1अनेकौं महसूल उठाउनेहरू र पापीहरू येशूकहाँ उहाँबाट सुन्न आए।
1And all the tax-gatherers and the sinners were coming near to him to hear him;
2तब फरिसीहरू र व्यवस्थाका शास्त्रीहरूले विरोध प्रकट गर्न थाले, “हेर! यो मानिसले पापीहरूलाई पनि ग्रहण गर्छ अनि संगै बसेर खान्छ।”
2and the Pharisees and the scribes murmured, saying, This [man] receives sinners and eats with them.
3त्यसपछि येशूले तिनीहरूलाई यो दृष्टान्त सुनाउनु भयोः
3And he spoke to them this parable, saying,
4“तिमीहरूमध्ये कसैको सय वटा भेंडाहरू छन् अनि ती मध्ये एउटा हरायो, त्यो उनान्सय भेंडालाई छोडेर हराएको एउटा भेडा खोज्न जान्छ। त्यो भेडा जब सम्म पाउदैन ऊ खोजी रहने छ।
4What man of you having a hundred sheep, and having lost one of them, does not leave the ninety and nine in the wilderness and go after that which is lost, until he find it?
5अनि जब उसले हराएको भेडा पाउँछ ऊ अति खुशी हुन्छ। त्यो मानिसले भेडालाई आफ्नो काँधमा बोकेर ल्याउनेछ।
5and having found it, he lays it upon his own shoulders, rejoicing;
6जब त्यो मानिस उसको घरमा फर्केर आउँछ, आफ्नो साथीहरू र छिमेकीहरूकोमा जान्छ अनि भन्छ, म जस्तै खुशी होऊ, किनभने मैले हराएको भेडा पाएको छु।’
6and being come to the house, calls together the friends and the neighbours, saying to them, Rejoice with me, for I have found my lost sheep.
7त्यस्तै प्रकारले म भन्दछु, तिमीहरूलाई स्वर्गमा अति आनन्द हुन्छ जब एउटा पापीले आफ्नो हृदय परिवर्तन गर्छ अनि अन्य उनान्सय धार्मिक मानिसहरूले आफ्नो हृदय परिवर्त्तन गर्नु कुनै आवश्यक पर्दैन।
7I say unto you, that thus there shall be joy in heaven for one repenting sinner, [more] than for ninety and nine righteous who have no need of repentance.
8“मानौ एउटी स्त्रीसँग दशवटा चाँदीका सिक्काहरू छन्, यदि उसले एउटा सिक्का हराई, त्यसले बत्ती बाल्छे अनि त्यो घरमा खोज्दै बढार्छे। जबसम्म उसले सिक्का पाउँदिन खुब ध्यानपूर्वक खोज्छे।
8Or, what woman having ten drachmas, if she lose one drachma, does not light a lamp and sweep the house and seek carefully till she find it?
9अनि जब उसले त्यो हराएको सिक्का पाउँछे, उसले आफ्नो साथीहरू र छिमेकीहरूलाई बोलाएर भन्छे, मानिस खुशी होऊ किनभने मैले हराएको सिक्का पाएँ।’
9and having found it she calls together the friends and neighbours, saying, Rejoice with me, for I have found the drachma which I had lost.
10त्यसरी नै, म भन्दछु, जब एकजना पापीले आफ्नो हृदय परिवर्तन गर्छ भने परमेश्वरको दुतहरूको अघि खुशी छाउँछ।”
10Thus, I say unto you, there is joy before the angels of God for one repenting sinner.
11त्यसपछि येशूले भन्नुभयो, “एकजना मानिसको दुइ पुत्रहरू थिए।
11And he said, A certain man had two sons;
12कान्छो छोरोले आफ्नो बाबुलाई भन्यो, पिता हाम्रो सम्पत्तिमा मेरो भागमा जे जति अंश पर्छ मलाई दिनुहोस्।’
12and the younger of them said to his father, Father, give to me the share of the property that falls [to me]. And he divided to them what he was possessed of.
13केही दिन पछि कान्छो छोरोले आफ्नो सबै सम्पत्ति बटुल्यो अनि त्यो टाडो देशमा गयो। त्यहाँ त्यसले मूर्खले झैं आफ्नो रूपियाँ-पैसा सब खर्च गर्यो।
13And after not many days the younger son gathering all together went away into a country a long way off, and there dissipated his property, living in debauchery.
14आफुसित जे जति थियो सबै त्यसले स्वाहा पार्यो। तब, त्यो ठाउँमा खडेरी पर्यो, अनि पानी पटक्कै परेन। देशभरी मानिसहरूले खानेकुरा पाउन छाडे। त्यो खुबै भोकायो अनि उसलाई पैसाको पनि आवश्यकता पर्यो।
14But when he had spent all there arose a violent famine throughout that country, and he began to be in want.
15अनि त्यस ठाँउको कुनै एकजना मानिसकहाँ गयो अनि आफ्नो जीविकाको लागि त्यसले त्यहाँ काम लियो। अनि उसले त्यसलाई खेतमा सूँगुरहरू हेर्न पठायो।
15And he went and joined himself to one of the citizens of that country, and he sent him into his fields to feed swine.
16त्यो मानिस त्यत्ति भोकाएको थियो कि उसले जुन चारो सूँगुरहरूले खाँदैथ्यो खान खोज्यो। तर कसैले त्यसलाई केही दिएन।
16And he longed to fill his belly with the husks which the swine were eating; and no one gave to him.
17तब उसले आफूलाई मूर्ख भएको अनुभव गरयो। उसले भन्यो, मेरा बाबुको जति नोकरहरू छन् तिनीहरूकोमा आवश्यक भन्दा वेशी खाना छ । तर म यहाँ भोकले मर्न लागेको छु।
17And coming to himself, he said, How many hired servants of my father's have abundance of bread, and *I* perish here by famine.
18म उठ्छु अनि यहाँबाट बाबुकहाँ जान्छु अनि म उनलाई भन्नेछु हे पिता! मैले परमेश्वर अनि तपाईंको अघि पनि पाप गरें
18I will rise up and go to my father, and I will say to him, Father, I have sinned against heaven and before thee;
19म तपाईंको छोरो भनिनु अब उसो योग्यको छैन। मलाई तपाईंकै अकजना नोकर झैं राख्नु होस्।
19I am no longer worthy to be called thy son: make me as one of thy hired servants.
20यसरी त्यो केटो उठयो अनि आफनो बाबु भेट्न गयो। “जब निकै पर देखि उ आँउदै थियो, त्यसको बाबुले देखे अनि आफ्नो छोरोप्रति बाबूको मनमा खुबै दया जाग्यो। अनि बाबु छोरो भएकहाँ दगुर्दै गएर अँगालो हाले औ म्वाँई खाए।
20And he rose up and went to his own father. But while he was yet a long way off, his father saw him, and was moved with compassion, and ran, and fell upon his neck, and covered him with kisses.
21छोरोले तिनलाई भन्यो, हे पिता, मैले परमेश्वर र तपाईंको अघि पाप काम गरेको छु। म तपाईंको छोरो भनिनु अब उसो योग्यको छैन।’
21And the son said to him, Father, I have sinned against heaven and before thee; I am no longer worthy to be called thy son.
22तर उसको बाबुले उसको नोकरहरूलाई अह्राए, चाँडो राम्रा-राम्रा लुगाफाटा ल्याऊ अनि यसलाई लगाई देऊ। हातमा औंठी पनि लगाईदेऊ अनि खुट्टामा जुत्ता पनि लगाईदेऊ।
22But the father said to his bondmen, Bring out the best robe and clothe him in [it], and put a ring on his hand and sandals on his feet;
23त्यो मोटो बाछा ल्याऊ, त्यसलाई मार अनि हामी खाएर भोज मनाउँछौं।
23and bring the fatted calf and kill it, and let us eat and make merry:
24किनभने यो मेरो छोरो मरेको थियो, तर अहिले ऊ जीवित फर्की आएको छ। ऊ हराएको थियो, तर उसलाई अहिले पाइएको छ।’ त्यपछि तिनीहरूले भोजको व्यवस्था गरे।
24for this my son was dead and has come to life, was lost and has been found. And they began to make merry.
25“उसको जेठो छोरो खेतमा थियो। ऊ बिस्तारै घरमा आयो। उसले त्यहाँ नाच गान भइहेको सुन्यो।
25And his elder son was in the field; and as, coming [up], he drew nigh to the house, he heard music and dancing.
26यसर्थ जेठो छोराले एकजना नोकरलाई बोलाएर सोध्यो, ‘ यी सब के भइरहेको छ?’
26And having called one of the servants, he inquired what these things might be.
27नोकरले उत्तर दियो, तिम्रो भाइ फर्केरे आएको छ। तिम्र बाबुले भाइ सुकशल फर्केर आएकोमा तिनी अत्यन्तै खुशी छन्।
27And he said to him, Thy brother is come, and thy father has killed the fatted calf because he has received him safe and well.
28त्यो जेठो छोरो रिसायो अनि भोजमा जान मन गरेन। यसर्थ उसको बाबु आफैं गएर तिनलाई उत्सवमा सम्मिलित हुन आग्रह गरे।
28But he became angry and would not go in. And his father went out and besought him.
29त्यो छोरोले बाबुलाई भन्यो, मैले यत्रो र्वषसम्म नोकर झै तपाईंको सेवा गरें। मैले सधैं तपाईंको आज्ञा पालन गरें। तर मेरो निम्ति तपाईंले एउटा सानो पाठो सम्म दिनु भएन ताकि म मेरा मित्रहरूसंग भोज मनाउँन सक्थें।
29But he answering said to his father, Behold, so many years I serve thee, and never have I transgressed a commandment of thine; and to me hast thou never given a kid that I might make merry with my friends:
30तर तपाईंको यो छोराले आफ्नो पुरै सम्मपत्ति वेश्याहरूको संगतमा उडाएको हो। अनि ऊ घर आउँदा चाँहि मोटो बाछो समेत मार्नु लाउनु भयो।
30but when this thy son, who has devoured thy substance with harlots, is come, thou hast killed for him the fatted calf.
31अनि बाबुले छोरालाई भने, ए छोरो! तिमी त मसंग सँधै छौ। मेरोमा भएको सारा सम्पत्ति तिम्रै हो।
31But he said to him, Child, *thou* art ever with me, and all that is mine is thine.
32हामी सबै खुशी होऊ र भोजन गरौं। किनभने तिम्रोभाई मरेको थियो अनि जिउँदो फर्की आएको छ। ऊ हराएको थियो तर अहिले पाइएको छ।”‘
32But it was right to make merry and rejoice, because this thy brother was dead and has come to life again, and was lost and has been found.