ, उसले बलिको निम्ति उपहार आफैं लिएर आउनुपर्छ।
29Speak unto the children of Israel, saying, He that presenteth the sacrifice of his peace-offering to Jehovah shall bring his offering to Jehovah of the sacrifice of his peace-offering.
30परमप्रभुलाई चढाउने भेटी आफ्नो हातमा लिएर परमप्रभुअघि छातीको ह्याकुलो बोसोसमेत डोलाउने बलिको रूपमा चढाउनुपर्छ।
30His own hands shall bring Jehovah's offerings by fire, the fat with the breast shall he bring: the breast, that it may be waved as a wave-offering before Jehovah.
31पूजाहारीले बोसो वेदीमा जलाउनु पर्छ तर हारून र उनका छोराहरूको हुन्छ।
31And the priest shall burn the fat on the altar; and the breast shall be Aaron's and his sons'.
32मेलबलिको निम्ति चढाएको बलिको दाहिने फिला चाहि पूजाहारीलाई दिइयोस्।
32And the right shoulder of the sacrifices of your peace-offerings shall ye give as a heave-offering unto the priest.
33हारूनका छोराहरू मध्ये एक जना पूजाहारी जसले आफ्नो भागबाट मेलबलिको रगत र बोसो चढाउँछ। मेलबलिको दाहिने फिला चाँहि पूजाहरीको हुन्छ।
33He of the sons of Aaron that presenteth the blood of the peace-offerings, and the fat, shall have the right shoulder for [his] part.
34किनभने डोलाइने बलिको ह्याकुलो र मैत्रीबलिको दाहिने तिघ्राको उपहार जो मैले इस्राएलीहरूबाट लिएको थिएँ पूजाहारी हारून र उनका छोराहरूलाई नियमित उपहारको रूपमा दिएको छु।”
34For the breast of the wave-offering, and the shoulder of the heave-offering, have I taken of the children of Israel from the sacrifices of their peace-offerings, and have given them unto Aaron the priest and unto his sons from the children of Israel by an everlasting statute.
35जुन दिन हारून र तिनका छोराहरूलाई परमप्रभुको सेवा गर्न पूजाहारी पदमा नियुक्ति गरियो त्यसै दिनदेखि परमप्रभुको निम्ति आगोमा चढाइएका बलिहरूबाट तिनीहरूको भाग पाउँछन्।
35This is [the portion] of the anointing of Aaron and of the anointing of his sons, from Jehovah's offerings by fire, in the day [when] he presented them to serve Jehovah as priests,
36परमप्रभुले मानिसहरूलाई बलिको तिनीहरूको भाग सदा-सर्वदा पूजाहारीलाई दिनु भन्नु भएकोछ। उहाँले यी आज्ञाहरू त्यस दिन दिनुभयो जब उहाँले तिनीहरूलाई पूजाहारी नियुक्त गर्नुभयो।
36which Jehovah commanded to be given them by the children of Israel in the day that he anointed them: [it is] an everlasting statute, throughout their generations.
37यिनीहरू नै होमबलि, अन्नबलि, पापबलि, दोषबलि, मैत्रीबलि अनि अपर्णबलिका नियमहरू हुन्।
37This is the law of the burnt-offering, of the oblation, and of the sin-offering, and of the trespass-offering, and of the consecration-offering, and of the sacrifice of peace-offering,
38जुनदिन परमप्रभुले सीनै मरूभूमिमा इस्राएलीहरूलाई उहाँको निम्ति बलि ल्याउने आज्ञा दिनु भयो त्यही दिन परमप्रभुले मोशालाई यी आज्ञाहरू सीनै पर्वतमा दिनु भएको थियो।
38which Jehovah commanded Moses in mount Sinai, in the day that he commanded the children of Israel to present their offerings to Jehovah, in the wilderness of Sinai.