Nepali

Darby's Translation

Revelation

21

1तब मैले एउटा नयाँ स्वर्ग अनि नयाँ पृथ्वी देखें। पहिलो स्वर्ग अनि पृथ्वी अदृश्य भयो। अब त्यहाँ सागर थिएन।
1And I saw a new heaven and a new earth; for the first heaven and the first earth had passed away, and the sea exists no more.
2अनि मैले पवित्र नगरलाई स्वर्ग अनि परमेश्वर तलतिर झरिरहेको देखेँ। यो पवित्र नगर नयाँ यरुशलेम हो। यसलाई आफ्नो पतिको निम्ति सिंगारिएकी दुलही जस्तै बनाइएको थियो।
2And I saw the holy city, new Jerusalem, coming down out of the heaven from God, prepared as a bride adorned for her husband.
3मैले सिंहासनबाट आएको ठूलो आवाज सुनें। त्यो आवाजले भन्यो, “अब परमेश्वरको भवन मानिसहरुसंग छ.। उनी तिनीहरुसंग रहेनछन्। तिनीहरु उनका मानिसहरु हुनेछन्। परमेश्वर स्वयं तिनीहरुसित हुनेछन् अनि तिनीहरुका परमेश्वर बन्नेछन्।
3And I heard a loud voice out of the heaven, saying, Behold, the tabernacle of God [is] with men, and he shall tabernacle with them, and they shall be his people, and God himself shall be with them, their God.
4परमेश्वरले तिनीहरुको आखाँबाट जम्मै आँसु पुछ्नु हुनेछ। अब उसो त्यहाँ मृत्यु, शोक, रोदन वा पीडा केही हुने छैन। सबै पुरानो वस्तुहरु बितेर गए।”
4And he shall wipe away every tear from their eyes; and death shall not exist any more, nor grief, nor cry, nor distress shall exist any more, for the former things have passed away.
5उनी एक जो सिंहासनमा थिए उहाँले भन्नुभयो, “हेर! अहिले म हरेक कुरालाई नयाँ तुल्याउँदैछु। तब उहाँले भन्नुभयो, “यसलाई लेख, किनभने यी वचनहरु विश्वासयोग्य अनि सत्य छन्।”
5And he that sat on the throne said, Behold, I make all things new. And he says [to me], Write, for these words are true and faithful.
6उहाँ जो सिंहासनमा हुनुहुनथ्यो उहाँले मलाई भन्नुभयो, “अब सिद्धियो। म नै अल्फा अनि ओमेगा, आदि अनि अन्त हुँ। म कुनै पनि मानिस जो तिर्खाएको छ उसलाई जीवनका पानीको फुहराबाट सित्तैमा दिनेछु।
6And he said to me, It is done. I am the Alpha and the Omega, the beginning and the end. I will give to him that thirsts of the fountain of the water of life freely.
7कुनै मानिस, जसले विजय प्राप्त गर्छ, यो सबै प्राप्त गर्नेछ। अनि म उसको परमेश्वर हुनेछु। अनि उ मेरो छोरो हुनेछ।
7He that overcomes shall inherit these things, and I will be to him God, and he shall be to me son.
8तर मानिसहरु जो कातर, अविश्वासी घृणाजनक कर्म गर्ने, हत्यारा व्यभिचारी जादूवाला, मूर्तिपूजक अनि जम्मै झूटा बोल्नेहरु छन् तिनीहरुले गन्धकको अग्नि कुण्डमा ठाँउ पाँउछन्। यो दोस्रो मृत्यु हो।”
8But to the fearful and unbelieving, [and sinners], and those who make themselves abominable, and murderers, and fornicators, and sorcerers, and idolaters, and all liars, their part [is] in the lake which burns with fire and brimstone; which is the second death.
9सात स्वर्गदूतहरु मध्ये एकजना दूत मेरोमा आए। तिनी स्वर्गदूतहरु मध्येका एक हुन् जसकोमा अन्तिम आखिरी कष्टहरुले भरिएका सात कचौराहरु थिए। ती स्वर्गदूतले भने, “मसित आऊ। म तिमीहरुलाई परमेश्वरको थुमाको दुलही देखाँउछु जो परमेश्वरको थुमाकी पत्नी हो।”
9And there came one of the seven angels which had had the seven bowls full of the seven last plagues, and spoke with me, saying, Come here, I will shew thee the bride, the Lamb's wife.
10ती स्वर्गदूतले मलाई आत्मामा बोकेर अत्यन्त विशाल अनि उच्च पर्वतमा लगे अनि पवित्र नगर, यरुशलेम देखाए। त्यो नगर परमेश्वरको स्वर्गबाट-तलतिर भरिरहेथ्यो।
10And he carried me away in [the] Spirit, [and set me] on a great and high mountain, and shewed me the holy city, Jerusalem, coming down out of the heaven from God,
11यो परमेश्वरको महिमाले चम्किरहेथ्यो। यसको चमक वहुमूल्य रत्न बिल्लौर झैं उज्ज्वल थियो।
11having the glory of God. Her shining [was] like a most precious stone, as a crystal-like jasper stone;
12त्यो नगरमा बाह्र ढोकाहरुसहित एक विशाल उच्च पर्खाल थियो जहाँ बाह्रजना स्वर्गदूतहरु थिए। प्रत्येक ढोकामा इस्राएलीहरुका बाह्र वंशहरु मध्ये एक वंश परिवारको नाउँ लेखिएको थियो।
12having a great and high wall; having twelve gates, and at the gates twelve angels, and names inscribed, which are those of the twelve tribes of [the] sons of Israel.
13पूर्वपट्टि तीन ढोका, उत्तरपट्टी तीनवटा ढोका, दक्षिणपट्टी तीनवटा ढोका अनि पश्चिमपट्टी तीनवटा ढोकाहरु थिए।
13On [the] east three gates; and on [the] north three gates; and on [the] south three gates; and on [the] west three gates.
14नगरका पर्खाल बाह्रवटा आधारशिलामाथि निर्माण गरिएको थियो। सिलाहरुमा भेंडाको पाठाको बाह्र-प्रेरितहरुको नाउँ लेखिएको थियो।
14And the wall of the city had twelve foundations, and on them twelve names of the twelve apostles of the Lamb.
15त्यो स्वर्गदूत जसले मसित कुरा गरे, तिनको हातमा सुनको नाप्ने डन्डा थियो। त्यो स्वर्गदूतसित भएको डन्डा, त्यसको ढोका अनि पर्खालहरु नाप्नको लागि थियो।
15And he that spoke with me had a golden reed [as] a measure, that he might measure the city, and its gates, and its wall.
16त्यो नगर एक वर्गाकार क्षेत्रमा निर्माण गरिएको थियो। त्यसको लभ्बाई र चौडाइ बराबर थियो। स्वर्गदूतले त्यो डन्डाले नगरको नाप गरे। त्यो नगर बाह्र हजार स्टेडिया लामो, बाह्र हजार स्टेडिया चौडा अनि बाह्र हजार स्टेडिया अग्लो थियो।
16And the city lies four-square, and its length [is] as much as the breadth. And he measured the city with the reed -- twelve thousand stadia: the length and the breadth and height of it are equal.
17स्वर्गदूतले पर्खाललाई पनि नापे। त्यो एक सय चवालीस हात थियो। यो मानिसहरुको नपाई हो जो स्वर्गदूतले चलाए।
17And he measured its wall, a hundred [and] forty-four cubits, [a] man's measure, that is, [the] angel's.
18पर्खाल विल्लौरले बनाइएको थियो। त्यो नगर शुद्ध काँच जस्तो शुद्ध सुनले निर्माण भएको थियो।
18And the building of its wall [was] jasper; and the city pure gold, like pure glass:
19त्यो नगरको पर्खालका आधारशिलामा हरेक किसिमका मूल्यवान मोतीहरु थिए। पहिलो आधारशिला बिल्लौर, दोस्रो नीलम,
19the foundations of the wall of the city [were] adorned with every precious stone: the first foundation, jasper; the second, sapphire; the third, chalcedony; the fourth, emerald;
20तेस्रो स्फटिक, चौथो पन्ना, पाँचौ गोमेद, छैटौ मानक, सातौं पीतमणि, आठौं पिरोजा, नवौं पोखराज, दशौ लहसूने, एधारौं धुम्रकान्त अनि बाह्रौं चन्द्रकान्त रत्नहरु थिए।
20the fifth, sardonyx; the sixth, sardius; the seventh, chrysolite; the eighth, beryl; the ninth, topaz; the tenth, chrysoprasus; the eleventh, jacinth; the twelfth, amethyst.
21बाह्र ढोकाहरु बाह्र मोतीहरु थिए। प्रत्येक ढोका एक एक मोतिद्वारा निर्माण गरिएको थियो। नगरको गल्ली सफा काँच झैं शुद्ध सुनको बनाइएको थियो। त्यो सुनको काँच जस्तै स्वच्छ थियो।
21And the twelve gates, twelve pearls; each one of the gates, respectively, was of one pearl; and the street of the city pure gold, as transparent glass.
22मैले नगरमा मन्दिर देखिन। सर्व-शक्तिमान परमप्रभु परमेश्वर अनि थुमा नगरको थुमा थियो।
22And I saw no temple in it; for the Lord God Almighty is its temple, and the Lamb.
23नगरलाई उज्यालो पार्न सूर्य अनि चन्द्रमा चाँहिँदैनथ्यो किनभने परमेश्वरको महिमाले त्यो नगरलाई प्रकाश दिन्छ अनि भेंडाको पाठा नगरको बत्ती हो।
23And the city has no need of the sun nor of the moon, that they should shine for it; for the glory of God has enlightened it, and the lamp thereof [is] the Lamb.
24संसारका राष्ट्रहरु नगरको प्रकाशमा हिँडनेछन्। पृथ्वीका राजाहरुले आफ्ना गौरव त्यो नगरमा ल्याउने छन्।
24And the nations shall walk by its light; and the kings of the earth bring their glory to it.
25नगरको ढोकाहरु कुनै दिन, बन्द रहेन, किनभने त्यहाँ रात छैन।
25And its gates shall not be shut at all by day, for night shall not be there.
26राष्ट्रहरुका महानता अनि सम्पति त्यो नगरमा ल्याइनेछ।
26And they shall bring the glory and the honour of the nations to it.
27नगरमा अस्वच्छ वस्तुहरु कोही पस्न पाउने छैन। कुनै पनि मानिस जो लज्जाजनक कुरा गर्छ वा झूटो बोल्छ यो नगरमा कहिल्यै प्रवेश गर्ने छैन। केवल ती मानिसहरु जसका नाउँ भेंडाका पाठाको पुस्तकमा लेखिएको छ, नगरमा प्रवेश गर्नेछन्।
27And nothing common, nor that maketh an abomination and a lie, shall at all enter into it; but those only who [are] written in the book of life of the Lamb.