Nepali

Darby's Translation

Luke

2

1त्यसैबेला अगस्टस सिजरले रोमको अधिनमा रहेका सबै देशहरूलाई एउटा आदेश पठाए। त्यो आदेश अनुसार जम्मै मानिसले आफ्नो नाउँ पंञ्जिकृत गराउनु पर्थ्यो।
1But it came to pass in those days that a decree went out from Caesar Augustus, that a census should be made of all the habitable world.
2यो नै पहिलो पल्टको यस्तो जनगणना थियो। कुरेनियस सिरयाको राज्यपाल हुँदा यो भएको हो।
2The census itself first took place when Cyrenius had the government of Syria.
3जम्मै मानिसहरू आफ्नो शहरहरूमा नाउँ पंञ्जिकृत गराउन गए।
3And all went to be inscribed in the census roll, each to his own city:
4यूसुफ पनि गालीलको नासरत शहरबाट यहूदियाको बेतलेहेम नामक शहरमा गए। बेतलेहेम शहरलाई दाऊदको शहर भनिन्थ्यो।
4and Joseph also went up from Galilee out of the city Nazareth to Judaea, to David's city, the which is called Bethlehem, because he was of the house and family of David,
5यूसुफ पंञ्जिकरणको लागि मरियमसंगै गए किनभने मरियमसंग उसको विवाह निश्चित भइसकेको थियो। मरियम त्यसबेला गर्भवती थिईन्।
5to be inscribed in the census roll with Mary who was betrothed to him [as his] wife, she being great with child.
6यूसुफ र मरियम बेतलेहेममा हुँदा नै बालक जन्मने समय भएको थियो।
6And it came to pass, while they were there, the days of her giving birth [to her child] were fulfilled,
7अनि तिनले जेठो पुत्र जन्माइन्। त्यसबेला धर्मशालाभित्र ठाउँ थिएन। त्यसैले तिनले आफ्नो बालकलाई लुगाहरूले बेरिन् अनि एउटा डूँडमा सुताइन।
7and she brought forth her first-born son, and wrapped him up in swaddling-clothes and laid him in the manger, because there was no room for them in the inn.
8त्यो राती त्यस क्षेत्रमा बाहिर खेतमा केही गोठालाहरू आफ्नो भेडाहरू हेरचाह गरिरहेका थिए।
8And there were shepherds in that country abiding without, and keeping watch by night over their flock.
9परमप्रभुको एउटा दूत यसैबेला तिनीहरूको अघि उभिए। परमप्रभुको महिमा तिनीहरूको चारैतिर चम्किरहेको थियो। ती गोठालाहरू खुबै डराए।
9And lo, an angel of [the] Lord was there by them, and [the] glory of [the] Lord shone around them, and they feared [with] great fear.
10तर त्यो स्वर्गदूतले तिनीहरूलाई भने, “डराउनु पर्दैन, किनभने म तिमीहरूलाई शुभ-समाचारहरू भन्न लागेकोछु। यसले सबै मानिसहरूलाई अत्यन्त र्हषित तुल्याउनेछ।
10And the angel said to them, Fear not, for behold, I announce to you glad tidings of great joy, which shall be to all the people;
11किनभने आज नै दाऊदको शहरमा तिमीहरूको निम्ति एउटा मुक्तिदाताको जन्म भएको छ। उहाँ ख्रीष्ट, प्रभु हुनुन्छ।
11for to-day a Saviour has been born to you in David's city, who is Christ [the] Lord.
12उहाँलाई तिमीहरूले यसरी चिन्नेछौः तिमीहरूले एउटा बालकलाई लुगाले बेह्रेको र डुँडमा सुतिरहेको भेट्टाउनेछौ।”
12And this is the sign to you: ye shall find a babe wrapped in swaddling-clothes, and lying in a manger.
13त्यसपछि अचानक अनगन्ति र्स्वगिय दूतहरू पहिलो दूतसंग भेला भए। सबै दूतहरूले यसो भन्दै परमेश्वरको प्रशंसा गरिरहेका गरे।
13And suddenly there was with the angel a multitude of the heavenly host, praising God and saying,
14सर्वोच्चमा परमेश्वरलाई महिमा। अनि जति मानिसहरूसंग परमेश्वर खुशी हुनुहुन्छ तिनीहरूमा शान्ति रहोस्।”
14Glory to God in the highest, and on earth peace, good pleasure in men.
15ती स्वर्गदूतहरूले गोठालाहरूलाई छोडे अनि स्वर्गतिर प्रस्थान गरे। गोठालाहरूले आपसमा कुरा गरे, “अब हामी बेतलेहेम जाऊँ, अनि के भएको छ हेरौं जसको विषयमा परमप्रभु परमेश्वरले हामीलाई थाहा दिनु भएको छ।”
15And it came to pass, as the angels departed from them into heaven, that the shepherds said to one another, Let us make our way then now as far as Bethlehem, and let us see this thing that is come to pass, which the Lord has made known to us.
16तिनीहरू हतारहतार त्यहाँ गए अनि मरियम र यूसुफलाई भेटे अन बालक डूँडमा सुतिरहेको थियो।
16And they came with haste, and found both Mary and Joseph, and the babe lying in the manger;
17गोठालाहरूले बालकलाई देखे। तब तिनीहरूले यो बालकको विषयमा स्वर्गदूतले जे भनेका थिए सुनाए।
17and having seen [it] they made known about the country the thing which had been said to them concerning this child.
18गोठालाहरूको कुरा सुनेर सबै छक्क परे।
18And all who heard [it] wondered at the things said to them by the shepherds.
19मरियमले यी सबै कुराहरू आफ्नै हृदयमा राखिन र ती विषयहरूमा सोचिरहिन्।
19But Mary kept all these things [in her mind], pondering [them] in her heart.
20गोठालाहरूले तिनीहरूले देखेका र सुनेका घटनाहरूका निम्ति परमेश्वरप्रति प्रशंसा गर्दै र महिमा गाउँदै आफ्ना भेडाहरू भएको ठाँउमा फर्के। स्वर्गदूतले तिनीहरूलाई वर्णन गरे झैं सबै सत्य सावित भयो।
20And the shepherds returned, glorifying and praising God for all things which they had heard and seen, as it had been said to them.
21जब बालक आठ दिनको भयो, उसको खतना गरियो अनि येशू नाउँ राखियो। यो त्यही नाउँ हो जुन बालक गर्भमा आउनअघि नै स्वर्गदूतले भनेका थियो।
21And when eight days were fulfilled for circumcising him, his name was called Jesus, which was the name given by the angel before he had been conceived in the womb.
22मोशाको व्यवस्था अनुसार जब मरियम र येशूलाई चोख्याउने दिन आइपुग्यो तिनीहरूले बालकलाई परमप्रभु अघि समर्पण गराउन यरूशलेम लगे।
22And when the days were fulfilled for their purifying according to the law of Moses, they brought him to Jerusalem to present [him] to the Lord
23परमप्रभुको व्यवस्थामा यस्तो लेखिएको छः “यदि कुनै परिवारमा पहिलो सन्तान पुरुष जन्मे ऊ परमप्रभुको निम्ति पवित्र मानिन्छ।”‘
23(as it is written in the law of [the] Lord: Every male that opens the womb shall be called holy to the Lord),
24अनि, “तिमीले एक जोडी ढुकुर अथवा एक जोडी बच्चा परेवा बलिदान स्वरूप प्रदान गर्नुपर्छ।” अनि यसकारण परमप्रभुको व्यवस्था अनुसार यो बलिदान प्रदान गर्न यरूशलेममा गए। शिमियोनले येशूलाई देखे
24and to offer a sacrifice according to what is said in the law of [the] Lord: A pair of turtle doves, or two young pigeons.
25शिमियोन नाउँ गरेको एकजना मानिस यरूशलेममा बस्थे। उनी भक्त र खुबै धार्मिकमानिस थिए। उनी इस्राएलको मुक्ति हेर्न प्रतीक्षा गरिरहेगा थिए अनि उनीमा पवित्र आत्मा हुनु हुन्थयो।
25And behold, there was a man in Jerusalem whose name was Simeon; and this man was just and pious, awaiting the consolation of Israel, and [the] Holy Spirit was upon him.
26परमप्रभु ख्रीष्टलाई नदेखे सम्म तिमी मर्नेछैनौ भनेर उनलाई पवित्र आत्माले भन्नु भएको थियो।
26And it was divinely communicated to him by the Holy Spirit, that he should not see death before he should see [the] Lord's Christ.
27आत्माले तिनलाई डोर्याउँदै मन्दिरमा आए। यहूदी नियम अनुसार जे गर्नु पर्ने थियो त्यही गर्नलाई येशूकी आमा र बाबुले बालकलाई मन्दिरमा ल्याए।
27And he came in the Spirit into the temple; and as the parents brought in the child Jesus that they might do for him according to the custom of the law,
28शिमियोनले आफ्नो काखमा बालक लिए अनि परमेश्वरलाई प्रशंसा गरे अनि भनेः
28*he* received him into his arms, and blessed God, and said,
29अब हे परमप्रभु, आफ्नो वचन अनुसार तपाईंको दासलाई शान्ति संग विदा दिनुहोस्।
29Lord, now thou lettest thy bondman go, according to thy word, in peace;
30किनभने मेरा आँखले तपाईंको उद्धार देखेकाछन्।
30for mine eyes have seen thy salvation,
31जो तपाईंले नै समस्त राष्ट्रहरूको अघि तयार पार्नुभएको हो।
31which thou hast prepared before the face of all peoples;
32तपाईंको पथ प्रदर्शनमा गैरयहूदीहरूको लागी प्रकाश उनी नै हुन। उनले नै तपाईंका मानिसहरूलाई इस्राएलमा ल्याउनेछन्।”
32a light for revelation of [the] Gentiles and [the] glory of thy people Israel.
33उनको विषयमा शिमियोनले यस्तो कुरा गरेको देखेर येशूको आमा बाबु छक्क परे।
33And his father and mother wondered at the things which were said concerning him.
34त्यसपछि शिमियोनले तिनीहरूलाई आशीर्वाद दिए अनि मरियम, येशूकी आमालाई भने, “यो बालक इस्राएलमा धेरैजनको उत्थान र पतनको कारण हुनछ। उनी चिन्ह हुनेछन् र जसलाई कतिपयद्वारा अस्वीकार गरिनेछ।
34And Simeon blessed them, and said to Mary his mother, Lo, this [child] is set for the fall and rising up of many in Israel, and for a sign spoken against;
35यसकारण धेरै मानिसहरूको विचारहरू प्रकाशमा आउनेछन्। अनि अउटा तरवाले तिम्रो मुटु पनि छेडेर जानेछ”
35(and even a sword shall go through thine own soul;) so that [the] thoughts may be revealed from many hearts.
36हन्ना, एकजना अगमवादिनी स्त्री पनि त्यहीं मन्दिरमा थिईन्। तिनी आशेर कुलको फनुएलकी छोरी थिईन। हन्ना धेरै बुढी भइसकेकी थिइन्। विवाह गरेर तिनले दाम्पत्य जीवन खालि सात र्वष मात्र बिताइन।
36And there was a prophetess, Anna, daughter of Phanuel, of [the] tribe of Asher, who was far advanced in years, having lived with [her] husband seven years from her virginity,
37त्यसपछि तिनको लोग्ने मरेको थियो अनि तिनी विधवा भएकी थिइन् औ अहिले तिनी चौरासी र्वष पुगेकी थिइन्। हन्ना सधैं मन्दिर रहन्थि। उनी कहीं जाँदिन थिइन्। रात दिन उपावस र प्रार्थना गर्दै मन्दिरमा परमेश्वरको आराधाना र्गथिन्।
37and herself a widow up to eighty-four years; who did not depart from the temple, serving night and day with fastings and prayers;
38ठीक समयमा तिनी त्यो बालकको आमा बाबुकहाँ आई पुग्नि औ परमेश्वरलाई धन्यवाद दिन थालिन्। ती जम्मै ज जसले यरूशलेमको उद्धारको निम्ति अपेक्षा गरिरहेका थिए तिनीहरूसंग उनको विषयमा बात गरिन्।
38and she coming up the same hour gave praise to the Lord, and spoke of him to all those who waited for redemption in Jerusalem.
39यूसुफ र मरियमले परमप्रभुको व्यवस्था अनुसार सबै काम सिद्धाए अनि तिनीहरू गालीलको आफ्नै शहर नासरतमा गए।
39And when they had completed all things according to the law of [the] Lord, they returned to Galilee to their own city Nazareth.
40सानो बालक दिनप्रति दिन बढदै गए। उनी बलियो हुँदै गए अनि ज्ञानले भरिए। परमेश्वरको अनुग्रह तिनको साथ थियो।
40And the child grew and waxed strong [in spirit], filled with wisdom, and God's grace was upon him.
41निस्तार चाडको बेला प्रत्येक र्वष नै येशूको आमा बाबु यरूशलेम जाने गर्थे।
41And his parents went yearly to Jerusalem at the feast of the passover.
42जब येशू बाह्र र्वष को हुनुभयो, सधैं झैं उहाँका माता पिता उहाँको साथमा त्यो भोजमा सामेल भए।
42And when he was twelve years old, and they went up [to Jerusalem] according to the custom of the feast
43जब भोज सिद्धियो तिनीहरू घर र्फकिरहेका थिए। तर बालक येशू यरूशलेममा नै बस्नु भयो। उहाँको विषयमा आमा -बाबुलाई केही थाहा भएन।
43and had completed the days, as they returned, the boy Jesus remained behind in Jerusalem, and his parents knew not [of it];
44तिनीहरूले सोचे कि उहाँ अन्य यात्रीहरूसंग हुनुहुन्छ, यसकारण तिनीहरू दिनभरी हिडीरहे । तब उहाँलाई आफ्नो साथी तथा आफन्तहरू माझ तिनीहरूले खोज्न लागे
44but, supposing him to be in the company that journeyed together, they went a day's journey, and sought him among their relations and acquaintances:
45तर यूसुफ र मरियमले उहाँलाई तिनीहरू बीचमा नदेख्ता तिनीहरू उहाँलाई खोज्न यरूशलेम फर्के।
45and not having found him they returned to Jerusalem seeking him.
46तीन दिनपछि तिनीहरूले उहाँलाई मन्दिरमा भेटे। येशू मन्दिरमा धार्मिक शिक्षकहरूसंग तिनीहरूका कुराहरू सुन्दै र तिनीहरूलाई प्रश्न गर्दै बसिहनु भएको थियो।
46And it came to pass, after three days they found him in the temple, sitting in the midst of the teachers and hearing them and asking them questions.
47ज-जसले उहाँलाई सुने उहाँको समझ र उत्तरहरूमा छक्क परिरहेका थिए।
47And all who heard him were astonished at his understanding and answers.
48जब उहाँका आमा-बाबुले उहाँलाई भेटे तिनीहरू आश्चर्य चकित भए। उहाँकी आमाले उहाँलाई भनिन्, “पुत्र, तिमीले हामीलाई किन यसो गर्यौ? तिम्रो बाबु अनि म तिमीलाई खोज्दा साह्रै चिन्तित थियौं।”
48And when they saw him they were amazed: and his mother said to him, Child, why hast thou dealt thus with us? behold, thy father and I have sought thee distressed.
49तब येशूले तिनीहरूलाई भन्नुभयो, “तपाईंहरूले मलाई किन खोजिरहनु भएको? के तपाईंहरू जान्नु हुन्न कि मेरा पिताको कार्य जहाँ हुन्छ म त्यहीं रहनु पर्छ?”
49And he said to them, Why [is it] that ye have sought me? did ye not know that I ought to be [occupied] in my Father's business?
50तर तिनीहरूले येशूले उनीहरूलाई दिनु भएको उत्तरको अर्थ बुझ्न सकेनन्।
50And they understood not the thing that he said to them.
51तब येशू तिनीहरूसंगै नासरत जानु भयो। उहाँले आफ्ना आमाबाबुले भनेका सबै कुराहरू मान्नु भयो। तर उहाँकी आमाले भने अझै त्यही कुराहरूनै मनमा राखिरहेकी थिइन्।
51And he went down with them and came to Nazareth, and he was in subjection to them. And his mother kept all these things in her heart.
52[This verse may not be a part of this translation]
52And Jesus advanced in wisdom and stature, and in favour with God and men.