1केही दिनपछि, येशू कफर्नहुममा र्फकनुभयो। येशू घरमा हुनु हुन्थ्यो भन्ने खबर सबैले थाहा पाए।
1And he entered again into Capernaum after [several] days, and it was reported that he was at [the] house;
2धेरै मानिसहरू येशूको शिक्षा सुन्न आए। घर खचाखच थियो। त्यहाँ भित्र ठाऊँ थिएन न त ढोका बाहिर नै उभिने ठाउँ थियो। येशू ती मानिसहरूलाई सिकाईरहनु भएको थियो।
2and straightway many were gathered together, so that there was no longer any room, not even at the door; and he spoke the word to them.
3केही मानिसहरूले पक्षाघाति रोगीलाई येशू कहाँ ल्याई पुर्याए। चारजना मानिसहरूले त्यो पक्षाघाती रोगीलाई बोकेका थिए।
3And there come to him [men] bringing a paralytic, borne by four;
4तर ती मानिसहरूले त्यो रोगीलाई येशूकहाँ ल्याउन सकेनन् किनभने त्यहाँ मानिसहरूको अत्यधिक भीड थियो। यसकारण ती मानिसहरू येशू भएको घरको छानामाथी चढे, तिनीहरूले त्यहाँ छानामा एउटा प्वाल पारेका थिए। त्यसपछि तिनीहरूले त्यो पक्षाघात रोगी सुतेको ओछ्यान् तलतिर झारे।
4and, not being able to get near to him on account of the crowd, they uncovered the roof where he was, and having dug [it] up they let down the couch on which the paralytic lay.
5यशूले देख्नुभयो कि, ती मानिसहरूमा अत्याधिक विश्वास थियो। त्यसपछि येशूले ती पक्षाघातको रोगीलाई भन्नुभयो, “ए युवक, तिम्रा पापहरू क्षमा भएका छन्।”
5But Jesus, seeing their faith, says to the paralytic, Child, thy sins are forgiven [thee].
6केही व्यवस्थाका शास्त्रीहरू त्यहीं बसिरहेका थिए, र तिनीहरूले येशूले गर्नुभएको कार्यकलाप देखे, अनि तिनीहरू स्वयं सोच्न लागे।
6But certain of the scribes were there sitting, and reasoning in their hearts,
7उहाँले किन यस्तो कुरा गर्नुहुन्छ? उहाँले यस्तो कुरा गरिरहनुभएको छ जो परमेश्वरको विरुद्धमा छ। केवल परमेश्वर मात्र पाप क्षमा गर्नसक्नु हुन्छ।
7Why does this [man] thus speak? he blasphemes. Who is able to forgive sins except God alone?
8येशूले शास्त्रीहरूले आपसमा उहाँको बारेमा के-के कुरा सोचिरहेका थिए भन्ने थाहा पाऊनुभयो। अनि येशूले सोध्नु भयो, किन तिमीहरूको मनमा यस्तो प्रश्न उठिरहेको छ
8And straightway Jesus, knowing in his spirit that they are reasoning thus within themselves, said to them, Why reason ye these things in your hearts?
9[This verse may not be a part of this translation]
9Which is easier, to say to the paralytic, [Thy] sins are forgiven [thee]; or to say, Arise, and take up thy couch and walk?
10[This verse may not be a part of this translation]
10But that ye may know that the Son of man has power on earth to forgive sins, he says to the paralytic,
11“म तिमीलाई भन्दछु उठ, आफ्नो विछ्यौना बोक अनि घर जाऊ।
11To thee I say, Arise, take up thy couch and go to thine house.
12त्यो पक्षाघातको रोगी जुरूक्क उठयो। उसले आफ्नो बिछ्यौना उठायो अनि कोठादेखि बाहिरियो। सबै मानिसहरूले देख्न सके, सबै मानिसहरू छक्क परे, अनि परमेश्वरको प्रशंसा गर्न लागे। तिनीहरूले भने, हामीले यस्तो चमत्कार कहिल्यै देखेका थिएनौं।
12And he rose up straightway, and, having taken up his couch, went out before [them] all, so that all were amazed, and glorified God, saying, We never saw it thus.
13येशू फेरी समुद्रतिर जानुभयो, र धेरै मानिसहरूले उहाँलाई पछ्याउन थाले, अनि येशूले तिनीहरूलाई शिक्षा दिनुभयो।
13And he went out again by the sea, and all the crowd came to him, and he taught them.
14येशू तालतिर जानु हुँदै थियो, उहाँले अल्फयसको छोरो लेवीलाई देख्नुभयो; लेवी कर-कार्यलयमा बसिरहेको थियो। येशूले तिनलाई भन्नुभयो, “तिमी म संग हिंड।” लेवी जुरूक्कै उठ्यो, र येशूलाई पछ्याउन लाग्यो।
14And passing by, he saw Levi the [son] of Alphaeus sitting at the tax-office, and says to him, Follow me. And he rose up and followed him.
15त्यस दिन, येशूले लेवीको घरमा नै खाना खानुभयो। त्यहाँ धेरै कर-उठाउनेहरू, पापीहरू येशू अनि उहाँका चेलाहरूसित खाना खाइरहेका थिए। त्यहाँ धेरै मनिसहरू थिए जसले येशूलाई पछ्याउन लागेका थिए।
15And it came to pass as he lay at table in his house, that many tax-gatherers and sinners lay at table with Jesus and his disciples; for they were many, and they followed him.
16केही शास्त्रीहरूले (तिनीहरू फरिसीहरू थिए) येशूलाई पापीहरू र कर उठाउने हरूसंग खाना खाइरहेका देखे। तिनीहरूले येशूको चेलाहहरूलाई भने, “किन उहाँले कर उठाउनेहरू र पापीहरू संग खाना खानु भएको हौ?”
16And the scribes and the Pharisees, seeing him eating with sinners and tax-gatherers, said to his disciples, Why [is it] that he eats and drinks with tax-gatherers and sinners?
17येशूले यी कुरा सुन्नु भयो, अनि उहाँले तिनीहरूलाई भन्नुभयो, “निरोगीहरूलाई वैद्यको आवशयकता पर्दैन, रोगी मानिसहरूलाई नै वैद्यको आवश्यकता पर्छ, र म धार्मिकहरूलाई बोलाउन यहाँ आएको होईन, तर म पापीहरूलाई बोलाउन यहाँ आएको हुँ।
17And Jesus having heard [it] says to them, They that are strong have not need of a physician, but those who are ill. I have not come to call righteous [men], but sinners.
18यूहन्नाका चेलाहरू, र फरिसीहरू उपवास बसेका थिए, केही मानिसहरू येशूकहाँ आए अनि भन्न लागे, “यूहन्नाका चेलाहरू उपवास बसेका छन् अनि फरिसीहरूका चेलाहरू पनि उपवास बसेका छन् तर तपाईका चेलाहरू किन उपवास बस्दैनन्?”
18And the disciples of John and the Pharisees were fasting; and they come and say to him, Why do the disciples of John and [the disciples] of the Pharisees fast, but thy disciples fast not?
19येशूले जवाफ दिनुभयो, जब कुनै विवाह हुन्छ, दुलहाका अतिथिहरू तिनीहरूलाई दुलहा तिनीहरूको साथ रहुन्जेलसम्म उपवास बस्ने कारण छैन। उनी तिनीहरूकोसाथमा भएसम्म त्यहाँ उपवास हुन सक्तैन।
19And Jesus said to them, Can the sons of the bride-chamber fast while the bridegroom is with them? As long as they have the bridegroom with them they cannot fast.
20तर समय आउनेछ जब दुलहालाई तिनीहरूबाट अलग लगिन्छ, त्यसबेला तिनीहरूले उपवास लिन्छन्।
20But days will come when the bridegroom shall have been taken away from them, and then shall they fast in that day.
21कसैले पनि पुरानो वस्त्रमा नयाँ कपडाको टुक्रा टाल्दैन। यदि उसले त्यसो गरे त्यो टालो खुम्चिनेछ अनि वस्त्रबाट निस्कने छ। तब प्वाल अझ ठूलो हुनेछ।
21No one sews a patch of new cloth on an old garment: otherwise its new filling-up takes from the old [stuff], and there is a worse rent.
22त्यसरी नै, कसैले पनि नयाँ दाखरस पुरानो दाखरसको मसकमा खन्याउन चाहँदैन, किन? किनभने नयाँ दाखरसले त्यो मसक नै फुटाउँछ, अनि दाखरस र दाखरसको मसकहरू दुवै नष्ट हुन्छ, यसर्थ मानिसहरूले नयाँ दाखरस नयाँ मसकमा भर्न मन पराउँछन्।
22And no one puts new wine into old skins; otherwise the wine bursts the skins, and the wine is poured out, and the skins will be destroyed; but new wine is to be put into new skins.
23विश्रामको दिनमा, येशू आफ्ना चेलाहरूसंगै अन्नका खेतहरू भएर जाँदै हुनुहुन्थ्यो, चेलाहरूले हिंडदै गर्दा अन्नका बालाहरू टिप्न लागे।
23And it came to pass that he went on the sabbath through the cornfields; and his disciples began to walk on, plucking the ears.
24फरिसीहरूले यो देखेर येशूलाई भने, तपाईंले देख्नु भयो, तपाईका चेलाहरूले के गरिरहेकाछन् विश्रामको दिनमा यसो गर्नु व्यवस्थाको विरूद्ध हो।
24And the Pharisees said to him, Behold, why do they on the sabbath what is not lawful?
25येशूले भन्नुभयो, तिमीहरूले कहिल्यै पढेका छैनौ, कि जब दाऊद अनि उनका साथीहरू भोकाएका थिए, अनि खानेकुरा चाहन्थे, त्यस बेला दाऊदले के गरे
25And *he* said to them, Have ye never read what David did when he had need and hungered, *he* and those with him,
26यस्तो घटना प्रधान पूजाहारी अबियाथाको समयमा भएको थियो। दाऊदले, परमेश्वरको भवनमा पसेर परमेश्वरलाई चढाइएको रोटी खाएका थिए। अनि मोशाको व्यवस्था अनुसार खालि पूजाहारी हरूले रोटी खान सक्छन् दाऊदले आफ्नो साथमा भएका सबै मानिसहरूलाई पनि केही रोटीहरू दिए।
26how he entered into the house of God, in [the section of] Abiathar [the] high priest, and ate the shew-bread, which it is not lawful unless for the priests to eat, and gave even to those that were with him?
27त्यसपछि येशूले फरिसीहरूलाई भन्नुभयो, विश्रामको दिन मानिसहरूलाई सहयोग गर्नु भनेर नै शुरू भएको हो। विश्राम दिनको नियमहरू पालन गनैर्पर्छ भनेर मानिसहरू बनेको होइन।
27And he said to them, The sabbath was made on account of man, not man on account of the sabbath;
28यसैले मानिसको पुत्र नै शावाथ दिनको पनि प्रभु हो।
28so that the Son of man is lord of the sabbath also.