Nepali

Darby's Translation

Mark

13

1येशूले मन्दिरको इलाका छोडन लाग्नु भएको थियो। कुनै एकजना चेलाले उहाँलाई भने, “गुरूज्यू हेर्नुहोस्। यी मन्दिरको भवनहरू धेरै ठूला ठूला ढुंगाहरूले बताएर अति सुन्दर भएको छ।”
1And as he was going out of the temple, one of his disciples says to him, Teacher, see what stones and what buildings!
2येशूले भन्नुभयो, “के तिमीहरू यो ठूला भवनहरू देख्छौ? यी भवनहरू सबै ध्वंस हुनेछ। प्रत्येक ढुंगा भूँइमा फयाँकिनेछ। एउटाकोमाथि अर्को कुनै ढुंगा त्यहाँ रहने छैन।”
2And Jesus answering said to him, Seest thou these great buildings? not a stone shall be left upon a stone, which shall not be thrown down.
3त्यसपछि येशू जैतून डाँडामा बसिरहनु भएको थियो। उहाँ पत्रुस, याकूब यूहन्ना र अन्द्रियास संग अलग्ग हुनुहुन्थ्यो। तिनीहरू सबैले मन्दिर देख्न सके। तिनीहरूले येशूलाई सोधे,
3And as he sat on the mount of Olives opposite the temple, Peter and James and John and Andrew asked him privately,
4हामीलाई भन्नुहोस् कहिले यस्तो घटना घट्ने छ? अनि यी सब घटना हुनलाग्दा के संकेत हुनेछ?”
4Tell us, when shall these things be, and what is the sign when all these things are going to be fulfilled?
5येशूले चेलाहरूलाई भन्नुभयो, “होशियार रहो! कसैले तिमीहरूलाई मूर्ख नबनाओस्।
5And Jesus answering them began to say, Take heed lest any one mislead you.
6धेरै मानिसहरू मेरा नाममा आउनेछन्। तिनीहरूले भन्नेछन् म नै एक हुँ। अनि तिनीहरूले धेरै मानिसहरूलाई मूर्ख तुल्याउनेछन्।
6For many shall come in my name, saying, It is *I*, and shall mislead many.
7तिमीहरूले लडाईको बारेमा सुन्ने पाउनेछौ। अनि अरू हुने लँडाईहरूको बारेमा पनि कथाहरू सुन्नेछौ। तर डराऊनु पर्दैन। अन्तको समय आउन अघिनै यी घटनाहरू घट्नेछ।
7But when ye shall hear of wars and rumours of wars, be not disturbed, for [this] must happen, but the end is not yet.
8राष्टहरू अन्य राष्ट्रहरूसित लडाई गर्नेछन्। राज्य राज्यहरू माझ लडाई चल्नेछ। विभिन्न ठाउँहरूमा भूकम्प जानेछ। यस्तोे समय पनि आउने छ जतिबेला खानलाई केही कुरा हुनेछैन। त्यस समयमा नयाँ जन्म हुने प्रार्थमिक समयमा जस्तै कष्टपूर्ण हुनेछ।
8For nation shall rise up against nation, and kingdom against kingdom; and there shall be earthquakes in [different] places, and there shall be famines and troubles: these things [are the] beginnings of throes.
9तिमीहरू होशियारी बस। मानिसहरूले तिमीहरूलाई पक्रनेछन् अनि न्यायको लागि लैजानेछन। तिनीहरूले सभाघरहरूमा तिमीहरूलाई पिटनेछन्। तिमीहरूलाई हाकिमहरू र राजाको सामु जबरजस्ती उभ्याइनेछन्। तिमीहरूले मेरो बारेमा साक्षी दिनु पर्नेछन्। तीनीहरूलाई हाकिमहरू र राजाको सामु जबरजस्ती उभ्याइनछन्। तिमीहरूले मेरो बारेमा साक्षी दिनु पर्नेछन। तिमीहरूले मलाई पछ्याएको कारणले गर्दा यी सबै हुनेछन
9But *ye*, take heed to yourselves, for they shall deliver you up to sanhedrims and to synagogues: ye shall be beaten and brought before rulers and kings for my sake, for a testimony to them;
10यस भन्दा अघिनै सबै जातिहरू सुसमाचार प्रचार गरिनु पर्नेछ।
10and the gospel must first be preached to all the nations.
11तिमीहरू पक्राउ हुनेछौ अनि न्यायको भागी बन्नु पर्नेछ। तर तिमीहरूले त्यहाँ जे भन्नेछौ त्यस बारे डराउनु पर्ने छैन। त्यसबेला परमेश्वरले तिमीलाई जे दिनुहुन्छ त्यही भन्नु पर्नेछ। त्यसबेला वास्तवमा तिमी आफै बोलिरहेको हुने छैनौं। पवित्र-आत्मा बोलिरहेको हुनेछ।
11But when they shall lead you away to deliver you up, be not careful beforehand as to what ye shall say, [nor prepare your discourse]: but whatsoever shall be given you in that hour, that speak; for *ye* are not the speakers, but the Holy Spirit.
12दाज्यूभाइहरूले दाज्यूभाइहरूलाई मार्ने विश्वासघात गर्नेछन्। बाबुहरूले आफ्नै छोराहरूप्रति विश्वासघात गर्नेछन्। अनि मार्नेछन्। छोरा छोरीहरू पनि आफ्नै आमाबाबूहरूको विरूद्धमा उठ्नेछन् अनि तीनले आमाबाबूहरूलाई मार्नेछन।
12But brother shall deliver up brother to death, and father child; and children shall rise up against parents, and cause them to be put to death.
13सबै मानिसहरूले मलाई पछ्यायौ भनेर तिमीहरूलाई घृणा गर्नेछन्। तर जो चाँहि अन्त्यसम्म नै बलवान रहन्छ उ मात्रै बाँच्ने छ।
13And ye will be hated of all on account of my name; but he that has endured to the end, *he* shall be saved.
14तिमीहरूले भयानक विनास देख्नेछौ। तिनीहरूले त्यो घटना एउटा त्येस्तो ठाउँमा उभिएर हेर्ने छौ जहाँ त्यस्तौ नहुनु पर्नेथ्यो।” (मानिस जसले पढछ यसको अर्थ के हुन्छ बुझनुपर्छ।) त्यसबेला यहूदिया मानिसहरू पहाडहरूतिर भाग्नु पर्छ।
14But when ye shall see the abomination of desolation standing where it should not, (he that reads let him consider [it],) then let those in Judaea flee to the mountains;
15मानिसहरू समय खेर नफाली भाग्नु पर्छ। यदि कुनै मानिस घरको छानामा छ भने घरबाट केही निकाल्नलाई उ तलतिर ओर्लेनु हुदैन।
15and him that is upon the housetop not come down into the house, nor enter [into it] to take away anything out of his house;
16यदि कुनै मानिस आफ्नो खेतबारीमा छ भने त्यो पनि फर्केर आफ्नो वस्त्र ल्याउन त्यहाँ जानेछैन।
16and him that is in the field not return back to take his garment.
17हाय, त्यसबेला गर्भवती स्त्री वा ससाना नानीका आमाहरूलाई पनि नराम्रो हुनेछ।
17But woe to those that are with child and to those that give suck in those days!
18यस्तो घटना जाडोको समयमा नहोस् भनेर प्रार्थना गर।
18And pray that it may not be in winter time;
19किनभने ती दिनहरूमा जुन कष्ट हुन्छ त्यो यस्तो हुन्छ कि परमेश्वरले संसारको सृष्टि गरेको देखि अहिलसम्म फेरि भएको छैन। अनि यस्तो महासकंष्टहरू फेरि घटने छैन।
19for those days shall be distress such as there has not been the like since [the] beginning of creation which God created, until now, and never shall be;
20उहाँका मानिसहरूको निम्ति परमेश्वरले त्यो भयानक समयलाई सीमित पार्ने निश्चय गर्नु भएको छ। यदि त्यो समय नछोटाइए कोही पनि बाँच्ने छैन। तर परमेश्वरले आफूले चुन्नु भएका मानिसहरूका निम्ति सहायता पुर्याउनलाई त्यो समय छोट्याउनु भएको छ।
20and if [the] Lord had not cut short those days, no flesh should have been saved; but on account of the elect whom he has chosen, he has cut short those days.
21त्यसबेला, यदि केही मानिसहरूले तिमीहरूलाई भने, हेर, ख्रीष्ट यहाँ हुनुहुन्छ। अथ्वा उहाँ त्यहाँ हुनुहुन्छ। यसलाई विश्वास नगर।
21And then if any one say to you, Lo, here [is] the Christ, or Lo, there, believe [it] not.
22झूटो ख्रीष्टहरू र झुटो अगमवक्ताहरू आउनेछन् अनि परमेश्वरले चुनेका मानिसहरूलाई धोका दिनु सभव भए चिन्हहरू र चम्त्कारहरू गर्नेछन्।
22For false Christs and false prophets will arise, and give signs and wonders to deceive, if possible, even the elect.
23यसकारण होशियारी बन। यी सब हुन अघि नै मैले सर्तक गराएको छु।
23But do *ye* take heed: behold, I have told you all things beforehand.
24तर त्यसपछिका दिनहरूमा यस्तो दुःखको समय आउने छ, सूर्य अँध्यारो हुनेछ, अनि चन्द्रमाले पनि ज्योति दिनेछैन।
24But in those days, after that distress, the sun shall be darkened and the moon shall not give its light;
25आकाशबाट तारहरू झर्नेछन् अनि आकाशका सबै शक्तिहरू डग्मगाउनेछन्। यशैया 13:10; 34:4
25and the stars of heaven shall be falling down, and the powers which are in the heavens shall be shaken;
26त्यसपछि मानिसहरूले मानिसका पुत्रलाई महान शक्ति र महिमासित बादलमा भएर आउँदै गरेको देख्नेछन्
26and then shall they see the Son of man coming in clouds with great power and glory;
27मानिसको पुत्रले आफ्ना स्वर्गदूतहरूलाई पृथ्वीको चारैतिर पठाउनु हुनेछ। स्वर्गदूतहरूले पृथ्वीका प्रत्येक कुनाबाट चुनिएका मानिसहरूलाई भेला गर्नेछन् ।
27and then shall he send his angels and shall gather together his elect from the four winds, from end of earth to end of heaven.
28अञ्जीरको रूखले हामीलाई पाठ पढाउनेछः जब अञ्जीरको रूखको हाँगाहरू हरियो र कलिलो हुनेछ नयाँ पातहरू उम्रन थाल्नेछ, तब तिमीहरूले ग्रीष्म ऋतु नजिक छ भनेर बुझ्नेछौ
28But learn the parable from the fig-tree: when its branch already becomes tender and puts forth the leaves, ye know that the summer is near.
29त्यसरीनै जब तिमीहरू यी कुराहरू घटेका देख्नेछौ तब तिमीहरूले पनी जान्ने छौ कि मैले तिमीहरूलाई भनेका कुराहरूको समय नजिकमा अनि ठीक ढोकामा छन।
29Thus also *ye*, when ye see these things happening, know that it is near, at the doors.
30म तिमीहरूलाई साँचो भन्दछु। यी सबै कुराहरू यही समयका मानिसहरू जीवित भएकै बेला हुनेछन्।
30Verily I say unto you, This generation shall in no wise pass away, till all these things take place.
31स्वर्ग अनि पृथ्वी ध्वंस हुनेछ। तर मैले भनेका वचनहरू कहिल्यै नाश हुने छैन।
31The heaven and the earth shall pass away, but my words shall in no wise pass away.
32“कसैले पनि त्यो दिन र समय थाहा पाउने छैन। पुत्र र स्वर्गमा भएको स्वगदूतहरूले समेत त्यो दिन र समय जान्ने छैनन्। त्यो दिन र समय केवल पिताले मात्र जान्नु हुनछ।
32But of that day or of that hour no one knows, neither the angels who are in heaven, nor the Son, but the Father.
33होशियार रहो। सँधैं तयारी बस त्यो समय कहिले आउने भनी तिमीले जान्दैनौ।
33Take heed, watch and pray, for ye do not know when the time is:
34यो परदेश गईरहेको मानिस जस्तै हो जसले आफ्नो घर छोडेकोहुन्छ। त्यो मानिसले आफ्नो नोकरहरूलाई घर जिम्मा दिएको हुन्छ। त्यसले प्रत्येक नोकरलाई विशेष काम गर्न लाएको हुन्छ अनि उसले पालेलाई होशियार साथ ढोकाको रक्षा गरेर सर्तक बस्नु भनेर आज्ञा दिन्छ।
34[it is] as a man gone out of the country, having left his house and given to his bondmen the authority, and to each one his work, and commanded the doorkeeper that he should watch.
35यसकारण तिमीहरू सँधैं सर्तक रहो। यो घरको मालिक कहिले फर्की आऊला भनेर तिमीहरूले थाहा पाएकै हूँदैनौ। उ निश्चयनै बेलुका वा मध्य रातमा, वा बिहानै, वा घाम झुल्केपछि आउनेछ।
35Watch therefore, for ye do not know when the master of the house comes: evening, or midnight, or cock-crow, or morning;
36मालिक एक्कसि फकिर्नेछ। यदि तिमीहरू तयारी र सर्तक रहयौ भने उसले तिमीहरूलाई सुतिरहेको पाउने छैन।
36lest coming suddenly he find you sleeping.
37म तिमीहरूलाई यसो भन्दछु, अनि प्रत्येकलाई यसो भन्दछु, ‘सर्तक रहो!”‘
37But what I say to you, I say to all, Watch.