Nepali

Darby's Translation

Luke

17

1येशूले उहाँको चेलाहरूलाई भन्नुभयो, “मानिसमा पाप गराउने घटनाहरू घट्छन् नै। तर जसले त्यसो गर्छ, उसलाई अत्यन्तै दुःख हुन्छ।
1And he said to his disciples, It cannot be but that offences come, but woe [to him] by whom they come!
2त्यो मानिस जो दुर्वल मानिसहरूमाथि अन्याय गर्छ त्यसले कठोर प्रतिफल भोग्नु पर्छ। तर त्यसको लागि गलामा जाँतो बाँधेर सागरमा फ्याँकिनु असल हुनेछ।
2It would be [more] profitable for him if a millstone were hanged about his neck and he cast into the sea, than that he should be a snare to one of these little ones.
3यसकारण होशियार बस। “यदि तिम्रो भाइले पापहरू गर्दैछ भने उसको दोष देखाइ देऊ। तर उसले पश्चाताप गर्छ र पाप गर्न बन्द गर्छ भने उसलाई क्षमा गर।
3Take heed to yourselves: if thy brother should sin, rebuke him; and if he should repent, forgive him.
4तिम्रो भाइ यदि दिनमा सातवटा भूल गर्छ र यदी उसले प्रत्येक पल्ट नै भूल स्वीकार्छ भने उसलाई क्षमा गर्नु।”
4And if he should sin against thee seven times in the day, and seven times should return to thee, saying, I repent, thou shalt forgive him.
5प्रेरितहरूले प्रभुलाई भने, “हाम्रो विश्वास बढाइदिनोस्।”
5And the apostles said to the Lord, Give more faith to us.
6प्रभुले भन्नुभयो, “यदि तिमीमा रायोको गेडा जत्रो मात्र विश्वास छ भने, तिमीहरू त्यस कालो किम्बुको रूखलाई भन्न सक्छौ, तँ आफै उखेलिएर समूद्रमा रोपिन जा! अनि त्यो रुखले तिमीहरूको आज्ञा पालन गर्नेछ। विश्वासी नोकर हुने चेष्टा गर
6But the Lord said, If ye have faith as a grain of mustard [seed], ye had said to this sycamine tree, Be thou rooted up, and be thou planted in the sea, and it would have obeyed you.
7“मानिलेऊ तिमीहरूमध्ये कसैको एकजना नोकर छ जो खेत जोतिरहेको हुन्छ अथवा भेडा चराइरहेको छ। जब काम सिध्याएर भित्र आँउछ, त्यलाई तिमी के भन्छौ? आऊ अनि खाना खान बस?’
7But which of you [is there] who, having a bondman ploughing or shepherding, when he comes in out of the field, will say, Come and lie down immediately to table?
8अँह! तिमी त्यो नोकरलाई भन्नेछौ, ‘मेरो निम्ति खाना तयार पार खाई पिई सक्छु तब तिमी खाऊ।’
8But will he not say to him, Prepare what I shall sup on, and gird thyself and serve me that I may eat and drink; and after that *thou* shalt eat and drink?
9नोकरले त्यसरी आदेश पालन गरेकोमा त्यो अभारी हुन्छ? हुँदैन।
9Is he thankful to the bondman because he has done what was ordered? I judge not.
10तिमीसंग पनि यस्तै हो। जब तिमीहरूलाई गर्नु दिएको प्रत्येक काम गर्दछौ, तिमीरूले भन्नु पर्छ, हामी कुनै खास धन्यवाद पाउने योग्यको होइनौ। हामीले जे गर्नु पर्ने थियो त्यही काम मात्र गरेकाछौं।”‘
10Thus *ye* also, when ye shall have done all things that have been ordered you, say, We are unprofitable bondmen; we have done what it was our duty to do.
11येशू यरूशलेमतिर जाँदै हुनु हुन्थ्यो। उहाँ सामरिया र गालील हुँदै जानु भयो।
11And it came to pass as he was going up to Jerusalem, that he passed through the midst of Samaria and Galilee.
12उहाँ एउट गाँउमा आइपुग्नु भयो। त्यहाँ उहाँलाइ दसजना मानिसहरूले भेटे। ती मानिसहरू येशूको एकदम नजिक आएनन्, किनभने तिनीहरू सबै कोडीका विमारीहरू थिए।
12And as he entered into a certain village ten leprous men met him, who stood afar off.
13तर ती मानिसहरूले येशूलाई चर्को स्वरमा भने, “हे येशू गुरुज्यु! दया गरी हामीलाई सहायता गर्नुहोस्।”
13And they lifted up [their] voice saying, Jesus, Master, have compassion on us.
14जब येशूले ती मानिसहरूलाई देख्नु भयो, उहाँले भन्नुभयो, “जाऊ अनि पूजाहारीहरूलाई तिमीहरू आफैलाई देखाऊ।” जब ती दशजना मानिसहरू पूजाहारीहरूकहाँ जाँदै थिए, तिनहरू निको भए।
14And seeing [them] he said to them, Go, shew yourselves to the priests. And it came to pass as they were going they were cleansed.
15जब कुनै एकजना मानिसले आफू निको भएको थाहा पायो, त्यो फर्केर येशूकहाँ गयो। त्यसले ठूलो स्वरमा परमेश्वरलाई धन्यवाद चढायो।
15And one of them, seeing that he was cured, turned back, glorifying God with a loud voice,
16त्यो येशूको चरणमा घोप्टियो अनि येशूलाई धन्यवाद चढायो। त्यो मानिस यहूदी नभई सामरी थियो।
16and fell on [his] face at his feet giving him thanks: and *he* was a Samaritan.
17येशूले भन्नुभयो, “दशजना मानिस निको भए, ठीक हो? अरू नौ जना कहाँ छन्?
17And Jesus answering said, Were not the ten cleansed? but the nine, where [are they]?
18के यो सामरी मात्र परमेश्वरलाई धन्यवाद चढाउन आएको?”
18There have not been found to return and give glory to God save this stranger.
19तब येशूले त्यसलाई भन्नुभयो, “उठ! तिमी जान सक्छौ। तिम्रो विश्वासले तिमीलाई निको पारेको छ।”
19And he said to him, Rise up and go thy way: thy faith has made thee well.
20कोही फरिसीहरूले येशूलाई सोधे, “परमेश्वरको राज्य कहिले आउनेछ?” येशूले भन्नुभयो, “परमेश्वरको राज्य आउँदैछ तर त्यसरि आउँदैन जुन तिम्रो आँखाले देख्न सक्छौ।
20And having been asked by the Pharisees, When is the kingdom of God coming? he answered them and said, The kingdom of God does not come with observation;
21मानिसहरूले भन्ने छन्, हेर परमेश्वरको राज्य यहाँ छ! अथवा, त्यहाँ छ! होइन, परमेश्वरको राज्य तिमीभित्रै छ।”
21nor shall they say, Lo here, or, Lo there; for behold, the kingdom of God is in the midst of you.
22तब येशूले चेलाहरूलाई भन्नुभयो, “समय आउनेछ जब तिमीहरूले मानिसको पुत्रको कुनै दिन हेर्नलाई खुबै चाहना गर्नेछौ, तिमीहरू हेर्ने योग्यका हुने छैनौ।
22And he said to the disciples, Days are coming, when ye shall desire to see one of the days of the Son of man, and shall not see [it].
23मानिसहरूले तिमीहरूलाई भन्नेछन्, हेर्, यो त्यहाँ छ! अथवा हेर, यो यहाँ छ!’ जहाँ छौ तिमीहरू त्यहीं बस, टाडा नजाऊ अनि नखोज।
23And they will say to you, Lo here, or Lo there; go not, nor follow [them].
24“तिमीहरूले यो जान्नेछौ कि मानिसको पुत्र फेरि कहिले आउनु हुन्छ। उहाँको आउने दिन बिजुली जस्तो हुनेछ जुन आकाशको एक अनबाट अर्को अन्त सम्म चम्कन्छ।
24For as the lightning shines which lightens from [one end] under heaven to [the other end] under heaven, thus shall the Son of man be in his day.
25तर त्यो भन्दा अघि, मानिसको पुत्रले अनेकौं कष्टहरू सहनु पर्छ अनि यो पुस्ताका मानिसहरूबाट अस्वीकृत हुनुपर्छ।
25But first he must suffer many things and be rejected of this generation.
26मानिसको पुत्र आँउदा पनि त्यही हुनेछ जुन नूहको समयमा भएको थियो।
26And as it took place in the days of Noe, thus also shall it be in the days of the Son of man:
27नूहको समयमा, जब सम्म नूह डुङ्गामा पसेनन् मानिसहरू खान्थे, पिउँथे, विवाह गर्दै थिए, अनि गाउँदैथिए। तब बाढी आयो अनि सबै नष्ट पारयो।
27they ate, they drank, they married, they were given in marriage, until the day that Noe entered into the ark, and the flood came and destroyed all [of them];
28यो पनि लूतको समय जस्तै हुनेछ जब परमेश्वरले सदोमको सर्वनाश गर्नुभयो। ती मानिसहरू खाँदै थिए, पिउँदै थिए, किन्दै थिए, विक्री गर्दै थिए, रोप्दै थिए अनि आफ्नै लागि भवनहरू बानउँदै थिए।
28and in like manner as took place in the days of Lot: they ate, they drank, they bought, they sold, they planted, they builded;
29लूतले शहर छाडने समय सम्म मानिसहरू यी सब गरिरहेकै थिए। तब आकाशबाट आगो र गन्धक बर्स्यो अनि प्रत्येकलाई नष्ट पार्यो।
29but on the day that Lot went out from Sodom, it rained fire and sulphur from heaven, and destroyed all [of them]:
30जब मानिसको पुत्र आउनु हुन्छ, एकदमै त्यही हुनेछ।
30after this [manner] shall it be in the day that the Son of man is revealed.
31“त्यसदिन, यदि कोही मानिस उसको घरको छानामा छ भने, अनि उसको समानहरू घरभित्र छ भने ऊ ती समानहरू लिन जानु पर्दैन। त्यसरी यदि कोही मानिस खेतमा छ भने त्यसले पनि घर र्फकिनु पर्दैन।
31In that day, he who shall be on the housetop, and his stuff in the house, let him not go down to take it away; and he that is in the field, let him likewise not return back.
32विचार गर, लूतकी पत्नीलाई के भएको थियो।
32Remember the wife of Lot.
33जुन मानिसले आफ्नो जीवन बचाउँनु चहान्छ उसले त्यो गुमाउनेछ। तर कसैले आफ्नो जीवन गुमाउँछ भने त्यसले त्यो बचाँउनेछ।
33Whosoever shall seek to save his life shall lose it, and whosoever shall lose it shall preserve it.
34त्यसबेला एउटा पलङ्गमा दुइजना मानिसहरू एक साथ सुतिरहेका हुनेछन्, एकजनालाई लगिनेछ अनि अर्कोलाई छोडिनेछ।
34I say to you, In that night there shall be two [men] upon one bed; one shall be seized and the other shall be let go.
35दुईजना स्त्रीहरू एक साथ काम गरिरहेका हुनेछन, एउटीलाई लगिनेछ अनि अर्कीलाई छोडिनेछ।”
35Two [women] shall be grinding together; the one shall be seized and the other shall be let go.
36[This verse may not be a part of this translation]
36[Two men shall be in the field; the one shall be seized and the other let go.]
37चेलाहरूले येशूलाई भने, “यो कहाँ हुनेछ, प्रभु?” येशूले उत्तर दिनुभयो, “जहाँ लाश हुन्छ त्यहाँ गिद्धहरू भेला हुन्छन्।”
37And answering they say to him, Where, Lord? And he said to them, Where the body [is], there the eagles will be gathered together.