1हे मेरा छोरा, मेरा शिक्षाहरूलाई नभुल। मैले तिमीलाई गर्नु भनेका ती चीजहरूको सम्झना गर।
1My son, forget not my teaching, and let thy heart observe my commandments;
2मैले भनेका कुराहरूले तिमीलाई दीर्घ, सुखमय तथा अधिक शान्तिपूर्ण जीवन जीउन सिकाउँछ।
2for length of days, and years of life, and peace shall they add to thee.
3प्रेम, विश्वासनीयताले तिमीलाई कहिल्यै नछाडोस्। तिनीहरूलाई आफ्नो मानसपटलमा गहिरोसित राख। ती शिक्षाहरूलाई माला गुँथी गलामा लगाई राख्।
3Let not loving-kindness and truth forsake thee; bind them about thy neck, write them upon the tablet of thy heart:
4तब तिमी ज्ञानी हुनेछौ अनि तिमीले परमेश्वर अनि मानिसहरूबाट अनुग्रह पाउनेछौ।
4and thou shalt find favour and good understanding in the sight of God and man.
5तिम्रो सम्पूर्ण हृदयले परमप्रभुमा भरोसा गर। तिम्रो आफ्नै बुद्धिमा मात्र भर नपर।
5Confide in Jehovah with all thy heart, and lean not unto thine own intelligence;
6तिम्रा सम्पूर्ण मार्गहरूमा परमप्रभुलाई सम्झ। उहाँले नै तिम्रा सबै मार्गहरू सोझो पारिदिनु हुनेछ।
6in all thy ways acknowledge him, and he will make plain thy paths.
7आफैंलाई बुद्धिमानि नसोच, परमप्रभुसित डराउनु अनि दुष्कर्मबाट टाडो बस्नु।
7Be not wise in thine own eyes; fear Jehovah, and depart from evil:
8यदि तिमीले यसो गर्यौ भने तिम्रो शरीरलाई त्यो औषधी हुनेछ अथवा तिम्रो शरीरलाई ताजा बनाउने कुनै पेय वस्तु झैं हुनेछ।
8it shall be health for thy navel, and moisture for thy bones.
9तिम्रो सम्पत्तिले परमप्रभुको आदर गर। तिम्रो सर्वोतमबाट परमप्रभुलाई चढाऊ।
9Honour Jehovah with thy substance, and with the first-fruits of all thine increase;
10त्यस पछि तिम्रो सम्पूर्ण खाँचो पूरा हुनेछ। तिम्रा ढुकुटीहरू अन्नले भरिने छन् अनि तेरा मसकबाट दाखरस पोखिरहेको हुनेछ।
10so shall thy barns be filled with plenty, and thy vats shall overflow with new wine.
11हे मेरा छोरा, परमप्रभुको अनुशासन स्वीकार गर अनि उहाँले दण्ड दिनु भए रीस नगर। त्यसबाट शिक्षा हासिल गर।
11My son, despise not the instruction of Jehovah, neither be weary of his chastisement;
12किनकि आफूले माया गर्नुभएका मानिसहरूलाई उहाँले सुधार्नु हुन्छ। हो, परमेश्वर बाबु जस्तै हुनुहुन्छ जुन बाबुले आफूले माया गरेको छोरालाई सजाय दिन्छ। ज्ञानहरूको आशीर्वाद
12for whom Jehovah loveth he chasteneth, even as a father the son in whom he delighteth.
13धन्य हो त्यो मानिस जसले ज्ञान प्राप्त गर्छ। जसले विवेक हाँसिल गर्छ त्यो धन्य हो।
13Blessed is the man that findeth wisdom, and the man that getteth understanding.
14ज्ञानबाट जो लाभ हुन्छ त्यो बहुमूल्य चाँदी भन्दा असल हो। ज्ञानबाट भएको लाभ सुन भन्दा असल हो।
14For the gain thereof is better than the gain of silver, and her revenue than fine gold.
15ज्ञान भौतिक मणि र माणिक भन्दा अधिक मूल्यवान हो। तिमीले चाहेको बस्तुहरूमा ज्ञान भन्दा मुल्यवान अरू हुन सक्तैन।
15She is more precious than rubies; and all the things thou canst desire are not equal unto her.
16ज्ञानको दाहिने हातमा दीर्घायु छ भने देब्रे हातमा धन र सम्मान छ।
16Length of days is in her right hand; in her left hand riches and honour.
17ज्ञानका मार्गहरू आनन्ददायक हुन्छन् ज्ञान मार्गबाट शान्ति पाइन्छ।
17Her ways are ways of pleasantness, and all her paths are peace.
18ज्ञान एउटा मानिसको निम्ति जीवनको बृक्ष झैं हो जसले उसलाई बलिय गरी समाउँछ अनि त्यसमा जो टाँसिएर रहेनछ संधै धन्य रहन्छन्।
18She is a tree of life to them that lay hold upon her; and happy is he that retaineth her.
19परमेश्वरले ज्ञानद्वारा पृथ्वी स्थापना गर्नु भयो, र सम्झ-शक्तिद्वारा आकाश सृजना गर्नु भयो।
19Jehovah by wisdom founded the earth; by understanding he established the heavens.
20उहाँको ज्ञान द्वारा परमप्रभुले समुद्र र बादल सृजना गर्नु भयो जसबाट पानी पर्छ।
20By his knowledge the deeps were broken up, and the skies drop down the dew.
21हे मेरा छोरा, ज्ञानलाई तिम्रो विवेकशील दृष्टिबाट ओझलमा नपार। विजयहरूमा नियालेर सोच अनि होशियारीसित योजनाहरू बनाऊ।
21My son, let them not depart from thine eyes; keep sound wisdom and discretion:
22ज्ञान र समझ-शक्तिले तिमीलाई जीवन दिनेछन र यसले तिम्रो जीवन सुन्दर पार्नेछ।
22so shall they be life unto thy soul, and grace unto thy neck.
23त्यसपछि तिमी सुरक्षित बस्नेछौ र तिम्रो पतन हुनेछैन। तिमी आफ्नो मार्गमा सुरक्षित भई हिडने छौ कतै पल्टनै छैनौ।
23Then shalt thou walk in thy way securely, and thy foot shall not stumble;
24जब तिमी ओछ्यानमा पल्टनेछौ तिमीलाई डर लाग्दैन अनि सुत्दा घोर निद्रामा पर्नेछौ।
24when thou liest down, thou shalt not be afraid, but thou shalt lie down and thy sleep shall be sweet.
25तिमी आकस्मिक विनाशमा कहिल्यै नडराउनु अथवा जुन विनाशमा दुष्ट मानिसहरू फँसिन्छन् त्यसमा कदापि नडराउनु।
25Be not afraid of sudden fear, neither of the destruction of the wicked, when it cometh;
26किनभने परमप्रभु तिमीहरूको छेवैमा हुनुहुनेछ, यसर्थ उहाँले नै तिम्रो पाऊ कतै फँस्न दिनु हुन्न।
26for Jehovah shall be thy confidence, and he will keep thy foot from being taken.
27जब तिमी त्यो काम गर्नु योग्य छौ, अनि जो त्यसको लागि उपयुक्त छ त्यो मानिसको लागि असल कर्म गर्नु अस्वीकार नगर।
27Withhold not good from them to whom it is due, when it is in the power of thy hand to do it.
28जब तिमीसँग आफ्नो छिमेकीलाई आवश्यक परेको चीज छ र उसले पनि माग्छ भने, “भोलि आऊ” नभन, दिई हाल।
28Say not unto thy neighbour, Go, and come again, and to-morrow I will give, when thou hast it by thee.
29तिमीहरूका छिमेकीहरूका विरूद्ध नराम्रो योजना नबनाऊ जो तिम्रो छेउमा बस्छअनि तिमीमाथि भरोसा गर्छन।
29Devise not evil against thy neighbour, seeing he dwelleth securely by thee.
30कुनै कारण बिना कसैलाई अदालतमा नघिस्याउ यदि त्यो मानिसले तिमीलाई क्षति पुर्याएको छैन भने।
30Strive not with a man without cause, if he have done thee no harm.
31उपदव्र गर्ने मानिसको इर्ष्या नगर, अनि ऊ जस्तै हुन नखोज।
31Envy not the man of violence, and choose none of his ways.
32किन? किनभने परमप्रभुले त्यस्ता मानिसलाई घृणा गर्नु हुन्छ, तर उहाँ इमान्दार मानिसहरूको मित्र हुनुहुन्छ।
32For the perverse is an abomination to Jehovah; but his secret is with the upright.
33दुष्ट मानिसको घर परमप्रभुद्वारा श्रापित रहन्छ अनि इमान्दार मानिसको घर उहाँद्वारा आशीषित हुन्छ।
33The curse of Jehovah is in the house of the wicked; but he blesseth the habitation of the righteous.
34यदि कुनै मानिस घमण्डी छ र अन्य मानिसहरूको खिल्ली उडाउछ भने परमेश्वरले त्यस मानिसलाई दण्ड दिनु हुनेछ र खिसि गर्नु हुनेछ। तर नम्र मानिसहरू प्रति परमेश्वर दयालु हुनुहुन्छ।
34He indeed scorneth the scorners; but he giveth grace unto the lowly.
35ज्ञानी मानिसले आदर पाउँछन, तर मूर्ख मानिसले लाज तथा अपमान मात्र पाउँछ।
35The wise shall inherit glory; but shame shall be the promotion of the foolish.