1परमप्रभुलाई धन्यवाद देऊ। उहाँको नाउँ उपासना गर। सबै जाति-जाति मानिसहरूलाई ती अचम्भ लाग्दा कुराहरूको बारेमा भन जुन उहाँले गर्नुहुन्छ।
1Give ye thanks unto Jehovah, call upon his name; make known his acts among the peoples.
2परमप्रभु प्रति भजन गाओ, उहाँको प्रशंसा गर। उहाँले गर्नु भएको अलौकिक कुराहरूको बारेमा बताऊ। जो उहाँले गर्नुहुन्छ।
2Sing unto him, sing psalms unto him; meditate upon all his wondrous works.
3परमप्रभुको पवित्र नाउँमा घमण्ड गर। तिमीहरू परमप्रभुलाई खोज्दै-खोज्दै आई पुग्यौ त्यसैले अब खुशी हौ।
3Glory ye in his holy name: let the heart of them rejoice that seek Jehovah.
4बल पाउनुलाई परमप्रभु कहाँ जाऊ। सहायताको लागि सधैं उहाँकोमा जाऊ।
4Seek Jehovah and his strength, seek his face continually;
5याद गर ती अचम्मका कुराहरू जुन उहाँले गर्नुहुन्छ। याद गर उहाँका आश्चर्यकामहरू साथै उहाँका बुद्धिमानी निर्णयहरू।
5Remember his wondrous works which he hath done, his miracles and the judgments of his mouth:
6तिमीहरू उहाँका दास अब्राहामका सन्तानहरू हौ। तिमीहरू याकूबका सन्तानहरू हौ। तिमीहरू परमेश्वरद्वारा छानिएको मानिसहरू हौ।
6Ye seed of Abraham his servant, ye sons of Jacob, his chosen ones.
7परमप्रभु नै हाम्रो परमेश्वर हुनुहुन्छ। परमप्रभुले सारा संसारमा राज्य गर्नुहुन्छ।
7He, Jehovah, is our God; his judgments are in all the earth.
8परमेश्वरको करार पत्र सदा सर्वदा याद गर। याद गर उहाँले एक हजार पुस्ताहरूलाई दिनुभएका उहाँका आदेशहरू!
8He is ever mindful of his covenant, -- the word which he commanded to a thousand generations, --
9परमेश्वरले अब्राहामसित करार गर्नु भएको थियो। परमेश्वरले इसहाक प्रति प्रतिज्ञा राख्नु भएको थियो।
9Which he made with Abraham, and of his oath unto Isaac;
10त्यसपछि याकूबको लागि यो नियम झै बनाउनु भयो। परमेश्वरले इस्राएल सँग करार गर्नु भएको थियो। यो सर्वदा रहिरहने छ।
10And he confirmed it unto Jacob for a statute, unto Israel for an everlasting covenant,
11परमेश्वरले भन्नुभयो, “म तिमीहरूलाई कनानको देश दिनेछु। त्यो देश तिमीरहकै सम्पत्ति हुनेछ।”
11Saying, Unto thee will I give the land of Canaan, the lot of your inheritance;
12परमेश्वरले त्यो वचन त्यतिबेला राख्नु भएको थियो। जब अब्राहामका परिवारहरू ससाना थिए। तिनीहरू त्यहाँ परदेशीहरू जस्तै बसे।
12When they were a few men in number, of small account, and strangers in it.
13तिनीहरू एक जातिदेखि अर्को जाति, एक राज्य देखि अर्को राज्य हुँदै भ्रमण गर्दैहिंडे।
13And they went from nation to nation, from one kingdom to another people.
14तर परमेश्वरले तिनीहरूप्रति अत्याचार गर्न दिनु भएन। परमेश्वरले राजाहरूलाई पनि तिनीहरूलाई दुःख नदिनु भनेर चेताउनी दिनुभएको थियो।
14He suffered no man to oppress them, and reproved kings for their sakes,
15परमेश्वरले भन्नुभयो, “मैले रोजेका मानिसहरूलाई दुःख नदेऊ। मेरो अगमवक्ताहरू प्रति अधर्मी व्यवहार गर्दै नगर।
15[Saying,] Touch not mine anointed ones, and do my prophets no harm.
16परमेश्वरले त्यस देशमा अनिकाल पारिदिनु भयो। मानिसहरूले खानलाई प्रशस्त भोजन पाएनन्।
16And he called for a famine upon the land; he broke the whole staff of bread.
17तर परमेश्वरले यूसुफ नाउँका एकजनालाई तिनीहरूको अगाडि त्यस ठाउँमा पठाउनु भयो। यूसुफ एक कमारा सरह बेचियो।
17He sent a man before them: Joseph was sold for a bondman.
18तिनीहरूले यूसुफका खुट्टा वरिपरि डोरीले कसे। तिनीहरूले उनको घाँटी वरिपरि फलामको घेरा हाली दिए।
18They afflicted his feet with fetters; his soul came into irons;
19उनले भनेका अगमवाणी कुराहरू साँच्चै नहोउञ्जेल सम्म तिनी दास सरह नै भए। परमप्रभुको सन्देशले प्रमाण गर्यो कि यूसुफ ठीक मानिस हो।
19Until the time when what he said came about: the word of Jehovah tried him.
20यसैले मिश्रका राजाले उनलाई मुक्त गरिदिए। राष्ट्रका शासकले उनलाई जेल मुक्त गरिदिए।
20The king sent and loosed him -- the ruler of peoples -- and let him go free.
21उहाँले यूसुफलाई आफ्नो घरको जिम्मामा राखिदिए, यूसुफले आफ्नो स्वामीको सबै सम्पत्तिमाथि हेरचाह गरे।
21He made him lord of his house, and ruler over all his possessions:
22यूसुफले अन्य अगुवाहरूलाई निर्देश दिए। यूसुफले बुढापाकाहरूलाई शिक्षा दिए।
22To bind his princes at his pleasure, and teach his elders wisdom.
23तब इस्राएल मिश्र तर्फ आए, याकूब हामको देशमा बसे।
23And Israel came into Egypt, and Jacob sojourned in the land of Ham.
24याकूबको परिवार अत्यन्त बढेर गयो। तिनीहरू आफ्ना शत्रुहरू भन्दा धेरै शक्तिशाली भए।
24And he made his people exceeding fruitful, and made them mightier than their oppressors.
25यसकारण मिश्रवासीहरूले याकूबको परिवारलाई हेला गर्न थाले। तिनीहरूले उनीहरूका दासहरू विरूद्ध योजना तयार गर्न थाले।
25He turned their heart to hate his people, to deal subtilly with his servants.
26यसैले परमेश्वरले आफ्ना दास मोशालाई पठाउनु भयो, अनि उहाँले रोजेको पूजाहारी हारूनलाई पठाउनुभयो।
26He sent Moses his servant, [and] Aaron whom he had chosen:
27परमेश्वरले मोशा र हारूनको माध्यमद्वारा हाम्रो देशमा धेरै आश्चर्यकामहरू देखाउनु भयो।
27They set his signs among them, and miracles in the land of Ham.
28परमेश्वरले निक्खुर कालो अन्धकार पठाउनुभयो तर मिश्रवासीहरूले उहाँलाई सुनेनन्।
28He sent darkness, and made it dark; and they rebelled not against his word.
29यसैले परमेश्वरले पानीलाई रगतमा परिवर्तन गर्नुभयो, अनि त्यहाँका सारा माछाहरू मरे।
29He turned their waters into blood, and caused their fish to die.
30तिनीहरूका देश भ्यागुतै भ्यागुताले भरियो। राजाका सुत्ने कोठा पनि भ्यागुताहरू भरिए।
30Their land swarmed with frogs, -- in the chambers of their kings.
31परमेश्वरले आज्ञा दिनुभयो, अनि झिंगाहरू र जुम्राहरू आउन थाले। तिनीहरू चारैतिर फैलिएर गए।
31He spoke, and there came dog-flies, [and] gnats in all their borders.
32परमेश्वरले बर्षालाई असिनामा परिवर्तन गर्नुभयो। बिजुलीको प्रहार तिनीहरूको देशभरि फ्याँकियो।
32He gave them hail for rain, [and] flaming fire in their land;
33परमेश्वरले तिनीहरूको अङ्गुरका र नेभराको रूखहरू ध्वंश पारी दिनुभयो। परमेश्वरले सारा रूखहरू ध्वंश पारी दिनुभयो।
33And he smote their vines and their fig-trees, and broke the trees of their borders.
34परमेश्वरले आज्ञा दिनुभयो, अनि सलहहरू र फटेङ्ग्राहरू आउन थाले। तिनीहरू अनगन्ति थिए।
34He spoke, and the locust came, and the cankerworm, even without number;
35सलहहरू र फटेङ्ग्राहरूले देशका सारा उद्भिद्हरू खाएर नष्ट पारिदिए। तिनीहरूले खेतका सारा अन्नबालीहरू खाई नष्ट पारिदिए।
35And they devoured every herb in their land, and ate up the fruit of their ground.
36त्यसपछि तिनीहरूको देशमा परमेश्वरले पहिलो जन्मेका प्रत्येक पुत्रलाई मारिदिनु भयो। परमेश्वरले प्रत्येक पुरूषको शक्ति प्रमाणलाई नष्ट पार्नु भयो।
36And he smote every firstborn in their land, the firstfruits of all their vigour.
37त्यसपछि उहाँले आफ्ना मानिसहरू मिश्रबाट निकाल्नु भयो। तिनीहरूले आफूसँग सुन र चाँदीहरू लिएर आए। परमेश्वरका मानिसहरू कोही पनि ठोकिएनन् र लडेनन्।
37And he brought them forth with silver and gold; and there was not one feeble among their tribes.
38परमेश्वरका मानिसहरू गएका देखेर मिश्रवासीहरू खुशी भए किनभने तिनीहरूबाट उनीहरू भयभीत थिए।
38Egypt rejoiced at their departure; for the fear of them had fallen upon them.
39परमेश्वरले कम्बल जस्तो बादल फिंजाई दिनुभयो। परमेश्वरले आफ्नो आगो राती उज्यालो पार्नलाई तिनीहरूलाई दिनुभयो।
39He spread a cloud for a covering, and fire to give light in the night.
40मानिसहरूले भोजन मागे अनि परमेश्वरले तिनीहरूलाई वट्टाई चरा ल्याइदिनु भयो। परमेश्वरले स्वर्गबाट तिनीहरूलाई प्रशस्त खानेकुरा र रोटीहरू दिनुभयो।
40They asked, and he brought quails, and satisfied them with the bread of heaven.
41परमेश्वरले चट्टानलाई खण्डित पार्नु भयो अनि त्यहाँबाट भुलभुल पानी निस्क्यो। मरूभूमिमा नदी बग्न थाल्यो।
41He opened the rock, and waters gushed forth; they ran in the dry places [like] a river.
42परमेश्वरले उहाँको वचन संम्झनु भयो। परमेश्वरले आफ्ना दास अब्राहामसँग गर्नु भएको वचन सम्झनुभयो।
42For he remembered his holy word, [and] Abraham his servant;
43परमेश्वरले आफ्ना मानिसहरू मिश्रबाट निकालेर ल्याउनु भयो। मानिसहरू खुशी र आनन्दले गाउँदै, गाउँदै निस्किए!
43And he brought forth his people with gladness, his chosen with rejoicing;
44तब परमेश्वरले तिनीहरूलाई देश दिनुभयो, जहाँ अन्य मानिसहरू बस्दै गरेका थिए। परमेश्वरका मानिसहरूले अन्य मानिसहरूले गर्नु परेका परिश्रमका चीजहरू पाए।
44And he gave them the lands of the nations, and they took possession of the labour of the peoples:
45किन परमेश्वरले त्यसो गर्नुभयो? किनकि उहाँका मानिसहरूले उहाँका नियमहरू पालन गर्न सकुन। यसकारण तिनीहरूले होशियारीसाथ उहाँका व्यवस्थाहरू पालन गर्न सकुन। परमप्रभुको प्रशंसा गर!
45That they might keep his statutes, and observe his laws. Hallelujah!