1हे परमप्रभु, तपाईं मेरो ज्योति र उद्धारकर्त्ता हुनुहुन्छ, मैले कोहीसँग पनि डराउनु पर्दैन! मेरो जीवनको लागि परमप्रभु नै सुरक्षित ठाउँ हुनुहुन्छ! यसैले म कोहीसँग डराउने छैन।
1{[A Psalm] of David.} Jehovah is my light and my salvation; whom shall I fear? Jehovah is the strength of my life; of whom shall I be afraid?
2दुष्ट मानिसहरूले मलाई आक्रमण गर्न सक्छन्। तिनीहरूले मलाई तरवारले काट्न सक्छन्। मेरा शत्रुहरूले आक्रमण गर्न सक्छन् अनि मलाई ध्वंश पार्ने प्रयास गर्न सक्छन्।
2When evil-doers, mine adversaries and mine enemies, came upon me to eat up my flesh, they stumbled and fell.
3तर मेरा शत्रुहरू ठक्कर खानेछन् अनि पतित हुनेछन्। तथापि सिपाहीहरू मेरो वरिपरि छन्, म डराउने छैन। यदि मानिसहरूले युद्धमा आक्रमण गरे तापनि म डराउने छैन। किन? किनभने म परमप्रभुमाथि भरोसा गर्दछु।
3If a host encamp against me, my heart shall not fear; if war rise against me, in this will I be confident.
4परमप्रभुबाट म एउटै मात्र कुरा जान्न चाहन्छुः “जीवनभर म उहाँको मन्दिरमा बस्न सकूँ, परमपरभुले दिने खुशी अनुभव गर्नुसकूँ अनि मन्दिरमा परिदर्शन गर्नु सकूँ।”
4One [thing] have I asked of Jehovah, that will I seek after: that I may dwell in the house of Jehovah all the days of my life, to behold the beauty of Jehovah, and to inquire [of him] in his temple.
5परमप्रभुले मलाई बचाउनु हुन्छ। जब म संकटमा पर्छु उहाँले मलाई आफ्नो वासस्थानमा लुकाउनुहुन्छ। उहाँले मलाई आफ्नो सुरक्षाको ठाउँमा लानुहुन्छ।
5For in the day of evil he will hide me in his pavilion; in the secret of his tent will he keep me concealed: he will set me high upon a rock.
6मेरा शत्रुहरूले मलाई घेरेका छन्। तर तिनीहरूलाई परास्त गर्न मलाई परमप्रभुले सहयोग गर्नु हुनेछ। त्यसपछि म उहाँको पालमा बलि चढाउने छु। म आनन्दको जयकार सहित बलिदान गर्नेछु म परमप्रभुको सम्मानमा भजन गाउनेछु।
6And now shall my head be lifted up above mine enemies round about me; and I will offer in his tent sacrifices of shouts of joy: I will sing, yea, I will sing psalms unto Jehovah.
7हे परमप्रभु, मेरो बिन्ती सुन्नुहोस्। मलाई जवाफ दिनुहोस्। मलाई कृपादान गर्नुहोस्।
7Hear, Jehovah; with my voice do I call; be gracious unto me, and answer me.
8हे परमप्रभु, म तपाईंसँग बोल्न चाहन्छु। म हृदयबाटै तपाईंसँग कुरा गर्न चाहन्छ। म तपाईं समक्ष बोल्न आएँ।
8My heart said for thee, Seek ye my face. Thy face, O Jehovah, will I seek.
9हे परमप्रभु, तपाईंको दासबाट अनुहार नफर्काउनु होस् मलाई साथ दिनुहोस्। मलाई टाढा नधकेल्नुहोस्! मलाई नत्याग्नु होस् मेरो परमेश्वर, तपाईं मेरो रक्षक हुनुहुन्छ।
9Hide not thy face from me; put not thy servant away in anger: thou hast been my help; cast me not off, neither forsake me, O God of my salvation.
10मेरो माता-पिताले मलाई छोडी गए। तर परमप्रभुले मलाई लानु भयो र बनाउनु भयो।
10For had my father and my mother forsaken me, then had Jehovah taken me up.
11हे परमप्रभु, मेरा शत्रुहरू छन्। यसैले मलाई पथ प्रदर्शन गर्नुहोस् र तपाईंको उपायहरू बताउनु होस्। मलाई ठीक कुराहरू मात्र गर्न सिकाउनु होस्।
11Teach me thy way, Jehovah, and lead me in an even path, because of mine enemies.
12मेरा शत्रुहरूले ममाथि आक्रमण गरे। मलाई अरूले चोट पुर्यायोस भनी तिनीहरूले मेरो विषयमा झूटो बोलेका छन्। परमप्रभु, मेरा शत्रुहरूले मलाई पराजित नगरून्।
12Deliver me not over to the will of mine adversaries; for false witnesses are risen up against me, and such as breathe out violence.
13मलाई पूरा विश्वास छ म मर्नु भन्दाअघि परमप्रभुको सतगुण हेर्न पाउनेछु।
13Unless I had believed to see the goodness of Jehovah in the land of the living ...!
14परमप्रभुको सहयोगलाई पर्ख! बलियो र साहसी होऊ! अनि परमप्रभुको सहयोग पर्ख!
14Wait for Jehovah; be strong and let thy heart take courage: yea, wait for Jehovah.