1हे परमप्रभु, मेरो प्रार्थना सुनीदिनुहोस्। मेरो प्रार्थनामा ध्यान दिनुहोस् र त्यसपछि मेरो प्रार्थनाको जवाफ दिनुहोस्। तपाईंको सत्यता र विश्वासयोग्यता मलाई दर्शाउनुहोस्।
1{A Psalm of David.} Jehovah, hear my prayer; give ear to my supplications: in thy faithfulness answer me, in thy righteousness.
2मलाई कुनै मामिला नलगाउनु होस्। म आफैं आफ्नो प्रतिक्षा गर्न सक्ने थिइनँ। तपाईंको तुलनामा कसैलाई पनि निर्दोष पाउन सकिंदैन।
2And enter not into judgment with thy servant; for in thy sight no man living shall be justified.
3तर मेरो शत्रुहरूले मलाई खेदो गरिरहेछन्। तिनीहरूले मेरो जीवन मैला-फोहोरझैं अभिशप्त पारे। धेरै र्बष अगाडि मरेको मानिस सरह तिनीहरूले मलाई अन्धकार चिहानतिर धकेले।
3For the enemy persecuteth my soul: he hath crushed my life down to the earth; he hath made me to dwell in dark places, as those that have been long dead.
4म छोडन तयार छु म आफ्ना आँट हराई रहेछु।
4And my spirit is overwhelmed within me; my heart within me is desolate.
5तर म ती घट्नाहरू सम्झन्छु जुन धेरै र्बष अगाडि घटेको थियो। म तपाईंले गर्नु भएको धेरै कुराहरू बारे सोचिरहेछु। म तपाईंले गर्नु भएका ती कुराहरूका बारेमा भनिरहेछु जुन तपाईंले आफ्नो महान् शक्तिद्वारा गर्नुभयो!
5I remember the days of old: I meditate on all thy doing; I muse on the work of thy hands.
6परमप्रभु, म मेरो पाखुराहरू उठाएर तपाईंलाई प्रार्थना गर्दछु। बाँझो धर्तीले वर्षा पर्खे जस्तै म तपाईंको साथ पर्खिरहेछु,।
6I stretch forth my hands unto thee: my soul, as a parched land, [thirsteth] after thee. Selah.
7परमप्रभु चाँडो गरेर मलाई जवाफ दिनुहोस्! मैले आफ्नो आँट हराएँ। मदेखि टाढा नभाग्नु होस्। मलाई मर्नबाट जोगाउनु होस् र ती मरेर चिहानमा सुतिरहेको मध्ये एउटा हुन नदिनु होस्।
7Answer me speedily, O Jehovah; my spirit faileth: hide not thy face from me, or I shall be like unto them that go down into the pit.
8परमप्रभु, आज बिहान तपाईं आफ्नो स्नेहपूर्ण करूणा मलाई देखाउनु होस्। म तपाईंलाई भरोसा गर्दछु मैले गर्नुपर्ने कुराहरू मलाई देखाउनु होस् तपाईंको हातमा मैले आफ्नो जीवन अर्पण गरें!
8Cause me to hear thy loving-kindness in the morning, for in thee do I confide; make me to know the way wherein I should walk, for unto thee do I lift up my soul.
9हे परमप्रभु, म तपाईंकहाँ सुरक्षाको निम्ति आएको थिएँ। मलाई मेरो शत्रुहरूबाट बचाउनु होस्।
9Deliver me, O Jehovah, from mine enemies: unto thee do I flee for refuge.
10तपाईंले मलाई के गर्न चाहनुहुन्छ देखाउनु होस्। तपाईं मेरो परमेश्वर हुनुहुन्छ। तपाईंको शुद्ध आत्माले मलाई सही मार्ग निर्देश गरोस्।
10Teach me to do thy will; for thou art my God: let thy good Spirit lead me in a plain country.
11हे परमप्रभु, मलाई बाँच्न दिनुहोस्, यसकारण मानिसहरूले तपाईंको नाउँको प्रशंसा गर्नेछन्। तपाईं वास्तवमा धर्मी हुनुहुन्छ भनेर दर्शाउनु होस् अनि मेरो शत्रुहरूबाट मलाई बचाउनु होस्।
11Revive me, O Jehovah, for thy name's sake; in thy righteousness bring my soul out of trouble;
12हे परमप्रभु, तपाईंको प्रेम देखाउनुहोस, अनि मेरो शत्रुहरूलाई परास्त पार्नुहोस जसले मलाई मार्ने प्रयास गरिरहेका छन। किन? किनभने म तपाईंको दास हुँ।
12And in thy loving-kindness cut off mine enemies, and destroy all them that oppress my soul: for I am thy servant.