Nepali

Darby's Translation

Psalms

96

1परमप्रभुले गर्नु भएको नयाँ कुराहरूका बारेमा नयाँ गीत गाऊ सारा संसारले परमप्रभु प्रति गीत गाउन्।
1Sing ye unto Jehovah a new song: sing unto Jehovah, all the earth.
2परमप्रभु प्रति गाऊ! उहाँको नाउँलाई आर्शीवाद देऊ! सुसमाचार भन। प्रत्येक दिन उहाँको मुक्तिको विषयमा कुरा गर।
2Sing unto Jehovah, bless his name; publish his salvation from day to day.
3परमप्रभु साँच्चि नै अद्भूत हुनुहुन्छ, भनेर मानिसहरूलाई भन। परमेश्वरले गर्नु हुने आश्चर्यचकित चीजहरूका विषयमा राष्ट्रहरू माझ भन। सृजना गर्नु हुने अचम्मका कामहरूको बारेमा मानिसहरूलाई भन।
3Declare his glory among the nations, his wondrous works among all the peoples.
4परमप्रभु महान् हुनुहुन्छ र प्रशंसाको योग्य हुनुहुन्छ। उहाँ अन्य सबै “देवताहरू”को भन्दा अझ उहाँकै डर राख्नु पर्छ।
4For Jehovah is great and exceedingly to be praised; he is terrible above all gods.
5अन्य जातिहरूका सबै “देवताहरू” खाली मूर्तिहरू मात्र हुन्। तर परमेश्वरले स्वर्ग बनाउनुभयो।
5For all the gods of the peoples are idols; but Jehovah made the heavens.
6उहाँको समक्षमा आदर र महिमा चम्किरहेको छ। परमेश्वरको पवित्र मन्दिरमा शक्ति र सौन्दर्य छ।
6Majesty and splendour are before him; strength and beauty are in his sanctuary.
7परिवारहरू, जातिहरू परमप्रभुको प्रशंसा र महिमाको गीत गाऔं।
7Give unto Jehovah, ye families of peoples, give unto Jehovah glory and strength;
8परमप्रभुको नाउँको प्रशंसा गर आफ्ना बलिहरू ल्याऊ र मन्दिर तर्फ जाऊ।
8Give unto Jehovah the glory of his name; bring an oblation and come into his courts;
9पवित्रताको सौन्दर्यसित परमप्रभुको उपासना गर। पृथ्वीमा प्रत्येक मानिसले परमप्रभुको उपासना गर।
9Worship Jehovah in holy splendour; tremble before him, all the earth.
10जाति-जातिहरूलाई घोषणा गर। परमप्रभु नै राजा हुन्, ताकि संसार नष्ट नहोस्। परमप्रभुले निष्पक्ष रूपमा संसारमा राज गर्नुहुनेछ।
10Say among the nations, Jehovah reigneth! yea, the world is established, it shall not be moved; he will execute judgment upon the peoples with equity.
11हे आकाश, खुशी हो! हे पृथ्वी, आनन्दित बन! यसमा भएका समुद्र र प्रत्येक थोक खुशीले कराऊ, चिच्याऊ।
11Let the heavens rejoice, and let the earth be glad; let the sea roar, and the fulness thereof;
12खेतहरू र त्यसमा उब्जने प्रत्येक चीज, खुशी बन। जङ्गलका रूखहरू, गाऊ र खुशी बन!
12Let the field exult and all that is therein. Then shall all the trees of the forest sing for joy,
13खुशी बन किनभने परमप्रभु संसारमा “राज” गर्न आइरहनु भएको छ। उहाँले पक्षपात नगरी संसारमा न्याय गर्नु हुनेछ।
13Before Jehovah, for he cometh; for he cometh to judge the earth: he will judge the world with righteousness, and the peoples in his faithfulness.