Nepali

Darby's Translation

Revelation

2

1“एफिससको मण्डलीका स्वर्गदूतलाई यो लेख “तिनी जसले आफ्नो दाहिने हातमा सातवटा ताराहरु लिएका छन् अनि सातवटा सुनौला दीप-दानी माझ हिडेछन्, तिमीहरुलाई यी कुराहरु भनिरहेका छन्।
1To the angel of the assembly in Ephesus write: These things says he that holds the seven stars in his right hand, who walks in the midst of the seven golden lamps:
2मलाई तिमीहरुको कार्य, कठिन परिश्रम र धैर्य थाहा छ अनि थाहा छ कि तिमीहरुले दुष्ट मानिसहरुलाई सहन सक्दैनौ। तिमीहरुले तिनीहरुलाई जो आफै प्रेरितहरु हौं भन्ने दावी गर्छन्, जाँचेका छौ। तिमीहरुले तिनीहरुलाई झूटो पायौ।
2I know thy works and [thy] labour, and thine endurance, and that thou canst not bear evil [men]; and thou hast tried them who say that themselves [are] apostles and are not, and hast found them liars;
3तिमीहरुले लगातार कोशिश गरिरह्यौ। तिमीहरुले मेरो नाउँका निम्ति दुख-काष्ट सह्यौ अनि तिमीहरु यसो गर्नमा थकित भएनौ।
3and endurest, and hast borne for my name's sake, and hast not wearied:
4“तर तिमीहरुको विरुद्ध मसंग यस्तो कुरो छ तिमीहरुसित शुरुमा भएको प्रेम तिमीहरुले त्यागेका छौ।
4but I have against thee, that thou hast left thy first love.
5यसर्थ याद राष्ठ्वख, तिमीहरुको पतन हुन अघि तिमीहरु कहाँ थियौ। तिमीहरुको हृदय परिवर्तन गर अनि तिमीहरुले पहिला गरेका कुराहरु गर। यदि तिमीहरु परिवर्तन भएनौ भने, म तिमीहरुकहाँ आउनेछु र म दीप-दानी त्यसको स्थानबाट हटाउनेछु।
5Remember therefore whence thou art fallen, and repent, and do the first works: but if not, I am coming to thee, and I will remove thy lamp out of its place, except thou shalt repent.
6तर तिमीहरुको पक्षमा केही छ, तिमीहरु निकोलाइहरूले गरेका कुरा तिरस्कार गर्छौ। तिनीहरुले जे गर्छन् त्यो म पनि घृणा गर्छु। त्यो मानिस जसले विजय प्राप्त गर्छ, म उसलाई जीवनरुपी रुखको फल खाने अधिकार दिनेछु। यो रुख परमेश्वरको बगैंचामा छ।
6But this thou hast, that thou hatest the works of the Nicolaitanes, which *I* also hate.
7[This verse may not be a part of this translation]
7He that has an ear, let him hear what the Spirit says to the assemblies. To him that overcomes, I will give to him to eat of the tree of life which is in the paradise of God.
8[This verse may not be a part of this translation]
8And to the angel of the assembly in Smyrna write: These things says the first and the last, who became dead, and lived:
9मलाई तिमीहरुको कष्ट थाहा छ। अनि मलाई थाहा छ कि तिमीहरु निर्धन छौ। तर वास्तवमा तिमीहरु धनवान् छौ। कोही मानिसहरुले तिमीहरुको विरोधमा भनेको नराम्रा कुराहरु मलाई थाहा छ। तितीहरू दावी गर्छन् कि तिनीहरू यहूदीहरू हुन्। तर तिनीहरु साँचो यहूदीहरु होइनन्। तिनीहरु शैतानको सभा-घर हुन्।
9I know thy tribulation and thy poverty; but thou art rich; and the railing of those who say that they themselves are Jews, and are not, but a synagogue of Satan.
10तिमीहरुले पाउने कष्टहरुमा भयभीत नबन। म तिमीहरुलाई भन्दछु, शैतानले तिमीहरु मध्ये कसैलाई कैदखानामा परीक्षा लिनका निम्ति हाल्नेछ। तिमीहरुले दशै दिन सम्म यातना भोग्नेछौ। तिमीहरुले जीवनको मूल्य चुकाउनु परे पनि विश्वासी भई रहनु। यदि तिमीहरु विश्वासी रह्यौ भने, म तिमीहरुलाई जीवनको मुकुट प्रदान गर्नेछु।
10Fear nothing [of] what thou art about to suffer. Behold, the devil is about to cast of you into prison, that ye may be tried; and ye shall have tribulation ten days. Be thou faithful unto death, and I will give to thee the crown of life.
11“जसले सुन्न सक्छ मण्डलीहरुलाई आत्माले के भनिर हुनुभएकोछ, सुन्नुपर्छ। जसले विजय प्राप्त गर्छ उसलाई दोस्त्रो मृत्युले चोट पुर्याउने छैन।
11He that has an ear, let him hear what the Spirit says to the assemblies. He that overcomes shall in no wise be injured of the second death.
12“पर्गाममको मण्डलीका स्वर्गदूतलाई यो लेख “जोसित लाग्ने दुइधारे तरवार छ, तिमीहरुलाई यी कुराहरु भनिरहेछन्।
12And to the angel of the assembly in Pergamos write: These things says he that has the sharp two-edged sword:
13मलाई थाहा छ तिमीहरु कहाँ बस्छौ। तिमीहरु त्यहाँ बस्छौ जहाँ शैतानको आफ्नो सिंहासन छ। तर तिमीहरु म प्रति विश्वासी छौ। तिमीहरुले एन्टियासको समयमा पनि म प्रतिको विश्वास बारे भन्न अस्वीकार गरेनौ। एन्टिपास मेरा विश्वासी साक्षी थिए जसलाई तिमीहरुको नगरमा मारियो। तिमीहरुको नगर त्याही हो जहाँ शैतान बस्छ।
13I know where thou dwellest, where the throne of Satan [is]; and thou holdest fast my name, and hast not denied my faith, even in the days in which Antipas my faithful witness [was], who was slain among you, where Satan dwells.
14“तर तिमीहरुका विरुद्ध मेरा केही कुराहरु छन् तिमीहरुको समुदायमा केही मानिसहरु छन् जो बालामको शिक्षा पालन गर्छन्। इस्राएलका मानिसहरुलाई मूर्ति अघि चढाइएका बलि खानु र यौन पाप गर्नु प्रलोभित पार्नु बालामले बालकलाई सिकाए।
14But I have a few things against thee: that thou hast there those who hold the doctrine of Balaam, who taught Balak to cast a snare before the sons of Israel, to eat [of] idol sacrifices and commit fornication.
15तिमीहरुको सम्प्रदायमा पनि यस्तै छ। तिमीहरु माभ निकोलाइटन्सको शिक्षा अनुशरण गर्ने मानिसहरु छन्।
15So thou also hast those who hold the doctrine of Nicolaitanes in like manner.
16यसर्थ तिमीहरुको हृदय परिवर्त्तन गर। यदि तिमीहरु परिवर्त्तन भएनौ भने, मरो मुखबाट निस्कने तरवार लिएर ती मानिसहरुसंग लडन चाँडै तिमीहरुकहाँ आउनेछु।
16Repent therefore: but if not, I come to thee quickly, and I will make war with them with the sword of my mouth.
17“जसले सुन्नुसक्छ मण्डलीहरुलाई आत्माले के भन्दै हुनुहुन्छ सुन्नुपर्छ। “म त्यस विजयलाई प्राप्त गर्ने हरेक व्यक्तिलाई लुकाई राखेको मन्ना दिनेछु। म त्यस व्यक्तिलाई सेतो पत्थर पनि दिनेछु। यो पत्थरमा नयाँ नाउँ लेखिएको छ। त्यो मानिस जसले मात्र त्यो पत्थर पाउँछ, त्यो नयाँ नाउँ जान्नेछ।
17He that has an ear, let him hear what the Spirit says to the assemblies. To him that overcomes, to him will I give of the hidden manna; and I will give to him a white stone, and on the stone a new name written, which no one knows but he that receives [it].
18“थिआटीराको मण्डलीका स्वर्गदूतलाई यो लेख “परमेश्वरका पुत्रले यी कुराहरु भन्दैहुनुहुन्छ। उहाँ नै एक हुनु हुन्छ जसका आँखा आगो जस्तै जल्दैछन् अनि पाउ चम्किलो काँसा जस्ता छन्। उनले तिमीहरुलाई जे भन्नु हुन्छ, त्यो यस्तो छ
18And to the angel of the assembly in Thyatira write: These things says the Son of God, he that has his eyes as a flame of fire, and his feet [are] like fine brass:
19तिमीहरुले के गरेका छौ मलाई थाहा छ। म तिमीहरुको प्रेम, विश्वास, सेवा अनि धीरजको बारेमा जान्दछु। मलाई थाहा छ तिमीहरुले अहिले शुरुमा जे गरेका थियौ त्यो भन्दा अधिक गदैंछौ।
19I know thy works, and love, and faith, and service, and thine endurance, and thy last works [to be] more than the first.
20तर तिमीहरु विरुद्ध मसंग यो कुरा छ तिमीहरुले जिजेबेल नाउँकी स्त्रीलाई उसले चाहेको कुरा गर्न दियौ। उसले दावी गर्छे की उ एक अगमवक्ता हो। तर उसले मेरा मानिसहरुलाई आफ्ना शिक्षाद्वार टाढा लगिरहेकी छे। जिजेबेलले मेरा मानिसहरुलाई यौन पाप गर्न अनि मूर्तिहरु अघि अर्पण गरेको खाद्य पदार्थ खान अग्रसर पारिरहेकी छे।
20But I have against thee that thou permittest the woman Jezebel, she who calls herself prophetess, and she teaches and leads astray my servants to commit fornication and eat of idol sacrifices.
21मैले उसलाई आफ्नो हृदय परिवर्त्तन गर्ने अनि आफ्नो पापदेखि मुक्त हुने मौका दिएको छु। तर उ परिवर्त्तन हुन चाहाँदिन।
21And I gave her time that she should repent, and she will not repent of her fornication.
22यसर्थ म उसलाई शैय्यामा फलिदिनेछु। अनि सबै मानिसहरु, जो उसित व्यभिचार गर्छन्, तिनीहरुले साह्रै कष्ट भोग्नेछन् यदि उसको दुष्ट जीवन शैली अनुसरण गर्न नछोडे।
22Behold, I cast her into a bed, and those that commit adultery with her into great tribulation, unless they repent of her works,
23म उसको छोरा-छोरीहरुलाई पनि मार्नेछु। अनि सबै मण्डलीहरुले, थाहा पाउनेछन् कि म उही हुँ। जसले मानिसहरुका मन अनि हृदय जान्दछ। अनि म तिमीहरुको कर्म अनुसार दिनेछु।
23and her children will I kill with death; and all the assemblies shall know that *I* am he that searches [the] reins and [the] hearts; and I will give to you each according to your works.
24“तर थिआटीराका तिमीहरु जस्ता अन्य मानिसहरुले उसको शिक्षा स्वीकार गरेका छैनन्। तिमीहरुले ती कुराहरु जानेका छैनौ जुन तिनीहरु शैतानको गहन रहस्य भनी दावी गर्छन्। म तिमीहरुलाई जे भन्छु त्यो यो हो म तिमीहरुमाथि अरु भारी लदाउने छैन।
24But to you I say, the rest who [are] in Thyatira, as many as have not this doctrine, who have not known the depths of Satan, as they say, I do not cast upon you any other burden;
25म नआएसम्म तिमीहरु यही तरीकामा बस।
25but what ye have hold fast till I shall come.
26“जसले विजय प्राप्त गर्छ अनि, अन्तिम सम्म मैले चाहेका कुराहरु गरिरहन्छ म ती प्रत्येकलाई राष्ट्रहरुमाथि अधिकार दिनेछु
26And he that overcomes, and he that keeps unto the end my works, to him will I give authority over the nations,
27‘उसले तिनीहरुमाथि अत्यन्तै कडा शासन चलाउनेछ। उसले त्यसलाई फुटेको माटाका भाँडाहरु जस्तै टुक्रा-टुक्रा पार्नेछ।’ भजनसंग्रह 29
27and he shall shepherd them with an iron rod; as vessels of pottery are they broken in pieces, as I also have received from my Father;
28जस्तो मैले मेरा पिताबाट अधिकार पाएँ, म त्यस व्यक्तिलाई दिनेछु, म त्यस व्यक्तिलाई विहानको तारा दिनेछु।
28and I will give to him the morning star.
29जसको सुन्ने कान छ, त्यसले सुनोस् पवित्र आत्माले मण्डलीहरुलाई के भन्नुहुन्छ,
29He that has an ear, let him hear what the Spirit says to the assemblies.