Nepali

Darby's Translation

Matthew

3

1त्यही समयमा बप्तिस्मा दिने यूहन्ना देखापरे। अनि यहूदियाको मरूभूमिमा प्रचार गर्न थाले।
1Now in those days comes John the baptist, preaching in the wilderness of Judaea,
2तिनले भने, “पश्चाताप गर, आफ्नो हृदय र रहन-सहन परिवर्तन गर, किनभने स्वर्गको राज्य चाडै आउन लागेको छ।”
2and saying, Repent, for the kingdom of the heavens has drawn nigh.
3बप्तिस्मा दिने यूहन्ना उही हुन् जसको विषयमा यशैया अगमवक्ताद्वारा यसो भनिएको थियो। यशैयाले भनेका थिए “मरुभूमिमा एकजना कराइरहेछन्, ‘परमप्रभुको बाटो तयार पार; उहाँका मार्गहरू सोझ्याऊ।” यशैया 40 : 3
3For this is he who has been spoken of through Esaias the prophet, saying, Voice of him that crieth in the wilderness: prepare ye the way of [the] Lord, make straight his paths.
4यूहन्नाको लुगा ऊँटको रौंको थियो। तिनको कम्मरमा छालाको पेटी थियो। तिनको आहार सलह र वन-मह थियो।
4And John himself had his garment of camel's hair, and a leathern girdle about his loins, and his nourishment was locusts and wild honey.
5यूहन्नाको सन्देश सुन्न मानिसहरू एकत्र भए। यरूशलेम र सारा यहूदिया र यर्दन नदी वरिपरि सबै भागका मानिसहरू तिनीहरूकहाँ गए।
5Then went out to him Jerusalem, and all Judaea, and all the country round the Jordan,
6आफ्नो पाप स्वीकार गरे पछि मानिसहरू आए अनि यूहन्ना द्वारा यर्दन नदीमा बप्तिस्मा लिए।
6and were baptised by him in the Jordan, confessing their sins.
7धेरै फरिसीहरू र सदुकीहरू यूहन्नाकहाँ बप्तिस्मा लिनका निम्ति आए। जब यूहन्नाले तिनीहरूलाई देखे तिनले भने, ‘हे सर्पका सन्तान हो, आउन लागेको परमेश्वरको क्वोधबाट भाग्न कसले तिमीहरूलाई चेताउनी दियो?
7But seeing many of the Pharisees and Sadducees coming to his baptism, he said to them, Offspring of vipers, who has forewarned you to flee from the coming wrath?
8तिमीहरू यस्तो काम गर। जसबाट, तिमीहरूको हृदय र रहन-सहन साँच्चै परिवर्तन भएको बुझिनेछ।
8Produce therefore fruit worthy of repentance.
9अनि ‘अब्राहामनै हाम्रा पिता हुनुहुन्छ’ भन्ने कुरा आपसामा विचार नगर। म तिमीहरूलाई भन्दछु, परमेश्वरले यी दुङ्गाबाट अब्राहामका लागि सन्तान प्रदान गर्न सक्नुहुन्छ।
9And do not think to say within yourselves, We have Abraham for [our] father; for I say unto you, that God is able of these stones to raise up children to Abraham.
10अनि अहिलेनै रूखहरूको फेदमा बञ्चरो परेको छ। असल फल नफलाउने सबै रूखहरूलाई काटेर ढलिनेछ अनि आगोमा फालिनेछ।
10And already the axe is applied to the root of the trees; every tree therefore not producing good fruit is cut down and cast into the fire.
11‘म चाहिं तिमीहरूले पश्चाताप गर्यौ भनी देखाउनका निम्ति पानीद्वारा बप्तिष्मा गरिदिन्छु। तर मपछि आउने एक जना मभन्दा शक्तिशाली हुनुहुन्छ, जसको जुत्ताको फित्ता खोल्ने लायकको म छैन, उहाँले नै तिमीहरूलाई पवित्र आत्मा र आगोले बप्तिस्मा दिनुहुनेछ।
11*I* indeed baptise you with water to repentance, but he that comes after me is mightier than I, whose sandals I am not fit to bear; *he* shall baptise you with [the] Holy Spirit and fire;
12उहाँले अन्न र भूसलाई अलग पार्न निफन्ने नाङ्गलो आफ्नो हातमा लिनु भएकोछ, उहाँले गहुँ संग्रह गरी आफ्नो गह्रौ भकारीमा जम्मा गर्नुहुनेछ। अनि भूस जति ननिभ्ने आगोमा जलाउनुहुनेछ।”
12whose winnowing fan [is] in his hand, and he shall thoroughly purge his threshing-floor, and shall gather his wheat into the garner, but the chaff he will burn with fire unquenchable.
13त्यसैबेला येशू गालील भएर यर्दन नदीमा आउनुभयो येशू यूहन्नाद्वारा बप्तिस्मा लिनका निम्ति यूहन्नाकहाँ आउनुभयो।
13Then comes Jesus from Galilee to the Jordan to John, to be baptised of him;
14तर यूहन्नाले उनी येशूलाई बप्तिस्मा दिनु योग्यको छैनन-भन्ने कोशिश गरे उनले सोधे, ‘तपाईं मकहाँ बप्तिस्मा लिन किन आउनुभयो? म आफैले तपाइँबाट बप्तिस्मा लिनु पर्ने हो।’
14but John urgently forbad him, saying, *I* have need to be baptised of thee; and comest *thou* to me?
15येशूले भन्नुभयो, “अहिलेलाई यस्तै हुनदेऊ। हामीले यसरीनै सही कुरा गर्नु पर्छ।” त्यसपछि यूहन्ना येशूलाई बप्तिस्मा दिन राजी भए।
15But Jesus answering said to him, Suffer [it] now; for thus it becometh us to fulfil all righteousness. Then he suffers him.
16त्यसपछि येशू बप्तिस्मा लिएर तुरुन्तै पानीबाट माथि निस्कनु भयो। स्वर्ग उहाँको निम्ति उघ्रियो अनि परमेश्वरको आत्मा ढुकुर जस्तै आफूमाथि आइरहेको देख्नु भयो।
16And Jesus, having been baptised, went up straightway from the water, and lo, the heavens were opened to him, and he saw the Spirit of God descending as a dove, and coming upon him:
17तब स्वर्गबाट यो वाणी आएको सुनियो। वाणिले यसो भन्यो, ‘यिनी मेरो प्यारो पूत्र हुन् र म यिनीसँग अत्यन्त प्रसन्न छु।”
17and behold, a voice out of the heavens saying, This is my beloved Son, in whom I have found my delight.