1परमप्रभुको यो वचन मीकाकहाँ आयो। यो राजा याताम आहाज र हिजकियाहका समयमा भएको थियो। यी मानिसहरु यहूदाका राजाहरु थिए। मीका मोरेशेत बाट आएका थिए। मीकाले यो दर्शन सामरियार यरूशलेमको बिषयमा देखे।
1The word of Jehovah that came to Micah the Morasthite in the days of Jotham, Ahaz, [and] Hezekiah, kings of Judah, which he saw concerning Samaria and Jerusalem.
2हे जाति-जातिका मानिसहरु हो! तिमीहरु सबैले सुन, हे पृथ्वी र त्यसमा बस्ने मानिसहरु सुन। मेरो मालिक, परमप्रभु उहाँको पवित्र मन्दिरबाट आउँदै हुनुहुन्छ। मेरो मालिक तिमीहरुको बिरुद्धमा एकजना साक्षी भई आउँनु हुनेछ।
2Hear, ye peoples, all of you; hearken, O earth, and all that is therein: and let the Lord Jehovah be witness against you, the Lord from his holy temple!
3हेर, परमप्रभु आफ्नो वास स्थानबाट बाहिर जाँदै हुनुहुन्छ। उहाँ पृथ्वीको अग्लो ठाउँमा जानको निम्ति उभिएर तल आउँदै हुनुहुन्छ।
3For behold, Jehovah cometh forth out of his place, and will come down, and tread upon the high places of the earth.
4परमप्रभु परमेश्वरको चरणमुनि पर्वत पग्लेर जानेछ, जसरि आगोमा मैन पग्लन्छ, जसरी पहाडबाट पानी बगेर झर्छ।
4And the mountains shall be melted under him, and the valleys shall be cleft, as wax before the fire, as waters poured down a steep place.
5यो किन भएकोछ? यस्तो भयो किनभने याकूबले पाप गरेको थियो। किनभने इस्रएलका कुल समुहले पाप गरेका थिए। याकूबको पाप के हो? यो सामरिया हो। यहूदाको अग्लो स्थान कुनहो? यो यरूशलेम हो।
5For the transgression of Jacob is all this, and for the sins of the house of Israel. Whence is the transgression of Jacob? is it not [from] Samaria? And whence are the high places of Judah? are they not [from] Jerusalem?
6यसकारण म सामरियालाई खाली मैदानमा भग्नावशेषको थुप्रोमा परिणत गरिदिनेछु। त्यो यस्तो स्थान हुनेछ जहाँ दाख रोपिनेछ। म सामरियाका ढुङ्गाहरुलाई बेंसीमा फालिदिनेछु र त्यसका जगहरु सतहमा पुर्याइदिनेछु।
6Therefore will I make Samaria as a heap of the field, as plantings of a vineyard; and I will pour down the stones thereof into the valley, and I will lay bare the foundations thereof.
7म त्यसका मूर्तिहरु सबै टुक्रा-टुक्रा पारिदिनेछु। सबै धन जे त्यले कमाएको छ भस्म पारिदिनेछु र म तिनीहरुको झुटा देवताहरुको मुर्तिहरु सबै ध्वंश गरिदिनेछु, जबकि यी मूर्तिहरु वेश्याबृति मार्फत बनिएका थिए। ती मूर्तिहरु फेरि वेश्याहरुलाई नै तिर्न प्रयोग हुनेछन्।
7And all her graven images shall be beaten to pieces, and all her harlot-gifts shall be burned with fire, and all her idols will I make a desolation; for of the hire of a harlot hath she gathered [them], and to a harlot's hire shall they return.
8म चाँडै बिनाशको बिषयमा शोकाकुल हुनेछु र म विलाप गर्नेछु। म खालि खुट्टा र नाङ्गै हिंड्नेछु। म स्याल जस्तै साह्रो कराउँनेछु र शतुरमुर्गा झैं विलाप गर्नेछु।
8For this will I lament, and I will howl; I will go stripped and naked: I will make a wailing like the jackals, and mourning like the ostriches.
9सामरियाको घाऊ निको हुनेछैन। त्यसको पाप यहूदा सम्म फैलनेछ। यो मेरा मानिसहरुको शहरको प्रवेसद्वार सम्म जानेछ, किनकि यो त यरूशलेम सम्म आपुगेको छ।
9For her wounds are incurable; for it is come even unto Judah, it reacheth unto the gate of my people, even to Jerusalem.
10यो कुरा गातमा नभन। त्यसका निम्ति रूँदै नरोऊ, विलाप गर्दै बेत-लाप्रामा धुलोमा लडी-बडी गर।
10Tell it not in Gath, weep not at all; at Beth-le-aphrah roll thyself in the dust.
11हे शाफीरका वासिन्दाहरु हो, तिमीहरु आफ्नो बाटोमा नाङ्गो र लज्जित भएर जाऊ। ती मानिसहरु जो सानानको वासिन्दाहरु हुन् तिनीहरु बाहिर आउने छैनन्। बेतेसेलमा मानिसहरुको रूवाबासिले तिमीबाट सहाएता लिनेछन्।
11Pass away, inhabitress of Shaphir, in nakedness [and] shame. The inhabitress of Zaanan is not come forth for the lamentation of Beth-ezel: he will take from you its shelter.
12मारोतका वासिन्दाहरुले केही राम्रो कुरा होस् भनी व्याकुलतापूर्वक पर्खिरहेकाछन्। किन? किनभने कष्ट परमप्रभुबाट यरूशलेमको मुलढोकामा आएकोछ।
12For the inhabitress of Maroth waited anxiously for good; but evil hath come down from Jehovah unto the gate of Jerusalem.
13हे लाकीशका वासिन्दाहरु हो! तिमीहरुले वेगवान घोडाहरु रथमा बाँध। सियोनको पाप रथहरुबाट नै शुरु भएको थियो। जसको मार्फत तिनीहरुले इस्राएलले गरे जस्तै पाप गरे।
13Bind the chariot to the swift steed, O inhabitress of Lachish: she was the beginning of sin to the daughter of Zion; for in thee were found the transgressions of Israel.
14यसकारण मोरशेत गातमा तिम्रो बिदाको सौगात तिमीले दिनु पर्नेछ। अकजीबाका घरहरुले इस्राएलका राजालाई धोका दिनेछन्।
14Therefore shalt thou give parting-gifts to Moresheth-Gath: the houses of Achzib shall be a lie to the kings of Israel.
15हे मोरेशाका वासिन्दाहरु! तिनीहरुको बिरुद्ध म एक जना मानिस पठाऊनेछु जसले तिमीहरुबाट सबै चिजहरु खोस्नेछ। इस्रएलको महिमा अदुल्लाम सम्म आउनेछ।
15I will yet bring unto thee an heir, O inhabitress of Mareshah; the glory of Israel shall come even unto Adullam.
16यसकारण तिमीले आफ्नो केश काट, चिण्डे होऊ। किन? किनकि तिमी आफ्नो छोरा-छोरी जसलाई तिमी माया गर्छौ तिनीहरुका निम्ति रूँने छौ अनी तिम्रो शोक दर्शाउनको निम्ति एउटा गिद्ध झैं चिन्डे होऊ। किन? किनकि तिम्रो नानीहरुलाई कैदी झैं लगिनेछ।
16Make thee bald, and poll thee for the children of thy delights; enlarge thy baldness as the eagle, for they are gone into captivity from thee.