1हे इस्राएल का भेंडावाला, दया गरी मेरो कुरा सुन्नुहोस्। तपाईंले यूसुफका भेडाहरू डोर्याउनु भयो। तपाईं करूब स्वर्गदूतहरूमाथि राजा सरह विराजमान हुनुहुन्छ। हामी तपाईंलाई हेर्छौं।
1{To the chief Musician. On Shoshannim-Eduth. Of Asaph. A Psalm.} Give ear, O Shepherd of Israel, thou that leadest Joseph like a flock; thou that sittest [between] the cherubim, shine forth.
2इस्राएल का भेडावाला, तपाईंको महानता ती एप्रैम, बिन्यामीन र मनाश्शेलाई देखाउनु होस्। आएर हामीलाई बचाउनु होस्।
2Before Ephraim and Benjamin and Manasseh, stir up thy strength, and come to our deliverance.
3परमेश्वर, हामीलाई फेरि स्वीकार गर्नुहोस्। हामीलाई स्वीकार गर्नुहोस्, र बचाउँनु होस्!
3O God, restore us; and cause thy face to shine, and we shall be saved.
4परमप्रभु परमेश्वर, सर्वशक्तिमान् परमेश्वर तपाईंले हाम्रो प्रार्थना कहिले सुन्नु हुनेछ? के हामी प्रति तपाईं सधैं रिसाउनु हुने छ?
4Jehovah, God of hosts, how long will thine anger smoke against the prayer of thy people?
5तपाईंले आफ्ना मानिसहरूलाई आँसु खुवाउनु भयो। तपाईंले तिनीहरूलाई प्रशस्त आँसु खान दिनु भएको छ। त्यो आँसु तिनीहरूको पिउने पानी भयो।
5Thou hast fed them with the bread of tears, and given them tears to drink in large measure:
6ती छिमेकीहरूसँग लड्नलाई तपाईं केही त गर्नुहोस् हाम्रा शत्रुहरू हामी प्रति हाँस्दछन्।
6Thou hast made us a strife unto our neighbours, and our enemies mock among themselves.
7हे सर्वशक्तिमान् परमेश्वर, हामीलाई फेरि स्वीकार गर्नुहोस् र बचाउँनु होस्।
7Restore us, O God of hosts; and cause thy face to shine, and we shall be saved.
8बितेका दिनहरूमा, तपाईंले हामीहरूलाई महत्वपूर्ण विरूवा जस्तो स्याहार्नुर्ु भयो। तपाईंले मिश्रबाट तपाईंको “अङ्गुरको झ्याँङ्ग” ल्याउनु भयो। तपाईंले “अरूहरूलाई” यो जमीन छोड्न वाध्य गराउनु भयो, अनि तपाईंले यहाँ “अङ्गुरको झ्याङ्ग” रोप्नु भयो।
8Thou broughtest a vine out of Egypt; thou didst cast out the nations, and plant it:
9तपाईंले “अङ्गुर” रोप्नलाई जमीन तयार गर्नुभयो। तपाईंले यसका जराहरूको निम्ति ध्यान दिनुभयो। चाँडै सम्पूर्ण जमीनमा अअङ्गुरको झ्याङ्ग फैलियो।
9Thou preparedst space before it, and it took deep root, and filled the land;
10यसले पर्वतहरू ढाकेर गयो। यसको पातहरूले नीमका रूखहरू सम्म छेकियो।
10The mountains were covered with its shadow, and the branches thereof were [like] cedars of ùGod;
11यसको अङ्गुरहरू भूमध्य सागर सम्म फैलियो। यसको लहराहरू युफ्रेटिस् नदी तर्फ फैलिएर गए।
11It sent out its boughs unto the sea, and its shoots unto the river.
12हे परमेश्वर, किन तपाईंले पर्खालहरू तानेर झार्नु भयो जसले तपाईंको “अङ्गुरको रूखलाई” सुरक्षा दिन्छ? अब बाटो हिंडनेहरूले पनि यसको अङ्गुरहरू टिप्नेछन्।
12Why hast thou broken down its fences, so that all who pass by the way do pluck it?
13जङ्गली सुङ्गुरहरू आउँदछ र तपाईंको “अङ्गुरको झ्याँङ्गमाथि” हिंड्दछ। जङ्गली पशुहरू आएर त्यसको पातहरू खाँदछ।
13The boar out of the forest doth waste it, and the beast of the field doth feed off it.
14परमेश्वर, सर्वशक्तिमान् परमेश्वर, फर्की आउनुहोस्। स्वर्गबाट तपाईंको “अङ्गुरको झ्याँङ्गलाई” तल हेर्नुहोस् अनि रक्षा गर्नुहोस्।
14O God of hosts, return, we beseech thee; look down from the heavens, and behold, and visit this vine;
15हे परमेश्वर, तपाईंको आफ्नै हातहरूले रोप्नु भएको “अङ्गुरको बोटलाई” हेर्नुहोस्। तपाईंले आफ्नै निम्ति बढाएको पौधाहरू हेर्नुहोस्।
15Even the stock which thy right hand hath planted, and the young plant thou madest strong for thyself.
16तपाईंको “अङ्गुरका बोटहरू” सुख्खा गोबर जस्तै आगोमा छन्। तपाईं यसमा रिसाउनु भयो र नष्ट पार्नुभयो।
16It is burned with fire, it is cut down; they perish at the rebuke of thy countenance.
17परमेश्वर, मानिस कहाँ पुग्नु होस जो तपाईंको दाहिने पट्टि उभिनु भएको छ। तपाईंले उठाउनु भएको मानिसकहाँ पुग्नु होस्।
17Let thy hand be upon the man of thy right hand, upon the son of man whom thou hast made strong for thyself.
18उहाँले तपाईंलाई फेरि छाड्नु हुन्न उहाँलाई बाँच्न दिनोस् अनि उहाँले तपाईंको नाउँको उपासना गर्नेछन्।
18So will we not go back from thee. Revive us, and we will call upon thy name.
19सर्वशक्तिमान् परमप्रभु परमेश्वर, हामी भएकहाँ फर्की आउनु होस्, हामीलाई ग्रहण गर्नुहोस् र हामीलाई बचाउनु होस्।
19Restore us, O Jehovah, God of hosts; cause thy face to shine, and we shall be saved.