Nepali

Darby's Translation

Mark

10

1त्यसपछि येशूले त्यो ठाऊँ छाडनुभयो। उहाँ यहूदीयाको र इलाका औ यर्दन नदिको पारिपट्टि जानुभयो। फेरि अनेकों मानिसहरू उहाँ भएकहाँ आए, अनि उहाँले अघि झैं मानिस हरूलाई सिकाउनुभयो।
1And rising up thence he comes into the coasts of Judaea, and the other side of the Jordan. And again crowds come together to him, and, as he was accustomed, again he taught them.
2केही फरिसीहरू येशूकहाँ आएर येशूलाई परीक्षा लिने कोशिश गरे। तिनीहरूले उहाँलाई भने, “के कुनै मानिसले आफ्नो पत्नीसंग विवाह विच्छेद गर्नु उचित हो?”
2And Pharisees coming to [him] asked him, Is it lawful for a man to put away [his] wife? (tempting him).
3येशूले उत्तर दिनुभयो, “मोशाले तिमीहरूलाई कस्तो आज्ञा पालन गर्नु भन्नु भएको छ?”
3But he answering said to them, What did Moses command you?
4फरिसीहरूले भने, “मोशाले अनुमति दिए कि मानिसले एउटा विवाह विच्छेद पत्र लेखेर आफ्नो स्वास्नीसंग विवाहविच्छेद गर्न सक्छ।”
4And they said, Moses allowed to write a bill of divorce, and to put away.
5येशूले भन्नुभयो, “मोशाले त्यो आज्ञा तिमीहरूलाई नै लेखिदिएको हो। किनभने परमेश्वर को शिक्षा ग्रहण गर्न तिमीहरूले चाहेकाछैनौ।
5And Jesus answering said to them, In view of your hard-heartedness he wrote this commandment for you;
6तर जब परमश्वरले संसार बनाउनु भयो, उहाँले मानिसहरूलाई पुरुष र स्त्रीको रूपमा बनाउनुभयो,
6but from [the] beginning of [the] creation God made them male and female.
7त्यसकारण कुनै मानिस आफ्नो बाबु र आमा त्याग्छ र आफ्ना स्वस्नीसंग बस्छ।
7For this cause a man shall leave his father and mother and shall be united to his wife,
8अनि तब ती दुइजना एक हुन्छन्।
8and the two shall be one flesh: so that they are no longer two but one flesh.
9यसकारण मानिसहरू अलग हुँदैन जसलाई परमेश्वरले एक बनाएका छन्। तिनी दूइजना रहँदैनन् एक हुन्छन।”
9What therefore God has joined together, let not man separate.
10त्यसपछि, येशू र चेलाहरू एउटा घरभित्र थिए। चेलाहरूले येशूलाई फेरि विवाहविच्छेद बारे सोधे।
10And again in the house the disciples asked him concerning this.
11उहाँले भन्नुभयो, “यदि कुनै मानिसले आफ्नी पत्निसंग विवाह विच्छेद गर्छ, अनि अर्की स्त्रीसँग विवाह गर्छ भने त्यसले आफ्नी पत्नीसंग व्यभिचारको पाप गरेको ठरिन्छ।
11And he says to them, Whosoever shall put away his wife and shall marry another, commits adultery against her.
12त्यसरी यदि कुनै स्त्रीले आफ्नो लोग्नेसंग विवाह विच्छेद गर्छे अनि अर्को लोग्नेसंग विवाह गर्छे भने त्यो पनि व्यभिचार हो।”
12And if a woman put away her husband and shall marry another, she commits adultery.
13मानिसहरूले तिनीहरूको बालकहरूलाई येशू समक्ष ल्याए, ताकि उहाँले तिनीहरूलाई छोईदिऊन्। तर चेलाहरूले मानिसहरूलाई बालकहरू लिएर आएकोमा हकारे।
13And they brought little children to him that he might touch them. But the disciples rebuked those that brought [them].
14त्यहाँ जे घटना घट्यो येशूले देख्नुभयो। उहाँले बालकहरूलाई उहाँकहाँ नआउनु भनेर रोकेकोमा क्रोध प्रकट गर्नुभयो। येशूले तिनीहरूलाई भन्नुभयो, “साना बालकहरूलाई मकहाँ आउन देऊ। तिनीहरूलाई नरोक, किनभने परमेश्वरको राज्य तिनीहरूको नै हो जो यी बालकहरू जस्तै छन्।
14But Jesus seeing [it], was indignant, and said to them, Suffer the little children to come to me; forbid them not; for of such is the kingdom of God.
15म तिमीहरूलाई साँचो भन्दछु। तीमीहरूले परमेश्वरको राज्यलाई ग्रहण गर्नै पर्दछ, जसरी सो दिइएको कुरा स्वीकार्दछ, नत्र भने तिमीहरू कहिल्यै त्याहाँ पस्न पाउने छैनौ।”
15Verily I say to you, Whosoever shall not receive the kingdom of God as a little child, shall in no wise enter into it.
16त्यसपछि येशूले ती बालकलाई आफ्नो काखमा लिनुभयो। उहाँले आफ्नो हातहरू तिनीहरूमाथि राख्नुभयो अनि आशीर्वाद दिनुभयो।
16And having taken them in his arms, having laid his hands on them, he blessed them.
17येशू हिडन लाग्नु भयो, त्यसैबेला एउटा मानिस दगुर्दै आयो, येशूको अघि घुँडा टेक्यो। त्यस मानिसले उहाँलाई भन्यो, हे असल गुरुज्यू अनन्त जीवन प्राप्त गर्नलाई मैले के गर्नुपर्छ?”
17And as he went forth into the way, a person ran up to [him], and kneeling to him asked him, Good Teacher, what shall I do that I may inherit eternal life?
18येशूले उत्तर दिनुभयो, “तिमीले मलाई किन असल भन्दैछौ? कुनै मानिस असल छैन। खाली परमेश्वर मात्र असल हुनुहुन्छ।
18But Jesus said to him, Why callest thou me good? no one is good but one, [that is] God.
19यसैले म तिम्रो प्रश्नको उत्तर दिन्छु। तिमी आज्ञाहरू त जान्दछौः ‘तिमीले कसैको हत्या गर्नु हुँदैन, कसैलाई व्यभिचार गर्नु हुँदैन, चोर्नु हुँदैन, झूटो साक्षी दिनु हुँदैन, अरूलाई ठग्नु हुँदैन, तिमीले आफ्नो बाबू र आमालाई आदर गर्नैपर्छ।”
19Thou knowest the commandments: Do not commit adultery, Do not kill, Do not steal, Do not bear false witness, Do not defraud, Honour thy father and mother.
20त्यो मानिसले भन्यो, “गुरूज्यू, मैले यी सब आज्ञाहरू मेरो बालकपनदेखि नै पालन गर्दै आएको छु।”
20And he answering said to him, Teacher, all these things have I kept from my youth.
21येशूले त्यस मानिसलाई फर्केर हेर्नुभयो। उहाँले त्यसलाई प्रेम दर्शाउनु भयो अनि भन्नुभयो, “तिमीले पालन गर्नु पर्ने अझै एक अर्को आज्ञा छ। जाऊ अनि आफ्नो सबै चीजहरू बेचिदेऊ, गरीब मानिसहरू माझ त्यो पैसा बाँडिदेऊ। यसको निम्ति स्वर्गमा तिमीलाई इनाम मिल्नेछ। त्यसपछि मकहाँ आऊ, अनि मलाई पछ्याऊ।”
21And Jesus looking upon him loved him, and said to him, One thing lackest thou: go, sell whatever thou hast and give to the poor, and thou shalt have treasure in heaven; and come, follow me, [taking up the cross].
22जब त्यस मानिसले येशूबाट यी सबै कुरा सुन्यो उसको अनुहार अँध्यारो भयो। त्यो मानिस दुःखी बन्यो, किनभने त्यो खुबै धनी थियो आफ्नो धन गुमाउन चाहदैन्थ्यो।
22But he, sad at the word, went away grieved, for he had large possessions.
23त्यसपछि येशूले आफ्नो चेलाहरूलाई हेर्नुभयो अनि तिनीहरूलाई भन्नुभयो, “परमेश्वरको राज्यमा पस्नुलाई एकजना धनी मानिसलाई निकै गाहो पर्छ”
23And Jesus looking around says to his disciples, How difficultly shall they that have riches enter into the kingdom of God!
24अनि येशूका कुरामा चेलाहरू अचम्भित भए। तर येशूले तिनीहरूलाई फेरि भन्नु भयो। “हे मेरो नानीहरू, परमेश्वरको राज्यमा पस्नु अति गाह्रो छ।
24And the disciples were amazed at his words. And Jesus again answering says to them, Children, how difficult it is that those who trust in riches should enter into the kingdom of God!
25धनी मानिसलाई परमेश्वरको राज्यभित्र पस्नुभन्दा ऊँटलाई सियोको नाथ्रीबाट छिरेर जानु सजिलो छ।”
25It is easier for a camel to go through the eye of a needle than for a rich man to enter into the kingdom of God.
26चेलाहरू अति अचम्मित भए, अनि एक अर्कामा चर्चा गर्न लागे, “त्योसो भए को चाँहि पस्नुसक्छ?”
26And they were exceedingly astonished, saying to one another, And who can be saved?
27येशूले चेलाहरूलाई हेर्नुभयो अनि भन्नुभयो, “मानिसहरूको निम्ति यी सब असम्भव छ, तर यी सबै परमेश्वरमा असम्भव छैन। किनभने, परमेश्वरको निम्ति यी सबै सम्भव छ।”
27But Jesus looking on them says, With men it is impossible, but not with God; for all things are possible with God.
28पत्रुसले येशूलाई भने, “हामिले सब त्याग्यौ अनि तपाईंको अनुशरण गर्यौं।”
28Peter began to say to him, Behold, *we* have left all things and have followed thee.
29येशूले भन्नुभयो, “म तिमीहरूलाई साँचो भन्दछु। प्रत्येक मानिस जसले मेरो निम्ति आफ्नो घर, दाज्यूभाई, दिदी बहिनी, आमा बाबु, बालकहरू वा खेत जमीन छोडेर सुसमाचारमा लागेको छ
29Jesus answering said, Verily I say to you, There is no one who has left house, or brethren, or sisters, or father, or mother, [or wife], or children, or lands, for my sake and for the sake of the gospel,
30उसले आफूले त्यागेको भन्दा सयौं गुणा अधिक पाउनेछ। यहाँ यस संसारमा त्यस मानिसले घरहरू दाज्यूभाईहरू, दीदी-बहिनीहरू, आमाहरू बालकहरू अनि खेत सबै पाउनेछ। यी सहित उसले यातना पाउने छ, र तब आउनेवाला समयमा उसले अनन्त जीवन पाउनेछ।
30that shall not receive a hundredfold now in this time: houses, and brethren, and sisters, and mothers, and children, and lands, with persecutions, and in the coming age life eternal.
31अहिले जो धेरै छन् अगाडी भविष्यमा तिनीहरू अन्तमा पर्नेछन्। अनि अहिले धेरै जो अन्तमा छन् तिनीहरू भविष्यमा अगाडी हुने छन्।” : 17-19; लूका 18:31-34)
31But many first shall be last, and the last first.
32येशू साथमा भएका अरू मानिसहरूसंग यरूशलेम गइरहनु भएको थियो। उहाँले मानिसहरूको अगुवाई गरिरहनु भएको थियो। येशूका चेलाहरू चकित भइरहेका थिए। अनि जुन मानिसहरू तिनीहरूका पछि-पछि थिए तिनीहरू भने डराइरहेका थिए। उहाँले बाह्रजना प्रेरितहरूलाई फेरि भेला गर्नुभयो, अनि तिनीहरूलाई भन्न लाग्नु भयो उहाँलाई के हुनेवाला छ?
32And they were in the way going up to Jerusalem, and Jesus was going on before them; and they were amazed, and were afraid as they followed. And taking the twelve again to [him], he began to tell them what was going to happen to him:
33येशूले भन्नुभयो, “हामीहरू यरूशलेम जाँदैछौ। मानिसको पुत्रलाई मुख्य पूजाहारीहरू र शास्त्रीहरूका अघि सुम्पिइने छन्। तिनीहरूले मानिसको पुत्रलाई गैर यहूदीहरूलाई सुम्पनेछन्।
33Behold, we go up to Jerusalem, and the Son of man shall be delivered up to the chief priests and to the scribes, and they shall condemn him to death, and shall deliver him up to the nations:
34तिनीहरूले उहाँलाई थुक्नेछन् कोर्रा लाउने छन् अनि उहाँलाई मार्नेछन्। तर उहाँको मृत्युको तीन दिनपछि, फेरि उहाँ बौरी उठनुहुनेछ।”
34and they shall mock him, and shall scourge him, and shall spit upon him, and shall kill him; and after three days he shall rise again.
35त्यसपछि जब्दीका छोराहरू, याकूब र यूहन्ना उहाँ कहाँ आए। तिनीहरूले भने, “गुरुज्यु तपाईले हाम्रो निम्ति हामी जे चाहन्छौ सो गरिदिनुहोस्।”
35And there come to him James and John, the sons of Zebedee, saying [to him], Teacher, we would that whatsoever we may ask thee, thou wouldst do it for us.
36येशूले भन्नुभयो, “मैले तिमीहरूलाई के गरेको तिमीहरू चाहन्छौ?”
36And he said to them, What would ye that I should do for you?
37तिनीहरूले भने, “जब हामी तपाईंको महिमामा आउँछौं हामी एक जनालाई तपाईंको दाहिनेतिर अनि अर्कोलाई तपईंको देब्रेतिर बस्ने अनुमति दिनुहोस्।”
37And they said to him, Give to us that we may sit, one on thy right hand, and one on thy left hand, in thy glory.
38येशूले भन्नुभयो, “तिमहरूले बुझ्दैनौ कि तिमीहरू के मागिरहेका छौ। के मैले भोग्नु पर्ने जस्तै कष्टहरू तिमीहरूले सहन गर्नसक्छौ? अथ्वा जुन बप्तिस्मा मैले लिएको छु, त्यो बप्तिस्मा तिमीहरू लिन सक्छौ?”
38And Jesus said to them, Ye do not know what ye ask. Are ye able to drink the cup which *I* drink, or be baptised with the baptism that *I* am baptised with?
39छोराहरूले जवाफ दिए, “अवश्य, हामी सक्छौं।” येशूले तिनीहरूलाई भन्नुभयो, “साँच्चैनै तिमीहरूले पनि मैले सहनुपर्ने जस्तै कष्टहरू सहन्छौ, मैले लिए जस्तै बप्तिस्तमा तिमीहरूले पनि लिन्छौ।
39And they said to him, We are able. And Jesus said to them, The cup that *I* drink ye will drink and with the baptism that *I* am baptised with ye will be baptised,
40तर म मेरो दाहिने वा देब्रेपटी कसलाई बसाउनु पर्ने हो त्यो चुन्न सक्तिनँ। यी स्थानहरू अरूका निम्ति हुन्। तिनीहरूकै निम्ति ती ठाउँहरू तयार पारिएका हुन्।”
40but to sit on my right hand or on my left is not mine to give, but for those for whom it is prepared.
41अरू दशजना चेलाहरूले यी सबै सुने। तिनीहरू याकूब र युहन्नासंग रिसाए।
41And the ten having heard [of it], began to be indignant about James and John.
42येशूले सबै चेलाहरूलाई उपस्थित हुन बोलाउनु भयो। उहाँले भन्नुभयो, “गैर, यहूदीहरूको पनि आफ्ना मानिसहरू छन् तिनीहरूलाई शासकहरू भनिन्छ। तिमीहरूले जान्दछौ कि तिनीहरूले आफ्ना शक्तिको प्रभाव देखाऊँदछन्। अनि तिनीहरूका प्रमुखहरूले आफ्नो समपूर्ण शक्तिहरू मानिसहरूमा प्रयोग गर्न मन पराऊँछन्।
42But Jesus having called them to [him], says to them, Ye know that those who are esteemed to rule over the nations exercise lordship over them; and their great men exercise authority over them;
43तर तिमीहरूसंग यस्तै अभ्यास चाँहि हुन हुँदैन। यदि तिमीहरू मध्ये कोही महान पुरुष हुन चाहन्छौ भने तब उ तिमीहरूको नोकर हुनुपर्छ।
43but it is not thus among you; but whosoever would be great among you, shall be your minister;
44यदि तिमीहरूमध्ये कोही प्रमुख बन्न चाहन्छौ भने उ सबैको कमारो हुनुपर्छ।
44and whosoever would be first of you shall be bondman of all.
45त्यसरी नै, मानिसको पुत्र सेवा लिनु होइन, तर सेवा गर्नु आएको हो । मानिसको पुत्र उनको आफ्नै जीवन दिन अनि अरू धेरै मानिसलाई बचाउँन आएको हो।”
45For also the Son of man did not come to be ministered to, but to minister, and give his life a ransom for many.
46उनीहरू यरीहो शहरमा आईपुगे। तब येशू आफ्ना चेलाहरू र अरू धेरै मानिसहरूसंग त्यो शहर छोडदै हुनु हुन्थ्यो। एउटा अन्धो मानिस, बारतिमैं (तिमैको छोरो) नाम गरेको सडकको एक छेउमा बसिरहेको थियो। त्यसले सँधै पैसा मगिरहन्थ्यो।
46And they come to Jericho, and as he was going out from Jericho, and his disciples and a large crowd, the son of Timaeus, Bartimaeus, the blind [man], sat by the wayside begging.
47त्यस अन्धो मानिसले नासरतदेखि यशू त्यत्तैतिर आउनु हुँदैछ भन्ने सुन्यो। त्यो चिच्याउन लाग्यो, “हे येशु, दाऊदका पुत्र, कृपया मलाई मद्दत गर्नुहोस्।”
47And having heard that it was Jesus the Nazaraean, he began to cry out and to say, O Son of David, Jesus, have mercy on me.
48धेरै मानसहरूले त्यस अन्धो मानिसलाई हकारे अनि चूप लाग्नु भनेर निन्दा गरे। तीनीहरूले त्यसलाई केही नबोल्नु हूकूम गरे। तर त्यो अन्धो मानिस झन झन चिच्याइनै रह्यो, “हे दाऊदका पुत्र मलाई मदत गर्नुहोस्।”
48And many rebuked him, that he might be silent; but he cried so much the more, Son of David, have mercy on me.
49येशू त्यँही रोकिनु भयो अनि भन्नुभयो, “त्यस मानिसलाई मकहाँ आउनु भन।” अनि तिनीहरूले त्यस अन्धो मानिसलाई बोलाए। तिनीहरूले भने, “खुशी होऊ उठ येशूले तिमीलाई बोलाउनु हुँदैछ।”
49And Jesus, standing still, desired him to be called. And they call the blind [man], saying to him, Be of good courage, rise up, he calls thee.
50त्यो अन्धो मानिस जुरुक्क उठ्‌यो। उसले आफ्नो वस्त्र त्यहीं फ्याँकेर, उफ्रंदै येशूकहाँ गयो।
50And, throwing away his garment, he started up and came to Jesus.
51येशूले त्यस मानिसलाई भन्नुभयो, “मैले तिम्रो निम्ति के गरेको चाहन्छौ?” त्यो अन्धो मानसले जवाफ दियो, “हे गुरूज्यू म फेरि मेरो दृष्टि चाहन्छु।”
51And Jesus answering says to him, What wilt thou that I shall do to thee? And the blind [man] said to him, Rabboni, that I may see.
52येशूले भन्नुभयो, “जाऊ, तिमी निको भयौ किनभने तिमीले विश्वास गर्यौ त्सपछि त्यस अन्धो मानिसले फेरि दृष्टि प्राप्त गर्यो, र त्यसले येशूलाई नै पछ्यायो।
52And Jesus said to him, Go, thy faith has healed thee. And he saw immediately, and followed him in the way.