1परमप्रभुले मोशालाई भन्नुभयो,
1And Jehovah spoke to Moses, saying,
2“इस्राएलका मानिसहरूलाई आज्ञा देऊ कि यदि कसैलाई चर्मरोग अथवा धातु रोग सरेको छ, यदि कोही स्त्री मासिकधर्ममा छ, यदि कसैले मृतशरीरलाई छोएर अपवित्र छ भने त्यस्तो व्यक्तिहरूलाई छाउनीबाट बाहिर निकाल्नु पर्छ।
2Command the children of Israel, that they put out of the camp every leper, and every one that hath an issue, and whosoever is defiled by a dead person:
3म छाउनीमा तिमीहरूको बीचमा छु, यसकारण तिनीहरू चाहे पुरूषहरू अथवा स्त्रीहरू हुन् तिनीहरूलाई छाउनीबाट निकाली देऊ ताकि तिमीहरूले म बस्ने ठाँउलाई अपवित्र बनाउने छैनौ।”
3both male and female shall ye put out; outside the camp shall ye put them, that they defile not their camps, in the midst whereof I dwell.
4यसर्थ इस्राएलका मानिसहरूले परमेश्वरको आज्ञा पालन गरी त्यस्ता मानिसहरूलाई शिविर बाहिर पठाई दिए। परमप्रभुले मोशालाई भन्नुभए अनुसार तिनीहरूले गरे।
4And the children of Israel did so, and put them outside the camp: as Jehovah had said to Moses, so did the children of Israel.
5परमप्रभुले मोशालाई भन्नुभयो,
5And Jehovah spoke to Moses, saying,
6“यो कुरा इस्राएलका मानिसहरूलाई भन एकजना व्यक्तिले अर्को व्यक्तिमाथि नराम्रो काम गरिरहेको हुन्छ। (जब कसैले अर्को कसैमाथि अन्याय गर्छ तब उसले परमेश्वरसित पाप गरिरहेको हुन्छ।) त्यो व्यक्ति दोषी हो।
6Speak unto the children of Israel, When a man or woman shall commit any of all the sins of man to work unfaithfulness against Jehovah, and that soul is guilty,
7त्यसकारण उसले गरेको कुकर्म स्वीकार्नु पर्छ अनि उसले लागेका चीजहरूको निम्ति पूरा मोल दिनु पर्छ साथै व्यक्तिको लागि पाँच भागको एक भाग जोडनु पर्छ जसलाई उसले सताए।
7then they shall confess their sin which they have done; and he shall recompense his trespass according to the principal thereof, and shall add unto it the fifth part thereof, and give it unto him against whom he hath trespassed.
8तर यदि त्यो सताएको मर्यो भने अनि उसको कोही आफन्ता छैन भने, क्षतिपूर्तिको मोल परमप्रभुको पूजाहारीलाई दिनु पर्छ। यो व्यक्तिले पूजाहारीलाई प्रायश्चितको निम्ति एउटा साँढे दिनु पर्छ। पूजाहारीले साँढेलाई बलिदान दिएर उसको लागि प्रायश्चित गर्ने छ।
8And if the man have no kinsman to recompense the trespass unto, the trespass which is recompensed to Jehovah shall be the priest's, besides the ram of the atonement, wherewith an atonement is made for him.
9“मानिसहरूले पूजाहारीलाई चढाएको पवित्र उपहार पूजाहारी कै हुन्छ।
9And every heave-offering of all the holy things of the children of Israel, which they present unto the priest, shall be his.
10कुनै पनि व्यक्तिले चढाएको पवित्र उपहार उसैको हुन्छ तर यदि उसले पूजाहारीलाई दिए त्यो पूजाहारीको हुन्छ।”
10And every man's hallowed things shall be his: whatever any man giveth the priest shall be his.
11परमप्रभुले मोशालाई भन्नुभयो,
11And Jehovah spoke to Moses, saying,
12“इस्राएलका मानिसहरूलाई यी कुराहरू भन एकजना पुरूषकी पत्नी त्योसंग विश्वासघाती हुन सक्छे।
12Speak unto the children of Israel, and say unto them, If any man's wife go astray, and commit unfaithfulness against him,
13तिनले तिनको पतिले चाल नपाई अर्को मानिससित संभोग गर्छे भने। त्यहाँ तिनले दूषित गरेको देखाउनलाई केही साक्षी नहोला अनि तिनका पतिले नजान्ला अनि पत्नीले पनि तिनको पाप प्रकट नर्गलिन्।
13and a man lie with her carnally, and it be hid from the eyes of her husband, and she be defiled in secret, and there be no witness against her, and she have not been caught;
14तर तिनले गरेको कुकर्मको शंका तिनका पतिले गर्न सक्छ र उसको मनमा पत्नी प्रति डाह जाग्न सक्छ। उसले उसको पत्नी प्रति शंका गर्न सक्छ अनि ऊ प्रति तिनी दूषित थिइन्।
14and the spirit of jealousy come upon him, and he be jealous of his wife, and she have been defiled, -- or if the spirit of jealousy come upon him, and he be jealous of his wife, and she have not been defiled,
15त्यस्तो भएको खण्डमा उसले आफ्नी पत्नीलाई पूजाहारीकहाँ लैजाओस् त्यस व्यक्तिले बलिको निम्ति एपाको दशौं हिस्सा जौंको पीठो लानु पर्छ। जौंको पीठो परमप्रभुको निम्ति डाही पतिले चढाएको अन्नबलि हुन्छ। त्यसमा उसले तेल हाल्नु हुँदैन अनि धूप पनि जलाउनु हुँदैन। यो अन्नबलि खाली पत्नीको दोष बाहिर देखाउन मात्र हो।
15-- then shall the man bring his wife unto the priest, and he shall bring her offering for her, a tenth part of an ephah of barley-meal; he shall pour no oil upon it, nor put frankincense thereon; for it is an oblation of jealousy, a memorial oblation, bringing iniquity to remembrance.
16“तब पूजाहारीले त्यस स्त्रीलाई नजीक ल्याएर परमप्रभु अघि उभ्याउँछ।
16And the priest shall bring her near, and set her before Jehovah.
17तब पूजाहारीले केही पवित्र पानी माटोको भाँडामा हाल्छन् र त्यस पानीमा भेट हुने पालको भूँईको धूलो हाल्छन्।
17And the priest shall take holy water in an earthen vessel; and the priest shall take of the dust that is on the floor of the tabernacle, and put it into the water.
18पूजाहारीले त्यस स्त्रीलाई परमप्रभुको अघाडी उभ्याएर उसको कपालको चुल्ठो खोलेर हातमा अन्नबलि राखिदिन्छन्। यो जौंको पीठो उसको पति डाहीले दिएको हो। त्यही समयमा उसले आफ्नो हातले पवित्र पानी भएको माटोको भाँडा समात्छन। त्यो पवित्र पानीले त्यस स्त्रीमाथि अनिष्ट ल्याँउछ।
18And the priest shall set the woman before Jehovah, and uncover the woman's head, and put the memorial oblation in her hands, which is the jealousy offering; and in the hand of the priest shall be the bitter water that bringeth the curse.
19“अनि पूजाहारीले त्यस स्त्री मानिसलाई कसम खुवाएर भन्छन् ‘यदि कुनै पुरूषले तिमीसित यौन सम्बन्ध नराखेको भए अनि तिमी यस पुरूषसित विवाह गरे पश्चात बिग्रेकी छैनौ भने तब यस कष्ट ल्याउने पानीले तिमीलाई कुनै नोकसान गर्ने छैन।
19And the priest shall adjure her, and say unto the woman, If no man have lain with thee, and if thou hast not gone astray in uncleanness, in being with another instead of thy husband, be free from this bitter water that bringeth the curse.
20तर यस मानिससित विवाह गरे पश्चात पनि तिमी अन्य पुरूषसित अनैतिक सम्बन्ध राखेकी छौ भने तिमी पवित्र होइनौ।
20But if thou hast gone astray to another instead of thy husband, and hast been defiled, and a man other than thy husband have lain with thee,
21तब पूजाहारीले त्यस स्त्रीलाई श्राप पर्ने कसम खान लाउँछन् र उसले त्यस स्त्री मानिसलाई भन्छन् परमप्रभुले तिमीलाई त्यस्तो श्राप दिऊन् कि जब जब कुनै मानिसले अर्को मानिसलाई सराप्छ उसले भन्नेछ कि जुन भयङ्कर अवस्था त्यस स्त्रीलाई आईलागेको थियो।’ “यही अवस्था तँ माथि पनि आइपरोस्, किनभने तिम्रो अनैतिक कुकृतिले तिम्रो जिउ सुकेर बाँझी हुनेछौ अनि तिम्रो पेट सुनिनेछ।
21-- then the priest shall adjure the woman with the oath of cursing, and the priest shall say unto the woman: Jehovah make thee a curse and an oath among thy people, when Jehovah doth make thy thigh to shrink, and thy belly to swell;
22पूजाहारीले भन्नु पर्छ, ‘तिमीले गरेको छौ भने तिमीबाट नानीहरू जन्मने छैन, अनि गर्भ बसी हाले पनि त्यो तुहुनेछ।’ अनि त्यस आइमाईले भन्नुपर्छ, ‘तपाईंले जसो भन्नु हुन्छ म मान्छु। ‘आमेन, आमेन।”‘
22and this water that bringeth the curse shall enter into thy bowels, to make the belly to swell, and the thigh to shrink. And the woman shall say, Amen, amen.
23“तब यो उसको कसम पूजाहारीले चर्ममा अथवा कागजमा लेख्नु पर्छ अनि त्यो तितो पानीले लेखिएको अक्षरहरू मेटिदिनु पर्छ।
23And the priest shall write these curses in a book, and shall blot them out with the bitter water,
24अनि पूजाहारीले त्यो पानी त्यस स्त्रीलाई पिउन लगाउनु पर्छ र त्यस श्राप पार्ने पानीले त्यस स्त्रीलाई कष्ट दिन्छ।
24and he shall cause the woman to drink the bitter water that bringeth the curse, that the water that bringeth the curse may enter into her for bitterness.
25“तब पूजाहारीले डाही मानिसको भोजबली स्त्रीको हातहरूबाट यो वेदीमा ल्याउन पर्छ लिएर परमप्रभुको अघि डोलाउनु पर्छ।
25And the priest shall take out of the woman's hand the oblation of jealousy, and shall wave the oblation before Jehovah, and shall present it at the altar.
26पूजाहारीले उसको हातहरू केही अन्नले भरिदिने छ अनि वेदीमाथि लगाउनेछ अनि त्यहाँ जलाउने छ। त्यहाँ पछि स्त्रीलाई पानी पीउन लगाउनु पर्छ।
26And the priest shall take a handful of the oblation as a memorial thereof, and burn it upon the altar; and afterwards he shall make the woman drink the water.
27जब तिनले उसलाई त्यो पानी पिलाउनेछन् तब यदि त्यो स्त्री आफ्नो पतिसित अविश्वासी रहेकी छे अनि आफू अपवित्र भएकी छे भने त्यस पानीले उसलाई कष्ट गराउनेछ जस्तै त्यसले उसको जिउ सुकिजानेछ अनि पेट फुलिनेछ। त्यो पत्नी आफ्ना मानिसहरू माझमा श्राप परेको जीवन बिताउनेछे।
27And when he hath made her to drink the water, then it shall come to pass, if she have been defiled, and have committed unfaithfulness against her husband, that the water that bringeth the curse shall enter into her, for bitterness, and her belly shall swell, and her thigh shall shrink; and the woman shall become a curse among her people.
28तर यदि त्यो स्त्री आफ्नो पतिसित विश्वासघात नगरी पवित्र रहेकी छे भने त्यो स्वभाविक रहन्छे अनि नानीहरू जन्माउन योग्यकै रहन्छे।
28But if the woman have not been defiled, and be clean, then she shall be clear, and shall conceive seed.
29“यसर्थ, डाह विषयमा नियम यही हो। जब एक विवाहित स्त्री आफ्नो पुरूषको साथ बसी त्यस्तो अनैतिक क्रीडा गर्छे,
29This is the law of jealousies, when a wife goeth astray to another instead of her husband and is defiled,
30अथवा आफ्नो पत्नीको चरित्रमाथि कसैलाई शंका लाग्छ भने तब त्यस मानिसले गर्नु पर्ने कुरो यही हो। पूजाहारीले त्यस स्त्रीलाई परमप्रभुको अघि उभिनु लगाई यी सब कामहरू गर्नुपर्छ। कानुन यही हो।
30or when the spirit of jealousy cometh upon a man, and he is jealous as regards his wife; then shall he set the woman before Jehovah, and the priest shall do to her according to all this law.
31पुरूष कुनै पापबाट निर्दोष सावित हुन्छ तर स्त्रीले भने आफ्नो पाप कर्मको दण्ड पाँउछे।”
31Then shall the man be free from iniquity, but that woman shall bear her iniquity.