Nepali

Darby's Translation

Psalms

115

1हे परमप्रभु, हामीले सम्मान पाउनु पर्ने होइन। तपाईंको प्रेम र विश्वासले गर्दा सम्मान तपाईंको मात्र हो।
1Not unto us, O Jehovah, not unto us, but unto thy name give glory, for thy loving-kindness and for thy truth's sake.
2किन ती जातिहरू हाम्रा परमप्रभु कहाँ छन्? भनेर छक्क पर्दछन्?
2Wherefore should the nations say, Where then is their God?
3परमप्रभु स्वर्गमा हुनुहुन्छ, अनि उहाँले आफ्नो चाहनाले जे पनि गर्न सक्नुहुन्छ।
3But our God is in the heavens: he hath done whatsoever he pleased.
4ती सम्प्रदायहरूका “देवताहरू” सुन र चाँदीले बनिएका खाली मूर्तिहरू मात्र हुन्। तिनीहरू कुनै मानिसले बनाएका मूर्तिहरू मात्र हुन्।
4Their idols are silver and gold, the work of men's hands:
5ती मूर्तिहरूका मुखहरू छन्, तर बोल्न सक्दैनन्। तिनीहरूका आँखाहरू छन्, तर देख्न सक्दैनन्।
5They have a mouth, and they speak not; eyes have they, and they see not;
6तिनीहरूका कानहरू छन्, तर सुन्न सक्दैनन्। तिनीहरूका नाकहरू छन्, तर सुँघ्न सक्तैनन्
6They have ears, and they hear not; a nose have they, and they smell not;
7तिनीहरूका हातहरू छन्, तर अनुभव गर्न सक्दैनन् तिनीहरूका खुट्टाहरू छन्, तर हिंड्न सक्दैनन् अनि कुनै स्वर-ध्वनिहरू उनीहरूका कण्ठबाट निकाल्न सक्तैनन्।
7They have hands, and they handle not; feet have they, and they walk not; they give no sound through their throat.
8मानिसहरू जसले तिनीहरूलाई बनाउँछन् र तिनीहरूमाथि भरोसा गर्छन् तिनीहरू त्यस्तै हुन्छन्!
8They that make them are like unto them, -- every one that confideth in them.
9हे इस्राएल का मानिसहरू, परमप्रभुमाथि भरोसा गर! परमप्रभु तिनीहरूका बल र ढाल हुन्।
9O Israel, confide thou in Jehovah: he is their help and their shield.
10हारूनका परिवारहरू, परमप्रभुमाथि भरोसा राख! परमप्रभु तिनीहरूका बल र ढाल हुनुहुन्छ।
10House of Aaron, confide in Jehovah: he is their help and their shield.
11हे परमप्रभुका अनुयायीहरू, परमप्रभुमाथि भरोसा गर! परमप्रभु तिनीहरूका बल र ढाल हुन्।
11Ye that fear Jehovah, confide in Jehovah: he is their help and their shield.
12परमप्रभुले हामीलाई सम्झनुहुन्छ। परमप्रभुले हामीलाई आशीर्वाद दिनुहुन्छ। परमप्रभुले इस्राएल लाई आशीर्वाद दिनुहुनेछ। परमप्रभुले हारूनका परिवारलाई आशीर्वाद दिनुहुनेछ।
12Jehovah hath been mindful of us: he will bless, he will bless the house of Israel; he will bless the house of Aaron;
13महान् र क्षुद्र दुवैलाई परमप्रभुले आफ्ना भक्तहरूलाई आशीर्वाद दिनुहुनेछ।
13He will bless them that fear Jehovah, both the small and the great.
14परमप्रभुले तिमीहरूका छोरा-छोरीहरूलाई धेरै भन्दा धेरै नै दिऊन्।
14Jehovah will add unto you more, unto you and unto your children.
15परमप्रभु जसले स्वर्ग र पृथ्वी बनाउनु भयो, तिमीहरूलाई आशीर्वाद दिऊन्!
15Ye are blessed of Jehovah, who made the heavens and the earth.
16स्वर्गमा परमप्रभुको अधिकारमा छ। तर पृथ्वी उहाँले मानिसहरूका अधिकारमा दिनु भयो।
16The heavens are the heavens of Jehovah, but the earth hath he given to the children of men.
17मरेका मानिसहरूले परमप्रभुको प्रशंसा गर्दैनन्। चिहान भित्र भएका मानिसहरूले परमप्रभुको प्रशंसा गर्दैनन्।
17The dead praise not Jah, neither any that go down into silence;
18तर हामी अहिले परमप्रभुको प्रशंसा गर्छौं, अनि उहाँको हामी सदा-सर्वदा प्रशंसा गर्छौं। परमप्रभुको प्रशंसा गर!
18But *we* will bless Jah from this time forth and for evermore. Hallelujah!