1त्यसछि तिनीहरू सबै उठे अनि येशूलाई पिलातसकहाँ पुर्योए।
1And the whole multitude of them, rising up, led him to Pilate.
2तिनीहरूले उहाँलाई दोष दिन थाले। तिनीहरूले पिलातसलाई भने, “उहाँले हाम्रा मानिसहरूलाई पथ भ्रष्ट गराँउदै थिए र हामीले उहाँलाई पक्रेकाछौं। उहाँले सिजरलाई कर तिर्नु विरोध गर्नुहुन्छ। उहाँ दावी गर्नु हुन्छ, उहाँ ख्रीष्ट राजा हुनुन्छ।”
2And they began to accuse him, saying, We have found this [man] perverting our nation, and forbidding to give tribute to Caesar, saying that he himself is Christ, a king.
3पिलातसले यशूलाई भने, “के तपाईं यहूदीहरूका राजा हुनुहुन्छ?” येशूले उत्तर दिनुभयो, “हो, त्यो सही हो।”
3And Pilate demanded of him saying, Art *thou* the king of the Jews? And he answering him said, Thou sayest.
4पिलातसले मुख्य पूजाहारीहरू अनि अग्रज मानिसहरूलाई भने, “मैले यो मानिसमाथि आरोप थोप्न कुनै दोष पाइन।”
4And Pilate said to the chief priests and the crowds, I find no guilt in this man.
5तिनीहरूले घरि घरि भने, “तर यो मानिसले! यहूदीयाभरि मानिसहरूलाई उहाँको शिक्षाले उत्तेजित पारी रहेकोछ। उहाँले गालीलमा शुरू गर्नुभयो, अनि अहिले यहीं हुनुहुन्छ।”
5But they insisted, saying, He stirs up the people, teaching throughout all Judaea, beginning from Galilee even on to here.
6यो सुने पछि यो मानिस गालीलबाट आएको हो होइन पिलातसले सोधे।
6But Pilate, having heard Galilee [named], demanded if the man were a Galilaean;
7पिलातसले चाल पाए कि येशू हेरोदको क्षेत्रका थिए। त्यस समय हेरोद यरूशलेममा नै थिए। त्यसैले पिलातसले उहाँलाई हेरोदकहाँ पठाए।
7and having learned that he was of Herod's jurisdiction, remitted him to Herod, who himself also was at Jerusalem in those days.
8जब हेरोदले येशूलाई देखे, उनी अत्यन्त खुशी भए। हेरोदले येशूको विषयमा सबै सुनेका थिए। यसैले धेरै दिनदेखि येशूलाई भेट्ने उनको इच्छा थियो। येशूले केही चमत्कार देखाउन् भन्ने हेरोदले आशा गरे।
8And when Herod saw Jesus he greatly rejoiced, for he had been a long while desirous of seeing him, because of hearing many things concerning him, and he hoped to see some sign done by him;
9हेरोदले उहाँलाई अनेकौं प्रश्नहरू गरे, तर येशूले कुनै उत्तर दिनुभएन।
9and he questioned him in many words, but *he* answered him nothing.
10मुख्य पूजाहारी र व्यवस्थाका शास्त्रीहरू त्यहीं उभिरहेका थिए। तिनीहरू येशूको विरुद्ध दोष लगाएर कराइरहेका थिए।
10And the chief priests and the scribes stood and accused him violently.
11तब हेरोद र तिनका सिपाहीहरूले येशूलाई खिसी गरे। तिनीहरूले येशूलाई राजाको पोशाक पहिराइ दिएर पिलातस भएकहाँ नै पठाए।
11And Herod with his troops having set him at nought and mocked him, having put a splendid robe upon him, sent him back to Pilate.
12बितेका दिनाहरूमा हेरोद र पिलातस माझ शत्रुता थियो। तर त्यस दिन ती दुइमाझ मित्रता शुरू भयो।
12And Pilate and Herod became friends with one another the same day, for they had been at enmity before between themselves.
13पिलातसले मुख्य पूजाहारीहरू र यहूदी शासकहरू
13And Pilate, having called together the chief priests and the rulers and the people,
14पिलातसले तिनीहरूलाई भने, “तिमीहरूले यो मानिसलाई मकहाँ ल्यायौ। तिमीहरूले भन्यौ कि यो मानिसले मानिसहरूलाई मकहाँ उत्तेजित गराइरहेकोछ। तर मैलै तिमीहरूकै अघि उहाँलाई जाँचे। तर तिमीहरूले लगाएको कुनै पनि दोषरोपनमा मैले उहाँमाथि कुनै दोष पाईन।
14said to them, Ye have brought to me this man as turning away the people [to rebellion], and behold, I, having examined him before you, have found nothing criminal in this man as to the things of which ye accuse him;
15त्यसरी नै हेरोदले पनि उहाँमा कुनै दोष देखेनन्। तिनले त्यसैले गर्दा उहाँलाई हामीकहाँ पठाएका हुन्। हेर, येशूले कुनै दोष गर्नु भएको छैन कि उहाँले मृत्यु दण्ड पाउन्।
15nor Herod either, for I remitted you to him, and behold, nothing worthy of death is done by him.
16यसकारण, म उहाँलाई हलुका सजाय दिएर छोडिदिनेछु।”
16Having chastised him therefore, I will release him.
17[This verse may not be a part of this translation]
17( Now he was obliged to release one for them at the feast.)
18तर सबै मानिसहरू चिच्याए, “उसलाई मार्नै पर्छ। बरू बरब्बासलाई छोडिदिनुहोस्।”
18But they cried out in a mass saying, Away with this [man] and release Barabbas to us;
19बरब्बासले शहरमा दङ्गा फैलाएको कारण झयालखानमा परेका थियो। त्यसले हत्या पनि गरेको थियो।
19who was one who, for a certain tumult which had taken place in the city, and [for] murder, had been cast into prison.
20पिलातसले येशूलाई मुक्त गर्न चहान्थे। फेरि उनले येशूलाई छोडिदिने बारे तिनीहरूसँग कूरा गरे।
20Pilate therefore, desirous to release Jesus, again addressed [them].
21तर तिनीहरू चिच्याइरहे, “उसलाई क्रूसमा झुण्डयाऊ, उसलाई क्रूसमा झुण्डयाऊ।”
21But they cried out in reply saying, Crucify, crucify him.
22तेस्रोपल्ट पिलातसले मानिसहरूलाई भने, “किन? उहाँले त्यस्तो के गल्ती गर्नु भएको छ? उहाँ दोषी हुनुहुन्न। उहाँलाई मार्नै पर्ने केही कारण भेट्टाइन। यसकारण सामान्य सजाय दिएर म उहाँलाई छोडिदिनेछु।”
22And he said the third time to them, What evil then has this [man] done? I have found no cause of death in him: I will chastise him therefore and release him.
23तर येशूलाई क्रूसमा झुण्डाएर मार्नू पर्छ भन्ने विन्ती गर्दै मानिसहरू चिच्याइ रहे।
23But they were urgent with loud voices, begging that he might be crucified. And their voices [and those of the chief priests] prevailed.
24तिनीहरू यति साहो चिच्याए कि पिलातसले तिनीहरूको निवेदन पूरा गर्ने निर्णय लिए।
24And Pilate adjudged that what they begged should take place.
25मानिसहरू बरब्बासलाई मुक्त गराउन चहान्थे। बरब्बासले मानिसहरूको हत्या गरेको र आतङक फैलाएको आरोपमा कैदमा परेको थियो। पिलातसले बरब्बासलाई मुक्त गिरदिए। तिनीहरूको इच्छा अनुसार जे गर्नु चाहन्थे त्यही गर्नु तिनीहरूलाई येशूलाई तिनले सुम्पिए।
25And he released him who, for tumult and murder, had been cast into prison, whom they begged for, and Jesus he delivered up to their will.
26सिपाहीहरूले येशूलाई मार्न टाढा लगेर गए। त्यसैबेला एउटा मानिस खेतबाट आफ्नो शहरतिर र्फकिरहेको थियो। त्यसको नाम शिमोन थियो। शिमोन साइरेनीवासी थिए। सिपाहीहरूले शिमोनलाई येशूको पछि पछि क्रूस बोकेर हिंडन बाध्य गराए।
26And as they led him away, they laid hold on a certain Simon, a Cyrenian, coming from the field, and put the cross upon him to bear it behind Jesus.
27धेरै मानिसहरू येशूको पछि लागे। कोही स्त्रीहरू दुखी भएर विलाप गरिरहेका थिए।
27And a great multitude of the people, and of women who wailed and lamented him, followed him.
28तर येशूले फर्केर ती स्त्रीहरूलाई भन्नुभयो, “ए यरूशलेमका स्त्रीहरू हो, मेरो निम्ति नरोओ। तिमीहरू आफ्नै निम्ति र आफ्नो छोरा-छोरीको निम्ति विलाप गर!
28And Jesus turning round to them said, Daughters of Jerusalem, do not weep over me, but weep over yourselves and over your children;
29समय त्यस्तो आइरहेकोछ कि मानिसहरूले भन्नेछन्, ‘धन्य हुन ती स्त्रीहरू जसले कहिल्यै पनि बालकहरूलाई दूध चुसाएन।
29for behold, days are coming in which they will say, Blessed [are] the barren, and wombs that have not borne, and breasts that have not given suck.
30त्यसपछि मानिसहरूले पर्वतहरूलाई भन्नेछन्, हामीमाथि खस्! अनि पहाडलाई भन्नेछन्, हामीलाई छोप!
30Then shall they begin to say to the mountains, Fall upon us; and to the hills, Cover us:
31जब जीवन सुखी हुँदा यदि मानिसहरूले यस्तो कर्म गर्छन् भने, जब नराम्रो समय आएको बेला के हुने होला?”
31for if these things are done in the green tree, what shall take place in the dry?
32दूइजना अरू अपराधीहरूलाई पनि उहांसंगै मार्न अघि लगाइएको थियो।
32Now two others also, malefactors, were led with him to be put to death.
33येशू र ती दुइ अपराधीहरूलाई “खप्परे” भन्ने ठाँउमा लगियो। सिपाहीहरूले येशूलाई काँटी ठोकेर क्रूसको दुइ छेउमा तिनीहरूले ती दुइ अपराधीहरूलाई पनि टाँगे। तिनीहरूले एकजनालाई येशूको दाहिनेपट्टि र अर्कोलाई देब्रेपट्टि राखे।
33And when they came to the place which is called Skull, there they crucified him, and the malefactors, one on the right hand, the other on the left.
34येशूले भन्नुभयो, “हे पिता, तिनीहरूलाई माफ दिनुहोस् किनभने तिनीहरू के गरिरेहछन्, जान्दैन्।” सिपाहीहरूले चिट्टा उढाएर उनको लुगाहरू बाँडे।
34And Jesus said, Father, forgive them, for they know not what they do. And, parting out his garments, they cast lots.
35मानिसहरू येशूलाई हेरेर उभिए। यहूदी प्रमुखहरू येशूलाई यसो भन्दै निन्दा गरे, “यदि ऊ नै परमेश्वरले छान्नु भएको, ख्रीष्ट हो भने, जसरी उसले अरूलाई बचायो उसले आफैलाई बचाउने काम गरोस्?
35And the people stood beholding, and the rulers also [with them] sneered, saying, He has saved others; let him save himself if this is the Christ, the chosen one of God.
36सिपाहीहरूले पनि येशूको खिल्ली उडाए। तिनीहरू येशूको नजीक गए अनि उहाँलाई दाखरसको सिर्का-दिए।
36And the soldiers also made game of him, coming up offering him vinegar,
37ती सिपाहीहरूले भने, “यदि तिमी यहूदीहरूको राजा हौ भने आफैंले आफैंलाई बचाउ।”
37and saying, If *thou* be the king of the Jews, save thyself.
38क्रूसको माथिल्लो भागमा यी शब्दहरू लेखिएको थिए “यो यहूदीहरूको राजा हो।”
38And there was also an inscription [written] over him in Greek, and Roman, and Hebrew letters: This is the King of the Jews.
39एकजना अपराधीले येशूलाई अपमान गर्दै भन्यो, “के तपाईं ख्रीष्ट हुनुहुन्न? त्यसो हो भने आफूलाई बँचाउनु होस् अनि हामीलाई पनि बचाउनुहोस्।”
39Now one of the malefactors who had been hanged spoke insultingly to him, saying, Art not thou the Christ? save thyself and us.
40तर अर्को अपराधीले गाली गर्यो अनि भन्यो, “के तिमी परमेश्वससँग डराउँछौ?हामी चाँडै मर्नेछौं।
40But the other answering rebuked him, saying, Dost *thou* too not fear God, thou that art under the same judgment?
41तिमी र म अपराधी हौ हामीले गर्नै पर्छ किनभने हामीले अपराध गरेका छौं। तर यस मानिसले केही भूल गरेको छैन!”
41and *we* indeed justly, for we receive the just recompense of what we have done; but this [man] has done nothing amiss.
42त्यसपछि उसले येशूलाई भन्यो, “हे येशू! जब तपाईं राजा भएर शासन गर्नुहुन्छ त्यसबेला मलाई सम्झनु होस्।”
42And he said to Jesus, Remember me, [Lord,] when thou comest in thy kingdom.
43तब येशूले त्यसलाई भन्नुभयो, “सुन! जे भन्दछु त्यो साँचो होः आज नै तिमी पनि मसँग स्वर्ग-लोकमा हुनेछौ!”
43And Jesus said to him, Verily I say to thee, To-day shalt thou be with me in paradise.
44अत प्राथः मध्यदिन समय भएको थियो, र सारा देश-भरि नै तीन बजे सम्म अन्धकार छायो।
44And it was about [the] sixth hour, and there came darkness over the whole land until [the] ninth hour.
45सूर्यको उज्यालो थिएन! मन्दिरको पर्दा दुइटुक्रा भएर वारपार च्यातियो।
45And the sun was darkened, and the veil of the temple rent in the midst.
46येशू चिच्याउनुभयो, “हे पिता, म तपाईंलाई मेरो आत्मा दिंदैछु।” यति भनेर उहाँले आफ्नो प्राण त्यागनुभयो।
46And Jesus, having cried with a loud voice, said, Father, into thy hands I commit my spirit. And having said this, he expired.
47सैनिक अधिकारीले के भएको थियो देखे। तिनले परमेश्वरको प्रशंसा गर्दै भने, “निश्चय यी मानिस धार्मिक मानिस हुन्।”
47Now the centurion, seeing what took place, glorified God, saying, In very deed this man was just.
48धेरै मानिसहरू यो दृश्य हेर्न त्यहाँ भेला भएका थिए। जब तिनीहरूले के भयो, देखे तिनीहरूले आफ्नो हृदय गहौं गराए अनि गए।
48And all the crowds who had come together to that sight, having seen the things that took place, returned, beating [their] breasts.
49येशूका घनिष्ट सबै साथीहरू त्यहीं थिए। गालीलदेखि येशूलाई पछ्याएर आउने केही स्त्रीहरू पनि त्यहाँ थिए। तिनीहरू क्रूसदेखि धेरै टाडा थिए अनि हेरिरहेका थिए।
49And all those who knew him stood afar off, the women also who had followed him from Galilee, beholding these things.
50[This verse may not be a part of this translation]
50And behold, a man named Joseph, who was a councillor, a good man and a just
51[This verse may not be a part of this translation]
51(this [man] had not assented to their counsel and deed), of Arimathaea, a city of the Jews, who also waited, [himself also,] for the kingdom of God
52तिनी पिलातसकहाँ येशूको शरीर माग्न गए। पिलातसले तिनलाई येशूको शरीर दिन राजी भए।
52-- he having gone to Pilate begged the body of Jesus;
53अनि यूसुफले क्रूसबाट शरीष्ठ्वरलाई तल ओह्रालेर एउटा लुगाले बेह्रे। अनि तिनले येशूको शरीर लगे अनि चट्टानमा खनिएको चिहानमा राखे। यो चिहान अघि कहिल्यै चलाईएको थिएन।
53and having taken it down, wrapped it in fine linen and placed him in a tomb hewn in the rock, where no one had ever been laid.
54त्यो तयारीको दिन थियो। जब सूर्य अस्ताउँदै थियो, विश्रामको दिन शुरू हुनेवाला थियो।
54And it was preparation day, and [the] sabbath twilight was coming on.
55गालीलबाट येशूसंगै आएका स्त्रीहरूले यूसुफलाई पछयाउन लागे। तिनीहरूले चिहान अनि त्यस भित्र शरीर कसरी राखिएको थियो देखे।
55And women, who had come along with him out of Galilee, having followed, saw the sepulchre and how his body was placed.
56त्यसपछि तिनीहरू सुगन्धित मसाला तयार पार्न घर गए। विश्रामको दिन मोशाको नियमको आज्ञा अनुसार तिनीहरूले विश्राम गरे।
56And having returned they prepared aromatic spices and ointments, and remained quiet on the sabbath, according to the commandment.