Nepali

Darby's Translation

Nehemiah

4

1हामीहरूले पर्खाल निर्माण गरिरहेका जब सम्बलतले सुने, अनि तिनी अत्यन्तै क्रोधित भए। तिनी यहूदीहरू प्रति हाँसे।
1And it came to pass that when Sanballat heard that we built the wall, he was angry and very indignant, and mocked the Jews.
2अनि तिनका बन्धुहरू अनि सामरियाका सेनाहरू समक्ष तिनले भने, “ती कमजोर यहूदीहरू के गरिरहेछन्? के तिनीहरूले त्यो पर्खालेको पूर्ननिर्माण गर्न सक्छन्?” के तिनीहरूले बलिदान गर्नेछन्? के तिनीहरूले एकदिनमा शेष गर्नेछन्? के तिनीहरूले रद्दीको राशका ढुङ्गहरूलाई जलिसकेको भएता पनि जिउँदो तुल्याउन सक्छन्?”
2And he spoke before his brethren and the army of Samaria, and said, What do these feeble Jews? shall they be permitted to go on? Will they offer sacrifices? Will they finish in a day? Will they revive the stones out of the heaps of rubbish, when they are burned?
3अम्मोनी तोबियाह उनको छेउमा थिए, अनि भने, “तिमीहरू के बनाउँदैछौ, त्यसमाथि एउटा फ्याउरो पनि चढ्‌यो भने तिमीहरूले बनाएको ढुङ्गाको पर्खाल टुक्रा-टुक्रा भई भत्कनेंछ।”
3And Tobijah the Ammonite was by him, and he said, Even that which they build, if a fox went up, it would break down their stone wall. --
4मैले भनें, “हाम्रा परमेश्वर! हामीलाई सुन्नु हुन्छ किनभने हामी तुच्छ भएका छौं। तिनीहरूको गिल्लाले तिनीहरू आफैंले कष्ट भोगुन्। तिनीहरूलाई बन्दी बनाउनु अनि लुटाउन सुम्पिदिनुहोस्।
4Hear, our God, for we are despised, and turn their reproach upon their own head, and give them for a prey in a land of captivity!
5तिनीहरूको दोष नढाकि दिनुहोस् अनि तिनीहरूको पाप तपाईंको दृष्टिदेखि मेटिन नदिनुहोस्। किनभने तिनीहरूले निर्माण कर्त्ताहरूलाई अपमान गरेका छन्।”
5And cover not their iniquity, and let not their sin be blotted out from before thee; for they have provoked the builders.
6यसरी हामीले पर्खाल निर्माण गर्यौ र आधा उचाइँसम्म सम्पूर्ण पर्खाललाई जोडिदियौं। मानिसहरू काम गर्न उत्सुक थिए।
6But we built the wall; and all the wall was joined together to the half thereof; for the people had a mind to work.
7जब सम्बलत, तोबियाह, अरबीहरू अम्मोनीहरू अनि अश्दोदीका मानिसहरूले यरूशलेमका पर्खालहरूको मर्मत कार्य अघि बढिरहेछ अनि भत्किरहेका अंशहरूलाई मर्मत गरिरहेका छन्, भनी सुने तिनीहरू अत्यन्त क्रोधित भए।
7And it came to pass, when Sanballat, and Tobijah, and the Arabians, and the Ammonites, and the Ashdodites heard that the walls of Jerusalem were being repaired, that the breaches began to be stopped, then they were very wroth,
8यसकारण तिनीहरू सबै साथै आएर यरूशलेमको विरूद्ध लडने अनि यसलाई खलबल गर्ने योजना बनाए।
8and conspired all of them together to come to fight against Jerusalem, and to hinder it.
9तर हामिले हाम्रो परमेश्वर सित प्रार्थना गर्यौं अनि हामीले तिनीहरूका कारणले पर्खालको रक्षका निम्ती दिन-रात रक्षकहरू नियुक्त गर्यौं।
9Then we prayed to our God, and set a watch against them day and night, because of them.
10तर यहूदाका मानिसहरूले भने, “कर्मीहरू थकित हुँदैछन्। त्यहाँ अत्यन्त धेरै मैला कुचिलाहरू छन्। हामी आफैले मात्र पर्खालको पुनःर्निर्माणगर्न कहिले पनि सक्ने छैनौ।
10And Judah said, The strength of the bearers of burdens faileth, and there is much rubbish; so that we are not able to build at the wall.
11अनि हाम्रा शत्रुहरूले भने, ‘तिनीहरूले यहूदीहरू हामीहरू तिनीहरूको माझ आएर तिनीहरूलाई मारेर काम नरोकेसम्म केही पनि जान्ने अनि देख्ने छैनन्।”
11And our adversaries said, They shall not know, neither see, till we come into the midst of them and kill them, and put an end to the work.
12“जब यहूदी जो हाम्रो शत्रुहरूको बीचमा बस्थे आए तिनीहरूले दोहोर्याई-दोहोर्याई भने, ‘हाम्रो शत्रुहरूले हामीहरूलाई चारैतिरबाट आक्रमण गर्नेछन्।”‘
12And it came to pass that when the Jews that dwelt by them came and told us so ten times, from all the places whence they returned to us,
13तब मैले मानिसहरूलाई पर्खालको पछि सब भन्दा तल्लो खुल्ला ठाउँमा राखें र तल्लो खुल्ला भूमिहरूमा पठाए। मैले मानिसहरूलाई तिनीहरूको परिवार अनुसार तरवार, भाला अनि धनुहरूसित तैनाथ गराएँ।
13I set in the lower places behind the wall in exposed places, I even set the people, according to their families, with their swords, their spears and their bows.
14सबै कुरा हेरें पछि मैले तुरन्तै मुख्य अधिकारीहरू र अन्य मानिसहरूलाई भने, “तिनीहरूसित भयभीत न होऊ। हाम्रा मालिक महान अनि शक्तिशाली एकलाई सम्मु आफ्ना भाईहरू आफ्ना छोरा-छोरीहरू अनि, आफ्ना पत्नीहरू र घरका निम्ती लडाई गर।”
14And I looked, and rose up, and said to the nobles, and to the rulers, and to the rest of the people, Be not afraid of them: remember the Lord who is great and terrible, and fight for your brethren, your sons and your daughters, your wives and your houses.
15जब हाम्रा शत्रुहरूले तिनीहरूका सबै योजनाहरू हामीलाई थाहा भएको छ भनी सुने, अनि परमेश्वरले तिनीहरूको योजना ध्वंश पारीदिनु भयो। हामीसबै आ-आफ्ना काम गर्न पर्खाल तिर आयौं।
15And it came to pass that when our enemies heard that it was known to us, and that God had defeated their counsel, we returned all of us to the wall, every one to his work.
16त्यस दिन देखि मेरा आधा सेवकहरू पर्खालको काममा जुटे अनि आधाले ढाल, भाला, धनु अनि देह-कवच धारण गरे। अनि अगुवाहरू यहूदाका समस्त मानिसहरूको पछि उभिए।
16And from that time forth the half of my servants wrought in the work, and the other half of them held the spears, and the shields, and the bows, and the corslets; and the captains were behind all the house of Judah.
17भारी बोक्नेहरूले एकहातले भार थामी अर्कोहातले हतियार समाती काम गरे।
17They that built on the wall, and they that bore burdens, with those that loaded, wrought in the work with one hand, and with the other they held a weapon.
18प्रत्येक निर्माणकर्त्ताहरूले निर्माण गर्दै गर्दा आफ्नो तरवार एक छेउमा बाँधेका थिए। अनी जसले तुरही फुक्थ्यो मेरो छेउमा थियो।
18And the builders had every one his sword girded by his side, and built. And he that sounded the trumpet was by me.
19मैले मुख्य मानिसहरू, अधिकारीहरू अनि अन्य मानिसहरूलाई भने, “काम अत्यन्त ठूलो भएकोछ अनि हामी पर्खालमा एक अर्कादेखि फराकिलो रूपमा छुट्टिएका छौं।
19And I said to the nobles, and to the rulers, and to the rest of the people, The work is great and extended, and we are scattered upon the wall, one far from another:
20जब तिमीहरूले तुरहीको आवाज सुन्छौ हामीसँग त्यहाँ भेला होऊ। हाम्रा परमेश्वर हाम्रो निम्ति लडिदिनु हुनेछ।”
20in what place ye hear the sound of the trumpet, thither shall ye assemble to us; our God will fight for us.
21यसरी बिहानको पहिलो किरण फैलिए देखि राती तारा ननिस्केसम्म आधा मानिसहरूले भाला समातेर हामीले लगातार काम गरि रह्यौ।
21And we laboured in the work; and half of them held the spears from the rising of the dawn till the stars appeared.
22त्यस समयमा मैले मानिसलाई यो पनि भनें, “हरेक मानिसहरू अनि उनीहरूको सेबकहरूले यरूशलेम मानै रात बिताओस् जसमा कि तिनीहरू हाम्रा निम्ती रातका रक्षक अनि दिनका कर्मी हुन सक्छन्। यसरी न त मैले, न मेरा साथी सङ्गीहरूले न मेरा सेवकहरूले न त मेरो अनुसरण गर्ने रक्षक मानिसहरूले कहिले हाम्रा बस्त्रहरू खोल्यौं।”
22Likewise at the same time I said to the people, Let every one with his servant lodge within Jerusalem, that in the night they may be a guard to us, and [be for] labour in the day.
23हरेकले आफ्ना दाहिनेहातमा आफ्ना हतियार राखे।
23And neither I, nor my brethren, nor my servants, nor the men of the guard that followed me, none of us put off our garments: every one had his weapon on his right side.