Nepali

Darby's Translation

Numbers

3

1परमप्रभुले सीनै पर्वतमा मोशासंग कुरा गर्नुहुँदा हारून र मोशाको परिवारको विवरण यस्तो थियो।
1And these are the generations of Aaron and Moses in the day that Jehovah spoke with Moses on mount Sinai.
2हारूनका दुइजना छोराहरू थिए र नादाब तिनको जेठो छोरा थिए। अरू छोराहरूको नाम अबीहू, एलाजार र ईतामार हो।
2And these are the names of the sons of Aaron: Nadab the firstborn, and Abihu, Eleazar and Ithamar.
3हारूनका यी छोराहरू तेलले अभिषिक्त परमप्रभुको विशेष सेवाका निम्ति पूजाहारीहरूको रूपमा नियुक्त गरिएका थिए। हारूनका यी छोराहरूलाई परमप्रभुको विशेष सेवामा नियुक्त गरिएको थियो।
3These are the names of the sons of Aaron, the anointed priests, who were consecrated to exercise the priesthood.
4नादाब र अबीहू परमप्रभुको सेवामा रहेको समय मै अपवित्र आगो द्वारा बलिचढाएको पापले सीनै मरूभूमिमा मरे। तिनीहरूको कुनै छोरो थिएन, यसकारण एलाजार र ईतामारले पूजाहारीका स्थान लिएर परमप्रभुको सेवामा लागे। तिनीहरूका बाबु हारूनको जीवन कालमा नै यस्तो घटना घट्यो।
4And Nadab and Abihu died before Jehovah when they offered strange fire before Jehovah in the wilderness of Sinai, and they had no sons; and Eleazar and Ithamar exercised the priesthood in the presence of Aaron their father.
5परमप्रभुले मोशालाई भन्नुभयो,
5And Jehovah spoke to Moses, saying,
6“लेवी कुलका जम्मै मानिसहरूलाई ल्याऊ अनि पूजाहारी, हारून सामुन्ने हाजिर गराऊ, तिनीहरू सबै हारून पूजाहारीको सहयोगीहरू हुनेछन्।
6Bring the tribe of Levi near, and present them before Aaron the priest, that they may minister unto him;
7लेवीहरूले भेट हुने पालमा आराधना गर्दा हारूनलाई र त्यहाँ आराधना गर्नु आउने सबै मानिसहरूलाई सहायता गर्नेछन्।
7and they shall keep his charge, and the charge of the whole assembly, before the tent of meeting, to do the service of the tabernacle.
8भेट हुने पालको सबै सर-समानहरूको सुरक्षा तिनीहरूले गर्नेछन् अनि त्यस पालभित्रको दायित्वपूर्ण काम गर्नेछन्।
8And they shall keep all the utensils of the tent of meeting, and the charge of the children of Israel, to do the service of the tabernacle.
9“लेवीहरू सबै इस्राएलीहरूबाट चुनिएका हुन्। तिनीहरूलाई हारून र तिनका छोराहरूको सहायकहरूको रूपमा दिनु पर्छ।
9And thou shalt give the Levites to Aaron and to his sons: they are wholly given to him out of the children of Israel.
10“हारून र तिनका छोराहरूलाई पूजाहारी रूपमा नियुक्त गर अनि तिनीहरू बाहेक अन्य कुनै पनि व्यक्ति त्यस पवित्रस्थानमा पस्न चेष्टा गरे त्यो अवश्य मारिनु पर्छ।”
10And Aaron and his sons shalt thou appoint that they may attend to their priest's office; and the stranger that cometh near shall be put to death.
11परमप्रभुले मोशालाई भन्नुभयो,
11And Jehovah spoke to Moses, saying,
12“याद राख, मैले लेवीहरूलाई इस्राएलका पहिले जन्मने मानिसहरूको सट्टामा लिएको छु। यसकारण लेवीहरू मेरा हुन् र इस्राएलका पहिले जन्मने छोराहरू मलाई दिनु पर्दैन।
12And I, behold, I have taken the Levites from among the children of Israel instead of every firstborn that breaketh open the womb among the children of Israel, and the Levites shall be mine;
13“जब तिमीहरू मिश्र देशमा थियौ, मैले मिश्रदेशका मानिसहरूका पहिले जन्मेका सबै नानीहरू मारें अनि मैले इस्राएलीहरूका पहिले जन्मेका नानीलाई मेरो नानीहरू झैं छुट्टाएँ र त्यसरी नै पहिले जन्मेका पशुहरूलाई पनि छुट्याएँ। तिनीहरू सबै मेरो हुन् म परमेश्वर हुँ।”
13for every firstborn is mine. On the day that I smote all the firstborn in the land of Egypt, I hallowed unto me all the firstborn in Israel, both of man and beast; mine shall they be: I am Jehovah.
14सीनै पर्वतमा परमप्रभुले मोशासित फेरि कुरा गर्नुभयो,
14And Jehovah spoke to Moses in the wilderness of Sinai, saying,
15“लेवीहरूको कुलमा सबै वंश तथा परिवार समूहहरू गन्ती गर। एक महिना र यो भन्दा वेशी उमेरको सबै पुरूषहरूको गन्ती गर।”
15Number the sons of Levi according to their fathers' houses, after their families; every male from a month old and upward shalt thou number them.
16परमप्रभुको आज्ञा पालन गरी मोशाले सबै लेवी मानिसहरूको गन्ती गरे।
16And Moses numbered them, according to the commandment of Jehovah, -- as he had been commanded.
17लेवीका तीनजना छोराहरू थिए र तिनीहरूको नाम यस प्रकार छ गेर्शो, कहात र मरारी।
17And these are the sons of Levi by their names: Gershon, and Kohath, and Merari.
18गेर्शोन वशंको नाम हो लिब्नी र सिमी।
18And these are the names of the sons of Gershon according to their families: Libni and Shimei.
19कहात वंशको नाम अम्राम, यिसहार हेब्रोन र उज्जीएल।
19And the sons of Kohath according to their families: Amram and Izhar, Hebron and Uzziel.
20मरारी वंशहरू हुन महली र मसी। तिनीहरूको पिता-पुर्खाहरू अनुसार लेवीका वंशहरू यिनै हुन्।
20And the sons of Merari according to their families: Mahli and Mushi. These are the families of the Levites according to their fathers' houses.
21लिब्नी र सिमीका वंशहरू गेर्शोनका हुन् र तिनीहरू गेर्शोनी वंशका भए।
21Of Gershon, the family of the Libnites, and the family of the Shimites: these are the families of the Gershonites.
22एक महिना र अधिकका पुरूष मानिसहरू तिनीहरूका यी दुई परिवार समूहमा सबै 7,500 जना थिए।
22Those that were numbered of them, according to the number of all the males, from a month old and upward, those that were numbered of them were seven thousand five hundred.
23गेर्शोनी वंशलाई पवित्र पालको पश्चिम पट्टि शिविर लगाउनु पर्थ्यो।
23The families of the Gershonites encamped behind the tabernacle westward.
24गेर्शोनी वंशका मानिसहरूका अगुवा लाएलको छोरो एल्यासाप थियो।
24And the prince of the father's house of the Gershonites was Eliasaph the son of Lael.
25भेट हुने पालमा गेर्शोनी मानिसहरूको काम भेट हुने पाल, बाहिरी पाल, छाना र प्रवेशद्वारको पर्दाको हेरचाह गर्नु थियो।
25And the charge of the sons of Gershon in the tent of meeting was: the tabernacle and the tent, its covering, and the curtain of the entrance to the tent of meeting.
26पवित्र स्थानको आँगनको प्रवेशद्वारको पर्दा आँगनको पर्दा, पर्दाको डोरीहरू र पर्दामा प्रयोग हुने सबै समानहरू तिनीहरूको हेरचाहमा थियो। त्यो आँगन पवित्र स्थान र वेदीको वरिपरि थियो।
26And the hangings of the court, and the curtain of the entrance to the court, which surrounds the tabernacle and the altar, and the cords thereof for all its service.
27अमामी,यिसहार, हेब्रोन र उज्जीएल परिवार समूहहरू कहात वंशका हुन्।
27And of Kohath, the family of the Amramites, and the family of the Izharites, and the family of the Hebronites, and the family of the Uzzielites: these are the families of the Kohathites.
28यस परिवार समूह एक महिना र उँभोका पुरूषहरू 8,300 थिए। कहातीहरूलाई पवित्र स्थानमा भएको सर-समानको जिम्मावारी थियो।
28According to the number of all the males, from a month old and upward, there were eight thousand six hundred, who kept the charge of the sanctuary.
29कहाती परिवार समूहरूको मानिसहरूले पवित्र स्थानको दक्षिण पट्टि तिनीहरूको शिविर टाँगे।
29The families of the sons of Kohath encamped on the side of the tabernacle southward.
30उज्जीएलको छोरो एलीसापान यी कहाती वंशका मानिसहरूको अगुवा थियो।
30And the prince of the father's house of the families of the Kohathites was Elizaphan the son of Uzziel.
31तिनीहरूको कामहरू पवित्र सन्दूक, टेबल, सामदान, वेदीहरू र पवित्र स्थानको पवित्र भाँडाहरू अनि पर्दा र पर्दासंग सम्बन्धित सबै कुराहरूको हेरचाह गर्नु थियो।
31And their charge was the ark, and the table, and the candlestick, and the altars, and the utensils of the sanctuary with which they ministered, and the curtain, and all that belongs to its service.
32पूजाहारी हारूनको छोरो एलाजार चाँहि लेवीहरूको अगुवाहरूको अगुवा थियो। पवित्र स्थान हेरचाह गर्नेहरू माथि उसको नियन्त्रण थियो।
32And the prince of princes of the Levites was Eleazar the son of Aaron the priest: he had the oversight of them that kept the charge of the sanctuary.
33महली र मूशी परिवार समूहहरू मरारी वंशका हुन। यस वंशहरूमा एक महिना र,
33Of Merari was the family of the Mahlites, and the family of the Mushites: these are the families of Merari.
34यस परिवारमा एक महिना अनि त्यस माथिका सबै पुरूषहरू जम्मा 6,200 जना थिए।
34And those that were numbered of them, according to the number of all the males, from a month old and upward, were six thousand two hundred.
35मरारी परिवार समूहका मानिसहरूको अगुवाले अबीहेलको छोरा सूरीएलले पवित्र पालको उत्तर तिर तिनीहरूका पालहरू लगाए।
35And the prince of the father's house of the families of Merari was Zuriel the son of Abihail. They encamped on the side of the tabernacle northward.
36मरारीहरूलाई पवित्र स्थानको आधारहरू, यिनीहरूको बारहरू खम्बाहरू र यिनीहरूको प्रयोगमा आउने सबै सरसामानहरू हेरचाह गर्ने जिम्मावारी थियो।
36And the charge of the sons of Merari consisted in the oversight of the boards of the tabernacle, and its bars, and its pillars, and its bases, and all its furniture, and all that belongs to its service,
37वरिपरिको आँगनको खम्बाहरू, कीलाहरू, डोरीहरू, आधारहरू र यस सम्बन्धी प्रयोग गरिने कुराहरू पनि तिनीहरूको जिम्मामा थियो।
37and the pillars of the court round about, and their bases, and their pegs, and their cords.
38पवित्र स्थानको पूर्व पट्टि भेट हुने पालको सम्मुख घाम झुल्किने पट्टि मोशा, हारून अनि तिनका छोराहरूले शिविर बसाले। इस्राएली मानिसहरूको निम्ति तिनीहरूले पवित्र स्थान इलाकाको सुरक्षा गरिरहेका थिए। कुनै पनि व्यक्ति जो पवित्र स्थानको नजीक आँउथ्यो त्यसलाई मारिन्थ्यो।
38And those who encamped before the tabernacle eastward, before the tent of meeting toward the sunrising, were Moses, and Aaron and his sons, who kept the charge of the sanctuary for the charge of the children of Israel; and the stranger that cometh near shall be put to death.
39परमप्रभुको आज्ञा अनुसार मोशा र हारून द्वार गनिएका एक महिना र उँभोको उमेरका पुरूष लेवीहरूको संख्या जम्मा 22,000 थियो।
39All that were numbered of the Levites, whom Moses and Aaron numbered at the commandment of Jehovah, according to their families, all the males from a month old and upward, were twenty-two thousand.
40परमप्रभुले मोशालाई फेरि भन्नुभयो, “इस्राएली मानिसहरूको पहिले जन्मेका पुरूषहरू जो एक महिना अनि उँभोकाहरूको गन्ती गरी एउटा सूची तयार गर।
40And Jehovah said to Moses, Number all the first-born males of the children of Israel from a month old and upward, and take the number of their names.
41विगतमा मैले भनेको थिएँ कि इस्राएलीहरूका पहिला जन्मेकाहरूलाई म लिनेछु, तर अहिले म, परमप्रभुले इस्राएलीहरूको पहिला जन्मेको सट्टामा लेवीहरूलाई लिनेछु र इस्राएलीहरूको पहिलो पशुहरूको सट्टामा लेवीकहरूकै पहिलो पशुधन लिन्छु।”
41And thou shalt take the Levites for me (I am Jehovah) instead of all the firstborn among the children of Israel; and the cattle of the Levites, instead of all the firstlings among the cattle of the children of Israel.
42यसकारण परमप्रभुको आज्ञा अनुसार मोशाले इस्राएलका मानिसहरूको पहिला जन्मेका सबै नानीहरूको गन्ती गरे।
42And Moses numbered, as Jehovah had commanded him, all the firstborn among the children of Israel.
43मोशाले एक महीना र उँभोका सबै पुरूषहरूको गन्ती गरे अनि सूचीमा 22,273 जनाको नाम थियो।
43And all the firstborn males, by the number of the names, from a month old and upward, according to their numbering, were twenty-two thousand two hundred and seventy-three.
44परमप्रभुले मोशालाई अझ भन्नुभयो,
44And Jehovah spoke to Moses, saying,
45“इस्राएलीहरूको अन्य मानिसहरूको सट्टामा तिमीले लेवीहरूलाई लेऊ र म अरू मानिसहरूका पशुहरूको सट्टामा लेवीहरुको लिनेछु। लेवीहरू मेरो मानिसहरू हुन्। म परमप्रभु हुँ।
45Take the Levites instead of all the firstborn among the children of Israel, and the cattle of the Levites instead of their cattle; and the Levites shall be mine: I am Jehovah.
4622,000 लेवीहरू छन् तर अन्य परिवारको जेठा छोराहरू 22,273 हुनाले 273 जना लेवीहरू भन्दा वेशी हुन्छन्।
46And for those that are to be ransomed, the two hundred and seventy-three of the firstborn of the children of Israel, which are in excess over the Levites,
47यी 273 जना वेशी भएका पुरूषहरूको निम्ति प्रत्येकको पाँच शेकलको हिसाबले लेऊ। (प्रशासनिक परिमाणमा एक शेकल बराबर बीस गेरा हुन्छ)। इस्राएलीहरूबाट यो चाँदी लेऊ।
47thou shalt take five shekels apiece by the poll, according to the shekel of the sanctuary shalt thou take them, -- twenty gerahs the shekel;
48त्यो पैसा हारून र तिनका छोराहरूलाई ती 273 इस्राएलीहरूको सट्टामा देऊ।’”
48and thou shalt give the money unto Aaron and unto his sons for those in excess among them who are to be ransomed.
49यसकारण लेवीहरू भन्दा वेशी भएका अन्य मानिसहरूको सट्टामा मोशाले पैसा लिए।
49And Moses took the ransom-money from them that were over and above those who were ransomed by the Levites;
50उसले इस्राएलीहरूको पहिला जन्मेकाबाट 1,365 शेकेल चाँदी (अधिकारीहरूको नाप अनुसार) जम्मा गरे।
50of the firstborn of the children of Israel he took the money, a thousand three hundred and sixty-five [shekels], according to the shekel of the sanctuary.
51परमप्रभुको आज्ञा अनुसार त्यो पैसा मोशाले हारून र तिनका छोराहरूलाई दिए।
51And Moses gave the money of them that were ransomed to Aaron and to his sons, according to the commandment of Jehovah, -- as Jehovah had commanded Moses.