Nepali

Darby's Translation

Numbers

26

1त्यो डरलाग्दो महामारी पछि परमप्रभुले मोशा र पूजाहारी हारूनको छोरो एलाजारलाई भन्नुभयो,
1And it came to pass after the plague, that Jehovah spoke to Moses and to Eleazar the son of Aaron the priest, saying,
2“सम्पूर्ण इस्राएली मानिसहरूको समुदायमा जो बीस वर्ष अथवा वेशी उमेरका छन्। तिनीहरूलाई गन र तिनीहरूलाई लडाँईमा जान उपयुक्त हुने परिवार अनुसार सूची बनाऊ।”
2Take the sum of the whole assembly of the children of Israel, from twenty years old and upward, according to their fathers' houses, all that go forth to military service in Israel.
3यसकारण मोशा र पूजाहारी एलाजारले तिनीहरूसित यरीहोको पारी यर्दन नदीको नजिक मोआबको मैदानमा कुरा गरे। “तिनीहरूले भने,
3And Moses and Eleazar the priest spoke with them in the plains of Moab by the Jordan of Jericho, saying,
4“इस्राएलका सबै मानिसहरू जो बीस वर्ष भन्दा माथिको छ सबैको गन्ती गर, परमप्रभुले मोशा र इस्राएलीहरूलाई आज्ञा गर्नु भए जस्तो जो मिश्रबाट बाहिर आए।”
4From twenty years old and upward ...; as Jehovah had commanded Moses and the children of Israel, who went forth out of the land of Egypt.
5रूबेन इस्राएलको जेठो छोरो हो। रूबेनका सन्तान यस प्रकारले छन्; हनोकबाट हनोकीहरूको कुलसमूह, पल्लूबाट पल्लूईहरूको कुल समूह,
5Reuben, the firstborn of Israel: the children of Reuben: [of] Enoch, the family of the Enochites; of Pallu, the family of the Palluites;
6हिस्रोनबाट हिस्रोनीहरूको कुलसमूह, कर्मीबाट कर्मीहरूको कुल समूह।
6of Hezron, the family of the Hezronites; of Carmi, the family of the Carmites.
7रूबेनहरूका कुलका कुलसमूह यिनीहरू नै थिए। मानिसहरूको जन संख्या 43,730 थियो।
7These are the families of the Reubenites; and they that were numbered of them were forty-three thousand seven hundred and thirty.
8पल्लूका छोरो एलीआब थिए।
8And the sons of Pallu: Eliab;
9एलीआबका छोराहरू नमूएल, दातान र अबीराम थिए। यी तिनै दातान र अबीराम हुन् जसलाई समुदायबाट चुने अनि तिनीहरू नै मोशा र हारूनको विरोधमा गए। जब तिनीहरूले परमप्रभुको विरोध गरे दातान र अबीराम कोरहको अनुयायीहरूको वीचमा थिए।
9and the sons of Eliab were Nemuel, and Dathan, and Abiram. This is that Dathan and Abiram, summoned of the assembly, who contended against Moses and against Aaron in the band of Korah, when they contended against Jehovah.
10अनि पृथ्वी र्चकिएर मुख बायो अनि कोरह र तिनीहरूलाई निल्यो। जब कोरहको अनुयायीहरू मरे अनि जब 250 जना मानिसहरूलाई आगोले भस्म पार्यो मानिसहरूलाई चेतावनीको निम्ति एउटा दृष्टान्त भयो।
10And the earth opened its mouth, and swallowed them up together with Korah, when that band died, when the fire devoured the two hundred and fifty men; and they became a sign.
11तर कोरहका छोराहरू मरेनन्।
11But the children of Korah died not.
12कुलसमूह अनुसार शिमोनको सन्तानहरू यी नै हुन्; नमूएलबाट नमूएलको कुलसमूह, यामीनबाट यामीनीहरूको कुलसमूह, याकीनबाट याकीनीको कुलसमूह,
12The sons of Simeon, after their families: of Nemuel, the family of the Nemuelites; of Jamin, the family of the Jaminites; of Jachin, the family of the Jachinites;
13जेरहबाट जेरहीहरूको कुलसमूह, शाऊलबाट शाऊलहीहरूको कुलसमूह,
13of Zerah, the family of the Zarhites; of Saul, the family of the Saulites.
14शिमोनहरूका कुलका कुलसमूहहरू यी नै थिए। तिनीहरूमा जम्मा 22,200 मानिसहरू थिए।
14These are the families of the Simeonites, twenty-two thousand two hundred.
15तिनीहरूको कुलसमूह अनुसार गादको कुलसमूह यस प्रकारको थियोः सपोनबाट सपोनीहरूको कुलसमूह, हाग्गैबाट हाग्गैहरूको कुलसमूह, शूनीबाट शूनीहरूको कुलसमूह,
15The children of Gad, after their families: of Zephon, the family of the Zephonites; of Haggi, the family of the Haggites; of Shuni,the family of the Shunites;
16ओजनीबाट ओजनीहरूको कुलसमूह, एरीबाट एरीहरूको कुलसमूह,
16of Ozni, the family of the Oznites; of Eri, the family of the Erites;
17अरोदाबाट अरोदाहरूको कुलसमूह अरेलीबाट अरेलीहरूको कुलसमूह भए।
17of Arod, the family of the Arodites; of Areli, the family of the Arelites.
18गादाहरूको कुलका कुलसमूहहरू यस प्रकारका थिए र तिनीहरूको जन संख्या 40, 500 थियो।
18These are the families of the children of Gad according to those that were numbered of them, forty thousand five hundred.
19[This verse may not be a part of this translation]
19The sons of Judah: Er and Onan; and Er and Onan died in the land of Canaan.
20[This verse may not be a part of this translation]
20And the sons of Judah, after their families: of Shelah, the family of the Shelanites; of Pherez, the family of the Pharzites; of Zerah, the family of the Zarhites.
21पेरेसका सन्तानहरू यस प्रकारका थिएः हेस्रोनबाट हेस्रोनीहरूको कुलसमूह, हमूलबाट हामूलीहरूको कुलसमूह।
21And the sons of Pherez: of Hezron, the family of the Hezronites; of Hamul, the family of the Hamulites.
22यहूदाको कुलका कुलसमूहहरू यही हो र तिनीहरूको जम्मा जन-संख्या 76,500 थियो।
22These are the families of Judah according to those that were numbered of them, seventy-six thousand five hundred.
23तिनीहरूको कुलसमूह अनुसार इस्साकारको सन्तान यस प्रकारको थियोः तोलाबाट तोलाहीहरूको कुलसमूह, पुव्वाबाट पुव्वाहीहरूको कुलसमूह।
23The sons of Issachar, after their families: of Tola, the family of the Tolaites; of Puah, the family of the Punites;
24याशूबबाट याशूबीहरूको कुलसमूह, हिम्रोनबाट हिम्रोनीहरूको कुलसमूह।
24of Jashub, the family of the Jashubites; of Shimron, the family of the Shimronites.
25इस्साकारको कुलका कुलसमूहहरू यही हो र तिनीहरूको जनसंख्या 64,300 थियो।
25These are the families of Issachar according to those that were numbered of them, sixty-four thousand three hundred.
26तिनीहरूको कुलसमूह अनुसार जबूलूनको सन्तान यस प्रकारको थियोः सेरेदबाट सेरेदीहरूको कुलसमूह, एलोनबाट एलोनीहरूको कुलसमूह, यहलेलबाट यहेलेलीको कुलसमूह भए।
26The sons of Zebulun, after their families: of Sered, the family of the Sardites; of Elon, the family of the Elonites; of Jahleel, the family of the Jahleelites.
27जबूलूनको कुलका कुलसमूहहरू यही हो र तिनीहरूको जनसंख्या 60,500 थियो।
27These are the families of the Zebulunites according to those that were numbered of them, sixty thousand five hundred.
28यूसुफका मनश्शे र एप्रैम नाम गरेका दुई जना छोराहरू थिए।
28The sons of Joseph, after their families: Manasseh and Ephraim.
29मनश्शेबाट भएका सन्तानहरू यिनीहरू नै हुन् माकीरबाट माकीरी कुलसमूह, (माकीर गिलादका बाबु थिए) गिलादबाट गिलादीहरूको कुलसमूह,
29The sons of Manasseh: of Machir, the family of the Machirites (and Machir begot Gilead); of Gilead, the family of the Gileadites.
30गिलादबाट भएका सन्तानहरूः ईएजरेबाट ईएजेरीहरूको कुलसमूह, हेलेकबाट हेलेकीहरूको कुलसमूह,
30These are the sons of Gilead: of Jeezer, the family of the Jeezerites; of Helek, the family of the Helkites;
31अस्त्रीएलबाट अस्त्रीलीहरूको कुलसमूह, शेकेमबाट शेकेमीहरूको कुलसमूह,
31and of Asriel, the family of the Asrielites; and of Shechem, the family of the Shechemites;
32शमीदाबाट शमीदीहरूको कुलसमूह, हपेरबाट हेपेरीहरूको कुलसमूह
32and of Shemida, the family of the Shemidaites; and of Hepher, the family of the Hepherites.
33सलोफाहद हेपेरका छोरो थिए। यिनीबाट कुनै छोरो जन्मेन तर छोरीहरू मात्रै जन्मे। शलोफाहदका छोरीहरू थिए महला, नोआ, होग्लाह, मिल्का अनि तिर्सा।
33-- And Zelophehad the son of Hepher had no sons, but daughters; and the names of the daughters of Zelophehad were Mahlah, and Noah, Hoglah, Milcah, and Tirzah.
34मनश्शेको कुलको कुलसमूहहरू यस प्रकारको छ। तिनीहरूको जन संख्या 52,700 थियो।
34-- These are the families of Manasseh; and those that were numbered of them, fifty-two thousand seven hundred.
35एप्रैमको कुलसमूह यस प्रकार छः शूतेलहबाट शूतेलहीहरूको कुलसमूह, बेकेरबाट बेकेरीहरूको कुलसमूह, तहनबाट तहनीहरूको कुलसमूह।
35These are the sons of Ephraim, after their families: of Shuthelah, the family of the Shuthalhites; of Becher, the family of the Bachrites; of Tahan, the family of the Tahanites.
36शूतेलहका कुलसमूह यस प्रकारका थिएः एरानबाट एरानीहरूको कुलसमूह।
36And these are the sons of Shuthelah: of Eran, the family of the Eranites.
37एप्रैमको कुलका कुलसमूहहरू यस प्रकार थिए अनि तिनीहरू को जन-संख्या 32,500 थियो। यूसुफको कुल कुलसमूहहरू तिनीहरू नै हुन्।
37These are the families of the sons of Ephraim according to those that were numbered of them, thirty-two thousand five hundred. These are the sons of Joseph after their families.
38बिन्यामीनका कुलसमूहहरू यिनीहरू हुन्; बेलाबाट बेलाही कुलसमूह, अशबेलबाट अशबेलिहरूको कुलसमूह, अहीरामबाट अहीरामीहरूको कुलसमूह,
38The sons of Benjamin, after their families: of Bela, the family of the Belaites; of Ashbel, the family of the Ashbelites; of Ahiram, the family of the Ahiramites;
39शूपामबाट शपामीहरूको कुलसमूह हूपामबाट हुपामीहरूको कुलसमूह भए।
39of Shephupham, the family of the Shuphamites; of Hupham, the family of the Huphamites.
40अर्द र नामन बेलाका छोराहरू हुन्; अर्दबाट अर्दीहरूको कुलसमूह, नामानबाट नामानीहरूको कुलसमूह भए।
40And the sons of Bela were Ard and Naaman; [of Ard] the family of the Ardites; of Naaman, the family of the Naamites.
41बिन्यामीनको कुलका कुलसमूहहरू यिनीहरू नै थिए। तिनीहरूको जन-संख्या 45,600 थियो।
41These are the sons of Benjamin after their families; and they that were numbered of them were forty-five thousand six hundred.
42दानका कुलसमूह यिनीहरू हुन्; सूहामबाट शूहामीहरूको कुलसमूह
42These are the sons of Dan, after their families: of Shuham, the family of the Shuhamites. These are the families of Dan after their families.
43दानको कुलका कुलसमूहहरू यिनीहरू नै थिए अनि सबै सूहामीहरूको जन-संख्या 64,400 थियो।
43All the families of the Shuhamites, according to those that were numbered of them, were sixty-four thousand four hundred.
44आशेरको कुलसमूहहरू यस प्रकार थिएः यिम्नाहबाट यिम्नानीहरूको कुलसमूह, यिशवी बाट यिश्वीहरूको कुलसमूह, बेरीयहबाट बेरीयाहरूको कुलसमूह,
44The sons of Asher, after their families: of Jimnah, the family of the Jimnites; of Jishvi, the family of the Jishvites; of Beriah, the family of the Beriites.
45बेरीयाहबाट यी परिवारहरू थिएः हेबेरबाट हेबेरीहरूको कुलसमूह, मल्कीएलबाट मल्कीएहरूको कुलसमूह।
45Of the sons of Beriah: of Heber, the family of the Heberites; of Malchiel, the family of the Malchielites.
46(आशेरको सेरह नाम गरकी छोरी थिई)।
46And the name of the daughter of Asher was Serah.
47कुलसमूह अनुसार आशेरकुलका यही कुलसमूहहरू थिए र तिनीहरूको जन-संख्या 53,400 थियो।
47These are the families of the sons of Asher according to those that were numbered of them, fifty-three thousand four hundred.
48कुलसमूह अनुसार नप्तालीबाट यी कुलसमूहहरू थिएः यहसेलबाट यहसेलीहरूको कुलसमूह, गुनीबाट गुनीहरूको कुलसमूह
48The sons of Naphtali, after their families: of Jahzeel, the family of the Jahzeelites; of Guni, the family of the Gunites;
49येसेरबाट येसेरीहरूको वशं शिल्लेमबाट शिल्लेमीहरूको कुलसमूह।
49of Jezer, the family of the Jezerites; of Shillem, the family of the Shillemites.
50कुलसमूह अनुसार नप्ताली कुलका कुलसमूहहरू यिनीहरू नै थिए अनि यिनीहरूको जन-संख्या 45,400 थियो।
50These are the families of Naphtali, according to their families; and they that were numbered of them were forty-five thousand four hundred.
51यसर्थ इस्राएली मानिसहरूको जन-संख्या 6,01,730 थियो।
51These were the numbered of the children of Israel, six hundred and one thousand seven hundred and thirty.
52परमप्रभुले मोशालाई भन्नुभयो,
52And Jehovah spoke to Moses, saying,
53“यी मानिसहरू माझ भूमि वितरण गरिन्छ र तिनीहरूलाई दिइन्छ। यसरी ती सबै गन्तीमा परेका मानिसहरू प्रत्येकले प्रशस्त भूमि पाउनेछन्।
53Unto these shall the land be divided for an inheritance according to the number of the names;
54ठूलो परिवारले धेरै र सानो परिवारले कम्ती गरी भूमि पाउनेछन्। तिनीहरूलाई दिइएको भूमि गन्ती गरिएका मानिसहरू बराबर हुनेछ।
54to the many thou shalt increase their inheritance, and to the few thou shalt diminish their inheritance; to every one shall his inheritance be given according to those that were numbered of him.
55तर कसले कुन इलाका पाउने हो त्यो चिठ्ठा द्वारा निर्णय गरिनेछ अनि आफ्ना पुर्खाका कुल अनुसार नाममा तिनीहरू आफ्नो इलाका निर्धारित हुनेछ।
55Notwithstanding the land shall be divided by lot; according to the names of the tribes of their fathers shall they inherit;
56प्रत्येक कुल समूहको अंश चिठ्ठा द्वारा निर्धारण गरिनेछ।”
56according to lot shall his inheritance be divided to each, be they many or few in number.
57कुलसमूह अनुसार गन्ती गरिएका लेवीकुलका कुलसमूहहरू यिनीहरू नै हुन्। गेर्शोनबाट गेर्शोनीहरूको कुलसमूह कहातबाट कहातीहरूको कुलसमूह मरारीबाट मरारीहरूको कुलसमूह भए।
57And these are the numbered of the Levites, after their families: of Gershon, the family of the Gershonites; of Kohath, the family of the Kohathites; of Merari, the family of the Merarites.
58लेवी कुलको कुलसमूहहरू यी नै हुन्। लिब्नीहरूको कुलसमूह, हेब्रोनीहरूको कुलसमूह, महलीहरूको कुलसमूह, मूशीहरूको कोरहीहरूको कुलसमूह। कहात अम्रामका पिता थिए।
58These are the families of the Levites: the family of the Libnites, the family of the Hebronites, the family of the Mahlites, the family of the Mushites, the family of the Korahites. -- And Kohath begot Amram.
59अम्रामकी पत्नीको नाम योकेबेद थियो अनि तिनी लेवी कुलसमूहकी थिइन्। तिनी मिश्रदेशमा लेवी कुलमा जन्मेकी थिइन्। अनि योकेबेल आम्रामका निम्ति, हारून, मोशा र मरियमलाई जन्माईन्।
59And the name of Amram's wife was Jochebed, the daughter of Levi, who was born to Levi in Egypt; and she bore to Amram Aaron and Moses, and Miriam their sister.
60हारून नादाब, अबीहू, एलाजार अनि इतामारका पिता थिए।
60And to Aaron were born Nadab, and Abihu, Eleazar, and Ithamar.
61तर नादाब र अबीहू परमप्रभुको अघि अनुमति नभएको आगोमा बलि चढाएको कारणले मरे।
61And Nadab and Abihu died, when they presented strange fire before Jehovah.
62एक महीना र अधिक उमरेका पुरूष गन्दा लेवीहरूको संख्या 23,000 थियो। तिनीहरू मानिसहरूसित गनिएनन कारण तिनीहरूले इस्राएलका मानिसहरूसित भूमिमा अंश पाएनन्।
62And those that were numbered of the [Levites] were twenty-three thousand, all males from a month old and upward; for they were not numbered among the children of Israel, because there was no inheritance given them among the children of Israel.
63यी मानिसहरूको गन्ती मोशा र पूजाहारी एलाजारले गरेका थिए। मोशा र एलाजार पूजाहारीले इस्राएली मानिसहरूको गन्ती यरीहोको पारी यर्दन नदीको किनार मोआबको मैदानमा गरेका थिए।
63These are they that were numbered by Moses and Eleazar the priest, who numbered the children of Israel in the plains of Moab, by the Jordan of Jericho.
64धेरै दिन अघि सिनै मरूभूमिमा मोशा र हारूनले जुन इस्राएली मानिसहरूको गन्ती गरेका थिए तिनीहरू मरिसके अनि तिनीहरूमा कोही पनि जीवित थिएनन्।
64But among these there was not a man numbered by Moses and Aaron the priest, who numbered the children of Israel in the wilderness of Sinai.
65किन? किनभने तिनीहरू मरूभूमिमा मर्छन भनी परमप्रभुले भन्नु भएको थियो। तिनीहरू मध्ये बाँचेकाहरू हुन् यपुन्नेको छोरो कालेब र नूनको छोरो यहोशू।
65For Jehovah had said of them, They shall surely die in the wilderness. And there was not left a man of them, save Caleb the son of Jephunneh, and Joshua the son of Nun.