1येशूले केही धनी मानिसहरूले मन्दिरको दान-पेटीमा उपहारहरू हाल्दै गरेको देख्नुभयो।
1And he looked up and saw the rich casting their gifts into the treasury;
2त्यहाँ उहाँले एउटी गरीब विधवालाई दुइवटा ताँबाका साना-साना सिक्काहरू पेटीमा हाल्दै गरेको देख्नुभयो।
2but he saw also a certain poor widow casting therein two mites.
3येशूले भन्नु भयो, “म तिमीहरूलाई साँचो भन्दछु, यो गरीब विधवाले अरू सबैले भन्दा धेरै दिई।
3And he said, Verily I say unto you, that this poor widow has cast in more than all;
4किनभने धनीहरूले आफूलाई नचाहिएको सम्पत्तिबाट भेटी चढाए। तर यो विधवा अत्यन्तै गरीब छे अनि उसले आफ्नो जति थियो सबै दिई। त्यो पैसा त्यसलाई जीविकाको लागि चाहिन्थ्यो।”
4for all these out of their abundance have cast into the gifts [of God]; but she out of her need has cast in all the living which she had.
5केही चेलाहरू मन्दिरको विषयमा बात गरिरहेका थिए। तिनीहरूले भने, “सुन्दर ढुङ्गाहरूद्वारा बनाइएको यो एउटा सुन्दर मन्दिर हो । परमेश्वरलाई चढाएको ती राम्र-राम्र चीजहरू हेर।”
5And as some spoke of the temple, that it was adorned with goodly stones and consecrated offerings, he said,
6तर येशूले भन्नुभयो, “एउटा समय आउनेछ, अहिले यहाँ तिमी जो देख्छौ प्रत्येक चीज नै नाश हुनेछ। प्रत्येक ढुगां नै फ्याँकिनेछ। कुनै एउटा ढुङ्गा पनि अर्को माथि रहनेछैन्।”
6[As to] these things which ye are beholding, days are coming in which there shall not be left stone upon stone which shall not be thrown down.
7ती चेलाहरूले येशूलाई सोधे, “हे गुरू, कहिले यस्तो घटना हुनेछ? यी घटनाहरू हुनेवाला छ भी जान्नलाई कस्तो चिन्ह पाइनेछ?”
7And they asked him saying, Teacher, when then shall these things be; and what [is] the sign when these things are going to take place?
8येशूले भन्नुभयो, “सर्तक बस! मूर्ख नबन। मेरो नाम लिदै धेरै मानिसहरू आउनेछन्। तिनीहरूले भन्नेछन्, म नै ख्रीष्ट हुँ, अनि, सही समय आएको छ! तर तिनीहरूलाई नपछयाउनु।
8And he said, See that ye be not led astray, for many shall come in my name, saying, *I* am [he], and the time is drawn nigh: go ye not [therefore] after them.
9जब तिमीहरूले लडाई र हलचलको विषयमा सुन्नेछौ, नडराऊ। यही कुरा पहिले हुनेछ। त्यसपछि अन्त आउनेछ।”
9And when ye shall hear of wars and tumults, be not terrified, for these things must first take place, but the end is not immediately.
10तब येशूले तिनीहरूलाई भन्नुभयो, “जाती-जातिहरूमाझ लडाई चल्नेछ। राज्य-राज्यहरूमाकझ झगडा चल्नेछ।
10Then he said to them, Nation shall rise up against nation, and kingdom against kingdom;
11ठूलो भूकम्प जानेछ, अनि विभिन्न ठाउँमा अनिकाल अनि बिमारहरू फैलिनेछ। भयानक घटनाहरू घटनेछन् अनि स्वर्गबाट ठूला-ठूला चिन्हरू दिइनेछ।
11there shall be both great earthquakes in different places, and famines and pestilences; and there shall be fearful sights and great signs from heaven.
12तर यी घटनाहरू हुन अघि, मानिसहरूले तिमीहरूलाई पक्रिनेछन् अनि तिमीहरूलाई सताउनेछन्। तिनीहरूका सभा-घरहरूमा तिमीहरूको न्याय गरिनेछ अनि तिमीहरूलाई झयालखानामा हाल्नेछन्। राजाहरू र राज्यपालहरू अघि तिमीहरूलाई उभ्याइनेछ। मानिसहरूले तिमीहरूलाई यसो गर्नुको कारण तिमीहरू मेरा चेलाहरू हौ।
12But before all these things they shall lay their hands upon you and persecute you, delivering [you] up to synagogues and prisons, bringing [you] before kings and governors on account of my name;
13तर यसले मेरो विषयमा केही भन्ने मौका पनि मिल्नेछ।
13but it shall turn out to you for a testimony.
14तिमीहरूले आफ्नो बचाऊको लागि के भन्नु पर्छ त्यस विषयमा चिन्ता गर्नु पर्दैन।
14Settle therefore in your hearts not to meditate beforehand [your] defence,
15म तिमीहरूलाई यस्तो शब्द ज्ञान दिनेछु कि तिमीहरूको कुनै शत्रुले पनि जवाफ दिन सक्तैन।
15for *I* will give you a mouth and wisdom which all your opposers shall not be able to reply to or resist.
16तिमीहरूको बाबु-आमा, दाज्युभाइहरू, आफन्तहरू, र मित्रहरूले समेत तिमीहरूलाई प्रशासनलाई सुम्पिनेछन्, अनि तिनीहरूले तिमीहरू मध्ये कतिलाई मार्ने पनि छन्।
16But ye will be delivered up even by parents and brethren and relations and friends, and they shall put to death [some] from among you,
17सबै मानिसहरूले तिमीहरूलाई मेरो अनुशरण गरेकोमा त्याग गर्नेछन्।
17and ye will be hated of all for my name's sake.
18तर यी सब कुराहरूले शिरको एउटा केश पनि नष्ट हुनेछैन।
18And a hair of your head shall in no wise perish.
19तिमीहरूको विश्वासले गर्दा यी सबै विपदहरूबाट बाँच्नेछौ।
19By your patient endurance gain your souls.
20“तिमीहरूले यरूशलेमको वरिपरि सबै तिरबाट फौजले घेरेको पाउनेछौ। तब तिमीहरूलाई थाहा हुनेछ कि यरूशलेमको पतनको सयम नजिक आएछ।
20But when ye see Jerusalem encompassed with armies, then know that its desolation is drawn nigh.
21त्यसबेला यहूदियाका मानिसहरू डाँडाकाँडातिर भाग्नु पर्छ। मानिसहरूले तत्कालै यरूशलेम छोडनु पर्छ। यदि तिमीहरू शहर नजिकै छौ भने, त्यहाँभित्र नजाऊ। दण्ड दिनुहुनेछ भनी लेखेका छन्।
21Then let those who are in Judaea flee to the mountains, and those who are in the midst of it depart out, and those who are in the country not enter into it;
22त्यस समय हो जब ती जम्मै कुराहरू पूरा हुनेछ।
22for these are days of avenging, that all the things that are written may be accomplished.
23त्यस समय गर्भवती स्त्री र दूधे बालकका आमाहरूको निम्ति भयानक हुनेछ। किन? किनभने यो भूमिमा अति कष्ट आइपर्नेछ। परमेश्वरको रिस ती मानिसहरूमाथि पर्नेछ।
23But woe to them that are with child and to them who give suck in those days, for there shall be great distress upon the land and wrath upon this people.
24कतिजना मानिसहरू सिपाहीहरूद्वारा मारिनेछन्। कतिजनालाई कैदी बनाई सबै देशहरूमा लगिनेछ। यरूशलेमको पवीत्र शहरमा गैरयहूदीहरूको समय शेष नहुञ्जेल तिनीहरू पाइताला ठटाएर हिडी रहनेछन्।
24And they shall fall by the edge of the sword, and be led captive into all the nations; and Jerusalem shall be trodden down of [the] nations until [the] times of [the] nations be fulfilled.
25“सूर्य, चन्द्र र ताराहरूमा पनि आश्चर्य घटनाहरू घट्नेछन्। अनि पृथ्वीमा सबै जाति-जातिहरू सङकटमा पर्नेछन्। सागरका गर्जन र उर्लेका झोक्काहरूले तिनीहरूलाई अत्तालाउनेछन।
25And there shall be signs in sun and moon and stars, and upon the earth distress of nations in perplexity [at] the roar of the sea and rolling waves,
26मानिसहरू भयभित हुनेछन्। संसारमा के हुने हो भनी चिन्ताले तिनीहरू आतङिकत हुनेछन्। आकाशको शक्तिहरू हल्लाइनेछन्।
26men ready to die through fear and expectation of what is coming on the habitable earth, for the powers of the heavens shall be shaken.
27तब मानिसको पुत्रलाई शक्ति र महा महिमासँग बादल माथि आउँदै गरेको देखिनेछ।
27And then shall they see the Son of man coming in a cloud with power and great glory.
28जब यी सब चीजहरू शुरू हुनथाल्छ, नडारउनु। माथितिर हेर, अनि खुशी बन। किनभने जति बेला परमेश्वरले तिमीहरूलाई मुक्ति दिनु हुन्छ, त्यो समय नजीक छ।”
28But when these things begin to come to pass, look up and lift up your heads, because your redemption draws nigh.
29त्यसपछि येशूले यस्तो दृष्टान्त भन्नुभयोः “यी सबै रूखहरूलाई हेर। नेभाराको रुख यसको लागि असल उदाहरण हो।
29And he spoke a parable to them: Behold the fig-tree and all the trees;
30जब यो हरियो हुन्छ (बढ्नेछ), तिमीहरूलाई थाहा हुनेछ कि ग्रीष्म ऋतु नजिकै आयो।
30when they already sprout, ye know of your own selves, [on] looking [at them], that already the summer is near.
31त्यसरीनै जब यी सब भइरहेको देख्नेछौ, तब परमेश्वरको राज्य नजिकै आइ पुग्न लागेको हुनेछ।
31So also *ye*, when ye see these things take place, know that the kingdom of God is near.
32“म तिमीहरूलाई साँच्चै भन्दछु। जबसम्म यी घटनाहरू घटी सक्तैनन वर्त्तमान पुस्ता तुरिएको हुँदैनन्।
32Verily I say unto you, that this generation shall in no wise pass away until all come to pass.
33आकाश र पृथ्वी ध्वंस हुनेछ; तर मैले भनेका वचनहरू कहिले खेरा जाने छैनन्।
33The heaven and the earth shall pass away, but my words shall in no wise pass away.
34“होशियार बस! आफ्नो समय महाभोजहरूमा मात्र नबिताऊ। अथवा, संसारिक कुराहरूमा मात्र समय नफाल। किनभने त्यो दिन तिमीमा धरापमा परे झैं झट्टै आई लाग्नेछ।
34But take heed to yourselves lest possibly your hearts be laden with surfeiting and drinking and cares of life, and that day come upon you suddenly unawares;
35पृथ्वीमा भएका सबैमाथि यस्तो एक्कासि आइपर्नेछ।
35for as a snare shall it come upon all them that dwell upon the face of the whole earth.
36यसर्थ, हर समय तयार बस। प्रार्थना गर जसद्वारा तिमी ती आई पर्ने संकटबाट बाँच्न सक्नेछौ। प्रार्थना गर ताकि तिमीहरू मानिसको पुत्र अघि खडा हुन सक्नेछौ।”
36Watch therefore, praying at every season, that ye may be accounted worthy to escape all these things which are about to come to pass, and to stand before the Son of man.
37येशूले दिनभरि मन्दिरमा उपदेश दिनुभयो अनि राती शहर बाहिर गएर जैतुन भन्ने पाहाडमा बिताउनु भयो।
37And by day he was teaching in the temple, and by night, going out, he remained abroad on the mountain called [the mount] of Olives;
38[This verse may not be a part of this translation]
38and all the people came early in the morning to him in the temple to hear him.