1हे परमेश्वर, मेरो रक्षा गर्नुहोस्, किनभने म तपाईं माथि नै आश्रित छु।
1{Michtam of David.} Preserve me, O ùGod: for I trust in thee.
2मैले परमप्रभुलाई भने, “हे परमप्रभु, तपाईं मेरो स्वामी हुनुहुन्छ, प्रत्येक असल कुराहरू मैले तपाईंबाट पाएँ।”
2Thou [my soul] hast said to Jehovah, Thou art the Lord: my goodness [extendeth] not to thee; --
3परमप्रभुले आफ्ना भक्तजनहरूका लागि पृथ्वीमा अनेक आश्यर्यपूर्ण कामहरू गर्नुभयो। परमप्रभुले आफ्नो स्नेहपूर्ण करूणा तिनीहरूलाई देखाउनु भयो।
3To the saints that are on the earth, and to the excellent [thou hast said], In them is all my delight.
4तर जसले परमेश्वरलाई त्यागे र अन्य देवताहरू पुज्न थाले तिनीहरूले कष्ट पाउने छन्। तिनीहरूले मूर्तिहरूमा चढाएको रक्तबलिमा म सहभागी हुने छैन। म ती मूर्तिहरूको नाउँ समेत लिने छुइनँ।
4Their sorrows shall be multiplied that hasten after another: their drink-offerings of blood will I not offer, and I will not take up their names into my lips.
5अहँ, मेरो हिस्सा र मेरो कचौरा परमप्रभुबाट नै कपादान हुन्छ। हे परमप्रभु, तपाईं मेरो सहारा हुनुहुन्छ, तपाईंले मेरो भाग प्रदान गर्नुहुन्छ।
5Jehovah is the portion of mine inheritance and of my cup: thou maintainest my lot.
6मेरो भाग आश्चर्यपूर्ण छ, मेरो उत्तराधिकार अति सुन्दर छ।
6The lines are fallen unto me in pleasant places; yea, I have a goodly heritage.
7म परमप्रभुको प्रशंसा गर्छु, किनभने उहाँले मलाई असल कुरा सिकाउनु भएको छ। राती पनि, मलाई आन्तरिक अर्ती दिनुहुन्छ।
7I will bless Jehovah, who giveth me counsel; even in the nights my reins instruct me.
8परमप्रभुलाई मैले सधैं आफू समक्ष राखेको छु र म उहाँको दाहिने तिरबाट कहिल्यै सर्ने छुइनँ।
8I have set Jehovah continually before me; because [he is] at my right hand, I shall not be moved.
9मेरो हृदय र आत्मा यसैले आनन्दित हुनेछ। अनि मेरो शरीर पनि सुरक्षित रहनेछ।
9Therefore my heart rejoiceth, and my glory exulteth; my flesh moreover shall dwell in hope.
10किन? किनभने परमप्रभु, तपाईंले मलाई चिहानमा छोडनु हुनेछैन। तपाईंले आफ्नो आज्ञाकारी भक्तजनलाई चिहानमा त्यसै कूहुन दिनुहुने छैन।
10For thou wilt not leave my soul to Sheol, neither wilt thou allow thy Holy One to see corruption.
11तपाईं मलाई बाँच्ने सही बाटो सिकाउनु हुनेछ। तपाईंसँग हुँदा सम्पूर्ण खुशी प्राप्त हुनेछ। तपाईको दाहिनेपट्टि हुँदा सघैं खुशी प्राप्त हुनेछ।
11Thou wilt make known to me the path of life: thy countenance is fulness of joy; at thy right hand are pleasures for evermore.