1येशू यरीहो शहर भएर जाँदै हुनुहुन्थ्यो।
1And he entered and passed through Jericho.
2यरीकोमा एकजना जक्कै नाउँ भएको मानिस बस्थे । तिनी महसूल उठाउने हाकीम औ धनवान मानिस थिए ।
2And behold, [there was] a man by name called Zacchaeus, and he was chief tax-gatherer, and he was rich.
3तिनी येशू को हुन भनी हेर्न चाहन्थे। अरू मानिसहरू पनि त्यहाँ उहाँलाई हेर्न चाहन्थे। जक्कै एकदमै पुडको मानिस थिए अनि उनले मानिसहरूको भीडमा येशूलाई देख्न सक्ने थिएनन्।
3And he sought to see Jesus who he was: and he could not for the crowd, because he was little in stature.
4अनि येशू आउँदै गरेको ठाँउ पुग्नु तिनी अघि दौडे। तिनी नेभाराको रूखमा चढे जहाँबाट तिनले येशूलाई देख्न सक्थे।
4And running on before, he got up into a sycamore that he might see him, for he was going to pass that [way].
5जब येशू त्यो ठाउँमा आइपुग्नु भयो उहाँले जक्कैलाई रूखमाथि देख्नु भयो। उहाँले तिनलाई भन्नुभयो, “जक्कै, झट्टै! तल ओर्लेरआऊ! आज म तिम्रो घरमा बास बस्नु पर्छ।”
5And when he came up to the place, Jesus looked up and saw him, and said to him, Zacchaeus, make haste and come down, for to-day I must remain in thy house.
6त्यसपछि जक्कै झट्टै तल ओर्लेर आए। तिनी आफ्नो घरमा येशूलाई स्वागत गर्न पाउँदा खुबै खुशी भए।
6And he made haste and came down, and received him with joy.
7सबै मानिसहरूले यो देखो। तिनीहरू यसो भन्दै विरोध गर्न लागे, “हेर येशू कस्ता मानिससंग बस्न जानु हुँदैंछ? जक्कै पापी हो।”
7And all murmured when they saw [it], saying, He has turned in to lodge with a sinful man.
8जक्कैले प्रभूलाई भन्यो, “म असल काम गर्न चहान्छु। म गरीबहरूलाई मेरो आधा सम्पति दिनेछु। अनि यदि मैले कसैले ठगेकोछु भने तिनीहरूलाई चार गुणा अधिक तिर्नेछु।
8But Zacchaeus stood and said to the Lord, Behold, Lord, the half of my goods I give to the poor, and if I have taken anything from any man by false accusation, I return [him] fourfold.
9येशूले भन्नुभयो, “यो मानिस असल हो। निश्चय नै यी अब्राहामको परिवारको हुनुपर्छ। आज जक्कै आफ्नो पापहरूबाट मुक्त भएको छ।
9And Jesus said to him, To-day salvation is come to this house, inasmuch as he also is a son of Abraham;
10मानिसको पुत्र हाराएको मानिसहरूलाई खोज्नु र उद्धार गर्न आएको छ।” : 14-30)
10for the Son of man has come to seek and to save that which is lost.
11येशू यरूशलेम नजीकै पुग्नु भएको थियो। कोही मानिसहरूले सोचे कि परमेश्वरको राज्य झैट्टै आउँदैछ।
11But as they were listening to these things, he added and spake a parable, because he was near to Jerusalem and they thought that the kingdom of God was about to be immediately manifested.
12मानिसहरूले यस्तै सोचका होलान् भनेर येशूले थाहा पाउनु भयो, अनि उहाँले तिनीहरूलाई यो कथा सुनाउनु भयोः “एकजना कुलीन मानिस आफ्ना निम्ति राजा हुनु टाडा देशमा जानलाई तयारी गर्दै थिए। तब फर्केर घर आई आफ्ना मानिसहरूमा पनि शासन गर्ने थिए।
12He said therefore, A certain high-born man went to a distant country to receive for himself a kingdom and return.
13यसकारण तिनले प्रत्येकलाई एक एक थैलो पैसा दिए। तिनले भने, म फर्केर नआउन्जेल यो तिमीहरूले व्यापार गर्दै गर।
13And having called his own ten bondmen, he gave to them ten minas, and said to them, Trade while I am coming.
14तर राज्यमा भएका अरू मानिसहरूले उसलाई घृणा गरे। अनि तिनीहरूले एकदल आफ्ना मानिसहरूलाई यसो भन्न पठाए, हामी यस मानिसलाई राजा बनाउन चाहाँदैनौ।
14But his citizens hated him, and sent an embassy after him, saying, We will not that this [man] should reign over us.
15“तर त्यो मानिसलाई राजा बनाइयो। जब तिनी आफ्नो देश फर्के तिनले भने, ती नोकरहरूलाई बोलाऊ जससित मेरा पैसा छन्। म जान्न चाहन्छु तिनीहरूले ती पैसाबाट कतिसम्म कमाए।
15And it came to pass on his arrival back again, having received the kingdom, that he desired these bondmen to whom he gave the money to be called to him, in order that he might know what every one had gained by trading.
16पहिलो नोकर आयो अनि भन्यो, मालिक, मैले तपाईंले दिनु भएको एक थैलो पैसाले दस थैला पैसा कमाएँ।’
16And the first came up, saying, [My] Lord, thy mina has produced ten minas.
17राजाले त्यो नोकरलाई भने, अति राम्रो! तिमी असल नोकर हौ। तिमीहरू सानो कुरामा विश्वासी थियौ। यसकारण म मेरा दशवटा शहर शासन गर्न तिमीलाई नियुक्ती गर्छु।’
17And he said to him, Well [done], thou good bondman; because thou hast been faithful in that which is least, be thou in authority over ten cities.
18दोस्रो नोकरले भने, मालिक, मैले तपाईंको एक थैलो पैसाले अरू पाँच थैलो पैसा कमाएँ।’
18And the second came, saying, [My] Lord, thy mina has made five minas.
19राजाले त्यो नोकरलाई भने, तिमीले पनि पाँचवटा शहरहरूमा शासन गर!
19And he said also to this one, And *thou*, be over five cities.
20त्यपछि अर्को नोकर आयो। त्यसले राजलाई भन्यो, मालिक! यहाँ तपाईंको पैसाको थैलो छ। मैले यसलाई लुगाले बेह्रेर लुकाईराखेको थिएँ।
20And another came, saying, [My] Lord, lo, [there is] thy mina, which I have kept laid up in a towel.
21मलाई तपाईंदेखि अति डर थियो किनभने तपाईं अत्यन्त कठोर मानिस हुनुहुन्छ। तपाईंले आफूले नकमाएको पनि लानु हुन्छ, तपाईंले बीऊ नछरी वाली काट्नु हुन्छ।’
21For I feared thee because thou art a harsh man: thou takest up what thou hast not laid down, and thou reapest what thou hast not sowed.
22त्यसपछि राजाले त्यो नोकरलाई भने, तिमी खराब नोकर हौ! म तिमीलाई तिम्रै शब्दहरूबाट न्याय गर्छु। तिमीले भन्यौ म कठोर मानिस हुँ। तिमीले यसो पनि भन्यौ कि मैले जे कमाएको थिइनँ त्यो पैसा लिन्छु अनि जे रोपेको थिइनँ त्यसको फसल उठाउँछु।
22He says to him, Out of thy mouth will I judge thee, wicked bondman: thou knewest that *I* am a harsh man, taking up what I have not laid down and reaping what I have not sowed.
23यदि यी सबै साँचो हो भने मेरो पैसालाई तिमीले व्याकमा राख्न सक्थ्यौ। अनि जब म फर्केर आँए, मेरो रुपियाँले व्याज कमाएको हुन्थ्यो।
23And why didst thou not give my money to [the] bank; and *I* should have received it, at my coming, with interest?
24त्यसपछि राजाले त्यहाँ उभिरहेका मानिसहरूलाई भने, रुपियाँको थैलो यसबाट लेऊ, अनि जुन नोकरकोमा दस थैली रुपियाँ छ त्यसलाई नै देऊ।
24And he said to those that stood by, Take from him the mina and give [it] to him who has the ten minas.
25ती मानिसहरूले राजालाई भने, तर मालिक, त्यो नोकरको त अघिबाटै दश थैलो रुपियाँ छ।
25And they said to him, Lord, he has ten minas.
26राजाले भने, म भन्छु जसकोमा धेरै छ उसलाई धेरै नै दिइन्छ, अनि जसकोमा छैन, त्यसकोमा जो छ त्यो पनि लगिन्छ।
26For I say unto you, that to every one that has shall be given; but from him that has not, that even which he has shall be taken from him.
27अहिले मेरो शत्रुहरू कहाँ छन्? खोई तिनीहरू कहाँ छन जसले म राजा भएको चाँहादैनथे? ती शत्रुहरूलाई यहाँ ल्याऊ अनि मेरो अघि तिनीहरूको हत्या गर।”‘
27Moreover those mine enemies, who would not [have] me to reign over them, bring them here and slay [them] before me.
28यी सबै कुराहरू जब येशूले भनिसक्नु भयो उहाँ यरूशलेमतिर जानु भयो।
28And having said these things, he went on before, going up to Jerusalem.
29उहाँ जैतून नाउँ भएको पहाड नजिकको बेथानी शहरमा पुग्नु भयो। उहाँले आफ्ना दुइजना चेलाहरूलाई बोलाउनु भयो अनि
29And it came to pass as he drew near to Bethphage and Bethany at the mountain called [the mount] of Olives, he sent two of his disciples,
30तिनीहरूलाई भन्नु भयो, “यहाँ जुन गाउँ तिनीहरूको सामुन्ने छ त्यहाँ जाऊ। जब शहरमा पस्न लागेका हुन्छौ त्यहाँ एउटा गधालाई बाँधिराखेको पाउनेछौ। त्यो गधामा पहिले कोही पनि चढेको छैन। गधाको लगाम फुकाल, अनि त्यसलाई मकहाँ लिएर आऊ।
30saying, Go into the village over against [you], in which ye will find, on entering it, a colt tied up, on which no [child] of man ever sat at any time: loose it and lead it [here].
31कसैले गधा किन खोल्दैछौ भनी तिमीलाई सोधेभने भन, ‘ यो गधा मालिकलाई चाहिएको छ।’
31And if any one ask you, Why do ye loose [it]? thus shall ye say to him, Because the Lord has need of it.
32दुवै चेलाहरू शहरतिर लागे। तिनीहरूले गधालाई येशूले भन्नु भए झैं पाए।
32And they that were sent, having gone their way, found as he had said to them.
33जब ती चेलाहरूले गधाको डोरी खोल्दैथे, गधाको मालिकहरूले चेलाहरूलाई सोधे, “किन तिमीहरू गधा खोल्दैछौ?”
33And as they were loosing the colt, its masters said to them, Why loose ye the colt?
34चेलाहरूले जवाफ दिए, “प्रभुलाई यसको अवश्यकता छ।”
34And they said, Because the Lord has need of it.
35यसकारण तिनीहरूले त्यो गधालाई येशूकहाँ ल्याए। चेलाहरूले आफ्ना लुगाहरू गधाको पिठ्यूँमा बिछ्याए। त्यसपछि तिनीहरूले येशूलाई त्यो गधामा चढाए।
35And they led it to Jesus; and having cast their own garments on the colt, they put Jesus on [it].
36येशू गधामाथि चढेर यरूशलेम तर्फ लाग्नुभयो। मानिसहरूले येशूको लागि आफ्नो लुगाहरू बाटोमा ओछ्याए।
36And as he went, they strewed their clothes in the way.
37येशू यरूशलेम पुग्नै लाग्नु भएको थियो। उहाँ जैतून डाँडाको फेदीमा पुग्नु भएको थियो। चेलाहरूको सम्पूर्ण भीड नै खुशी थियो। तिनीहरू परमेश्वरलाई धन्यवाद चढाउँदै थिए। तिनीहरूले परमेश्वरको शक्तिपूर्ण कार्यहरू देखेर उहाँलाई कराई कराई धन्यवाद चढाउदैथे।
37And as he drew near, already at the descent of the mount of Olives, all the multitude of the disciples began, rejoicing, to praise God with a loud voice for all the works of power which they had seen,
38तिनीहरूले भने, “‘धन्य हुन, ती राजा जो परमप्रभुको नाउँमा आउँछन्। भजनसंग्रह 118:26 स्वर्गमा शान्ति होस् अनि परमेश्वरलाई महिमा होस्।”‘
38saying, Blessed the King that comes in the name of [the] Lord: peace in heaven, and glory in the highest.
39भीडमा उभिएर कोही फरिसीहरूले येशूलाई भने, “गुरूज्यू! यस्तो कुराहरू नभन्नू भनेर तपाईंका चेलाहरूलाई भन्नुहोस्।”
39And some of the Pharisees from the crowd said to him, Teacher, rebuke thy disciples.
40तर उहाँले भन्नुयो, “म तिमीहरूलाई भन्छु, यी कुराहरू भन्नै पर्छ। यदि मेरा चेलाहरूले यी कुराहरू भनेनन् भने, यी ढुङ्गाहरू यसको लागि चिच्याउनेछन्।”
40And he answering said to them, I say unto you, If these shall be silent, the stones will cry out.
41येशू यरूशलेम नजिक आईपुग्नु भयो। उहाँले शहरलाई हेर्नु भयो अनि त्यसको निम्ति विलाप गर्नु भयो।
41And as he drew near, seeing the city, he wept over it,
42उहाँले यरूशलेमको विषयमा भन्नुभयो, “तिम्रोमा केले शान्ति ल्याउँछ? यदि तिमीले आज बुझेको भए, असल हुने थियो। तर तिमीले जान्दैनौ, किनभने यो तिम्रो आँखाबाटा ओझेल परेकोछ।
42saying, If thou hadst known, even thou, even at least in this thy day, the things that are for thy peace: but now they are hid from thine eyes;
43त्यसपछि त्यो मानिसले देख्न सक्ने भयो। त्यसले परमेश्वरलाई धन्यावाद चढाउँदै येशूलाई पछ्याउन लाग्यो। जति पनि मानिसहरूले यी सब देखे तिनीहरूले परमेश्वरको प्रशंसा गर्न थाले। जक्कै
43for days shall come upon thee, that thine enemies shall make a palisaded mound about thee, and shall close thee around, and keep thee in on every side,
44तिनीहरूले तिमीलाई र तिम्रो मानिसहरूलाई ध्वंस पार्नेछन्। तिम्रो भवनहरूको एक ढुङ्गामाथिको अर्को ढुङ्गा पनि छाडिने छैन्। यो घट्नेछ कारण तिमी जान्दैनौ तिमीलाई बचाउन परमेश्वर कहिले आउँनु हुन्छ।”
44and shall lay thee even with the ground, and thy children in thee; and shall not leave in thee a stone upon a stone: because thou knewest not the season of thy visitation.
45येशू मन्दिरमा जानु भयो। त्यहाँ सामान बेच्नेहरूलाई खेद्नु भयो।
45And entering into the temple, he began to cast out those that sold and bought in it,
46उहाँले भन्नुभयो, “धर्मशास्त्रमा यस्तो लेखिएको छ, मेरो घर प्रार्थनाको घर हुनेछ। तर तिमीहरूले यसलाई डाँकूहरको वासस्थानमा परिणत गरेका छौ।”
46saying to them, It is written, My house is a house of prayer, but *ye* have made it a den of robbers.
47येशूले मन्दिरमा दिनहुँ शिक्षा दिनुहुन्थ्यो। मुख्य पूजाहारीहरू, व्यवस्थाका शास्त्रीहरू र कोही मानिसहरूका प्रमुखहरू येशूलाई मार्ने दाऊ खोजिरहेका थिए।
47And he was teaching day by day in the temple: and the chief priests and the scribes and the chief of the people sought to destroy him,
48तर यस कामको लागि तिनीहरूले उपाय पाएका थिएनन् किनभने सबै मानिसहरू ध्यान पूर्वक येशूका कुराहरू सुनिरहेका थिए। मुख्य पूजाहारीहरू, व्यवस्थाका शास्त्रीहरू र प्रमुखहरुले येशूलाई कसरी मार्न पर्ने हो जान्दैन थिए।
48and did not find what they could do, for all the people hung on him to hear.