Nepali

Darby's Translation

Numbers

19

1परमप्रभुले मोशा र हारूनलाई भन्नुभयो,
1And Jehovah spoke to Moses and to Aaron, saying,
2“परमप्रभुले दिनु भएको आज्ञाहरूबाट बनिएको नियम यही हो। इस्राएलका मानिसहरूलाई भन कि तिनीहरूले एउटा एकदमै निष्खोट र कहीं दाग नभएको कहिले पनि नजोतिएको रातो गाई ल्याऊन। अनि त्यो गाईले कहिल्यै हलो नजोतेको हुनुपर्छ।
2This is the statute of the law which Jehovah hath commanded, saying, Speak unto the children of Israel, that they bring thee a red heifer without blemish, wherein is no defect, and upon which never came yoke;
3तिमीहरूले त्यो गाई एलाजारलाई दिनुपर्छ र उसले त्यस गाईलाई छाउनी बाहिर ल्याउँछ। यो उसको अघि मारिनु पर्छ।
3and ye shall give it to Eleazar the priest, and he shall bring it outside the camp, and one shall slaughter it before him.
4त्यसपछि एलाजारले उसको औंलाले केही रगत भेट हुने पालको अघिल्तिर सात पल्ट छर्कनु पर्छ।
4And Eleazar the priest shall take of its blood with his finger, and shall sprinkle of its blood directly before the tent of meeting seven times.
5तब उसको सामुन्ने त्यो गाई जलाउनु पर्छ। यसको छाला, मासु, रगत आन्द्रा-भुँडी सबै जलाउनु पर्छ।
5And one shall burn the heifer before his eyes; its skin and its flesh, and its blood, with its dung, shall he burn.
6पूजाहारीले देवदारू काठ, हिसप र केही रातो धागो ल्याएर गाई जल्दै गरेको आगोमा फ्याँक्नु पर्छ।
6And the priest shall take cedar-wood, and hyssop, and scarlet, and cast them into the midst of the burning of the heifer.
7त्यसपछि पूजाहारीले आफ्नो लाउने लुगा धोएर नुहाई धुवाई गरी छाउनीमा जानुपर्छ। तर त्यो पूजाहारी साँझसम्म अशुद्ध रहन्छ।
7And the priest shall wash his garments, and he shall bathe his flesh in water, and afterwards he shall come into the camp; and the priest shall be unclean until the even;
8त्यो गाई पोल्नेले पनि आफ्नो लुगाहरू धोएर नुहाउनु पर्छ, अनि त्यो पनि साँझसम्म अशुद्ध भईरहन्छ।
8and he that hath burned it shall wash his garments in water, and bathe his flesh in water, and shall be unclean until the even.
9“केही शुद्ध मानिसले जलाएको कोरेलीको खरानी बटुलेर छाउनी देखि बाहिर विधिपूर्वक शुद्ध पारिएको ठाँउमा राख्नु पर्छ। खरानी इस्राएलका मानिसहरूलाई सफा गर्नका निम्ति पानीसित राखेका थियो। यो पापबलि हो।
9And a clean man shall gather the ashes of the heifer, and deposit them outside the camp in a clean place, and it shall be kept for the assembly of the children of Israel for a water of separation: it is a purification for sin.
10“त्यो खरानी बटुल्ने व्यक्तिले पनि आफ्नो लुगा-फाटा धोएर साँझ सम्म अशुद्ध रहोस्। “इस्राएलका मानिसहरू तथा तिनीहरूको माझमा बस्ने कुनै पनि विदेशीको निम्ति यो अन्तको नियम हो।
10And he that hath gathered the ashes of the heifer shall wash his clothes, and be unclean until the even. And it shall be unto the children of Israel, and unto the stranger that sojourneth among them, an everlasting statute.
11एकजना व्यक्ति जसले मुर्दा छुन्छ त्यो सात दिन सम्म अशुद्ध रहन्छ।
11He that toucheth a dead person, any dead body of a man, shall be unclean seven days.
12तेस्रो दिनमा त्यो व्यक्तिले आफैंलाई त्यही पानीले शुद्ध पार्ने छ र सातौं दिनमा उ शुद्ध हुनेछ। तर यदि व्यक्तिहरू तिनीहरू आफैं तेस्रो दिनमा शुद्ध भएन भने, तब सातौं दिनमा पनि शुद्ध हुनेछैन।
12He shall purify himself with it on the third day, and on the seventh day he shall be clean; but if he purify not himself the third day, then the seventh day he shall not be clean.
13यदि कुनै व्यक्तिले मुर्दा छुन्छ र आफैलाई फेरि शुद्ध पार्दैन, त्यसले परमप्रभुको पवित्र पाललाई अशुद्ध पार्छ। यसकारण व्यक्ति इस्राएलबाट काटिदिनेछ। जस्तो पवित्र पानी तिनीहरू माथि छर्केको थिएन यसकारण उसको शरीर अशुद्ध रहन्छ।
13Whoever toucheth a dead person, the dead body of a man that is dead, and purifieth not himself, defileth the tabernacle of Jehovah; and that soul shall be cut off from Israel; for the water of separation was not sprinkled upon him: he shall be unclean; his uncleanness is yet upon him.
14“यदि कुनै मानिस पाल भित्र मरे भने त्यसको नियम यो हो प्रत्येक जो पाल भित्र बस्ने प्रवेश गर्ने र त्यहाँ प्रत्येक नै अशुद्ध हुनेछ र तिनीहरू सात दिन सम्म अशुद्ध रहन्छन्।
14This is the law, when a man dieth in a tent: every one that cometh into the tent, and all that is in the tent, shall be unclean seven days.
15अनि ढकनी बिनाको प्रत्येक भाँडा अथवा बयम अशुद्ध हुन्छ।
15And every open vessel, which hath no covering bound upon it, shall be unclean.
16यदि कसैले खुल्ला मैदानमाथि लडीरहेको मृत शरीरलाई छुन्छ वा लडाँईमा मारिएको कुनै मुर्दा छुन्छ वा मनुष्यको हड्डी चिहानलाई छुन्छ भने, उनी सात दिनसम्म अशुद्ध रहनेछ।
16And every one that toucheth one that is slain with a sword in the open fields, or a dead person, or the bone of a man, or a grave, shall be unclean seven days.
17“त्यो अशुद्ध मानिसको निम्ति जलाइएको गाईको खरानी एउटा भाँडामा हाल र त्यसमा बग्दै गरेको पानी यसमा हाल्नु पर्छ।
17And they shall take for the unclean of the ashes of the purification-offering that hath been burned, and shall put running water thereon in a vessel;
18कुनै शुद्ध मानिसले त्यस पानीमा हिसप चोपेर भाँडाहरू र मानिसहरू माथि छर्किनु पर्छ। अनि कसैले हड्डी अथवा चिहान अथवा एउटा मृत शरीर अथवा एउटा युद्धमा मरेको शरीरलाई छोएर अशुद्ध बनाउँछ। भने, त्यो पानी ऊ माथि छर्कनु पर्छ।
18and a clean man shall take hyssop, and dip it in the water, and sprinkle it on the tent, and upon all the utensils, and upon the persons that were there, and upon him that hath touched the bone, or the one slain, or the dead person, or the grave;
19“त्यस शुद्ध मानिसले अशुद्ध भएको मानिसमाथि तेस्रो र सातौं दिन छर्किनु पर्छ। यस प्रकार उसले अशुद्ध मानिसहरूलाई सातौं दिनमा शुद्ध बनाउँछ। त्यो अशुद्ध मानिसले लुगा धोओस अनि पानीमा नुहाओस् र साँझ सम्म अशुद्ध रहन्छ।
19and the clean shall sprinkle it on the unclean on the third day, and on the seventh day; and he shall purify him on the seventh day; and he shall wash his garments, and bathe himself in water, and shall be clean at even.
20“यदि एक जना मानिस जो अशुद्ध भएकहाँ अनि ऊ आफैं शुद्ध हुँदैन भने त्यस व्यक्तिलाई आफ्नो समुदायबाट बहिष्कार गरियोस् किनभने त्यसले परमप्रभुको पवित्र स्थान अशुद्ध पार्यो। शुद्धीकरणको पानी ऊ माथि छर्किएन यसकारण त्यो व्यक्ति अशुद्ध रह्यो।
20And the man that is unclean, and doth not purify himself, that soul shall be cut off from the midst of the congregation, for he hath defiled the sanctuary of Jehovah: the water of separation hath not been sprinkled on him: he is unclean.
21तिनीहरूको निम्ति यो नियम अनन्त रूपले लागु भइरहन्छ। जो व्यक्तिले शुद्धीकारणको पानी छर्किन्छ उसले आफ्नो लुगा-फाटा धुनु पर्छ अनि जुन व्यक्तिले शुद्धीकारणको पानी छुन्छ त्यो व्यक्ति साँझ सम्म अशुद्ध भइरहन्छ।
21And it shall be an everlasting statute unto them. And he that sprinkleth the water of separation shall wash his garments, and he that toucheth the water of separation shall be unclean until even.
22प्रत्येक कुरा त्यो व्यक्तिले छोए अशुद्ध रहन्छ अनि कुनै व्यक्ति जसले त्यसलाई छुन्छ त्यो साँझ सम्म अशुद्ध रहन्छ।”
22And whatever the unclean person toucheth shall be unclean; and the soul that toucheth it shall be unclean until even.