Nepali

Darby's Translation

Numbers

33

1मोशा र हारूनको नेतृत्वमा दल-दलमा आएका इस्राएलीहरूको यात्रा विवरण यस प्रकारका छन्। तिनीहरूको यात्रा विवरण सहित यिनै जग्गाहरूबाट यात्रा गरेका हुन्।
1These are the journeys of the children of Israel, who went forth out of the land of Egypt according to their armies under the hand of Moses and Aaron.
2मोशाले इस्राएलीहरूको यात्रा विवरण परमप्रभुको इच्छा अनुसार लेखे।
2And Moses wrote their goings out according to their journeys by the commandment of Jehovah; and these are their journeys according to their goings out.
3पहिलो महीनाको पन्ध्रौं दिन तिनीहरूले रामसेसबाट यात्रा शुरू गरे। निस्तार-चाडको पछिल्लो बिहान इस्राएलीहरूले मिश्र देशवासिहरूको सामुन्नेबाट साहसिलो प्रकारले यात्रा गरे।
3They journeyed from Rameses in the first month, on the fifteenth day of the first month. On the morrow after the passover the children of Israel went out with a high hand in the sight of all the Egyptians.
4त्यस समय मिश्रीहरूले तिनीरूको पहिला जन्मेका छोराहरूलाई गाड्दै थिए जब तिनीहरूलाई र तिनीहरूका देवताहरूलाई परमप्रभुले न्याय गरेका थिए।
4And the Egyptians buried those whom Jehovah had smitten among them, all the firstborn; and upon their gods Jehovah executed judgments.
5इस्राएलका मानिसहरू रामसेसबाट यात्रा गरी सुक्कोत पुगे।
5And the children of Israel removed from Rameses, and encamped in Succoth.
6सुक्कोतबाट तिनीहरूले एताम पुगेर मरूभूमिको किनारमा छाउनी हाले।
6And they removed from Succoth and encamped in Etham, which is at the end of the wilderness.
7तिनीहरूले एतामबाट यात्रा गरेर बाल-सपोनको नजीक पीहहीरोतमा गए। तिनीहरूले मिग्दोल नजीक छाउनी हाले।
7And they removed from Etham, and turned back to Pi-hahiroth, which is opposite Baal-Zephon, and encamped before Migdol.
8ती यात्रीहरू पीहहीरोतबाट गएर समुद्रको बीचबाट मरूभूमिमा पसे एतामको मरूभूमिमा तीन दिन सम्म यात्रा गरी तिनीहरूले मारामा छाउनी बसाले।
8And they removed from before Hahiroth, and passed through the midst of the sea into the wilderness, and went three days' journey in the wilderness of Etham, and encamped in Marah.
9तिनीहरूले माराबाट यात्रा गरी एलीम पुगे। त्यहाँ बाह्रवटा पानीको फोहराहरू सत्तरीवटा खजूरको रूखहरू थिए। यसकारण तिनीहरूले त्यही छाउनी बसाले।
9And they removed from Marah, and came to Elim; and in Elim were twelve springs of water, and seventy palm-trees, and they encamped there.
10ती मानिसहरूले एलीमबाट यात्रा गरी लाल-समुद्र नजीक छाउनी हाले।
10And they removed from Elim, and encamped by the Red sea.
11तिनीहरूले लाल-समुद्रबाट यात्रा गरी सीन मरूभूमिमा छाउनी हाले।
11And they removed from the Red sea, and encamped in the wilderness of Sin.
12ती मानिसहरूले सीन मरूभूमिबाट यात्रा गरी दोफकामा छाउनी हाले।
12And they removed from the wilderness of Sin, and encamped in Dophkah.
13ती मानिसहरूले दोफकाबाट यात्रा गरी आलूशमा छाउनी हाले।
13And they removed from Dophkah, and encamped in Alush.
14ती मानिसहरूले आलूशबाट यात्री गरी रपीदीममा छाउनी हाले। त्यस ठाँउमा मानिसहरूको निम्ति पिउने पानी थिएन।
14And they removed from Alush, and encamped at Rephidim, where there was no water for the people to drink.
15ती मानिसहरूले रपीदीमबाट यात्रा गरी सीनै मरूभूमिमा आफ्नो छाउनी हाले।
15And they removed from Rephidim, and encamped in the wilderness of Sinai.
16ती मानिसहरूले सीनै मरूभूमिबाट यात्रा गरी किब्रोथ-हत्तावामा छाउनी हाले।
16And they removed from the wilderness of Sinai, and encamped at Kibroth-hattaavah.
17ती मानिसहरूले किब्रोथ-हत्तावाबाट यात्रा गरी हसेरोतमा छाउनी हाले।
17And they removed from Kibroth-hattaavah, and encamped at Hazeroth.
18ती मानिसहरूले हसेरोतबाट यात्रा गरी रित्मामा छाउनी हाले।
18And they removed from Hazeroth, and encamped in Rithmah.
19ती मानिसहरूले रित्माबाट यात्रा गरी रिम्मोन परेशमा छाउनी हाले।
19And they removed from Rithmah, and encamped at Rimmon-perez.
20ती मानिसहरूले रिम्मोन-परेशबाट यात्रा गरी लिब्नामा छाउनी हाले।
20And they removed from Rimmon-perez, and encamped in Libnah.
21ती मानिसहरूले लिब्नाबाट यात्रा गरी रिस्सामा छाउनी हाले।
21And they removed from Libnah, and encamped at Rissah.
22ती मानिसहरूले रिस्साबाट यात्रा गरी केहेलातामा छाउनी हाले।
22And they removed from Rissah, and encamped in Kehelathah.
23ती मानिसहरूले केहेलाताबाट यात्रा गरी पर्वत शेपेरमा छाउनी हाले।
23And they removed from Kehelathah, and encamped in mount Shapher.
24ती मानिसहरूले पर्वत शेपेरबाट यात्रा गरी हरादामा छाउनी हाले।
24And they removed from mount Shapher, and encamped in Haradah.
25ती मानिसहरूले हरादाबाट यात्रा गरी मखेलोतमा छाउनी हाले।
25And they removed from Haradah, and encamped in Makheloth.
26ती मानिसहरूले मखेलोतबाट यात्रा गरी तहतमा छाउनी हाले।
26And they removed from Makheloth, and encamped at Tahath.
27ती मानिसहरूले तहतबाट यात्रा गरी तेरहमा छाउनी हाले।
27And they removed from Tahath, and encamped at Terah.
28ती मानिसहरूले तेरहबाट यात्रा गरी मित्कामा छाउनी हाले।
28And they removed from Terah, and encamped in Mithcah.
29ती मानिसहरूले मित्काबाट यात्रा गरी हरामोनामा छाउनी हाले।
29And they removed from Mithcah, and encamped in Hashmonah.
30ती मानिसहरूले हरामोनाबाट यात्रा गरी मसेरोतमा छाउनी हाले।
30And they removed from Hashmonah, and encamped in Moseroth.
31ती मानिसहरूले मसेरोतबाट यात्रा गरी बनि-याकानमा छाउनी हाले।
31And they removed from Moseroth, and encamped in Bene-Jaakan.
32ती मानिसहरूले बनि-याकानबाट यात्रा गरी होरहगिद-गादमा छाउनी हाले।
32And they removed from Bene-Jaakan, and encamped at Hor-hagidgad.
33ती मानिसहरूले होरहगिद-गादबाट यात्रा गरी योतबातामा छाउनी हाले।
33And they removed from Hor-hagidgad, and encamped in Jotbathah.
34ती मानिसहरूले योतबाताबाट यात्रा गरी अब्रोनामा छाउनी हाले।
34And they removed from Jotbathah, and encamped at Abronah.
35ती मानिसहरूले अब्रोनाबाट यात्रा गरी एस्योन-गेबेरमा छाउनी हाले।
35And they removed from Abronah, and encamped at Ezion-geber.
36ती मानिसहरूले एस्योन-गेबेरबाट यात्रा गरी सीन मरूभूमिको कादेशमा छाउनी हाले।
36And they removed from Ezion-geber, and encamped in the wilderness of Zin, which is Kadesh.
37ती मानिसहरूले कादेशबाट यात्रा गरी होरमा छाउनी हाले। यो ठाँउ एदोम देशको सिमानाको पर्वत हो।
37And they removed from Kadesh, and encamped in mount Hor, in the border of the land of Edom.
38परमप्रभुको आज्ञालाई पालन गरेर, पूजाहरूरी हारून होर पर्वत माथि गए अनि त्यहाँ मरे। हारून मरेको दिन पाँचौं महीनाको पहिलो दिन थियो र इस्राएलीहरूले मिश्र छोडको चालीस वर्ष पुगेको थियो।
38And Aaron the priest went up mount Hor by the commandment of Jehovah, and died there, in the fortieth year after the children of Israel came out of the land of Egypt, in the fifth month, on the first of the month.
39जब हारूनको मृत्यु होर पर्वतमा भयो तिनको उमेर 123 वर्ष भएको थियो।
39And Aaron was a hundred and twenty-three years old when he died on mount Hor.
40कनान देशको नेगवमा अराद भन्ने एउटा शहर थियो। त्यस ठाँउमा कनानको राजाले इस्राएली मानिसहरू आइरहेको सुने।
40And the Canaanite, the king of Arad who dwelt in the south in the land of Canaan, heard of the coming of the children of Israel.
41ती मानिसहरूले होर पर्वतबाट यात्रा गरी सल-मोनामा छाउनी हाले।
41And they removed from mount Hor, and encamped in Zalmonah.
42ती मानिसहरूले सल-मोनाबाट यात्रा शुरू गरी पूनोनमा छाउनी हाले।
42And they removed from Zalmonah, and encamped in Punon.
43ती मानिसहरूले पूनोनबाट यात्रा गरी ओबोतमा छाउनी हाले।
43And they removed from Punon, and encamped in Oboth.
44ती मानिसहरूले ओबोतबाट यात्रा गरी मोआबका सिमानामा रहेको इय्ये-अबारीममा छाउनी हाले।
44And they removed from Oboth, and encamped in Ijim-Abarim, in the border of Moab.
45ती मानिसहरूले इय्ये-अबारीमबाट यात्रा गरी दीबोन-गादमा छाउनी हाले।
45And they removed from Ijim, and encamped in Dibon-Gad.
46ती मानिसहरूले दीबोन-गादबाट यात्रा गरी अल्मोन-दिब्लातैममा छाउनी हाले।
46And they removed from Dibon-Gad, and encamped in Almon-Diblathaim.
47ती मानिसहरूले अल्मोन-दिब्लातैमबाट यात्रा गरी नबोको नजीक अबारीमको पर्वतमा छाउनी हाले।
47And they removed from Almon-Diblathaim, and encamped in the mountains of Abarim, before Nebo.
48ती मानिसहरूले अबारीमको पर्वतबाट यात्रा गरी यरीहोको पारीको यर्दन नदीको नजीक मोआबको यर्दन बेंसीमा छाउनी हाले।
48And they removed from the mountains of Abarim, and encamped in the plains of Moab by the Jordan of Jericho.
49मोआबको मैदानमा ती मानिसहरूले यर्दन नदीको किनार यर्दन बेंसीमा बते-योशी-मातदेखि आबेल-शीत्तिम सम्म छाउनी हाले।
49And they encamped by the Jordan, from Beth-jeshimoth unto Abel-Shittim, in the plains of Moab.
50येरीको पारि यर्दन नदी नजीकै मोआबको मैदानमा परमप्रभुले मोशालाई भन्नुभयो, इस्राएलीहरूलाई भन,
50And Jehovah spoke to Moses in the plains of Moab by the Jordan of Jericho, saying,
51“जब तिमीहरू कनान भूमिमा यर्दन नदी पार गर्छौ,
51Speak unto the children of Israel, and say unto them, When ye pass over Jordan into the land of Canaan,
52तिमीहरूले ती कनानमा बस्नेहरूलाई जबरजस्ती खेदूनु पर्छ। तिमीहरूले तिनीहरूका सबै खोपेर बनाएको मूर्तिहरू र धातुको मूर्तिहरू नष्ट पारिदिनु पर्छ। तिनीहरूको डाँडाका थानहरू सब भत्काइदिनु पर्छ।
52then ye shall dispossess all the inhabitants of the land from before you, and ye shall destroy all their figured images, and all their molten images shall ye destroy, and all their high places shall ye lay waste;
53मैले तिमीहरूलाई त्यो भूमि आफ्नो दखलमा राख्न दिएकोले तब तिमीहरूले त्यसमा बसो बास गर्नु पर्छ।
53and ye shall take possession of the land, and dwell therein, for to you have I given the land to possess it.
54तिमीहरूको सम्मानित राजवंश अनुसार तिमीहरूका भूमिका भागहरू चिठ्ठा लगाएर लैजाऊ। ठूला भागहरू ठूला परिवारहरूलाई अनि साना भाग साना परिवारहरूलाई देऊ। जहाँ जहाँ चिट्ठा पर्छ त्यही भूमि लेऊ तिनीहरूले तिमीहरूको भाग तिमीहरूको पिता-पूर्खाहरूको परिवार अनुसार पाउँनेछौ।
54And ye shall take for yourselves the land as an inheritance by lot according to your families: to the many ye shall increase their inheritance, and to the few thou shalt diminish their inheritance: where the lot falleth to him, there shall be each man's [inheritance]; according to the tribes of your fathers shall ye take for yourselves the inheritance.
55“यदि तिमीहरूले ती त्यहाँका बासिन्दाहरूलाई बलपूर्वक लखेटेनौ भने त्यहाँ रहेकाहरू तिमीहरूको निम्ति तिनीहरू आँखामा विझेको छेस्का अथवा शरीरमा बिझेको काँढा झैं हुनेछ। तिमीहरू बसेको भूमिमा तिनीहरूले तिमीहरूलाई झंझटमा फसाउनेछन्।
55But if ye will not dispossess the inhabitants of the land from before you, those that ye let remain of them shall be thorns in your eyes, and pricks in your sides, and they shall harass you in the land wherein ye dwell.
56तब म तिमीहरूलाई त्यही व्यवहार गर्नेछु जो मैले तिनीहरूसित गुर्छ भनी योजना बनाएकोछु।”
56And it shall come to pass that I will do unto you as I thought to do unto them.