Nepali

Darby's Translation

Psalms

54

1हे परमेश्वर, तपाईंको शक्ति प्रयोग गरेर मलाई बचाउनु होस्। मलाई स्वतन्त्र पार्नलाई तपाईंको शक्ति प्रयोग गर्नुहोस्।
1{To the chief Musician. On stringed instruments: an instruction. Of David; when the Ziphites came, and said to Saul, Is not David hiding himself with us?} O God, by thy name save me, and by thy strength do me justice.
2हे परमेश्वर, मेरो प्रार्थना सुनी दिनुहोस्। मैले भनेका कुराहरूमा ध्यान दिनुहोस्।
2O God, hear my prayer; give ear to the words of my mouth.
3विदेशीहरू जसले परमेश्वरलाई उपासना गर्दैनन् उनीहरू मेरो विरूद्ध उठिरहेछन्। ती शक्तिशाली मानिसहरूले मलाई मार्न खोजिरहेछन्।
3For strangers are risen up against me, and the violent seek after my life: they have not set God before them. Selah.
4हेर, मेरो परमेश्वरले मलाई बचाउँनु हुनेछ। मेरो स्वामीले मलाई साथ दिनुहुनेछ।
4Behold, God is my helper; the Lord is among them that uphold my soul.
5जो मेरो विरूद्धमा उभिन्छन् तिनीहरूलाई परमेश्वरले दण्ड दिनुहुनेछ। परमेश्वर मप्रति साँचो हुनुहुन्छ, अनि उहाँले ती मानिसहरूलाई नाश गर्नुहुनेछ।
5He will requite evil to mine enemies: in thy truth cut them off.
6परमेश्वर, मेरो निस्वार्थ मनले तपाईंलाई भेटीहरू चढाइरहेछु। हे परमप्रभु, म तपाईंको शुभनाउँको स्तुति गर्नेछु।
6I will freely sacrifice unto thee; I will praise thy name, O Jehovah, because it is good.
7किनभने तपाईंले मलाई सारा कष्टहरू देखि बचाउँनु भयो। मैले आफ्ना शत्रुहरू परास्त भइरहेको देखें।
7For he hath delivered me out of all trouble; and mine eye hath seen [its desire] upon mine enemies.