1हे सारा पृथ्वीको मानिसहरू हो, परमप्रभुको जयजयकार गर।
1{A Psalm of thanksgiving.} Shout aloud unto Jehovah, all the earth!
2परमप्रभुको सेवामा खुशी हौ! खुशीका गीतहरू लिएर परमप्रभुको सम्मुख आऊ!
2Serve Jehovah with joy: come before his presence with exultation.
3परमप्रभु नै हाम्रा परमेश्वर हुनुहुन्छ भन्ने जान। उहाँले हामीलाई रच्नु भयो अनि हामी उहाँका मानिसहरू हौं, हामी उहाँका भेंडा हौं।
3Know that Jehovah is God: it is he that hath made us, and not we ourselves; [we are] his people, and the sheep of his pasture.
4उहाँको शहरमा धन्यवादको गीत लिएर आऊ। उहाँको मन्दिरमा प्रशंसाको गीतहरू लिएर आऊ। उहाँको प्रशंसा गर र उहाँको नाउँलाई धन्यवाद चढाओ।
4Enter into his gates with thanksgiving [and] into his courts with praise; give thanks unto him, bless his name:
5परमप्रभु, भलो हुनुहुन्छ। उहाँको प्रेम अनन्त छ। हामी सदा सर्वदा उहाँमाथि भरोसा राख्न सक्छौं!
5For Jehovah is good; his loving-kindness [endureth] for ever; and his faithfulness from generation to generation.