1मरियम र हारूनले मोशाको विरूद्धमा आलोचना गरे किनभने तिनले एउटी कूशी महिलासित विवाह गरे।
1And Miriam and Aaron spoke against Moses because of the Ethiopian woman whom he had taken; for he had taken a Cushite as wife.
2तिनीहरूले भने, “के परमप्रभु मोशा मार्फत मात्र बोल्नु भयो र? के उहाँ हामी मार्फत बोल्नु भएन?” परमप्रभुले यो कुरा सुन्नुभयो।
2And they said, Has Jehovah indeed spoken only to Moses? has he not spoken also to us? And Jehovah heard it.
3मोशा अति नै विनम्र मानिस थिए। पृथ्वीमा तिनी कुनै पनि मानिस भन्दा अधिक विनम्र मानिस थिए।
3But the man Moses was very meek, above all men that were upon the face of the earth.
4परमप्रभुले तुरून्तै मोशा, हारून र मरियमलाई बोलाउनु भयो, “तिमीहरू तीनजना भेट हुने पालमा आऊ।” यसकारण ती तीन जना त्यहाँ गए।
4Then Jehovah spoke suddenly to Moses, and to Aaron, and to Miriam, Come out ye three unto the tent of meeting. And they went out, they three.
5तब परमप्रभु बादलको खम्बामा आउनु भयो र पालको प्रवेशद्वारमा उभिनु भयो, “हारून र मरियम!” बोलाउनु भयो। तब यी दुईजना बाहिरा आए।
5And Jehovah came down in the pillar of the cloud, and stood at the entrance of the tent, and called Aaron and Miriam; and they both came forth.
6परमप्रभुले भन्नुभयो, “मलाई सुन! जब तिमीहरू माझ अगमवक्ता छन् म, परमप्रभु आफै दर्शनमा उसलाई परिचय दिन सक्छु। म सपनामा त्योसित कुरा गर्न सक्छु।
6And he said, Hear now my words: If there be a prophet among you, I Jehovah will make myself known to him in a vision, I will speak to him in a dream.
7तर मोशा त्यस्तो होइन। ऊ मेरो विश्वासी दास हो र मेरो सबै घरानामा उसलाई विश्वास गर्न सक्छु।
7Not so my servant Moses: he is faithful in all my house.
8जब म उनीसित बात गर्छु, म आम्ने-साम्ने बात गर्न सक्छु। जे सुकै म सोच्छु उसले जान्नु पर्छ। मैले उसलाई अड्को प्रयोग नगरी भन्न सक्छु। अनि मोशाले परमप्रभुको रूप देख्न सक्छन्। यसकारण तिमीहरू किन मेरो दासको विरूद्धमा बोल्न डराएनौ?”
8Mouth to mouth do I speak to him openly, and not in riddles; and the form of Jehovah doth he behold. Why then were ye not afraid to speak against my servant, against Moses?
9परमप्रभु तिनीहरूसित साह्रै क्रोधित हुनुभयो र तिनीहरूलाई त्याग्नु भयो।
9And the anger of Jehovah was kindled against them, and he went away;
10बादल पालबाटमाथि उठ्यो। हारूनले मारियमतिर हेरे अनि देखे कि तिनको छाला हिऊँ झैं सेतो भएको थियो अनि त्यो तिनलाई भयंङ्कर चर्म रोग लाग्यो।
10and the cloud departed from off the tent. And behold, Miriam was leprous as snow; and Aaron turned toward Miriam, and behold, she was leprous.
11तब हारूनले मोशालाई भने, “महाशय विन्ती छ, हामीले मूर्खतापूर्वक गरेको पाप दया गरी माफ दिनुहोस।
11Then Aaron said to Moses, Alas, my lord, I beseech thee, lay not this sin upon us, wherein we have been foolish, and have sinned!
12कृपा गरी गर्भमा कुहेको नानीको झैं उसले आफ्नो छाला गुमाउनु नदिनुहोस्।” कहिले काही मृत जन्मेको बच्चाको आधा छाला सडेको हुन्छ।
12Let her not be as one stillborn, half of whose flesh is consumed when he comes out of his mother's womb.
13यसकारण मोशाले परमप्रभुलाई प्रार्थना गरे, “हे परमेश्वर कृपा गरी उसलाई रोग मुक्त गराइ दिनु होस्।”
13And Moses cried to Jehovah, saying, O ùGod, heal her, I beseech thee!
14परमप्रभुले मोशालाई उत्तर दिनुभयो, “यदि तिनको बाबुले तिनको मुखमा थुकिदिए भने, तिनी सात दिन सम्म लज्जित हुनुपर्छ। यसकारण तिनलाई सात दिन सम्म छाउनी बाहिर राख। त्यति समय पछि, तिनी स्वस्थ हुन्छिन। त्यसपछि तिनी छाउनीमा फर्की आउन सक्छिन्?”
14And Jehovah said to Moses, But had her father anyways spat in her face, should she not be shamed seven days? She shall be shut outside the camp seven days, and afterwards she shall be received in [again].
15यसर्थ तिनीहरूले मरियमलाई सात दिन सम्म छाउनी बाहिर राखे अनि तिनलाई छाउनीमा फर्काई नल्याए सम्म मानिसहरू त्यस ठाँउबाट कतै गएनन्।
15And Miriam was shut outside the camp seven days; and the people did not journey till Miriam was received in [again].
16त्यसपछि मानिसहरूले हसेरोतबाट छाउनी उठाई परान मरूभूमि सम्म यात्रा गरी त्यहीं छाउनी हाले।
16And afterwards the people journeyed from Hazeroth, and encamped in the wilderness of Paran.