1म दरिद्र र असहाय मानिस हुँ। हे परमप्रभु, दया गरि मेरो प्रार्थना सुन्नुहोस्, अनि उत्तर दिनुहोस्।
1{A Prayer of David.} Incline thine ear, Jehovah, answer me; for I am afflicted and needy.
2हे परमप्रभु, म तपाईंको भक्त हुँ, दयागरी मलाई बचाउनु होस्। म तपाईंको दास हुँ तपाईं मेरो परमेश्वर हुनुहुन्छ, मेरो, भरोसा तपाईंमा छ, मलाई रक्षा गर्नुहोस्।
2Keep my soul, for I am godly; O thou my God, save thy servant who confideth in thee.
3मेरो स्वामी, ममाथि दया गर्नुहोस्। म प्रत्येक क्षण तपाईंलाई नै प्रार्थना गरीरहेछु,।
3Be gracious unto me, O Lord; for unto thee do I call all the day.
4हे स्वामी, म मेरो जीवनलाई तपाईं कै हातमा सुम्पिन्छु। मलाई उपयोगी बनाउनु होस्, म तपाईंको दास हुँ।
4Rejoice the soul of thy servant; for unto thee, Lord, do I lift up my soul.
5हे स्वामी, तपाईं धर्मी र दयालु हुनुहुन्छ। तपाईका मानिसहरू तपाईंलाई सहयोग माग्छन्, तपाईं ती मानिसहरूलाई साँच्चि नै प्रेम गर्नुहुन्छ।
5For thou, Lord, art good, and ready to forgive, and art of great loving-kindness unto all that call upon thee.
6परमप्रभु, मेरो प्रार्थना ग्रहण गर्नुहोस्। कृपादानको निम्ति मेरो प्रार्थना सुन्नुहोस्।
6Give ear, O Jehovah, unto my prayer, and attend to the voice of my supplications.
7परमप्रभु, म मेरो संकटको समयमा तपाईंलाई प्रार्थना गर्दछु, म जान्दछु तपाईंले जवाफ दिनु हुनेछ!
7In the day of my distress I will call upon thee, for thou wilt answer me.
8हे परमेश्वर, तपाईं झैं अर्को कोही छैन। तपाईंले गर्नु भएको काम अरू कसैले गर्न सक्दैनन्।
8Among the gods there is none like unto thee, Lord, and there is nothing like unto thy works.
9स्वामी, तपाईंले प्रत्येक व्यक्तिलाई बनाउनु भयो। तिनीहरू सबै जना आए र तपाईलाई उपासना गरून्। तिनीहरू सबै जनाले तपाईंको नामको सम्मान गरून्।
9All nations whom thou hast made shall come and worship before thee, O Lord, and shall glorify thy name.
10हे परमेश्वर, तपाईं महान् हुनुहुन्छ! तपाईं अद्भूत कार्यहरू गर्नुहुन्छ, तपाईं अनि तपाईं मात्र, परमेश्वर हुनुहुन्छ।
10For thou art great, and doest wondrous things: thou art God, thou alone.
11हे परमप्रभु, तपाईंको तरिकाहरू सिकाउनु होस्, अनि म बाँच्नेछु र सत्य पालन गर्नेछु। मलाई मेरो जीवनको मुख्य चीज, तपाईंको नाउँमा पूजा गरिरहन सहायता गर्नु होस्।
11Teach me thy way, Jehovah; I will walk in thy truth: unite my heart to fear thy name.
12हे परमेश्वर, मेरो स्वामी तपाईंको प्रशंसा गर्दछु। मेरो सम्पूर्ण हृदयबाट म तपाईंको नामको अनन्त सम्मान गर्नेछु।
12I will praise thee, O Lord my God, with my whole heart; and I will glorify thy name for evermore.
13हे परमेश्वर, तपाईंसंग मप्रति कति बढता प्रेम छ? तपाईंले मलाई मुत्युको मुखबाट बचाउनु भयो।
13For great is thy loving-kindness toward me, and thou hast delivered my soul from the lowest Sheol.
14अंहकारीहरूले ममाथि आक्रमण गरिरहेछन्, परमेश्वर। निर्दयी झुण्डका मानिसहरूले मलाई मार्ने कोशिश गरिरहेछन्। अनि त्यस्ता मानिसहरूले तपाईंको इज्जत गर्दैनन्।
14O God, the proud are risen against me, and the assembly of the violent seek after my soul, and they have not set thee before them.
15हे स्वामी तपाईं दया र कृपाले पूर्ण भएको परमेश्वर हुनुहुन्छ। तपाईंमा धैर्य, सत्यता र कृपाले भरिपूर्ण छ।
15But thou, Lord, art a ùGod merciful and gracious, slow to anger, and abundant in goodness and truth.
16परमेश्वर, तपाईंले मेरो कुरा सुनेको र मप्रति कृपालु भएको देखाउनु होस्। म तपाईंको दास हुँ। मलाई बल प्रदान गर्नुहोस्, म तपाईंको दास हुँ। मलाई बचाउनु होस्!
16Turn toward me, and be gracious unto me; give thy strength unto thy servant, and save the son of thine handmaid.
17परमेश्वर, तपाईंले मलाई साथ दिएको संकेत दिनुहोस्। मेरो शत्रुहरूले त्यो संकेत हेर्नेछन् अनि तिनीहरू असन्तुष्ट हुनेछन्। त्यसले तपाईंले मेरो प्रार्थना सुन्नु भएको बुझाउँछ अनि मलाई तपाईंले सहायता दिनु हुनेछ।
17Shew me a token for good, that they which hate me may see it, and be ashamed; for thou, Jehovah, hast helped me and comforted me.